काठमाडौं उपत्यकाका ४२ जनामा देखियो कोरोना सङ्क्रमण #Aaha News# नेपालमा थप ११८ जनामा कोरोना सङ्क्रमण #Aaha News# वर्षका कारण ५ सय मेगावाट विद्युत् उत्पादन बन्द #Aaha News# म्याग्दी पहिरो अपडेट: ३ जनाको मृत्यु, ३१ बेपत्ता #Aaha News# शुक्रबार डलरको भाउ कति ? #Aaha News# भदौबाटै बहुप्रतिक्षित नेसनल पेमेन्ट गेट-वे सञ्चालनमा आउने #Aaha News# सरकारले अनुमति दिए पनि चलेन सार्वजनिक यातायात, मध्याह्न यातायात व्यवसायीको बैठक बस्दै #Aaha News# पाेखरामा पहिराबाट ६ जनाकाे मृत्यु, ११ जना घाइते #Aaha News# नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित #Aaha News# ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको 'ज्योतिष' अर्जुन क्षत्री पक्राउ #Aaha News# ९९.७ प्रतिशत कोरोना संक्रमितमा लक्षणनै छैन #Aaha News# प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडकाे जित #Aaha News# अमेरिकाको नयाँ भिसा नीतिका कारण दश हजार नेपाली विद्यार्थी मारमा #Aaha News# काठमाडौँका यी ८ स्थानमा आज बत्ती जाने #Aaha News# एक हप्तामै लिगे १६ सयले श्रम स्वीकृति #Aaha News#

    aahakhabar

      अावास-निर्माण

      राष्ट्रपतिबाट रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण (फोटोफिचर)

      भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण, नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब, दृश्यावलोकनस्तम्भ निर्माण

        Aaha News Tue, Feb 06, 2018 7.04K
        राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार साँचो हस्तान्तरण गर्नुभएको कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण भएको भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर । तस्वीर ः उत्तमकुमार उपाध्याय, रौतहट, रासस

        रौतहट, २३ माघ ।
        राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई आज हस्तान्तरण गरेकी छिन् । 

        राष्ट्रपति भण्डारीले चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको बताएकी छिन् । 

        रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी । राष्ट्रपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको बस्तीको साँचो निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई मंगलबार हस्तान्तरण गर्नुभएको छ । 

        राष्ट्रपति भण्डारीले भनिन्, “देशलाई समृद्ध बनाउने काम सरकारको भए पनि धुर्मुस–सुन्तलीले राज्यले गर्नुपर्ने काम गरेका छन्, यो एकदमै अतुलनीय छ” । प्रदेश नंं २ मा विकासका धेरै आधार भएकाले सरकारले स्रोत र साधनलाई उपयोग गर्नुपर्नेमा जोड दिइन् । 
        फाउण्डेशनले बस्ती निर्माण गरेर समतामूलक समाज निर्माणका लागि कल्याणकारी कामको अनुपम उदाहरण दिएको उनले बताईन । कलाकारको प्रयासबाट यस्तो नमुना बस्ती बनेकामा आफू गौरवान्वित भएको बताउँदै राष्ट्रपतिले सामुदायिक हितका लागि यस्ता काम सरकारले गर्नुपर्छ भनिन् । 

        लोककल्याणकारी राज्यले जनताका आधारभूत आवश्यकता पूरा गर्न ध्यान दिनुपर्नेमा जोड दिँदै उनले सभ्य र न्यायपूर्ण समाजका लागि जनसमुदायमा यस्ता खालका कार्यक्रम लैजानुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले सरकारले विद्यालय जानबाट वञ्चित बालबालिकालाई विद्यालयमा ल्याउने प्रयास गर्नुपर्ने बताउँदै रौतहटलाई कृषिको भण्डारका रुपमा समेत विकास गर्न आग्रह गरिन् । 

        कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले समृद्ध नेपाल विकासका लागि धुर्मुुस–सुन्तलीको काम ठूलो उदाहरण भएको बताए । हास्य कलाकार महजोडीले पनि नमूना बस्तीको खुलेर प्रशंसा गरे । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले सो बस्ती निर्माण सबै सहयोगी हातबाट भएको बताए । 

        कलाकार कट्टेल र कुञ्जना घिमिरेद्वयको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण भएको छ । गत असोज ४ गते शिलान्यास भएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब, दृश्यावलोकनस्तम्भ निर्माण भएका छन् । 

        गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारका घर डुबानमा परेको थियो । करिब रु पाँच करोड ९५ लाखको लागतमा निर्मित सो बस्ती निर्माणमा कलाकार कट्टेल दिनरात आफैँ खट्नुुभएको थियो । सो बस्ती विकलांगमैत्री, बालमैत्री, वातावरणमैत्री भएको कट्टेलले बताउनुभयो । धुर्मुस–सुन्तली फाउण्डेशनको सो चौथो परियोजना हो । रासस

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast