बोलिभियाकी राष्ट्रपतिमा कोरोना संक्रमण पुष्टि #Aaha News# कोरोना परीक्षण गर्न काठमाडौं उपत्यकाबाट पाँच हजारको नमूना संकलन #Aaha News# काठमाडौं उपत्यकाका ४२ जनामा देखियो कोरोना सङ्क्रमण #Aaha News# नेपालमा थप ११८ जनामा कोरोना सङ्क्रमण #Aaha News# वर्षका कारण ५ सय मेगावाट विद्युत् उत्पादन बन्द #Aaha News# म्याग्दी पहिरो अपडेट: ३ जनाको मृत्यु, ३१ बेपत्ता #Aaha News# शुक्रबार डलरको भाउ कति ? #Aaha News# भदौबाटै बहुप्रतिक्षित नेसनल पेमेन्ट गेट-वे सञ्चालनमा आउने #Aaha News# सरकारले अनुमति दिए पनि चलेन सार्वजनिक यातायात, मध्याह्न यातायात व्यवसायीको बैठक बस्दै #Aaha News# पाेखरामा पहिराबाट ६ जनाकाे मृत्यु, ११ जना घाइते #Aaha News# नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित #Aaha News# ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको 'ज्योतिष' अर्जुन क्षत्री पक्राउ #Aaha News# ९९.७ प्रतिशत कोरोना संक्रमितमा लक्षणनै छैन #Aaha News# प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडकाे जित #Aaha News# अमेरिकाको नयाँ भिसा नीतिका कारण दश हजार नेपाली विद्यार्थी मारमा #Aaha News#

    aahakhabar

      आर्थिक खबर

      दक्षिण कोरियाले नेपाललाई दियो एक अर्ब दुई करोड आर्थिक अनुदान

      नेपालको सामाजिक, आर्थिक विकासमा सघाउन कोरिया सरकारले काठमाडौँ विश्वविद्यालयलाई उक्त रकम प्रदान गर्ने

        Aaha News Tue, Feb 06, 2018 1.48K

        काठमाडौँ, २३ माघ । 

        कोरिया सरकारले एकीकृत ग्रामीण विकासका लागि रु एक अर्ब दुई करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । 

        विज्ञान प्रविधिको क्षेत्रमा नवीनतम खोज एवं अध्ययन गरी नेपालको सामाजिक, आर्थिक विकासमा सघाउन कोरिया सरकारले काठमाडौँ विश्वविद्यालयलाई उक्त रकम प्रदान गर्न लागेको हो । 

        अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थ सचिव शंकरप्रसाद अधिकारीले अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । कोरियाली सहयोग नियोग (कोइका) र उक्त विश्वविद्यालयले संयुक्त रुपमा आगामी पाँच वर्षभित्रमा सो परियोजना कार्यान्वयन गर्ने छन् । 

        त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत पार्कले परियोजनाबाट नेपालको प्राविधिक क्षमता अभिवृद्धिका साथै ग्रामीण भेगका जनाताको जीवनस्तरमा सकारात्मक परिवर्तत भई आर्थिक उन्नयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

        सचिव अधिकारीले कोरिया सरकारले नेपालको सामाजिक आर्थिक विकासमा निरन्तर सहयोग गर्दैै आएकामा हार्दिक आभार व्यक्त गर्दै उक्त मुलुकबाट विशेष गरी शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा प्राविधिक सहायता प्राप्त भइरहेको बताए  । 

        निजी क्षेत्रको अग्रणी विश्वविद्यालयका रुपमा स्थापित उक्त शैक्षिक प्रतिष्ठानले विज्ञान, प्रविधि र अन्वेषणका क्षेत्रमा दूरगामी महत्वका कार्य गर्ने   अपेक्षा  नेपाल सरकारले गरेको छ । 

        रासस
         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast