डा. सूर्यराज आचार्य र मुमाराम खनालले छाडे साझा पार्टी #Aaha News# भित्री बस्त्रको छनौटमा मानिसले गर्छन् यी ६ गल्ती #Aaha News# देशमा अशान्ति भएपछि मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटनको घोषणा #Aaha News# कोरोना संक्रमणबाट निधन भएका पुरुष बस्ने टोल सिल #Aaha News# ‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’ #Aaha News# प्रशासनिक निर्णयबाटै पनि क्लिन फिड लागू गर्न सकिन्छः मन्त्री खतिवडा #Aaha News# जनता समाजवादीले लियो दल दर्ताको प्रमाणपत्र #Aaha News# काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलिएको आशंका #Aaha News# आइतबार थपिए ८२ जना कोरोना संक्रमित, कुन प्रदेशमा कति ? #Aaha News# पार्टीमा विवाद आउनु नौलो विषय होइनः प्रचण्ड #Aaha News# यौन चाहना र लतबीच के अन्तर छ ? #Aaha News# अमेरिकाद्वारा फ्रान्सेली उत्पादनमा कर वृद्धि गर्ने घोषणा #Aaha News# सेलफोनबाट टिकटक हटाउन कर्मचारीलाई अनुरोध #Aaha News# म्याग्दी पहिरोः मृतकको सङ्ख्या १७ पुग्यो, तीन घाइतेको उद्धार #Aaha News# जनताको विश्वास कसैले चुकाउनु हुँदैनः प्रचण्ड #Aaha News#

    aahakhabar

      धर्म-संस्कृति

      विश्व सांस्कृतिक शान्ति पदयात्रा

      चारुमती बुद्धिष्ट मिसन नेपालले 'विश्व सांस्कृतिक शान्ति पदयात्रा' को आयोजना गर्ने

      शान्ति यात्रामा विभिन्न बौद्ध राष्ट्रका प्रतिनिधिसमेत गरि करिब दुई हजार ५०० सहभागी हुँदै

        रासस /(आहाखबर) Tue, Feb 06, 2018 5.32K
        फाइल तस्वीर :बौद्ध भिक्षुहरू

        काठमाडौँ, २३ माघ । 

        चारुमती बुद्धिष्ट मिसन नेपालले अभयदानको संस्मरण र शान्तिको महत्वका बारे योगदान गर्ने उद्देश्यले काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म विश्व सांस्कृतिक शान्ति पदयात्रा गर्ने भएको छ । 

        आगामी वैशाख १ गते हुने उक्त यात्रामा विभिन्न धार्मिक आस्थाका धर्मावलम्बीलाई एकिकृत गरी आत्मिक एवं भौतिक शान्ति प्रदान गर्ने लक्ष्य राखिएको छ । 

        बौद्ध धर्मका तीन यानका विशिष्ट गुरुबाट प्रार्थना तथा आशीर्वादपछि बाजागाजाका साथ शुरु गरिने यात्रामा करिब दुई हजार ५०० सहभागी हुने आयोजक संस्थाका प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिए  । 

        पनौती बजारबाट शुरु हुने यात्रा सुन्थान, इटे, शंखु, शंखेश्वरी हुँदै नमोबुद्धमा पुगेर समापन गरिनेछ । वैशाख २ गते चारुमती बुद्ध विहारमा दीपप्रज्वलन गरी कार्यक्रमको अन्त्य गरिनेछ । उक्त यात्राको प्रचारप्रसारका लागि लेख, रचना प्रकाशन, अन्तक्र्रियालगायतका कार्यक्रम देश विदेशमा समेत भइरहेको जनाइएको छ । 

        विभिन्न बौद्ध राष्ट्रका प्रतिनिधिसमेत उक्त यात्रामा सहभागी हुने बताइएको छ । 

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast