शुक्रबार डलरको भाउ कति ? #Aaha News# भदौबाटै बहुप्रतिक्षित नेसनल पेमेन्ट गेट-वे सञ्चालनमा आउने #Aaha News# सरकारले अनुमति दिए पनि चलेन सार्वजनिक यातायात, मध्याह्न यातायात व्यवसायीको बैठक बस्दै #Aaha News# पाेखरामा पहिराबाट ६ जनाकाे मृत्यु, ११ जना घाइते #Aaha News# नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित #Aaha News# ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको 'ज्योतिष' अर्जुन क्षत्री पक्राउ #Aaha News# ९९.७ प्रतिशत कोरोना संक्रमितमा लक्षणनै छैन #Aaha News# प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडकाे जित #Aaha News# अमेरिकाको नयाँ भिसा नीतिका कारण दश हजार नेपाली विद्यार्थी मारमा #Aaha News# काठमाडौँका यी ८ स्थानमा आज बत्ती जाने #Aaha News# एक हप्तामै लिगे १६ सयले श्रम स्वीकृति #Aaha News# म्याग्दीमा पहिरोले घर बगाउँदा दुई परिवारका ७ जना बेपत्ता #Aaha News# मनसुन थप सक्रिय भएसँगै गृहमन्त्रालय ‘हाई अलर्ट’मा #Aaha News# नेपालमा भारतीय न्युज च्यानलको प्रशारण रोक्ने निर्णय #Aaha News# 'सरिता गिरीको विषयमा मोहना अन्सारीको टिप्पणी खेदजनक' #Aaha News#

    aahakhabar

      स्वास्थ्य

      संघियताको वरदान

      पर्वतको महाशिला गाउँपालिकाका सबै स्वास्थ्यचौकीमा २४ घण्टे ‘बर्थिङ सेण्टर’

      गाउँपालिकाका छ वटै वडामा रहेका स्वास्थ्यचौकीमा सो सेवा नियमित रुपमा सञ्चालन

        रासस /(आहाखबर) Tue, Feb 06, 2018 1.58K
        फाइल तस्वीर : स्थानीय क्षेत्रका बर्थिङ सेण्टर

        फलेवास पर्वत, २३ माघ ।

        महाशिला गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थामा चौबीसघण्टे गर्भवती र सुत्केरी सेवा विस्तार भएको छ ।

        गाउँपालिकाका छ वटै वडामा रहेका स्वास्थ्यचौकीमा सो सेवा नियमित रुपमा सञ्चालन गर्न थालिएको हो । गाउँपालिकाअन्तर्गत वडा नं ५ लुखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि सो सेवा सञ्चालनमा आए पनि अन्य पाँच स्वास्थ्यचौकीमा भने यस वर्षदेखि सो सेवा थप गरिएको हो । 

        स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि उपचारका अभावमा गर्भवती र सुत्केरीले अकालमा ज्यान गुमाउन नपरोस् र तत्काल आफ्नै गाउँमा रहेको स्वास्थ्यचौकीबाट सेवा लिन पाऊन् भन्ने उद्देश्यले चौबीसै घण्टा आकस्मिक गर्भवती र सुत्केरी सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए  ।उनका अनुसार विगतमा सञ्चालन हुँदैआएको प्राथमिक केन्द्रमा पनि जटिल किसिमका बिरामीको उपचार नहुने तथा दक्ष जनशक्ति नबस्ने समस्याले गर्दा स्थानीय महिलाले सास्ती खेप्दै आउनुपरेको थियो । गाउँपालिकाले यस वर्ष रु १७ लाख विनियोजन गरी सबै स्वास्थ्यचौकीमा सुत्केरी सेवा दिन सकिने पूर्वाधार तथा जनशक्तिको व्यस्थापन गरिएको हो । ग्रामीण भेगमा चौबीसै घण्टा यातायात पहुँच नहुने र सामान्य परिवारले अर्थ अभावका कारण तत्काल अस्पताल पुर्याएर सुत्केरी गराउन नसक्ने अवस्थालाई ध्यानमा राखी सो सेवा तत्काल थप गरिएको पौडेलले बताए  । 

        उनले भने, “आम महिला दिदीबहिनीलाई जनप्रतिनिधि आएपछिको पहिलो राहातस्वरुप यो सेवा थप गरिएको छ । गाउँपालिकाअन्तर्गत हाश्राङ्दी, भोक्सिङ, बालाकोट, पाखापानी र फलामखानीका स्वास्थ्यचौकीमा यो सेवा गत महिनादेखि सुचारु गरिएको हो ।” 

        गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा जनशक्तिसमेत अभाव नहोस् भन्ने उद्देश्यले अनमी १२ र स्वास्थ्य संस्था सहयोगी १२ कर्मचारी पदपूर्तिसमेत गर्न थालेको छ । गाउँपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी कर्मचारी माग गरिएको पौडेलले जानकारी दिए  । 

        “जीर्ण भएका संरचना पुनःनिर्माण, औषधिको पर्याप्त व्यवस्था, प्रत्येक टोल टोलमा स्ट्रेचार को व्यवस्था, महिला स्वयंसेविकालाई समेत जिम्मेवारी प्रदान गरेर कुनै पनि नागरिक राज्यले प्रदान गर्ने स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने व्यवस्था गरेका छौँ”, अध्यक्ष पौडेलले जानकारी दिए । 

        अहिले लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सकसहितको सेवा र अन्य स्वास्थ्यचौकीमा अहेवको नेतृत्वमा कर्मचारी व्यवस्थापन गरिएको बताइएको छ । जिल्लाका अन्य स्थानीय तहभन्दा धेरै र प्रभावकारी रुपमा काम गरेको महाशिलाले शिक्षा क्षेत्रमा समेत सुधार योजना अघि बढाएको छ । 
         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast