विवाहित जोडी यौन सम्बन्धमा कति खुसी, यस्ता छन् रोचक नयाँ तथ्य #Aaha News# स्थिरताको पक्षमा युवा विद्यार्थीको प्रदर्शन #Aaha News# मंसिर ४ गतेको सहमति कार्यान्वयन गर्न ओली तयार, प्रधानमन्त्री र अध्यक्ष नछाड्ने #Aaha News# एकैदिनमा ४८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि #Aaha News# फ्रान्सको नयाँ प्रधानमन्त्रीमा जाँ कास्टेक्स नियुक्त, को हुन् उनी ? #Aaha News# भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा आन्दोलन गर्ने तयारीः काँग्रेस #Aaha News# काँग्रेसले दियो ‘कोभिड-१९ अनुगमन समिति’लाई पूर्णता, समितिमा को-को ? #Aaha News# नेपालले अमेरिकालाई गरायो एमसीसी ‘होल्ड’मा रहेको जानकारी #Aaha News# पछिल्लो २४ घण्टामा नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि #Aaha News# कञ्चनपुरमा खानेपानीकाे ट्याङ्करले ठक्कर दिँदा एक युवककाे मृत्यु #Aaha News# आफ्ना २० सैनिक मारिएको स्थान लद्दाखमा अचानक किन पुगे मोदी ? #Aaha News# बालुवाटारमा सुरु भयाे ओली–प्रचण्ड निर्णायक वार्ता #Aaha News# मन्त्रीनिवासमा नेकपाका ११ नेताको बैठक, शीर्षनेतालाई खबरदारी गर्ने निर्णय #Aaha News# भरतपुरमा २७ वर्षीय युवकको शव फेला, मृत्यु शंकास्पद : प्रहरी #Aaha News# नुवाकोटका थप एक जनामा कोरोना संक्रमणकाे पुष्टी, संक्रमितको संख्या २४ पुग्यो #Aaha News#

    aahakhabar

      राज्य-समाज

      काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकामा कर्मचारी नहुँदा काम प्रभावित

      प्रशासन सञ्चालन गर्ने एक मात्र प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेको र अन्य अधिकृतस्तरका कर्मचारी नहुँदा कामकारवाहीमा समस्या

        रासस /(आहाखबर) Tue, Feb 06, 2018 1.26K

        काठमाडौँ, २३ माघ  । 

        बूढानीलकण्ठ नगरपालिकामा प्रशासन सञ्चालन गर्ने कर्मचारी नहुँदा कामकारवाही प्रभावित भएको छ । 

        नगरपालिकाका प्रशासन सञ्चालन गर्ने एक मात्र प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी बिदामा बसेको र अन्य अधिकृतस्तरका कर्मचारी नहुँदा  कामकारवाहीमा समस्या परेको नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए  ।

        ‘‘एक जना मात्र प्रशासन सञ्चालन गर्ने कर्मचारी प्रशासकीय अधिकृत हुन्  । उनी पनि बिदामा बस्दा अहिले प्रशासन सञ्चालन गर्ने कर्मचारी छैनन्’’, उनले भने , ‘‘प्रशासन शाखामा अधिकृतस्तरको कर्मचारी नहुँदा आफैँ काम गर्नुपरेको छ ।’’ 

        अहिले एक नायब सुब्बा  मात्र प्रशासन शाखामा छन् । प्रमुख प्रशासकीय अधिकृत अधिकारी यही माघ १८ देखि २८ गतेसम्म बिदामा बसेका छन्  । 

        यसैगरी अहिले नगरपालिकामा स्वास्थ्य, महिला तथा बालबालिका, शिक्षा, कृषि, पशु, प्राविधिक र सामाजिक विकास शाखा स्थापना गरिए पनि पर्याप्त कर्मचारी नहुँदा काम प्रभावित भएको छ ।

        कर्मचारीको अभावले आन्तरिक लेखा परीक्षण शाखा अझै नबनेको उनको भनाइ छ । अहिले नगरपालिकामा केन्द्रबाट थप कर्मचारी नआएको र पहिल्यैका करार कर्मचारीद्वारा काम चलाइएको उनले बताए  । 
         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast