विवाहित जोडी यौन सम्बन्धमा कति खुसी, यस्ता छन् रोचक नयाँ तथ्य #Aaha News# स्थिरताको पक्षमा युवा विद्यार्थीको प्रदर्शन #Aaha News# मंसिर ४ गतेको सहमति कार्यान्वयन गर्न ओली तयार, प्रधानमन्त्री र अध्यक्ष नछाड्ने #Aaha News# एकैदिनमा ४८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि #Aaha News# फ्रान्सको नयाँ प्रधानमन्त्रीमा जाँ कास्टेक्स नियुक्त, को हुन् उनी ? #Aaha News# भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा आन्दोलन गर्ने तयारीः काँग्रेस #Aaha News# काँग्रेसले दियो ‘कोभिड-१९ अनुगमन समिति’लाई पूर्णता, समितिमा को-को ? #Aaha News# नेपालले अमेरिकालाई गरायो एमसीसी ‘होल्ड’मा रहेको जानकारी #Aaha News# पछिल्लो २४ घण्टामा नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि #Aaha News# कञ्चनपुरमा खानेपानीकाे ट्याङ्करले ठक्कर दिँदा एक युवककाे मृत्यु #Aaha News# आफ्ना २० सैनिक मारिएको स्थान लद्दाखमा अचानक किन पुगे मोदी ? #Aaha News# बालुवाटारमा सुरु भयाे ओली–प्रचण्ड निर्णायक वार्ता #Aaha News# मन्त्रीनिवासमा नेकपाका ११ नेताको बैठक, शीर्षनेतालाई खबरदारी गर्ने निर्णय #Aaha News# भरतपुरमा २७ वर्षीय युवकको शव फेला, मृत्यु शंकास्पद : प्रहरी #Aaha News# नुवाकोटका थप एक जनामा कोरोना संक्रमणकाे पुष्टी, संक्रमितको संख्या २४ पुग्यो #Aaha News#

    aahakhabar

      विज्ञान/प्रविधि

      प्रविधि मोह

      पाल्पामा हात देखाउँदा पानी आउने 'सेन्सर धारा'मा आकर्षण बढ्दो

      तानसेनमा खानेपानीको बचतका लागि होटलमा सेन्सर धाराको प्रयोग गरी अनावश्यक पानीको खर्च रोकिंदै

        रासस /(आहाखबर) Tue, Feb 06, 2018 5.48K

         

        पाल्पा, २३ माघ । 

        पानीको बचतका लागि धारामा हात देखाउँदा मात्र पानी झर्ने सेन्सर धाराको जडानप्रति पाल्पाका होटल व्यवसायी आकर्षित हुन थालेका छन् । 

        पहाडी जिल्ला पाल्पाको सदरमुकाम तानसेनमा खानेपानीको बचतका लागि होटलमा सेन्सर धाराको प्रयोग गरी अनावश्यक पानीको खर्च रोक्नका लागि यसको प्रयोग बढेको हो । होटलमा पानी प्रशस्त नहुनु र त्यसमा पनि हात मुख तथा दाँत माझ्दा धारा खोलेर पानी अनावश्यक रुपमा खर्च हुने भएकाले पानीको बचतका लागि सेन्सर धाराको प्रयोग बढेको हो । 

        धारामुनि हात देखाउँदा मात्र पानी आउने र धाराबाट हात बाहिर हुनासाथ पानी आउन रोकिने हुँदा  पानीको खपत कम हुने मोनिका गेष्टहाउसका सञ्चालक जीवलाल सुवेदीले बताउनुभयो । तानसेनका होटल तथा घरमा सेन्सर धारा जडानले पानी कम खर्च हुने गरेकाले यसको प्रयोगप्रति होटल व्यवसायी आकर्षित हुन थालेका छन् । 

        जनसंख्या बढेपनि तानसेनमा आवश्यकता अनुसारको पानी व्यवस्थापनमा ध्यान दिन नसक्दा वर्षेनी पानीको अभाव बढेको हो । घरघरमा खानेपानीका धारा जडान गरिएपनि हप्तामा एकपटक मात्र पानी आउन थालेको उपभोक्ताको गुनासो रहेको छ । 

        मोनिका गेष्टहाउसका सञ्चालक जीवलाल सुवेदीका अनुसार तानसेनमा खानेपानीको चर्को समस्याले होटल व्यवसायी समस्यामा रहेका बेला सेन्सरधाराले समस्याको समधान गर्दै आएको छ । रु १६ हजारमा प्रतिसेन्सर धारा जडान गर्न पाएपछि होटल व्यवसायीले धमाधम धारा जडान गर्न थालेका हुन् । 

        महिनामा २५ ट्यांकी पानी होटलमा भर्दासमेत अझै पानीको समस्या हुँदै आएकोमा अहिले सेन्सर धारा जडानपछि मासिक १५ ट्यांकी पानी होटलका लागि प्रशस्त भएको होटल व्यवसायी सुवेदीले बताए  । 

        पानीको अभाव खड्किएका शहरका होटल तथा घरका सामान्य धारा प्रयोग गर्दा बढी पानी खर्च हुने गर्दछ । सेन्सर धारा जडान गरेमा आवश्यक पानी मात्र खर्च हुने हुँदा  पानीको खपत लागि आधुनिक सेन्सर धाराप्रति आकर्षित हुनु आवश्यक रहेको छ । 

        बुटवलसँगै पाल्पामा सेन्सर धारा जडान गर्नेे काम तीव्रगतिमा अघि बढेको छ । ब्याट्री तथा विद्युत्को सहायताबाट सेन्सर धारा चलाउन सकिने धारा बिक्रेता गंगा ट्रेडका सुरज सुवेदीले बताए । 

        ब्याट्रीको प्रयोगबाट धारा चलाउँदा सात महिनासम्म काम गर्दछ । विद्युत्को सहायतामा धारा सञ्चालन गर्दा न्यून विद्युत् महशुलमै सुविधा उपयोग गर्न सकिने सुवेदीले बताए । 

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast