विवाहित जोडी यौन सम्बन्धमा कति खुसी, यस्ता छन् रोचक नयाँ तथ्य #Aaha News# स्थिरताको पक्षमा युवा विद्यार्थीको प्रदर्शन #Aaha News# मंसिर ४ गतेको सहमति कार्यान्वयन गर्न ओली तयार, प्रधानमन्त्री र अध्यक्ष नछाड्ने #Aaha News# एकैदिनमा ४८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि #Aaha News# फ्रान्सको नयाँ प्रधानमन्त्रीमा जाँ कास्टेक्स नियुक्त, को हुन् उनी ? #Aaha News# भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा आन्दोलन गर्ने तयारीः काँग्रेस #Aaha News# काँग्रेसले दियो ‘कोभिड-१९ अनुगमन समिति’लाई पूर्णता, समितिमा को-को ? #Aaha News# नेपालले अमेरिकालाई गरायो एमसीसी ‘होल्ड’मा रहेको जानकारी #Aaha News# पछिल्लो २४ घण्टामा नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि #Aaha News# कञ्चनपुरमा खानेपानीकाे ट्याङ्करले ठक्कर दिँदा एक युवककाे मृत्यु #Aaha News# आफ्ना २० सैनिक मारिएको स्थान लद्दाखमा अचानक किन पुगे मोदी ? #Aaha News# बालुवाटारमा सुरु भयाे ओली–प्रचण्ड निर्णायक वार्ता #Aaha News# मन्त्रीनिवासमा नेकपाका ११ नेताको बैठक, शीर्षनेतालाई खबरदारी गर्ने निर्णय #Aaha News# भरतपुरमा २७ वर्षीय युवकको शव फेला, मृत्यु शंकास्पद : प्रहरी #Aaha News# नुवाकोटका थप एक जनामा कोरोना संक्रमणकाे पुष्टी, संक्रमितको संख्या २४ पुग्यो #Aaha News#

    aahakhabar

      स्कुल-कलेज

      कहिले सम्म ?

      सप्तरीको भारदहमा दरबन्दीअनुसार शिक्षक नहुँदा पढाइ प्रभावित

      विद्यालयमा करिब एक हजारभन्दा बढी विद्यार्थी रहेकाले विद्यार्थीअनुसार शिक्षक नहुँदा एउटा कक्षामा १६० देखि १७० जना विद्यार्थी राखेर पठाउनु पर्ने बाध्यता

        रासस /(आहाखबर) Tue, Feb 06, 2018 4.5K

        राजविराज, २३ माघ । 

         सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित बिपी माविमा दरबन्दीअनुसार शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । 

        करिब २५ वर्ष अगाडि स्थापना भएको सो विद्यालयमा शिक्षकको अभावका कारण विद्यालयमा पठनपाठन गर्न समस्या हुने गरेको शिक्षकले गुनासो गरेका छन् । विसं २०४९ मा स्थापना भएको उक्त विद्यालयमा अन्य सामुदायिक विद्यालय तथा नीजि बोर्डिङ स्कुलभन्दा बढी विद्यार्थीको चाप यस विद्यालयमा भएपनि विद्यालयमा विद्यार्थीअनुसार शिक्षक नहुँदा पठनपाठन गराउन समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक जयप्रकाशप्रसाद गुप्ताले बताए  । 

        उक्त विद्यालयमा करिब एक हजारभन्दा बढी विद्यार्थी रहेकाले विद्यार्थीअनुसार शिक्षक नहुँदा एउटा कक्षामा १६० देखि १७० जना विद्यार्थी राखेर पठाउनु पर्ने बाध्यता रहेको अर्का शिक्षक शिवशंकर मण्डलले पनि गुनासो गरे । सो विद्यालयमा सबैभन्दा बढी मावि र निमावि तहमा विद्यार्थीको संख्या बढी रहेको विद्यालयले जनाएको छ । 

        सो विद्यालयमा दरबन्दीअनुसार मावि तहमा १० जना शिक्षक हुनुपर्नेमा अहिले पाँचजना शिक्षक मात्र रहेका छन् । मावि तहमा भने थप एकजना शिक्षक राहत दरबन्दीमा काम गरिरहेको बताउँदै छ महिना अगाडि मात्रै नेपाली विषयका शिक्षक शान्तिराम अधिकारीले अवकाश प्राप्त गरेपछि नेपाली विषय पढाउने शिक्षक नहुँदा मावि तहमा निमावि स्तरको शिक्षक राखेर पढाइ सञ्चालन गर्नुपर्ने अवस्था रहेको प्रअ गुप्ताले बताए  । 

        त्यस्तै, निमावि तहमा समेत पाँचजना शिक्षकको आवश्यकता रहेकोमा अहिले एकजना दरबन्दीमा र एकजना राहत कोटामा काम गरिरहेको उनले जानकारी दिए । 
         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast