विवाहित जोडी यौन सम्बन्धमा कति खुसी, यस्ता छन् रोचक नयाँ तथ्य #Aaha News# स्थिरताको पक्षमा युवा विद्यार्थीको प्रदर्शन #Aaha News# मंसिर ४ गतेको सहमति कार्यान्वयन गर्न ओली तयार, प्रधानमन्त्री र अध्यक्ष नछाड्ने #Aaha News# एकैदिनमा ४८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि #Aaha News# फ्रान्सको नयाँ प्रधानमन्त्रीमा जाँ कास्टेक्स नियुक्त, को हुन् उनी ? #Aaha News# भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा आन्दोलन गर्ने तयारीः काँग्रेस #Aaha News# काँग्रेसले दियो ‘कोभिड-१९ अनुगमन समिति’लाई पूर्णता, समितिमा को-को ? #Aaha News# नेपालले अमेरिकालाई गरायो एमसीसी ‘होल्ड’मा रहेको जानकारी #Aaha News# पछिल्लो २४ घण्टामा नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि #Aaha News# कञ्चनपुरमा खानेपानीकाे ट्याङ्करले ठक्कर दिँदा एक युवककाे मृत्यु #Aaha News# आफ्ना २० सैनिक मारिएको स्थान लद्दाखमा अचानक किन पुगे मोदी ? #Aaha News# बालुवाटारमा सुरु भयाे ओली–प्रचण्ड निर्णायक वार्ता #Aaha News# मन्त्रीनिवासमा नेकपाका ११ नेताको बैठक, शीर्षनेतालाई खबरदारी गर्ने निर्णय #Aaha News# भरतपुरमा २७ वर्षीय युवकको शव फेला, मृत्यु शंकास्पद : प्रहरी #Aaha News# नुवाकोटका थप एक जनामा कोरोना संक्रमणकाे पुष्टी, संक्रमितको संख्या २४ पुग्यो #Aaha News#

    aahakhabar

      राज्य-समाज

      प्रदेश ४ को पहिलो बैठकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरण

      “हामी आज जुन ठाउँमा उभिएर बैठक गर्दैछौँ, यो त्यस्तो प्रदेश हो, जहाँबाट राष्ट्रिय एकीकरणको अभियान शुरु गरेर आधुनिक नेपालको निर्माण भएको थियो ।”

        Aaha News Tue, Feb 06, 2018 2.15K

        पोखरा, २३ माघ :

        प्रदेश नं ४ को प्रदेशसभाको सोमबार सम्पन्न पहिलो बैठकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै उहाँप्रति सम्मान व्यक्त गरिएको छ । 

        बैठकमा पहिलो वक्ताका रुपमा प्रदेशसभा सदस्य पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आधुनिक नेपालको सीमा निर्धारण गर्ने सन्दर्भमा साम्राज्यवाद विरुद्ध खेलेको भूमिकाको प्रशंसा गरे । 

        सांसद गुरुङले भने– “हामी आज जुन ठाउँमा उभिएर बैठक गर्दैछौँ, यो त्यस्तो प्रदेश हो, जहाँबाट राष्ट्रिय एकीकरणको अभियान शुरु गरेर आधुनिक नेपालको निर्माण भएको थियो ।”

         

        राष्ट्रिय स्वाधिनताको मुद्दामा प्रदेशसभा अखण्ड, एकीकृत र समृद्ध नेपाल निर्माण गर्ने काममा प्रतिबद्ध रहने विश्वास पनि उहाँले दिलाउनुभयो । अर्का वक्ता किरण गुरुङले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेकै कारण आज हामी नेपाली भनेर गर्वका साथ बाँच्न पाएका छौँ भने । 

        उनले भने– “गोर्खा राज्य विस्तारको नेतृत्व पृथ्वीनारायणले गर्नुभएको थियो, म यतिबेला सर्वप्रथम उहाँलाई स्मरण गर्दै सम्मान गर्न चाहन्छु, ।” उनिहरु दुवैजना वक्ता प्रदेश नं ४ का मुख्य मन्त्रीका दावेदार पनि हुन् । 

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast