विवाहित जोडी यौन सम्बन्धमा कति खुसी, यस्ता छन् रोचक नयाँ तथ्य #Aaha News# स्थिरताको पक्षमा युवा विद्यार्थीको प्रदर्शन #Aaha News# मंसिर ४ गतेको सहमति कार्यान्वयन गर्न ओली तयार, प्रधानमन्त्री र अध्यक्ष नछाड्ने #Aaha News# एकैदिनमा ४८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि #Aaha News# फ्रान्सको नयाँ प्रधानमन्त्रीमा जाँ कास्टेक्स नियुक्त, को हुन् उनी ? #Aaha News# भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा आन्दोलन गर्ने तयारीः काँग्रेस #Aaha News# काँग्रेसले दियो ‘कोभिड-१९ अनुगमन समिति’लाई पूर्णता, समितिमा को-को ? #Aaha News# नेपालले अमेरिकालाई गरायो एमसीसी ‘होल्ड’मा रहेको जानकारी #Aaha News# पछिल्लो २४ घण्टामा नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि #Aaha News# कञ्चनपुरमा खानेपानीकाे ट्याङ्करले ठक्कर दिँदा एक युवककाे मृत्यु #Aaha News# आफ्ना २० सैनिक मारिएको स्थान लद्दाखमा अचानक किन पुगे मोदी ? #Aaha News# बालुवाटारमा सुरु भयाे ओली–प्रचण्ड निर्णायक वार्ता #Aaha News# मन्त्रीनिवासमा नेकपाका ११ नेताको बैठक, शीर्षनेतालाई खबरदारी गर्ने निर्णय #Aaha News# भरतपुरमा २७ वर्षीय युवकको शव फेला, मृत्यु शंकास्पद : प्रहरी #Aaha News# नुवाकोटका थप एक जनामा कोरोना संक्रमणकाे पुष्टी, संक्रमितको संख्या २४ पुग्यो #Aaha News#

    aahakhabar

      पर्यटन समाचार

      पूर्वको ताप्लेजुङस्थित 'पाथीभरा क्षेत्र' लाई पर्यटकीय गन्तव्यका रुपमा प्रवर्धन गरिने

      फागुन १ देखि ३ गतेसम्म हुने पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथनको राष्ट्रपतिबाट उद्घाटन हुँदै

        Aaha News Tue, Feb 06, 2018 3.46K

        काठमाडौँ, २३ माघ :

        ताप्लेजुङस्थित पाथीभरा क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गरिने भएको छ । 
        आगामी फागुन १ देखि ३ गतेसम्म हुने पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथनको राष्ट्रपतिबाट उद्घाटन हुँदैछ । महोत्सवमा कृषि उत्पादन, औद्योगिक हस्तकला तथा शिल्पकला, खाद्य परिकार उत्सव, सांस्कृतिक कार्यक्रम, प्याराग्लाइडिङ, भलिबल प्रतियोगिता गरिने आयोजकले जनाएको छ । 

        नेकपा (एमाले) का सचिव योगेश भट्टराईले उक्त स्थानमा प्रकृतिले विभिन्न किसिमका स्रोत र साधन उपलब्ध गराए पनि उचित व्यवस्थापन हुन नसक्दा स्थानीय पूर्वाधार विकास तथा जनताको समृद्धि कायम हुन नसकेको बताए । उनले भने, “उत्तरबाट दक्षिण बग्ने अधिकांश नदी त्यस क्षेत्रमा पर्छ, मुलुकमा ऊर्जाको विकासको लागि ताप्लेजुङले ठूलो योगदान गर्न सक्छ, स्थानीय तमोर जलाशय आयोजनाबाट करिब ७५० मेगावाट विद्युत् उत्पादन गर्नका सरोकार पक्षसँग गृहकार्य भइरहेको छ ।” 

        उत्तरबाट दक्षिण बग्ने अधिकांश नदी त्यस क्षेत्रमा पर्छ, मुलुकमा ऊर्जाको विकासको लागि ताप्लेजुङले ठूलो योगदान गर्न सक्छ, स्थानीय तमोर जलाशय आयोजनाबाट करिब ७५० मेगावाट विद्युत् उत्पादन गर्नका सरोकार पक्षसँग गृहकार्य भइरहेको छ ।

        त्यस क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य भट्टराईले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सडक सञ्जालका लागि छोटो दूरीमा त्यहाँ पुग्नका लागि वैकल्पिक मार्ग विकास गर्न तमोर करिडोर प्राथमिकतामा रहेको बताउँदै सुकेटार विमानस्थल स्तरोन्नति गरी हवाई यातायातलाई सहज बनाइने र पर्यटकलाई आकर्षित गराइने बताए । 

        उक्त क्षेत्रमा प्रशस्तै छाँगा-छहरा, तालतलैया, नदीनालाका साथै पाँच हजार मिटर अग्ला चार हिमाल छन् । जैविक विविधता रहेको सो क्षेत्रमा जातीय, धार्मिक, भाषिक विविधता विशेषता रहेको छ । अहिले करिब तीन लाख पर्यटक त्यहाँ आउने गरेको बताइएको छ । 

        पाथीभरा क्षेत्र नेपालकै प्रसिद्ध धार्मिकस्थलमध्ये महत्वपूर्ण तीर्थस्थल हो । पाथीभरा देवीसँग भाकल गरेपछि मनोकामना पूरा हुने र भाकल पूरा भएपछि पुनः भक्तजन त्यहाँ जाने प्रचलन छ । 

        पाथीभरा मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका सचिव तारानाथ घिमिरेले पाथीभरा धाम प्रवेशद्धार शिलान्यास, लोक झाँकी र पाथीभरा दूतको घोषणा गरिने जानकारी दिए । 
        पाथीभरा क्षेत्र विकास समिति र स्थानीय नयाँ रणभीम गुल्मले महोत्सवमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पाथीभरा क्षेत्र नेपालकै प्रसिद्ध धार्मिकस्थलमध्ये महत्वपूर्ण तीर्थस्थल हो । पाथीभरा देवीसँग भाकल गरेपछि मनोकामना पूरा हुने र भाकल पूरा भएपछि पुनः भक्तजन त्यहाँ जाने प्रचलन छ । 


        मुलुकमा पाइने ४५ मध्ये २८ प्रजातिका लालीगुराँस र १०० भन्दा बढी प्रजातिका सुनाखरी पाथीभरा क्षेत्रमा पाइन्छ । यस्तै मुनाल, डाँफे, चिरकालिज, हरियो लामपुच्छ्रेलगायत दुर्लभ पन्छीले उक्त स्थानको सौन्दर्य बढाएको पर्यटन व्यवसायी पासाङ लामाले बताए । यस क्षेत्रमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा मुलुकको दोस्रो अग्लो हिमाल हो । त्यस्तै कुम्भकर्ण, काङ्बाचेन, मकालु, लोत्सेलगायत हिमाल यहाँबाट देख्न सकिन्छ । 

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast