विवाहित जोडी यौन सम्बन्धमा कति खुसी, यस्ता छन् रोचक नयाँ तथ्य #Aaha News# स्थिरताको पक्षमा युवा विद्यार्थीको प्रदर्शन #Aaha News# मंसिर ४ गतेको सहमति कार्यान्वयन गर्न ओली तयार, प्रधानमन्त्री र अध्यक्ष नछाड्ने #Aaha News# एकैदिनमा ४८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि #Aaha News# फ्रान्सको नयाँ प्रधानमन्त्रीमा जाँ कास्टेक्स नियुक्त, को हुन् उनी ? #Aaha News# भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा आन्दोलन गर्ने तयारीः काँग्रेस #Aaha News# काँग्रेसले दियो ‘कोभिड-१९ अनुगमन समिति’लाई पूर्णता, समितिमा को-को ? #Aaha News# नेपालले अमेरिकालाई गरायो एमसीसी ‘होल्ड’मा रहेको जानकारी #Aaha News# पछिल्लो २४ घण्टामा नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि #Aaha News# कञ्चनपुरमा खानेपानीकाे ट्याङ्करले ठक्कर दिँदा एक युवककाे मृत्यु #Aaha News# आफ्ना २० सैनिक मारिएको स्थान लद्दाखमा अचानक किन पुगे मोदी ? #Aaha News# बालुवाटारमा सुरु भयाे ओली–प्रचण्ड निर्णायक वार्ता #Aaha News# मन्त्रीनिवासमा नेकपाका ११ नेताको बैठक, शीर्षनेतालाई खबरदारी गर्ने निर्णय #Aaha News# भरतपुरमा २७ वर्षीय युवकको शव फेला, मृत्यु शंकास्पद : प्रहरी #Aaha News# नुवाकोटका थप एक जनामा कोरोना संक्रमणकाे पुष्टी, संक्रमितको संख्या २४ पुग्यो #Aaha News#

    aahakhabar

      लाइफस्टाइल

      वैवाहिक सम्बन्ध विच्छेद गरेका नेपालका चर्चित नायिकाहरुको प्रेम कहानी !

      बलिउड र हलिउडमा जस्तै नेपाली सिने जगतमा पनि यस्ता थुप्रै नायिकाहरु छन् जसको डिभोर्स भएर पनि चलचित्रमा सक्रिय छन्

        Aaha News Sun, Feb 04, 2018 5.74K

        काठमाडौं । 
        पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा क्रियाशिल नायिकाहरुको डिभोर्सको घटनाहरु धेरै नै आउने गरेका छन् । बलिउड र हलिउडमा जस्तै नेपाली सिने जगतमा पनि यस्ता थुप्रै नायिकाहरु छन् जसको डिभोर्स भएर पनि चलचित्रमा सक्रिय रुपमा लागिरहेका छन् ।

        कलाकारहरुको वैवाहिक सम्बन्ध विच्छेद हुनुलाई खासै नौलो कुराको रुपमा पनि हेरिदैन। सामन्य नै मानिन्छ । र डिभोर्स पछि दोस्रो विवाहलाई पनि सामान्य नै मान्ने गरिन्छ । बिहे गरेर पछि सम्बन्ध विच्छेद गरेका नायिकाहरू नयाँ नायिकाहरूका लागि चुनौती बनेका छन् ।
        यस्ता नायिकामा रेखा थापा, प्रियंका कार्की, सञ्चिता लुइँटेल, रञ्जना शर्मा, मनिषा कोइराला, पूजा चन्द, गौरी मल्ल, सौजन्य सुब्बा, छुल्ठिम गुरुङ, सुस्मिता केसी, रीमा विश्वकर्मा लगायत रहेका छन् । उनीहरू लामो समय घरजम गरेर पछि एक्लै बस्दै आएका छन् भने कोही पुनः विवाह बन्धनमा बाँधिएका छन् । 

        रिमा विश्वकर्मा र रोर्बट विक
        नेपाली सिने जगतमा क्रियाशिल नायिका तथा मोडल रीमा विश्वकर्माको हालसालै वैवाहिक सम्बन्ध टुुंगिएको छ । डिभोर्स कै कारण उनी चर्चामा छिन् । सन् २०१५ सेप्टेम्बर २७ मा प्रेमी रोबर्ट बिकसँग नायिका रीमाले वैवाहिक यात्रा सुरु गरेकी थिइन् । 

        सुरुको १ बर्ष उनीहरुको बैवाहिक जीवन सुमधुर नै रह्यो । त्यसपछि भने क्रमश ः बिग्रदै गयो । दुर्भाग्य, दुई वर्षे संयुक्त यात्रामा पूर्ण्विराम लगाउदै उनीहरु यतिबेला कानूनि रुपमा टाढिसकेका छन,् । 

        उनका श्रीमान रोवर्ट विकले मोरङ स्थायी घर भएकी बर्षा रसाईलीसँग लगन गाँठो कँसेपछि रीमासँगको वैवाहिक सम्बन्धमा फाटो आएको खबर बाहिर आएको थियो । इन्गेजमेन्ट गरेर अर्को दिन बिहानै रोबर्ट सातसमुद्रपारी उडेको कुरा सुन्नमा आएको छ ।

        रेखा थापा र छविराज ओझा

        नेपाली सिने जगतकी बोल्ड नायिकाको परिचय बनाएकी नायिका रेखा थापा र निर्देशक तथा निर्माता छविराज ओझाको सम्बन्ध बिच्छेदको खबरले पनि एक ताका निक्कै चर्चा पाएको थियो । यो काण्ड भने अरु भन्दा अलि फरक नै छ । यसमा रेखा पहिलो पटक जोडिएको सम्बन्धबाट टाढिदैथिन् भने निर्माता छबी एक किसिमले बानी नै परेका थिए । यसअघि नै छबीले कसैसंग सम्बन्ध तोडिसकेका थिए ।

        १९६४ मा धरानमा जन्मिएका छबीको गीताञ्जली सुनुवार सँग पहिलो विवाह भएको थियो । १९९२ मा उनिहरुको डिभोर्स भए पछी भनिन्छ गीतान्जलीले डिपरेशनमा परेर सुसाइड नै गरिन् । त्यस पछी ओझाले नायिका रेखा थापा सँग विवाह गरेका हुन् । ओझाले नायिका रेखालाई पहिलो पटक चलचित्र हिरोबाट सिने जगतमा भित्र्याएका थिए । यी दुइ मिलेर १२ बर्ष सिने क्षेत्रमा काम गर्ने क्रममा रेखा बोल्ड नायिकाका रुपमा स्थापित बनिन् ।

        तर बिस्तारै उनीहरुबीचमा खटपट शुरु भयो, र अन्ततः २०१६ मा उनिहरुको डिभोर्स नै भयो । २०१२ मा नै उनिहरु छुटिएको खबर प्राप्त भए पनि २०१६ मा भने उनिहरुले पारपाचुके नै गरेका हुन् । रेखा यतिबेला चलचित्र र पार्टीमा उतिक्कै सक्रिय छिन् भने निर्माता ओझा नायिका शिल्पा पोख्र्रेलसँग अफेयरको हल्ला चलाउँदै चलचित्र निर्माणमै रहेका छन् ।

        सञ्चीता लुइटेल र आकाश शाह

        नेपाली सिने क्षेत्रमा सुन्दरी नायिकाको रूपमा चिनिने नायिका हुन् संचीता लुइटेल । अप्सरा चलचित्रबाट रजतपटमा पाइला टेकेकी सञ्चिताको चलचित्र भन्नै सकिन को फिल्म सेटमा भेट भएका आकाश शाहसँग विवाह भयो ।

        अभिभावकको बिना सल्लाह बिवाह गरेका उनीहरुबीचमा खटपटि आएपछि भने सञ्चीता र आकाश छुटिने निर्णय गरे । डिभोर्सपछि चलचित्र र मोडलिङमा रमाएकी उनी नायक निखिल उप्रेतीसंग जोडिन पुगिन् । कोपिला उप्रेतीसंग बिवाह गरेका नायक उप्रेती एक छोराका बाबु बनिसकेका थिए ।

        संचिता र निखिलको यो सम्बन्धलाई लिएर केही आलोचना र टिकाटिप्पणी पनि भएको थियो । यद्यपी अहिले उनीहरुको पारिवारिक अवस्था सामान्य बनेको छ भने २ सन्तानी आमा बनिसकेकी संचिता फिल्म क्षेत्रमै ब्यस्त छिन् ।

        सुस्मिता केसी बमजन र भुवन केसी

        ६० बर्षे भुवन केसी नेपाली सिने जगतमा कुनै बेला प्लेबोईको नामले परिचित थिए । हुन त उनको विवाह सम्बन्ध जोडीनु र छुटीनुले पनि त्यो शब्द लाई कतै पुष्ठी नै गर्छ । सुस्मिता बोमजन भुवन कि पहिलो पत्नी भने होइनन् । उनको पहिलो पत्नी विजया मल्ल हुन ।

        विजयासँग डिभोर्स भए पछी उनले सुस्मिता सँग बिवाह गरेका हुन । विजयाबाट उनका दुई सन्तान काजल र विवेक छन भने सुस्मिताका छोरा हुन अनमोल केसी । अनमोल युवा पुस्ताका चर्चित नायक हुन् । सुस्मिता सँग को सम्बन्ध बिच्छेदपछी भुवन अहिले एटिएम नायिका जिया केसी सँग लिभिङ्ग टुगदर रिलेसनमा छन् ।

        प्रियंका कार्की र रोचक मैनाली

        अहिलेकीे डिमान्डेड नायिका हुन, नायिका प्रियंका कार्की । उनी प्रायः धेरै फिल्म मेकरको रोजाइमा पर्ने गर्छिन् । चलचित्र पछि प्रियंकाको चर्चा जोडिएको छ उनको अहिलेको ब्वाइफ्रेण्ड आयुश्मान देशराज जोशीसँग । प्रियंका कार्की यस अघि अगाडि विवाह बन्धनमा बाँधिएको कुरा कुनै नौलो होइन । 

        प्रियंका र रोचक मैनाली अमेरिकाको युनिभर्सिटी अफ अलाबामा  अध्ययनका क्रममा प्रेममा परेका थिए । र पछि २०६७ साल श्रावण १ गते उनीहरुको विवाह भएको थियो । तर उनिहरुको डिभोर्स पछि रोचकले आहिले काठमाण्डौं कि अनशुमा खरेलसँग विवाह गरेका छन ।

        मनिषा कोईराला र सम्राट दाहाल 

        मनिषा त्यस्ती नेपाली चेली हुन, जसले बलिउड जस्तो विश्वकै ठूलो फिल्मी उद्योगमा आफ्नो दर्बिलो उपस्थिती जनाइन् । सौदागर, मन, अ लभ स्टोरी १९४२, दिल से, अग्नी साक्षी, अकेले हम अकेले तुम, खामोसी जस्ता सुपरहिट फिल्म दिएकी उनी ९० को दशकमा निकै चम्किएकी थिइन् । उनले पाँचवटा भाषाको लगभग ८० भन्दा बढी फिल्म खेलिन् ।

        बलिउडमा जुनबेला मनिषा चम्किएकी थिइन, त्यहीका कलाकर्मीदेखि फिल्ममेकरसम्म उनको नाम जोडिन्थ्यो । कहिले नाना पाटेकर त कहिले सुभाष घईसँग जोडिएर मनिषाको चर्चा गरिए । तर, उनी अबिवाहित रहिन् । करिब करियरको उत्तराद्र्ध्तिर उनले जीवन साथी त पाइन् तर दूरी लम्बिन सकेन । मनिषाको आफुभन्दा कान्छा उमेरका नेपाली व्यवसायी सम्राट दाहालसँग काठमाडौंमा धुमधामसंग विवाह भएको थियो ।

        निकै चर्चामा रहेको मनिषाको बिहेको निम्तो मान्दै केहि बलिउडकर्मीसमेत काठमाडौं आए । तर, सम्राट–मनिषाको दाम्पत्य लामो समय टिक्न पाएन । अनेक खटपटबीच उनीहरु अघोषित रुपमा अलग भए ।

        प्रसन्न पौडेल र सिम्पल खनाल

        प्रसन्न पौडेल र सिम्पल खनाल मोड्लिङ क्षेत्रमा स्थापित नाम हो । ४ सय भन्दा बढी म्युजिक भिडियो डाइरेक्शन गरिसकेका प्रसन्नको विवाह नायिका तथा मोडल सिम्पल खनाल सँग भएको थियो । सिम्पलले चलचित्र माझि दाई बाट सिनेमा छेत्रमा पाइला टेकेकी थिइन ।

        प्रसन्न पौडेलसँगको बैभाविक जीवन अगाडि बढाउन नसकेर उनिहरुले डिभोर्स गरेका हुन । त्यसपछी २०१६ मा सिम्पलले यूके बिजनेस नदीम सँग विवाह गरिन र सुने अनुसार उनी अहिले एक सन्तान कि आमा भएकी छन् भने यता प्रसन्न पौडेल अमेरिकामा बस्छन । 

        मौसमी मल्ल र धन बिक्रम मल्ल

        मौसमि मल्ल कुनै समय कि चर्चित नायिका हुन । उनी १५ बर्ष को हुँदा उनको विवाह धन बिक्रम मल्ल सँग भएको थियो । चलचित्र कान्छी उनको पहिलो फिल्म थियो जसमा अभिनय गर्दा उनको ४ महिनाको छोरा थिए । विवाह भएको ९ बर्ष पछि मौसमीले डिभोर्स गरेकी हुन त्यस पछि उनी १३ बर्ष चलचित्र क्षेत्रबाट टाढा रहिन ।

        गौरी मल्ल

        नेपाली चलचित्र क्षेत्रमा अभिनयका हिसाबले उच्च स्थान बनाएकी अभिनेत्री गौरी मल्ल पनि सम्बन्ध बिच्छेद पछि एक्लै नै छिन् । गौरी मल्लको २०५२ सालमा भएको प्रेमविवाह अन्ततः सफल हुन सकेन । जापानमा बस्ने राजन भण्डारीसँग पारपाचुके गरेर उनी अमेरिका पलायन भएकी थिइन् । हाल उनी चलचित्र क्षेत्रमै फाट्ट फुट्ट देखिन्छिन् भने एक टेलिभिजनको लोकप्रिय कार्यक्रम आमाको प्रस्तोताको रुपमा पनि देखिने गरेकी छिन् ।

        छुल्ठिम गुरुङ्ग र धिरज राई

        चलचित्र नोभेम्बर रेनबाट चर्चा कमाएकी चुलठिम गुरुङ्ग र गायक धीरज राई छुट्टिएका छन् । एक दशक अघि जोडिएको यो सम्बन्ध ५ बर्ष यता छुट्टिएको छ । छुल्ठिम धिरजको फ्यान बनेर विवाह बन्धनमा बाधिएकी थिइन् । तर पछि बिचार नमिलेका कारण अलग्गिएको धिरजले बताउने गरेका छन् । उनिहरुको २०१३ मा डिभोर्स भएको हो ।

        पूजा परियार र सुरज चन्द

        नयिका पूजा परियारले फोटोग्राफर सुरज चन्द सँग सम्बन्ध बिछेद गरेकी हुन । पूजाले सुरज सँग विवाह गरे पछी आफ्नो थर चन्द राखेकी हुन । डिर्भोस पछि उनले राजू लामा सँग विवाह गरेकी हुन् ।

        सौजन्य सुब्बा
        अभिनेत्री सौजन्य सुब्बाले पनि दोस्रो बिहे गरेकी हुन् । पहिलो बिहे केही वर्षमै टुटेपछि सौजन्य निर्माता, अभिनेता रोज राणाको प्रेममा परिन् । तर भुपेन चन्दको मायाले जित्यो । जसकारण सौजन्यसँगको सम्बन्धका कारण रोज र भुपेनको राम्रै झगडा पनि परेको थियो । पछि, भुपेनले सौजन्यसँग बिहे गरे । भुपेनको पनि सौजन्यसँग दोस्रो बिहे हो । बिहेपछि उनीहरू अमेरिकामा बस्ने गरेका छन् ।

        झरना बज्रचार्य

        पूर्व मिस नेपाल झरना बज्राचार्यले मलेसियन व्यापारी राहुल अग्रवालसँग बिहे गरिन् । झरनाले त्यसअघि सन् २००७ मा बिट्रिस नागरिक वारेन कारेरसँग इन्गेजमेन्ट गरेकी थिइन् । केही वर्षसँगै बसेका उनीहरू अन्ततः छुट्टिए । राहुल ‘सेफल्यान्डिङ’ नामक नेपाली फिल्मका सहनिर्माता हुन् ।

        नायिका कृती भट्टराई र पत्रकार रबी श्रेष्ठ

        नायिका कृति भट्टराई उपहार, विश्वाश जस्ता चर्चित चलचित्रबाट चिनिन्छिन । उनको पति पत्रकार रबी श्रेष्ठसँग आपसी समजदारीमा डिर्भोस भएको श्रोत बताउँछ ।

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast