तनहुँमा पहिरो: दुई घरका पाँच जना बेपत्ता #Aaha News# विभिन्न स्थानमा भारी वर्षा, बाढीपहिरो र डुबानको उच्च जोखिम #Aaha News# डा. सूर्यराज आचार्य र मुमाराम खनालले छाडे साझा पार्टी #Aaha News# भित्री बस्त्रको छनौटमा मानिसले गर्छन् यी ६ गल्ती #Aaha News# देशमा अशान्ति भएपछि मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटनको घोषणा #Aaha News# कोरोना संक्रमणबाट निधन भएका पुरुष बस्ने टोल सिल #Aaha News# ‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’ #Aaha News# प्रशासनिक निर्णयबाटै पनि क्लिन फिड लागू गर्न सकिन्छः मन्त्री खतिवडा #Aaha News# जनता समाजवादीले लियो दल दर्ताको प्रमाणपत्र #Aaha News# काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलिएको आशंका #Aaha News# आइतबार थपिए ८२ जना कोरोना संक्रमित, कुन प्रदेशमा कति ? #Aaha News# पार्टीमा विवाद आउनु नौलो विषय होइनः प्रचण्ड #Aaha News# यौन चाहना र लतबीच के अन्तर छ ? #Aaha News# अमेरिकाद्वारा फ्रान्सेली उत्पादनमा कर वृद्धि गर्ने घोषणा #Aaha News# सेलफोनबाट टिकटक हटाउन कर्मचारीलाई अनुरोध #Aaha News#

    aahakhabar

      कृषि-उर्जा

      पर्यटन र पूर्वाधार

      म्याग्दीको पर्यटकीय स्थल घोस्टेखोरमा लघुजलविद्युत् उत्पादन परीक्षण सफल

      विद्युत् संगै इन्टरनेट, मोबाइललगायत सञ्चार सुविधा सहज हुने पर्यटक आगमन बढ्ने अपेक्षा

        रासस /(आहाखबर) Sun, Feb 04, 2018 2.91K
        फाइल तस्वीर : लघु जलविद्युत आयोजना

        बाबियाचौर, म्याग्दी, २१ माघ  । 

        म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका पर्यटकीय स्थलमा विद्युत् आपूर्तिका लागि निर्माण हुन लागेको घोस्टेखोर लघुजलविद्युत् परियोजनाको परीक्षण सफल भएको छ । 

        पचास किलोवाट क्षमताको परियोजनामा जडान गरिएको जेनेरेटर र टर्वाइनको परीक्षण सफल भएको हो । नहर, बाँध निर्माण, तार तान्ने र उपकरण जडानको काम सकिएको परियोजनाको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर पाइजाले बताए  । 

        विद्युत् गृह बनाएपछि फागुन पहिलो हप्तादेखि परियोजना नियमित सञ्चालनमा आउने उनले बताए  । गत पुस दोस्रो साता सडक मार्ग भएर शिख पुर्याइएको तार, जेनेरेटर, टर्वाइन लगायतका उपकरण र सामान हेलिकप्टरबाट निर्माण स्थलमा ढुवानी गरिएको थियो । ढाँडखर्क, बयली र खोप्राको सामुदायिक लजमा विद्युत् आपूर्तिका लागि स्थानीयबासीको पहलमा चार वर्षअघि देखि परियोजना निर्माण शुरु भएको थियो । सरकारी निकायबाट न्यून मात्र सहयोग भएको परियोजना निर्माणका लागि शिखका अगुवा बागबिर पाइजा र सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा आर्थिक स्रोत जुटाउने क्रम जारी छ । 

        रु एक करोड ५० लाख लागत अनुमान गरिएको परियोजना निर्माण अवधि सकिँदा रु दुई करोडभन्दा बढी खर्च हुने अनुमान छ । आर्थिक वर्ष २०७१७२ मा तत्कालीन जिल्ला समन्वय समितिले रु १० लाख अनुदान उपलब्ध गराएको थियो । भौगोलिक विकटता, महँगो उपकरण र महँगीका कारण लागत बढेको अध्यक्ष पाइजाले बताए  । 

        मानव बस्तीदेखि टाढा रहेकाले केन्द्रीय प्रसारण लाइनको सम्भावना नभएपछि लघुजलविद्युत् परियोजनामार्फत विद्युत् सुविधा पुर्याउन लागिएको हो । विद्युत्सँगै इन्टरनेट, मोबाइललगायत सञ्चार सुविधा सहज हुने पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ । 
         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast