विवाहित जोडी यौन सम्बन्धमा कति खुसी, यस्ता छन् रोचक नयाँ तथ्य #Aaha News# स्थिरताको पक्षमा युवा विद्यार्थीको प्रदर्शन #Aaha News# मंसिर ४ गतेको सहमति कार्यान्वयन गर्न ओली तयार, प्रधानमन्त्री र अध्यक्ष नछाड्ने #Aaha News# एकैदिनमा ४८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि #Aaha News# फ्रान्सको नयाँ प्रधानमन्त्रीमा जाँ कास्टेक्स नियुक्त, को हुन् उनी ? #Aaha News# भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा आन्दोलन गर्ने तयारीः काँग्रेस #Aaha News# काँग्रेसले दियो ‘कोभिड-१९ अनुगमन समिति’लाई पूर्णता, समितिमा को-को ? #Aaha News# नेपालले अमेरिकालाई गरायो एमसीसी ‘होल्ड’मा रहेको जानकारी #Aaha News# पछिल्लो २४ घण्टामा नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि #Aaha News# कञ्चनपुरमा खानेपानीकाे ट्याङ्करले ठक्कर दिँदा एक युवककाे मृत्यु #Aaha News# आफ्ना २० सैनिक मारिएको स्थान लद्दाखमा अचानक किन पुगे मोदी ? #Aaha News# बालुवाटारमा सुरु भयाे ओली–प्रचण्ड निर्णायक वार्ता #Aaha News# मन्त्रीनिवासमा नेकपाका ११ नेताको बैठक, शीर्षनेतालाई खबरदारी गर्ने निर्णय #Aaha News# भरतपुरमा २७ वर्षीय युवकको शव फेला, मृत्यु शंकास्पद : प्रहरी #Aaha News# नुवाकोटका थप एक जनामा कोरोना संक्रमणकाे पुष्टी, संक्रमितको संख्या २४ पुग्यो #Aaha News#

    aahakhabar

      सावधान

      जनकपुरको मुजेलियामा टिपर दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

        Aaha News Sun, Feb 04, 2018 1.12K

         

        महेन्द्रनगर, धनुषा, २१ माघ । 

        धनुषामा गए राति भएको टिपर दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । 

        जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ख ३२२६ नंको टिपर गए राति साढे ११ बजे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । 

        दुर्घटना परेर मृत्यु हुनेमा टिपर चालक धनुषाको लक्ष्मीनिया गाउँपालिका सपही बस्ने उदयकुमार शर्मा र सहचालक (खलासी) मिथिला नगरपालिकाको नक्टाझिझ बस्ने सञ्जय पासमान रहेको प्रहरीले जनाएको छ । 

        प्रहरीका अनुसार टिपर पल्टिंदा दुवै जनाको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको हो । मृतक दुवैको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । दुर्घटना भएको ढल्केवर–जनकपुर सडक ६ लेनका लागि विस्तार भइरहेकाले सडक विस्तारका लागि प्रयोग हुने निर्माण सामग्री सडकमै थुपारिराखेको हुँदा दुर्घटना भएको अनुमान गरिएको छ । 
         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast