विवाहित जोडी यौन सम्बन्धमा कति खुसी, यस्ता छन् रोचक नयाँ तथ्य #Aaha News# स्थिरताको पक्षमा युवा विद्यार्थीको प्रदर्शन #Aaha News# मंसिर ४ गतेको सहमति कार्यान्वयन गर्न ओली तयार, प्रधानमन्त्री र अध्यक्ष नछाड्ने #Aaha News# एकैदिनमा ४८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि #Aaha News# फ्रान्सको नयाँ प्रधानमन्त्रीमा जाँ कास्टेक्स नियुक्त, को हुन् उनी ? #Aaha News# भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा आन्दोलन गर्ने तयारीः काँग्रेस #Aaha News# काँग्रेसले दियो ‘कोभिड-१९ अनुगमन समिति’लाई पूर्णता, समितिमा को-को ? #Aaha News# नेपालले अमेरिकालाई गरायो एमसीसी ‘होल्ड’मा रहेको जानकारी #Aaha News# पछिल्लो २४ घण्टामा नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि #Aaha News# कञ्चनपुरमा खानेपानीकाे ट्याङ्करले ठक्कर दिँदा एक युवककाे मृत्यु #Aaha News# आफ्ना २० सैनिक मारिएको स्थान लद्दाखमा अचानक किन पुगे मोदी ? #Aaha News# बालुवाटारमा सुरु भयाे ओली–प्रचण्ड निर्णायक वार्ता #Aaha News# मन्त्रीनिवासमा नेकपाका ११ नेताको बैठक, शीर्षनेतालाई खबरदारी गर्ने निर्णय #Aaha News# भरतपुरमा २७ वर्षीय युवकको शव फेला, मृत्यु शंकास्पद : प्रहरी #Aaha News# नुवाकोटका थप एक जनामा कोरोना संक्रमणकाे पुष्टी, संक्रमितको संख्या २४ पुग्यो #Aaha News#

    aahakhabar

      कला-सौन्दर्य

      वरिष्ठ अभिनेता एवं रङ्गकर्मी हरिहर शर्मालाई नगदसहित सम्मान

        Aaha News Sun, Feb 04, 2018 1.03K

        भक्तपुर, २१ माघ :

        तीन दशकभन्दा लामो समय कलाकारितामा लाग्नुभएका वरिष्ठ अभिनेता एवं रङ्गकर्मी हरिहर शर्मालाई नगदसहित सम्मान गरिएको छ । 

        भक्तपुरको लोकन्थलीस्थित ॐ ज्ञान मन्दिर स्कूलको शनिबार आयोजित २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा स्कूलका संस्थापक निर्देशक एवं प्रिन्सिपल रामप्रसाद सुवेदीले कलाकार शर्मालाई नगद रु १० हजार एक र सम्मानपत्रसहित ‘ॐ ज्ञान मन्दिर सम्मान, २०७४’ प्रदान गरी सम्मान गरेका हुन् । 

        कार्यक्रममा प्रिन्सिपल सुवेदीले देशको सम्पत्ति र गहनाका रुपमा रहेका कलाकारलाई स्कूलले प्रत्येक वर्ष सम्मान गर्दै आएको बताए । 

        त्यस अवसरमा सम्मानित कलाकार शर्माले पछिल्लो समयमा रङ्गमञ्च फस्टाउँदै गएको र चलचित्रसमेत वर्षमा धेरैभन्दा धेरै निर्माण हुने भएकाले यसबाट कलाकारलाई बाँच्न पुग्ने अवस्था आएको बताए । उनले चलचित्र क्षेत्रमा अहिले वार्षिक अरबौँको लगानी हुने गरेको उनको भनाइ थियो । 

        भक्तपुरको लोकन्थलीस्थित ॐ ज्ञान मन्दिर स्कूलको शनिबार आयोजित २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा स्कूलका संस्थापक निर्देशक एवं प्रिन्सिपल रामप्रसाद सुवेदीले कलाकार शर्मालाई नगद रु १० हजार एक र सम्मानपत्रसहित ‘ॐ ज्ञान मन्दिर सम्मान, २०७४’ प्रदान गरी सम्मान गरेका हुन् । 

        कार्यक्रममा विद्यालय तथा विद्यालय बाहिर भएका विभिन्न प्रतियोगितामा विजेता बनेका विद्यार्थीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा गायिका कुन्ती मोक्तानदेखि विद्यार्थीसम्मले नाटक, गीत, नृत्यलगायतका सांस्कृतिक प्रस्तुति राखेका थिए । 

        विद्यालयले यसअघि राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिकर्मी सत्यमोहन जोशी, गायक योगेश वैद्यलगायतलाई नगद रु १० हजारसहित उक्त सम्मान प्रदान गरेको कार्यक्रमका संयोजक एवं शिक्षक रामगोपाल आशुतोषले जानकारी दिए । 

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast