विवाहित जोडी यौन सम्बन्धमा कति खुसी, यस्ता छन् रोचक नयाँ तथ्य #Aaha News# स्थिरताको पक्षमा युवा विद्यार्थीको प्रदर्शन #Aaha News# मंसिर ४ गतेको सहमति कार्यान्वयन गर्न ओली तयार, प्रधानमन्त्री र अध्यक्ष नछाड्ने #Aaha News# एकैदिनमा ४८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि #Aaha News# फ्रान्सको नयाँ प्रधानमन्त्रीमा जाँ कास्टेक्स नियुक्त, को हुन् उनी ? #Aaha News# भ्रष्टाचार, बेरोजगारी र पक्षपातविरुद्धमा आन्दोलन गर्ने तयारीः काँग्रेस #Aaha News# काँग्रेसले दियो ‘कोभिड-१९ अनुगमन समिति’लाई पूर्णता, समितिमा को-को ? #Aaha News# नेपालले अमेरिकालाई गरायो एमसीसी ‘होल्ड’मा रहेको जानकारी #Aaha News# पछिल्लो २४ घण्टामा नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि #Aaha News# कञ्चनपुरमा खानेपानीकाे ट्याङ्करले ठक्कर दिँदा एक युवककाे मृत्यु #Aaha News# आफ्ना २० सैनिक मारिएको स्थान लद्दाखमा अचानक किन पुगे मोदी ? #Aaha News# बालुवाटारमा सुरु भयाे ओली–प्रचण्ड निर्णायक वार्ता #Aaha News# मन्त्रीनिवासमा नेकपाका ११ नेताको बैठक, शीर्षनेतालाई खबरदारी गर्ने निर्णय #Aaha News# भरतपुरमा २७ वर्षीय युवकको शव फेला, मृत्यु शंकास्पद : प्रहरी #Aaha News# नुवाकोटका थप एक जनामा कोरोना संक्रमणकाे पुष्टी, संक्रमितको संख्या २४ पुग्यो #Aaha News#

    aahakhabar

      यातायात

      नेपालकै पहिलो ‘अण्डर पास’

      काठमाडौंको कलङ्की खसिबजारस्थित ‘अण्डर पास’ निर्माण कार्य अन्तिम चरणमा

      ‘अण्डर पास’को निर्माण पश्चात उपत्यकाभित्रै र बाहिर आउने-जाने यात्रुले अब घन्टौं जाममा फस्नु नपर्ने सरकारी पक्षको कथन

        रासस /(आहाखबर) Fri, Feb 02, 2018 2.56K
        निर्माणाधीन कलंकी खसीबजार स्थित ‘अण्डर पास’

        ललितपुर, १९ माघ । 

        नेपालमा पहिलोपटक बनेको कलङ्की खसिबजारस्थित ‘अण्डर पास’को निर्माण अन्तिम चरणमा पुगेको छ । 

        आगामी छ महिनामा सक्ने गरेर कामअघि बढिरहेको काठमाडौँं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । कलङ्की–कोटेश्वर सडक निर्माण दु्रतगतिमा अघि बढेको र ‘अण्डर पास’ निर्माण पनि त्यही गतिमा भइरहेको छ । 

        ‘जम्मा आठ सय मिटर सडकमा ‘अण्डर पास’ निर्माण भइरहेको हो । माथि मुख्य सडकमा चार लेन र र सो सडक मुनि रहेको अण्डर पास आठ लेन हुनेछ । उनले भने, “मुख्य लेन तल र सहायक लेन माथि हुनेछ ।” सहायक लेनमा जानका लागि दायाँबायाँ गरेर बनाइएका सर्भिस ट्राक पनि माथि नै हुने उनी  बताउँछन्  । 

        अरु सामान्य सडक निर्माण भन्दा ‘अण्डर पास’ को निर्माण तुलनात्मक रुपमा महँगो भएको उनी  बताउँछन्। कोटेश्वर–कलङ्की सडक निर्माणको जम्मा बजेट रू पाँच अर्ब हो । ‘अण्डर पास’ लाई कलङ्की–थानकोट सडकको जाम हटाउने उपायका रुपमा हेरिएको छ । 

        उनी भन्छन्, “उपत्यकाभित्रै र बाहिर आउने-जाने यात्रुले अब घन्टौं जाममा फस्नुपर्ने छैन ।” चिनियाँ निर्माण कम्पनी संघाइ निर्माण सेवा समूहले कोटेश्वर–कलङ्की सडक निर्माणको ठेक्का लिएको छ । 

        भूकम्प र नाकाबन्दीका कारण एक वर्ष काम रोकिएपछि आगामी जुलाईसम्म काम सक्ने गरेर सरकारसँग सम्झौता भएको थियो । समयमा नै सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ । 
         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast