देशभर बाढीपहिरोबाट ८० जनाको मृत्यु, ५१ बेपत्ता, ५० घाइते #Aaha News# नेपालमा फेरी किन खुले भारतीय च्यानल ? #Aaha News# एक महिनापछि बहुमतबाट पारित प्रदेश २ काे बजेट #Aaha News# काठमाडाैं उपत्यकामा चल्न थाल्याे मयुर यातायात #Aaha News# दाइजोमा जग्गा माग्दै निरन्तर यातना दिएपछि युवतीद्वारा आत्महत्या #Aaha News# सरिता गिरीले सर्वोच्च अदालतमा हालिन् पार्टी र सरकारविरुद्ध मुद्दा #Aaha News# नेपाल प्रवेश गरेको सलहले नोक्सानी गर्ने सम्भावना कम #Aaha News# जनता समाजवादी पार्टीले पायाे आधिकारिकताकाे प्रमाणपत्र #Aaha News# पहिरोको जोखिममा परेका ७३ घरपरिवार सारियो सुरक्षित स्थानमा #Aaha News# चीनमा गयाे शक्तिशाली भूकम्प #Aaha News# किर्ते गरी भत्तामा भ्रष्टचार गर्ने सचिव अख्तियारको नियन्त्रणमा #Aaha News# अब देशका हरेक वडामा वाईफाई #Aaha News# तनहुँमा पहिरो: दुई घरका पाँच जना बेपत्ता #Aaha News# विभिन्न स्थानमा भारी वर्षा, बाढीपहिरो र डुबानको उच्च जोखिम #Aaha News# डा. सूर्यराज आचार्य र मुमाराम खनालले छाडे साझा पार्टी #Aaha News#

    aahakhabar

      राज्य-समाज

      ध्यानाकर्षण

      नेपाल चिकित्सक संघद्वारा सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण

      सम्झौताका सम्बन्धमा हालसम्म कुनै पनि उपलब्धि हासिल नभएकाले संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै बिहीबार साँझ विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण

        रासस /(आहाखबर) Fri, Feb 02, 2018

        काठमाडौँ, १९ माघ 

        गत असोजमा गरेको चार बुदेँ सम्झौता कार्यान्वयनका लागि नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ । 

        गत असोज १३ गते प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा स्वास्थ्य मन्त्रालय र संघबीच भएको सम्झौतामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र सो सम्बन्धमा बनेको नियमावली २०६९ लाई परिमार्जन गरी बिना धरौटी हिरासतमा लिई कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउन मिल्ने व्यवस्था र चिकित्सकको पारिश्रमिक तथा सुविधा बढाउने लगायतका बुँदा कार्यान्वयनका लागि संघले सरकारको ध्यानाकर्षण गराएको हो । 

        संघका महासचिव डा लोचन कार्कीले सम्झौताका सम्बन्धमा हालसम्म कुनै पनि उपलब्धि हासिल नभएकाले संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै बिहीबार साँझ विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन्  । 

        महासचिव कार्कीले सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने सरकारको व्यवहारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चिन्तित तुल्याएको पनि बताए  । 

        विगतमा भएका सम्झौताको कार्यान्वयनमा अझै ढिलाई भए ठोस् कदम चाल्ने चेतावनी पनि संघले दिएको छ । 
         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast