दाइजोमा जग्गा माग्दै निरन्तर यातना दिएपछि युवतीद्वारा आत्महत्या #Aaha News# सरिता गिरीले सर्वोच्च अदालतमा हालिन् पार्टी र सरकारविरुद्ध मुद्दा #Aaha News# नेपाल प्रवेश गरेको सलहले नोक्सानी गर्ने सम्भावना कम #Aaha News# जनता समाजवादी पार्टीले पायाे आधिकारिकताकाे प्रमाणपत्र #Aaha News# पहिरोको जोखिममा परेका ७३ घरपरिवार सारियो सुरक्षित स्थानमा #Aaha News# चीनमा गयाे शक्तिशाली भूकम्प #Aaha News# किर्ते गरी भत्तामा भ्रष्टचार गर्ने सचिव अख्तियारको नियन्त्रणमा #Aaha News# अब देशका हरेक वडामा वाईफाई #Aaha News# तनहुँमा पहिरो: दुई घरका पाँच जना बेपत्ता #Aaha News# विभिन्न स्थानमा भारी वर्षा, बाढीपहिरो र डुबानको उच्च जोखिम #Aaha News# डा. सूर्यराज आचार्य र मुमाराम खनालले छाडे साझा पार्टी #Aaha News# भित्री बस्त्रको छनौटमा मानिसले गर्छन् यी ६ गल्ती #Aaha News# देशमा अशान्ति भएपछि मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटनको घोषणा #Aaha News# कोरोना संक्रमणबाट निधन भएका पुरुष बस्ने टोल सिल #Aaha News# ‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’ #Aaha News#

    aahakhabar

      राज्य-समाज

      भारतीय विदेशमन्त्री स्वराजद्वारा राष्ट्रपति, प्रचण्ड र उपेन्द्र यादवसँग छुट्टा-छुट्टै भेट

      नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श, अब बन्ने नयाँ सरकार गठनबारे प्रचण्डसंग छलफल

        Aaha News Fri, Feb 02, 2018 1.14K
        नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा शुक्रबार भेटवार्ता गर्दै । तस्वीर : प्रदीपराज वन्त, रासस

         

        काठमाडौँ, १९ माघ :

        नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेकी छिन् । 
        स्वराजलाई भेट्न अध्यक्ष प्रचण्ड स्वयम् नै सोल्टी होटल पुगेका थिए । भेटका क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको विकास र राजनीतिक स्थायित्व आफ्नो पहिलो प्राथमिकता भएको बताएका थिए । 

        नेपाल भ्रमणमा रहेकी भारतको बाह्य मामिलामन्त्री सुष्मा स्वराजसँग शुक्रबार भएको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालको विकास र स्थायित्व आफ्ना पहिलो प्राथमिकता रहेको र निर्वाचनपछिको वातावरण तथा सरकार गठनबारे पनि आफूहरुबीच छलफल भएको बताए । 

        सोही अवसरमा नेपालको राजनीतिक स्थायित्व र विकास भारतको चाहना भएको दोहो¥याउँदै मन्त्री स्वराजले त्यसमा भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । 

        साथै उनले संघीय र प्रादेशिक संसद्मा वाम गठबन्धनलाई बहुमत प्राप्त भएकामा हार्दिक बधाई ज्ञापन गरेको समेत अध्यक्ष प्रचण्डले बताए । 

         

        राष्ट्रपतिसँग भेट

        राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराजले आज अपराह्न राष्ट्रपति कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गरेकी छिन् । 

        त्यस अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

        भेटमा राष्ट्रपतिको कार्यालयका परराष्ट्र मामिलाविज्ञ डा मदनकुमार भट्टराई, राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीका साथै मन्त्री स्वराजको भ्रमण दलका सदस्यहरुको उपस्थिति थियो । 

         

        अध्यक्ष यादव र स्वराजबीच भेटवार्ता
        संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय बाह्य मामिलामन्त्री सुष्मा स्वराजसँगको भेटमा एक अर्काका चासोका विषयमा छलफल भएको बताएका छन् । 
        नेपाल भ्रमणमा रहेकी भारतीय बाह्य मामिलामन्त्री स्वराजसँग शुक्रबार भेटपछि अध्यक्ष यादवले भने, “एक अर्काको हालखबर बुझ्ने काम भयो ।”

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast