७ सयलृ घट्याे सुनकाे भाउ, कति पुग्याे ताेलाकाे ? #Aaha News# सामसङले नेपाली बजारमा घटायाे स्मार्टफोनको मूल्य #Aaha News# मन्त्रिपरिषद‍् बैठक अघि प्रधानमन्त्री ओली पुगे राष्ट्रपति निवास #Aaha News# सरकारलाई जिम्मेवार बन्‍न राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाको आह्‍वान #Aaha News# बारामा चट्याङ लागेर धान रोपीरहेका चार महिलाको मृत्यु #Aaha News# ओली निकटका नेताहरु प्रचण्डसँग छलफल गर्न खुमलटारमा #Aaha News# आजदेखि बालबालिकालाई रोटा भाइरसविरुद्धको खोप दिइँदै #Aaha News# जुवा खेलिरहेको अवस्थामा २ महिलासहित ६ जना पक्राउ #Aaha News# कोठाभित्र एउटै पासोमा झुन्डिएको अवस्थामा प्रेमी–प्रेमिका #Aaha News# गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि #Aaha News# कर्णालीमा पनि पुग्यो सलहकाे झुण्ड, उच्च सतर्कता अपनाउने तयारी #Aaha News# अन्तिम चरणमा पुग्याे अमलेखगञ्‍ज-चितवन पेट्रोलियम पाइप लाइनको सर्भे #Aaha News# विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाउने प्रस्ताव #Aaha News# ललितपुरमा ३ स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि #Aaha News# महानायक राजेश हमालका फ्यानसँग दीपाश्रीले माफी मागिन् #Aaha News#

    aahakhabar

      आर्थिक खबर

      अतिथि देवो भव :

      हेटौडा आएका सांसदलाई होटल व्यवसायीले दिए खाना र आवासमा छुट

      स्थायी राजधानी हेटौँडा भएको खण्डमा सधैँ छुट दिन सकिने व्यवसायीको प्रस्ताव, व्यवसायीले गरेको छुट हेटौँडावासीको माया भएको सांसदहरुको भनाई

        रासस /(आहाखबर) Fri, Feb 02, 2018
        फाइल तस्वीर : स्थानीय एक होटल

        हेटौँडा, १९ माघ  । 

        हेटौँडाका होटल व्यवसायीले प्रदेश नं ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुटको व्यवस्था गरेको छ । 

        हेटौँडालाई स्थायी रुपमा नै प्रदेशको राजधानी बनाउने कार्यमा सहयोग गर्न भन्दै हेटौँडाका होटल व्यवसायीले सांसदलाई विशेष छुटको व्यवस्था गरेका हुन् । 

        सांसदका लागि शपथ ग्रहण गर्न आएको समयदेखि नै आवासमा ४० प्रतिशत र खानामा १५ प्रतिशत छुटको व्यवस्था गरेको होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष भागिरथ शर्माले जानकारी दिए  । 

        उनले भने, “प्रदेशको राजधानी हेटौंँडा बनाउनका लागि यति सहयोग गर्न होटल व्यवसायी तयार छन्, सांसदलाई सेवा दिन पाउँदा खुशी पनि छन् ।” हेटौँडामा पर्याप्त होटल रहेको भन्दै उनले प्रदेशको राजधानी बनाउन संघले गर्नुपर्ने भूमिका निर्वाह गर्ने बताए  । 

        अस्थायी मुकाम हेटौंँडा तोकिएपछि संघले बैठक बोलाएर प्रदेश सांसदलाई खाना र बसाइँमा छुट दिने निर्णय गरेको अध्यक्ष शर्माले बताए  । 

        प्रदेशसभाको पहिलो बैठकमा सहभागि हुन हेटौँडा आइपुगेका  सांसदलाई आवास तथा खानाको व्यवस्था मिलाउन पाउँदा खुशी लागेको मानस गेष्ट हाउसका सञ्चालक मानबहादुर लामाले बताए  । 

        त्यसैगरी थकाली भान्छाघरका सञ्चालक शम्भु अधिकारीले छुट पाएकामा सांसदहरु खुशी भएको बताउँदै स्थायी राजधानी हेटौँडा भएको खण्डमा सधैँ छुट दिन सकिनेसमेत बताए  । 

        हेटौंँडाका होटल व्यवसायीले गरेको छुट हेटौँडावासीको माया भएको सांसद रीता माझीले बताइन्  । होटल व्यवसायीको यस कार्यले सांसदहरु खुशी नै भएको उनको भनाइ छ । 

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast