दाइजोमा जग्गा माग्दै निरन्तर यातना दिएपछि युवतीद्वारा आत्महत्या #Aaha News# सरिता गिरीले सर्वोच्च अदालतमा हालिन् पार्टी र सरकारविरुद्ध मुद्दा #Aaha News# नेपाल प्रवेश गरेको सलहले नोक्सानी गर्ने सम्भावना कम #Aaha News# जनता समाजवादी पार्टीले पायाे आधिकारिकताकाे प्रमाणपत्र #Aaha News# पहिरोको जोखिममा परेका ७३ घरपरिवार सारियो सुरक्षित स्थानमा #Aaha News# चीनमा गयाे शक्तिशाली भूकम्प #Aaha News# किर्ते गरी भत्तामा भ्रष्टचार गर्ने सचिव अख्तियारको नियन्त्रणमा #Aaha News# अब देशका हरेक वडामा वाईफाई #Aaha News# तनहुँमा पहिरो: दुई घरका पाँच जना बेपत्ता #Aaha News# विभिन्न स्थानमा भारी वर्षा, बाढीपहिरो र डुबानको उच्च जोखिम #Aaha News# डा. सूर्यराज आचार्य र मुमाराम खनालले छाडे साझा पार्टी #Aaha News# भित्री बस्त्रको छनौटमा मानिसले गर्छन् यी ६ गल्ती #Aaha News# देशमा अशान्ति भएपछि मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटनको घोषणा #Aaha News# कोरोना संक्रमणबाट निधन भएका पुरुष बस्ने टोल सिल #Aaha News# ‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’ #Aaha News#

    aahakhabar

      राज्य-समाज

      चितवन प्रहरीलाई हराएका व्यक्तिको यकिन तथ्यांक लिन समस्या

      जो कोही हराएपछि निवेदन दिने र भेटिएको भन्दै जानकारी नदिने गरेका कारण हराएकाको संख्या धेरै देखिने गरेको चितवन प्रहरीको भनाई

        रासस /(आहाखबर) Fri, Feb 02, 2018 1.74K

        चितवन, १८ माघ । 

        जिल्ला प्रहरी कार्यालयमा मानिस हराएको सूचना लिएर आउनेहरु मानिस फेला परेपछि भने जानकारी दिन नआउने गरेको पाइएको छ । 

        हराएका मानिस परिवारको सम्पर्कमा आएपछि प्रहरीमा जानकारी नदिने गरेका कारण यकिन तथ्यांक लिन समस्या हुने गरेको हो । यसले गर्दा प्रहरीमा हराएका मानिसको संख्या बढी देखिने गरेको छ । 

        जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्षको छ महिनामा २३३ जना हराएको भनी निवेदन परेको छ । तीमध्ये १८४ जना भेटिएको कार्यालको तथ्याङ्कले देखाएको छ । ३९ जना अझै नभेटिएको प्रहरीको तथ्यांकले देखाउँछ । यद्यपि उनीहरुमध्ये केही परिवारको सम्पर्कमा आएको हुनसक्ने प्रहरीको अनुमान छ । 

        प्रहरीका अनुसार यो अवधिमा बालक १८ जना हराएका थिए भने बालिका ३२ जना, महिला १४२ जना र पुरुष ४१ जना हराएका थिए । जसमध्ये बालक र बालिक १८ जना र ३२ जना नै भेटिएका छन् भने महिला १०५ जना र पुरुष २९ जना भेटिएका छन् । 

        अघिल्लो आव २०७३÷७४ मा बालक ३०, बालिका ६५, महिला २२९, पुरुष ३८ गरि ३६२ जना हराएका थिए । जसमध्ये २७२ जना भेटिएको कार्यालयले जनाएको छ । भेटिनेमा बालक २८, बालिका ५९, महिला १५५, पुरुष ३० जना रहेका छन् । सो आवमा ९० जना हराएको कार्यालयले जनाएको छ । हराउनेमा बालक दुई, बालिका छ, महिला ७४ र पुरुष आठजना रहेका छन् । 

        कार्यालयका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार जो कोही हराएपछि निवेदन दिने र भेटिएको भन्दै जानकारी नदिने गरेका कारण हराएकाको संख्या धेरै देखिने गरेको छ । आफ्नो मानिस भेटिइसकेपछि प्रहरीलाई खबर गर्नुपर्छ भन्ने विषयमा समेत जानकारी गराउन आफन्तले चासो नदिनु मुख्य समस्या रहेको उनको भनाइ छ । 
        प्रहरीले मानिस हराएको फाइल थन्काइसकेपछि पुनः खोजतलास नगर्दा पनि हराएका मानिसको यकिन तथ्यांक आउन नसकेको हो । 

        निवेदनमाथि कारबाही भएपछि कारबाहीको जानकारी नहुनु समस्या रहेको आचार्यले बताए  । बढी मात्रामा महिला हराउनुले धेरैजसो महिला एउटा घरबाट अर्को घर परिवर्तन गर्ने गरेको र आफन्तले उसलाई चासो नदिएका कारण यस्तो समस्या आउने गरेको उनले बताए  । 

        यो समस्या अहिले वैदेशिक रोजगारमा रहेका पुरुषको घरमा बढी हुने गरेको उनले बताए । अहिले समाजमा वैदेशिक रोजगारमा लैजाने बहानामा छिमेकी मुलुकमा पुर्याएर बेचबिखनमा पर्ने गरेको पनि उनले बताए। योमात्रै नभएर हराएका कतिपयले विविध कारणले आत्महत्या गर्ने गरेको समेत पाइएको उनले बताए । 
         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast