नेपालमा फेरी किन खुले भारतीय च्यानल ? #Aaha News# एक महिनापछि बहुमतबाट पारित प्रदेश २ काे बजेट #Aaha News# काठमाडाैं उपत्यकामा चल्न थाल्याे मयुर यातायात #Aaha News# दाइजोमा जग्गा माग्दै निरन्तर यातना दिएपछि युवतीद्वारा आत्महत्या #Aaha News# सरिता गिरीले सर्वोच्च अदालतमा हालिन् पार्टी र सरकारविरुद्ध मुद्दा #Aaha News# नेपाल प्रवेश गरेको सलहले नोक्सानी गर्ने सम्भावना कम #Aaha News# जनता समाजवादी पार्टीले पायाे आधिकारिकताकाे प्रमाणपत्र #Aaha News# पहिरोको जोखिममा परेका ७३ घरपरिवार सारियो सुरक्षित स्थानमा #Aaha News# चीनमा गयाे शक्तिशाली भूकम्प #Aaha News# किर्ते गरी भत्तामा भ्रष्टचार गर्ने सचिव अख्तियारको नियन्त्रणमा #Aaha News# अब देशका हरेक वडामा वाईफाई #Aaha News# तनहुँमा पहिरो: दुई घरका पाँच जना बेपत्ता #Aaha News# विभिन्न स्थानमा भारी वर्षा, बाढीपहिरो र डुबानको उच्च जोखिम #Aaha News# डा. सूर्यराज आचार्य र मुमाराम खनालले छाडे साझा पार्टी #Aaha News# भित्री बस्त्रको छनौटमा मानिसले गर्छन् यी ६ गल्ती #Aaha News#

    aahakhabar

      राज्य-समाज

      मुलुकभरीबाट सामाजिक बिग्रहमा परेका कालीगढ लाभान्वित

      कोषले ३६५ उत्पादन समूह र १० वटा उत्पादन संघमार्फत उनीहरुका विभिन्न उत्पादनलाई बजारीकरण गरेको

        रासस /(आहाखबर) Fri, Feb 02, 2018 1.05K

        काठमाडौँ, १९ माघ  । 

        गरिबी निवारण कोषले द्वन्द्व प्रभावितका लागि बजार निर्माण परियोजनाअन्तर्गत करिब सात हजार ५०० कालीगढको उत्पादनलाई प्रवद्र्धन गरेको छ । 

        कोषले ३६५ उत्पादन समूह र १० वटा उत्पादन संघमार्फत उनीहरुका विभिन्न उत्पादनलाई बजारीकरण गरेको जनाएको छ । हरेक समूहमा २० देखि २५ कालीगढ छन् र उनीहरुले आ–आफ्नो क्षेत्रमा उद्यम गरेका छन् । 

        ती कालीगढलाई सहयोग गर्न कोषले १० वटा साझा केन्द्र समेत सञ्चालन गरेको छ । जापानी सामाजिक विकास कोषको सहयोग र विश्व बैंकको व्यवस्थापनमा दैलेख, दाङ, धनुषा, तेह्रथुम, कपिलवस्तु, म्याग्दी र गोर्खामा सञ्चालित उक्त परियोजनामा समेटिएका कालीगढले आफ्नो आय वृद्धि गर्ने, जीवनस्तर सुधार्ने सीप, क्षमता र अवसर उपलब्ध गराइएको कोषका कार्यकारी निर्देशक नहकुल केसीले जानकारी दिए  । 

        हस्तकला, सिलाइबुनाइलगायत क्षेत्रमा सञ्चालित उक्त परियोजनाबाट महिला, अपांगता भएका र द्वन्द्व एवं सामाजिक बिग्रहको चपेटामा परेकालगायत कालीगढ लाभान्वित भएको जनाइएको छ । 
         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast