दाइजोमा जग्गा माग्दै निरन्तर यातना दिएपछि युवतीद्वारा आत्महत्या #Aaha News# सरिता गिरीले सर्वोच्च अदालतमा हालिन् पार्टी र सरकारविरुद्ध मुद्दा #Aaha News# नेपाल प्रवेश गरेको सलहले नोक्सानी गर्ने सम्भावना कम #Aaha News# जनता समाजवादी पार्टीले पायाे आधिकारिकताकाे प्रमाणपत्र #Aaha News# पहिरोको जोखिममा परेका ७३ घरपरिवार सारियो सुरक्षित स्थानमा #Aaha News# चीनमा गयाे शक्तिशाली भूकम्प #Aaha News# किर्ते गरी भत्तामा भ्रष्टचार गर्ने सचिव अख्तियारको नियन्त्रणमा #Aaha News# अब देशका हरेक वडामा वाईफाई #Aaha News# तनहुँमा पहिरो: दुई घरका पाँच जना बेपत्ता #Aaha News# विभिन्न स्थानमा भारी वर्षा, बाढीपहिरो र डुबानको उच्च जोखिम #Aaha News# डा. सूर्यराज आचार्य र मुमाराम खनालले छाडे साझा पार्टी #Aaha News# भित्री बस्त्रको छनौटमा मानिसले गर्छन् यी ६ गल्ती #Aaha News# देशमा अशान्ति भएपछि मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटनको घोषणा #Aaha News# कोरोना संक्रमणबाट निधन भएका पुरुष बस्ने टोल सिल #Aaha News# ‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’ #Aaha News#

    aahakhabar

      राज्य-समाज

      सिन्धुपाल्चोकको इन्द्रावतीमा नदीजन्य पदार्थ उत्खनन गर्न दिइने

      स्थानीय समन्वय समिति तथा अनुगमन समितिद्वारा मापदण्डसहितको कार्यविधि बनाएर स्काभेटर प्रयोग गर्न दिइने निर्णय

        रासस /(आहाखबर) Fri, Feb 02, 2018 1.09K

        मेलम्ची, १९ माघ । 

        सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरपालिका भएर बग्ने इन्द्रावतीमा आज शुक्रबार देखि नदीजन्य पदार्थ उत्खनन गर्न दिने भएको छ । 

        नगरपालिका प्रमुखको संयोजकत्वमा बिहीबार बसेको बैठकले स्थानीय समन्वय समिति तथा अनुगमन समिति गठन गरेर मापदण्डसहितको कार्यविधि बनाएर स्काभेटर प्रयोग गर्न दिइने निर्णय गरेको हो । 

        सिन्धुपाल्चोक क्रसर व्यवसायी संघको अध्यक्ष किरण थापाले स्थानीय राजनीतिकदलका प्रतिनिधि, समाजसेवी, पत्रकार र स्थानीयसहितको भेलाले नदीको स्वरुप परिर्वतन र वातावरणको मध्यनजर राख्दै नयाँ मापदण्ड बनाएर मात्रै स्काभेटर प्रयोग गर्न दिने निर्णय भएको बताए  । 

        थापाका अनुसार मेलम्ची नगरपालिकाभित्रका इन्द्रावती नदीमा रहेका क्रसरले प्रतिवटा स्काभेटर प्रयोग गर्न पाउनेछन् । नदीमा प्रयोग भएका स्काभेटरको दूरी एक किमी टाढा हुनुपर्ने तथा दुई मिटरभन्दा गहिरो खन्न नपाउनेलगायतको मापदण्ड तोकिएको उनले जानकारी दिए  । 

        समितिमा नगरपालिका प्रमुख संयोजक रहने गरी स्थानीय समन्वय समिति तथा अनुगमन समितिमा सुरक्षा निकायका प्रमुख, सम्बन्धित वडाको अध्यक्ष, ठेक्का लिने ठेकेदार रहनेछन् । सोही समितिले मापदण्ड बाहिर रहेर कुनै कार्य गरेको खण्डमा कारबाहीसमेत गर्नेछ । 
         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast