दाइजोमा जग्गा माग्दै निरन्तर यातना दिएपछि युवतीद्वारा आत्महत्या #Aaha News# सरिता गिरीले सर्वोच्च अदालतमा हालिन् पार्टी र सरकारविरुद्ध मुद्दा #Aaha News# नेपाल प्रवेश गरेको सलहले नोक्सानी गर्ने सम्भावना कम #Aaha News# जनता समाजवादी पार्टीले पायाे आधिकारिकताकाे प्रमाणपत्र #Aaha News# पहिरोको जोखिममा परेका ७३ घरपरिवार सारियो सुरक्षित स्थानमा #Aaha News# चीनमा गयाे शक्तिशाली भूकम्प #Aaha News# किर्ते गरी भत्तामा भ्रष्टचार गर्ने सचिव अख्तियारको नियन्त्रणमा #Aaha News# अब देशका हरेक वडामा वाईफाई #Aaha News# तनहुँमा पहिरो: दुई घरका पाँच जना बेपत्ता #Aaha News# विभिन्न स्थानमा भारी वर्षा, बाढीपहिरो र डुबानको उच्च जोखिम #Aaha News# डा. सूर्यराज आचार्य र मुमाराम खनालले छाडे साझा पार्टी #Aaha News# भित्री बस्त्रको छनौटमा मानिसले गर्छन् यी ६ गल्ती #Aaha News# देशमा अशान्ति भएपछि मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटनको घोषणा #Aaha News# कोरोना संक्रमणबाट निधन भएका पुरुष बस्ने टोल सिल #Aaha News# ‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’ #Aaha News#

    aahakhabar

      राज्य-समाज

      एकदम ठिक

      लहानमा मदिरा बिक्री वितरण र १६ वर्षमुनिका बालबालिकालाई मोबाइल प्रयोगमा रोक

      जाँडरक्सी सेवन तथा भोजपुरी भाषाका अश्लील गीतका कारण समाजमा विकृति विसंगति, होहल्ला, झैझगडा हुने गरेकाले त्यसलाई नियन्त्रण गरी समाजमा शान्तिपूर्ण वातावरण बनाउन मदिरा बिक्री वितरण र प्रयोगमा निषेध

        रासस /(आहाखबर) Fri, Feb 02, 2018 4.07K

        लहान, १९ माघ। 

        अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ । 

        साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ । 

        कल्याणपुर नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र यादवको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय बैठकले कल्याणपुर नगरपालिका वडा नं ४, ५ र ६ मा मदिरा बिक्री वितरण, प्रयोग तथा भोजपुरी भाषाको अश्लील गीत बजाउन रोक लगाउने निर्णय गरेको हो । 

        जाँडरक्सी सेवन तथा भोजपुरी भाषाका अश्लील गीतका कारण समाजमा विकृति विसंगति, होहल्ला, झैझगडा हुने गरेकाले त्यसलाई नियन्त्रण गरी समाजमा शान्तिपूर्ण वातावरण बनाउन मदिरा बिक्री वितरण र प्रयोगमा निषेध गरिएको बडा नं ६ का वडाध्यक्ष मोतिबुल राइनले जानकारी दिए  । 

        तीनै वडा क्षेत्रभित्रका पसलमा रहेका जाँड रक्सी माघ मसान्तभित्र बिक्री वितरण गरिसक्न निर्देशन दिँदै फागुन १ गतेदेखि पसलमा मदिरा पाइएमा पहिलोपटक पसलेलाई रु पाँच हजार र प्रयोगकर्तालाई रु दुई हजार जरिवाना गर्ने निर्णय गरिएको वडाध्यक्ष राइनले बताए  । 

        बैठकले तीनवटै वडामा अश्लीलखालका भोजपुरी गीत बजाउन रोक लगाउँदै निर्णय विपरीत भोजपुरी गीत–सङ्गीत बजाएमा रु पाँच हजार जरिवाना गर्ने निर्णय गरिएको समेत जानकारी दिइएको छ । 

        बैठकले १६ वर्षमुनिका युवा–युवतीलाई मोबाइल र मोटरसाइल प्रयोग गर्न रोक लगाइएको र निर्णय विपरीत मोबाइल र मोटरसाइकल प्रयोग गरेको पाइएमा पहिलो पटक रु ५०० जरिवाना गर्ने निर्णय गरिएको वडाध्यक्ष राइनले जानकारी दिए । 

        कल्याणपुर नगरपालिकालाई नै मदिरामुक्त बनाउने लक्ष्यअनुरुप पहिलो चरणमा तीन वटा वडालाई मदिरा बिक्री वितरण र भोजपुरीको अश्लील गीत बजाउन निषेध गर्ने निर्णय गरिएको वडाध्यक्ष राइनको कथन छ । सर्वपक्षीय बैठकमा जनप्रतिनिधि, स्थानीय व्यापार संघका पदाधिकारी, स्थानीय सुरक्षा निकायका प्रमुख तथा समाजसेवीको उपस्थिति रहेको थियो । 
         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast