वर्षका कारण ५ सय मेगावाट विद्युत् उत्पादन बन्द #Aaha News# म्याग्दी पहिरो अपडेट: ३ जनाको मृत्यु, ३१ बेपत्ता #Aaha News# शुक्रबार डलरको भाउ कति ? #Aaha News# भदौबाटै बहुप्रतिक्षित नेसनल पेमेन्ट गेट-वे सञ्चालनमा आउने #Aaha News# सरकारले अनुमति दिए पनि चलेन सार्वजनिक यातायात, मध्याह्न यातायात व्यवसायीको बैठक बस्दै #Aaha News# पाेखरामा पहिराबाट ६ जनाकाे मृत्यु, ११ जना घाइते #Aaha News# नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित #Aaha News# ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको 'ज्योतिष' अर्जुन क्षत्री पक्राउ #Aaha News# ९९.७ प्रतिशत कोरोना संक्रमितमा लक्षणनै छैन #Aaha News# प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडकाे जित #Aaha News# अमेरिकाको नयाँ भिसा नीतिका कारण दश हजार नेपाली विद्यार्थी मारमा #Aaha News# काठमाडौँका यी ८ स्थानमा आज बत्ती जाने #Aaha News# एक हप्तामै लिगे १६ सयले श्रम स्वीकृति #Aaha News# म्याग्दीमा पहिरोले घर बगाउँदा दुई परिवारका ७ जना बेपत्ता #Aaha News# मनसुन थप सक्रिय भएसँगै गृहमन्त्रालय ‘हाई अलर्ट’मा #Aaha News#

    aahakhabar

      बिदेश

      अफ्रिकाको आँसु

      सन् २०१७ सम्ममा ५५ लाख अफ्रिकी विस्थापित

      विस्थापितमध्ये ४१ लाख नागरिक आन्तरिक रूपमा विस्थापित बनेका छन् भने १४ लाख नागरिक अफ्रिकी विभिन्न मुलुक, यूरोप तथा अमेरिकामा शरणार्थी जीवन बिताउँदै

        रासस /सिन्ह्वा /(आहाखबर) Thu, Feb 01, 2018
        फाइल तस्वीर : विस्थापित अफ्रिकी

        नैरोबी, केन्या, १८  माघ । 

        अफ्रिकाका केही मुलुकबाट विस्थापित जीवन विताउन बाध्य अफ्रिकीको सङ्ख्या सन् २०१७ को अन्त्यसम्म ५५ लाख पुगेको संयुक्त राष्ट्रसंघद्वारा मङ्गलबार जारी प्रतिवेदनमा जनाइएको छ । 

        विस्थापितमध्ये ४१ लाख नागरिक आन्तरिक रूपमा विस्थापित बनेका छन् भने १४ लाख नागरिक अफ्रिकी विभिन्न मुलुक, यूरोप तथा अमेरिकामा शरणार्थी जीवन विताइरहेका संयुक्त राष्ट्रसंघ मानवीय सहयोग मामिला हेर्ने संस्था (यूएन्एचसीआर) ले जनाएको छ । 

        यूएन्एचसीआरका अनुसार अफ्रिका अरब क्षेत्र तथा यूरोप जाने आप्रबासीहरूको आवतजावत गर्ने बाटो रहँदै आएको छ । 

        अफ्रिकी मुलुक त्यसमा पनि खासगरी पूर्वी क्षेत्रका जिबुटी, इरिट्रीया, इथियोपिया तथा सोमालिया विस्थापित तथा आप्रबासी शरणार्थीहरूको महत्वपूर्ण आवतजावत गर्ने बाटोको रूपमा लिने गरिन्छ । 

        यूएन्एचसीआरको प्रतिवेदनमा सन् २०१८ को पहिलो छ महिनामा आन्तरिक तथा बाह्य विस्थापितको सङ्ख्यामा कमी नआउने अनुमान गरिएको छ । 

        अफ्रिकामा खडेरी, द्वन्द्व, गरिबी, यौन हिंसा तथा लिङ्गका आधारमा हुने हिंसा लगाएतका सामाजिक असुरक्षाको कारण अधिकांश नागरिक विस्थापित हुने गरेका छन् । 

        सन् २०१७ को तुलनामा खाद्य असुरक्षाकाबीच जीवन निर्वाह गर्ने अफ्रिकीको सङ्ख्या ३६ प्रतिशतले वृद्धि भई यस बर्षको अन्त्यसम्म एक करोड ४६ लाख पुग्ने बताइएको छ । 

        उक्त क्षेत्रमा गत बर्ष ५२ लाख बालबालिका तथा महिलामा जटिल खालको कुपोषणको समस्या देखिएको र यो सङ्ख्यामध्ये करिब छ लाख ४० हजारले अस्पतालमा भर्ना भई उपचार गराएको, प्रतिवेदनमा छ । सोमालियामा करिब १२ लाख, इथियोपियामा ३६ लाख, तीन लाख ७० हजार बालबालिका तथा गर्भवती महिलामा जटिल कुपोषणको समस्या देखिएको बताइएको छ । 
         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast