नेपालमा भारतीय न्युज च्यानलको प्रशारण रोक्ने निर्णय #Aaha News# 'सरिता गिरीको विषयमा मोहना अन्सारीको टिप्पणी खेदजनक' #Aaha News# आजदेखि भारी वर्षाः ‘हाई अलर्ट’मा सरकार #Aaha News# सडक प्रदर्शन रोक्न नेकपाका दोस्रा तहका नेताहरुको अपिल #Aaha News# जसपाले पायो निर्वाचन आयोगबाट आधिकारिकता, केन्द्रीय अध्‍यक्षमा ठाकुर र यादव #Aaha News# उद्दार र राहतमा कुनै सम्झौता हुन्नः सभामुख सापकोटा #Aaha News# सरिता गिरीको सांसद पद रिक्त #Aaha News# 'भारतीय मिडियाविरुद्ध राजनीतिक र कानूनी उपचार खोजिन्छ' #Aaha News# सार्वजनिक सवारी सञ्चालन गर्न दिने सरकारको निर्णय, यस्ता छन् मापदण्ड #Aaha News# ८ जना प्रहरीको हत्यामा संलग्न डन विकास दुबे पक्राउ #Aaha News# बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु #Aaha News# नवनियुक्त आईजीपी शैलेश क्षेत्रीलाई दर्ज्यानी चिह्‍न प्रदान #Aaha News# सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकाे ९२ हजार ४०० रुपैयाँ पुग्याे #Aaha News# धुलिखेलबाटै फर्कियो सभामुखलाई लिएर सिन्धुपाल्चोक उडेको हेलिकप्टर #Aaha News# सुदूरपश्चिममा थप ६७ जनामा काेराेना पुष्टिः कहाँ कति थपिए ? #Aaha News#

    aahakhabar

      बिदेश

      यमनको दक्षिणी शहर अदेन सेनासँगको संघर्षपछि पृथकतावादीको नियन्त्रणमा

      पृथकतावादी अदेनस्थित सैनिक बेसक्यामलाई पनि नियन्त्रणमा लिन सफल

        Aaha News Wed, Jan 31, 2018 1.08K

        काठमाडौं, माघ १७ । 
        यमनको दक्षिण सहर अदेनलाई पृथकतावादीहरुले नियन्त्रणमा लिएका छन् । सरकारी सेनासँग संघर्षपछि पृथकतावादीले सहर आफ्नो नियन्त्रणमा लिएका हुन् ।

        यमनका प्रधानमन्त्री अहमद बिन दागेरसहितका मन्त्रिपरिषदका सदस्यहरु राष्ट्रपति कार्यालयमा रहेका छन् । सेना र पृथकतावादी समूहबीच भएको भिडन्तमा ४० जनाको मृत्यु भएको रेडक्रसले जनाएको छ । 

        पृथकतावादीले अदेनस्थित सैनिक बेसक्यामलाई पनि नियन्त्रणमा लिएका छन् । यमनको सरकारले अदेनमा आफ्नो अस्थायी राजधानी बनाएको थियो । त्यहाँको राजधानी सनालाई सन् २०१५ मा हुथी विद्रोहीले नियन्त्रणमा लिएपछि अदेनलाई राजधानी बनाइएको थियो ।

        त्यसयता विद्रोही र सेनाबीच भएको संघर्षमा ९ हजार २४५ जनाको मृत्यु भइसकेको छ भने ३० लाख मानिस घाइते भएका छन् । 

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast