टिकटकको नक्कल गर्दै भारतले ल्यायाे चिङ्गारी एप #Aaha News# कञ्चनपुरमा प्रहरीले चलाएकाे मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु #Aaha News# भारतीय हस्तक्षेपले तराई डुब्याे: गृहमन्त्री थापा #Aaha News# बाढीपहिरोले पु-याएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त #Aaha News# मास्क र स्यानिटाइजर बाड्दै भाेलिबाट विद्युतीय बस चल्दै, भाडादर पुरानै #Aaha News# भगवान राम भारतका हुँदै होइनन्, अध्योध्या वीरगञ्जकाे ठोरीमै छ : प्रधानमन्त्री ओली #Aaha News# ऐश्वर्यालाई कोरोना भएपछि पूर्व प्रेमीले ट्वीट गर्दै दिए स्वास्थ्यलाभको कामना #Aaha News# प्रचण्ड-बाबुरामलाई गन्हायो पूर्वमन्त्री लोकेन्द्र विष्टको थोत्रो लुगा #Aaha News# ओली नै ५ वर्ष सरकारमा रहे नेकपा सखाप हुन्छ : झलनाथ खनाल #Aaha News# साेमबार मात्रै काठमाडौं उपत्यकामा थपिए ९ जना काेराेना संक्रमित #Aaha News# देशभर बाढीपहिरोबाट ८० जनाको मृत्यु, ५१ बेपत्ता, ५० घाइते #Aaha News# नेपालमा फेरी किन खुले भारतीय च्यानल ? #Aaha News# एक महिनापछि बहुमतबाट पारित प्रदेश २ काे बजेट #Aaha News# काठमाडाैं उपत्यकामा चल्न थाल्याे मयुर यातायात #Aaha News# दाइजोमा जग्गा माग्दै निरन्तर यातना दिएपछि युवतीद्वारा आत्महत्या #Aaha News#

    aahakhabar

      कृषि-उर्जा

      प्रांगारिक खेती

      महोत्तरीको उत्तरी क्षेत्रका किसान प्रांगारिक खेतीतर्फ आकर्षित हुँदै

      चाहिने बेलामा रसायनिक मलको हाहाकार हुने हुँदा आफूहरु प्रांगारिक खेतीतिर लागेको किसानहरुको भनाइ

        रासस /(आहाखबर) Wed, Jan 31, 2018 1.24K
        फाइल तस्वीर : खुर्सानीको प्रांगारिक खेती

        बर्दिवास, १७ माघ  ।

        महोत्तरीको उत्तरी क्षेत्रका किसान प्रांगारिक खेतीतर्फ आकर्षित भएका छन् । 

        सघन तरकारीखेती गरिने बर्दिवास, गौशाला, भंगाहा, औरही र लोहारपट्टी नगरपालिकाका किसान प्रांगारिक खेतीतर्फ आकर्षित भएका हुन् । तरकारी, तेलहन, उखुलगायत नगदेबाली लगाउँदै आएका यहाँका किसानले प्रांगारिक मलको प्रयोगबाट पर्याप्त मात्रामा उत्पादन गर्दैआएका छन् । 

        गाईवस्तुको गोबर तथा बाख्राको बड्कुला भकारोमा राखेर बनाइएको मलले उत्पादन बढाउने स्थानीयवासी चन्देश्वर राय दनुवार बताउँछन् । चाहिने बेलामा रसायनिक मलको हाहाकार हुने हुँदा आफूहरु प्रांगारिक खेतीतिर लागेको उनको भनाइ छ । किरा नियन्त्रणका लागि गहुँत, खरानी र पानी छर्कने विधि अपनाइएको दनुवारले बताए । 

        बर्दिवास–९ पशुपतिनगरका ब्रह्मदेव महतो प्रांगारिक खेती शुरु गरेपछि उत्पादन बढ्दै गएको बताउँछन् । 

        बर्दिवासमा उद्योगबाटै उत्पादित प्रांगारिक मलको बिक्री वितरण बढेको छ । बर्दिवासमा प्रांगारिक मल बिक्री गर्दै आएका बर्दिवास–७ का चन्द्रलाल क्याप्छाकीले पछिल्ला दुई वर्षयता किसान प्रांगारिक खेतीतर्फ लागेपछि मलको माग ह्वात्तै बढेको बताए  । 
         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast