नेपालमा भारतीय न्युज च्यानलको प्रशारण रोक्ने निर्णय #Aaha News# 'सरिता गिरीको विषयमा मोहना अन्सारीको टिप्पणी खेदजनक' #Aaha News# आजदेखि भारी वर्षाः ‘हाई अलर्ट’मा सरकार #Aaha News# सडक प्रदर्शन रोक्न नेकपाका दोस्रा तहका नेताहरुको अपिल #Aaha News# जसपाले पायो निर्वाचन आयोगबाट आधिकारिकता, केन्द्रीय अध्‍यक्षमा ठाकुर र यादव #Aaha News# उद्दार र राहतमा कुनै सम्झौता हुन्नः सभामुख सापकोटा #Aaha News# सरिता गिरीको सांसद पद रिक्त #Aaha News# 'भारतीय मिडियाविरुद्ध राजनीतिक र कानूनी उपचार खोजिन्छ' #Aaha News# सार्वजनिक सवारी सञ्चालन गर्न दिने सरकारको निर्णय, यस्ता छन् मापदण्ड #Aaha News# ८ जना प्रहरीको हत्यामा संलग्न डन विकास दुबे पक्राउ #Aaha News# बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु #Aaha News# नवनियुक्त आईजीपी शैलेश क्षेत्रीलाई दर्ज्यानी चिह्‍न प्रदान #Aaha News# सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकाे ९२ हजार ४०० रुपैयाँ पुग्याे #Aaha News# धुलिखेलबाटै फर्कियो सभामुखलाई लिएर सिन्धुपाल्चोक उडेको हेलिकप्टर #Aaha News# सुदूरपश्चिममा थप ६७ जनामा काेराेना पुष्टिः कहाँ कति थपिए ? #Aaha News#

    aahakhabar

      कृषि-उर्जा

      हतारको योजना

      तल्लो सोलु जलविद्युत् आयोजनाका कारण खेत सिँचाइबाट वञ्चित

      कुलो मर्मतका लागि आयोजनाका कर्मचारीसँग बारम्बार अनुरोध गर्दैआएका भएपनि बेवास्ता गरिएको गुनासो

        रासस /(आहाखबर) Wed, Jan 31, 2018 1.26K
        फाइल तस्वीर

        सल्लेरी, सोलुखुम्बु, १७ माघ। 

        तल्लो सोलु जलविद्युत् आयोजनाका कारण तिङ्लाको ८०० रोपनी खेत सिँचाइबाट वञ्चित भएको छ । 

        आयोजनाका कारण कुलोमा क्षति पुगेपछि किसान सिँचाइ गर्नबाट वञ्चित भएका हुन् । कुलो मर्मतका लागि आयोजनाका कर्मचारीसँग बारम्बार अनुरोध गर्दैआएका भएपनि वास्ता गर्ने गरेका छैनन् । 

        “कुलोको सम्पूर्ण संरचना बिग्रेपछि खेती नै नष्ट हुने सम्भावना छ,” स्थानीयवासी पूर्णबहादुर खड्काले भने । लामो समयदेखि पानी नपर्दा किसानले हिउँदे आलु र गहुँ  खेतीमा नोक्सानी बेहोर्नुपर्ने अवस्था छ । 

        खानेपानीको मुहान दूषित हुनुका साथै अन्य फोहरजन्य वस्तु जथाभावी फाल्दा यहाँ प्रदूषण बढ्दै गएको स्थानीयवासी हर्कबहादुर राईले बताए । “खानेपानीको मुहान दूषित बनाएपछि स्वास्थ्यमा असर परिरहेको छ,” उनले भने । 

        आयोजनाका प्रशासन प्रबन्धक कविराज पौडेल चाँडै नै मर्मत गरेर कुलो सञ्चालनमा ल्याइने बताए । कुलो भत्किँदा करिब २५० घरधुरी प्रभावित भएका छन् । 

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast