टिकटकको नक्कल गर्दै भारतले ल्यायाे चिङ्गारी एप #Aaha News# कञ्चनपुरमा प्रहरीले चलाएकाे मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु #Aaha News# भारतीय हस्तक्षेपले तराई डुब्याे: गृहमन्त्री थापा #Aaha News# बाढीपहिरोले पु-याएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त #Aaha News# मास्क र स्यानिटाइजर बाड्दै भाेलिबाट विद्युतीय बस चल्दै, भाडादर पुरानै #Aaha News# भगवान राम भारतका हुँदै होइनन्, अध्योध्या वीरगञ्जकाे ठोरीमै छ : प्रधानमन्त्री ओली #Aaha News# ऐश्वर्यालाई कोरोना भएपछि पूर्व प्रेमीले ट्वीट गर्दै दिए स्वास्थ्यलाभको कामना #Aaha News# प्रचण्ड-बाबुरामलाई गन्हायो पूर्वमन्त्री लोकेन्द्र विष्टको थोत्रो लुगा #Aaha News# ओली नै ५ वर्ष सरकारमा रहे नेकपा सखाप हुन्छ : झलनाथ खनाल #Aaha News# साेमबार मात्रै काठमाडौं उपत्यकामा थपिए ९ जना काेराेना संक्रमित #Aaha News# देशभर बाढीपहिरोबाट ८० जनाको मृत्यु, ५१ बेपत्ता, ५० घाइते #Aaha News# नेपालमा फेरी किन खुले भारतीय च्यानल ? #Aaha News# एक महिनापछि बहुमतबाट पारित प्रदेश २ काे बजेट #Aaha News# काठमाडाैं उपत्यकामा चल्न थाल्याे मयुर यातायात #Aaha News# दाइजोमा जग्गा माग्दै निरन्तर यातना दिएपछि युवतीद्वारा आत्महत्या #Aaha News#

    aahakhabar

      राज्य-समाज

      गैंडाको मृत्यु

      चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १७ गैँडा मरे कालगतिले

      शून्य चोरी शिकारी भएको भए पनि बाढीसँगै जुँधेर, बुढो भएर र बच्चा जन्माउन नसकेर ती गैँडा मरेको निकुञ्जको भनाई

        रासस /(आहाखबर) Wed, Jan 31, 2018 2.06K
        फाइल तस्वीर : निकुन्जमा मृत गैंडा

        चितवन, १७ माघ । 

        चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा कालगतिबाट १७ वटा गैँडा मरेका छन् । तीमध्ये दुई बच्चासहित चार गैँडा बाढीका कारण मरेका हुन् । 

        शून्य चोरी शिकारी भएको भए पनि बाढीसँगै जुँधेर, बुढो भएर र बच्चा जन्माउन नसकेर ती गैँडा मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । 

        निकुञ्ज क्षेत्रमा तीन र वन क्षेत्रमा एक गरी चार गैंँडा बाढीका कारण मरेका हुन । अर्यालकाअनुसार बाढीले दुईवटा र बाघले खाएर एउटा बच्चा मरेका छन् । 

        ५० वर्ष आयु हुने भए पनि ३० वर्ष कटेपछि गैंँडा कमजोर हुँदै जाने गर्दछ । बुढो भएर मरेका अधिकांश गैँंडा ३०-३५ वर्ष कटेका रहेका छन् । गत आर्थिक वर्षमा कालगतिले २५ वटा गैँंडा मरेका थिए । 

        सन् २०१५ मा गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा ६ सय ५ वटा गैँंडा रहेका थिए । सो पश्चात बर्दिया राष्ट्रिय निकुञ्जमा ८ वटा र शुक्लाफाँटामा पाँचवटा गैँंडा स्थानान्तरण गरिएको छ । 

        गएको साउनको अन्तिम साता आएको बाढीका कारण बगाएका १० वटा गैँडाको उद्धार गरिएको थियो । त्यतिबेला बाढीले घाँसेमैदान नष्ट गरेपछि निकुञ्जमा रहेका गैँडा समस्यामा परेका थिए । 
         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast