सुदूरपश्चिममा थप ६७ जनामा काेराेना पुष्टिः कहाँ कति थपिए ? #Aaha News# बाढीका घाइतेकाे अवस्था बुझ्न सभामुख अग्नि सापकोटासहितको टोली सिन्धुपाल्चाेक जाँदैँ #Aaha News# कञ्चनपुरस्थित नेपाल–भारत सीमास्तम्भ ढलेको अवस्थामा फेला #Aaha News# स्पेनिस ला लिगा: तनावपूर्ण खेलमा बार्सिलोनाकाे संघर्षपूर्ण जीत #Aaha News# सिन्धुपाल्चोकमा बाढी आउँदा कम्तिमा १९ बेपत्ता, २ काे शव भेटियाे #Aaha News# कर्णालीमा संक्रमित एक हजार ५ सय ५० मध्ये एक हजार २९१ डिस्चार्ज #Aaha News# एसईईकाे नतिजा नै नआइ कक्षा ११ को भर्ना ? #Aaha News# विश्वमा पछिल्लो २४ घण्टामा मात्रै थपिए दुई लाख भन्दा बढी काेराेना संक्रमित #Aaha News# कम्बोडियाले लगायाे कुकुरको मासुको व्यापारमा प्रतिबन्ध #Aaha News# प्रधानमन्त्रीले प्रचण्डलाई भने, ‘प्रधानमन्त्री हुने भए चुनाव कुर्नुस्’ #Aaha News# आजदेखि चार दिन यस वर्षकै ठूलाे पानी पर्ने, पूर्वतयारी अपनाउन आग्रह #Aaha News# सीके राउतका दुई दर्जन बढी कार्यकर्ताले गरे पार्टी परित्यागको घोषणा #Aaha News# महिनावारी ढिलाई हुनुका यस्ता छन् चार कारण #Aaha News# डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो अमेरिका #Aaha News# संकटको घडीमा मानवताको परीक्षण हुन्छः प्रधानमन्त्री ओली #Aaha News#

    aahakhabar

      स्कुल-कलेज

      फुल्चोकीमा हराएका विद्यार्थी 'जोन तामाङ' अझै फेला परेनन्

      ‘लास वा सास’ जे भएपनि चाहिने भन्दै चाँडो खोजी गर्न परिवारजन दबाब दिँदै

        रासस /(आहाखबर) Wed, Jan 31, 2018 1.9K
        फाइल तस्वीर : फुलचोकी भ्रमण

        ललितपुर, १७ माघ । 

        सात दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमणमा) जाँदा हराएका विद्यार्थी अझै भेटिएका छैनन् । 

        ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका हुन् । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना गरेर तीनैवटा सुरक्षा निकाय तामाङको खोजीमा लागेको बताए । 

        अभिभावक संगठनहरु, प्याब्सन र आफन्तहरुले गोदावरी आसपासका गाउँमा खोजी गरेका थिए । हुलियाका आधारमा उनीजस्तै व्यक्ति देखिएको सूचनाका आधारमा गाउँ–गाउँमा समेत खोजी भइरहेको छ । उनले भने, “हामीले बिहीबारदेखि नै दिनरात खोजी गरिरहेका छौँ ।” तामाङलगायत ११ जना विद्यार्थी लिएर विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर ओली बिहीबार फुल्चोकी हाइकिङ गएका थिए । साँझसम्म पनि नभेटिएपछि उनले परिवारमा खबर गरे । 

        प्रधानाध्यापक ओलीले जोनले आफूलाई दुःख दिएको भन्दै अर्काे दिन उनी घर फर्किएर आउने बताएको जोनका आफन्त भरत राईले बताए । उनले भने, “केका आधारमा भोलि आउँछ भनेको हो, त्यो प्रस्ट बताएको छैन ।” 

        प्रधानाध्यापकको लापरबाहीका कारण घटना भएको परिवारजनको आरोप छ । उनलाई कारबाही गर्नुपर्ने राई बताउँछन् । उनले भने, “एक त विद्यार्थीलाई २४ किलोमिटर हिँडाएर लगेको छ, अर्कातिर कसरी घटना भयो समेत बताएको छैन ।” प्रधानाध्यापक र सँगै गएका अरू विद्यार्थीको भनाइ फरक भएको आफन्तले बताएका छन् । 

        ‘लास वा सास’ जे भएपनि चाहिने भन्दै चाँडो खोजी गर्न परिवारजनले दबाब दिँदै आएका छन् । 
         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast