सुदूरपश्चिममा थप ६७ जनामा काेराेना पुष्टिः कहाँ कति थपिए ? #Aaha News# बाढीका घाइतेकाे अवस्था बुझ्न सभामुख अग्नि सापकोटासहितको टोली सिन्धुपाल्चाेक जाँदैँ #Aaha News# कञ्चनपुरस्थित नेपाल–भारत सीमास्तम्भ ढलेको अवस्थामा फेला #Aaha News# स्पेनिस ला लिगा: तनावपूर्ण खेलमा बार्सिलोनाकाे संघर्षपूर्ण जीत #Aaha News# सिन्धुपाल्चोकमा बाढी आउँदा कम्तिमा १९ बेपत्ता, २ काे शव भेटियाे #Aaha News# कर्णालीमा संक्रमित एक हजार ५ सय ५० मध्ये एक हजार २९१ डिस्चार्ज #Aaha News# एसईईकाे नतिजा नै नआइ कक्षा ११ को भर्ना ? #Aaha News# विश्वमा पछिल्लो २४ घण्टामा मात्रै थपिए दुई लाख भन्दा बढी काेराेना संक्रमित #Aaha News# कम्बोडियाले लगायाे कुकुरको मासुको व्यापारमा प्रतिबन्ध #Aaha News# प्रधानमन्त्रीले प्रचण्डलाई भने, ‘प्रधानमन्त्री हुने भए चुनाव कुर्नुस्’ #Aaha News# आजदेखि चार दिन यस वर्षकै ठूलाे पानी पर्ने, पूर्वतयारी अपनाउन आग्रह #Aaha News# सीके राउतका दुई दर्जन बढी कार्यकर्ताले गरे पार्टी परित्यागको घोषणा #Aaha News# महिनावारी ढिलाई हुनुका यस्ता छन् चार कारण #Aaha News# डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो अमेरिका #Aaha News# संकटको घडीमा मानवताको परीक्षण हुन्छः प्रधानमन्त्री ओली #Aaha News#

    aahakhabar

      बैंक-बीमा

      नबिल बैंकद्वारा अनिल शाहको नियुक्ति खारेज, ‘कुलिङ पिरियड’ का कारण अर्काे सिइओ खोजिने

      शाहलाई जेठसम्म पर्खिनका लागि राष्ट्र बैंकको अर्को निर्देशनले रोक्ने भएकाले नियुक्ति नै खारेज गरिएको नबिल बैंकको भनाई

        Aaha News Tue, Jan 30, 2018 10.36K

        काठमाडौं, माघ १६ । 
        नेपाल राष्ट्र बैंकको ’कुलिङ पिरियड’ सम्बन्धि निर्देशनका कारण अनिल शाहको नियुक्ति नबिल बैंकको सञ्चालक समितिले सोमबार खारेज गरेको छ । 
         
        राष्ट्र बैंकले एउटा संस्था छाडेको प्रमुख कार्यकारी अधिकृत अर्को संस्था ६ महिनासम्म जान नपाउने निर्देशन जारि गरेको छ। यही निर्देशनका कारण सञ्चालक समितिले अनिल शाहको नियुक्ति खारेज गर्ने निर्णय गरेको हो । 
         
        राष्ट्र बैंकले २०७४ पुस १३ गते निर्देशन जारी गर्दै कुलिङ पिरियडको ब्यवस्था गरेको थियो । शाहलाई बैंक सञ्चालक समितिले पनि पुस १३ गते नै नियुक्ति गरेको हो। यद्यपी शाहको कार्यकाल भने फागुन ५ गतेबाट सुरु हुनेवाला थियो।
         
        शाहले मंसिर २३ गतेबाट दुई कार्यकाल पुरा गरि मेगा बैंकबाट अवकाश लिएका थिए। यो हिसावले शाहले जेठ २२ सम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी हुन पाउँदैनन्।
         
        राष्ट्र बैंकको यसअघिको निर्देशनले बैंकहरुले प्रमुख कार्यकारी पद तीन महिनाभन्दा खाली राख्न नपाउने ब्यवस्था गरेको थियो। अनिल शाहलाई जेठसम्म पर्खिनका लागि राष्ट्र बैंकको अर्को निर्देशनले रोक्ने भएकाले नियुक्ति नै खारेज गरिएको एक सञ्चालकले जानकारी दिए। बैंकले नियुक्ति बदर गरिएको निर्णय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जमा पठाइसकेको छ।
         
        अनिल शाहले मेगा बैंकमा हुँदै सेञ्चुरी कमर्सियल बैंकसँग चार बर्षका लागि करार गरेका थिए। करार सम्झौता गरेपछि तलवमा कुरा नमिलेको भन्दै उनले सेञ्चुरी नजाने निर्णय गरेका थिए। नबिल बैंकले बोलाएका कारण शाहले सेञ्चुरीको करार भङ्ग गरेको बैंकरहरुबीच चर्चा छ। शाहले भने तोकिएको तलव नदिने अवस्था आएपछि सेञ्चुरी बैंक नजाने निर्णय गरेको बिजमाण्डूसँग बताएका थिए। 
         
        कुलिङ पिरियड आएपछि नबिल बैंकमा अनिल शाहलाई बैधानिकता दिन सञ्चालक समितिबाट लबिङसमेत भएको थियो। ’हामीलाई हेरेर राष्ट्र बैंकले हतार हतार कुलिङ पिरियड ल्याएको भन्ने गुनासो नबिल पक्षको थियो’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ’हामीले संस्थागत सुशासनका लागि कुलिङ पिरियड ल्याएकाले त्यसलाई अन्यथा नलिन भनेर सम्झाएका थियौं।’
         
        शाहलाई कामु प्रमुख कार्यकारीका रुपमा ल्याउन सकिन्छ कि भनेर पनि राष्ट्र बैंकमा लबिङ भएको थियो। राष्ट्र बैंकले कुलिङ पिरियडभित्र ’लुपहोल’ खोजेर नआउन भनेपछि नबिल बैंक पछि फर्किएको थियो। त्यसपछि सञ्चालक समितिले पुस १३ गतेको नियुक्ति खारेज गर्ने निर्णय गरेको हो।
         
        बैंकले अक कसलाई सिइओ बनाउने भन्ने निर्णय गरिसकेको छैन। चर्चामा भने पुरानै नाम आएको छ। अनिल ज्ञवाली, उपेन्द्र पौडेललगायत प्रमुख कार्यकारी हुन सक्ने चर्चा बैंकभित्र छ।

         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast