डा. सूर्यराज आचार्य र मुमाराम खनालले छाडे साझा पार्टी #Aaha News# भित्री बस्त्रको छनौटमा मानिसले गर्छन् यी ६ गल्ती #Aaha News# देशमा अशान्ति भएपछि मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटनको घोषणा #Aaha News# कोरोना संक्रमणबाट निधन भएका पुरुष बस्ने टोल सिल #Aaha News# ‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’ #Aaha News# प्रशासनिक निर्णयबाटै पनि क्लिन फिड लागू गर्न सकिन्छः मन्त्री खतिवडा #Aaha News# जनता समाजवादीले लियो दल दर्ताको प्रमाणपत्र #Aaha News# काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलिएको आशंका #Aaha News# आइतबार थपिए ८२ जना कोरोना संक्रमित, कुन प्रदेशमा कति ? #Aaha News# पार्टीमा विवाद आउनु नौलो विषय होइनः प्रचण्ड #Aaha News# यौन चाहना र लतबीच के अन्तर छ ? #Aaha News# अमेरिकाद्वारा फ्रान्सेली उत्पादनमा कर वृद्धि गर्ने घोषणा #Aaha News# सेलफोनबाट टिकटक हटाउन कर्मचारीलाई अनुरोध #Aaha News# म्याग्दी पहिरोः मृतकको सङ्ख्या १७ पुग्यो, तीन घाइतेको उद्धार #Aaha News# जनताको विश्वास कसैले चुकाउनु हुँदैनः प्रचण्ड #Aaha News#

    aahakhabar

      राज्य-समाज

      स्थानीय तह

      काभ्रेपलाञ्चोकमा स्थानीय तहका विवाद टुङ्गो लगाउँदै न्यायिक समिति

      स्थानीय तहबाट टुङ्गो लगाउन नसकेका विवाद अदालतमा जान सुझाव दिने गरिएको

        रासस/ (आहा खबर) Tue, Jan 30, 2018 2.46K

        बनेपा, १६ माघ। 

        काभ्रेपलाञ्चोक जिल्लाको स्थानीय तहका न्यायिक समितिले आएका विवाद टुङ्गो लगाउन थालेका छन् । 

        जिल्लाका केही नगरपालिकामा औपचारिक रुपमा न्यायिक समिति नबने पनि विवाद निरुपणको काम भएको र गाउँपालिकामा आएका विवाद पनि टुङ्गो लगाउन थालिएको छ । 

        पाँचखाल नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक लक्ष्मी दनुवारले साँध, सिमाना, बहुविवाह, अंशबण्डा, सम्बन्ध विच्छेदलगायतका १५ वटा विवाद दर्ता भएकामा तीमध्ये १० वटा विवादको टुङ्गो लागिसकेको जानकारी दिए  । 

        उनले विवाद निरुपण दुईपक्षीय सहमतिका आधारमा भएको उल्लेख गर्दै नगरपालिकाबाट निरुपण हुन नसकेका विवाद जिल्ला अदालत पठाइएको बताए  । 

        हामीले दुई पक्षलाई राखेर सहमति गराउनमै जोड दिँदै आएका छौं , सहमति नभए पीडित अदालत जान्छन्, उनले भने  । 

        स्थानीय तहमा नगरपालिकाका उपप्रमुख तथा गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा न्यायिक समिति हुन्छ । 

        धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माले नगरपालिकामा न्यायिक समिति निर्माणको काम अझै बाँकी रहे पनि झै झगडा, साँध, सिमाना, सम्बन्ध विच्छेद र जग्गा विवादका विवाद टुङ्गो लगाइएको जानकारी दिए । उनले भने , “न्यायिक काम गरिरहेका छौं तर न्यायिक समिति निर्माण भने भएको छैन ।” उपप्रमुख शर्माले नगरसभाबाट न्यायिक समिति निर्माणको काममा ढिलाइ भएपनि विवाद निरुपणको काम रोकिएको छैन भने  । 

        भुम्लु गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक कल्पना श्रेष्ठले सम्बन्ध विच्छेद, घरेलु हिंसा, साँध–सिमाना, अंशबण्डालगायतका विवाद तथा आएका र तीमध्ये अधिकांश विवाद टुङ्गो लगाइएको जानकारी दिए । उनले भने , “स्थानीय तहबाट टुङ्गो लगाउन नसकेका विवाद अदालतमा जान सुझाव दिएका छौँ ।” 

        संविधानको धारा २१७ मा नगरपालिकाका उपप्रमुख र गाउँपालिकाको उपाध्यक्ष न्यायिक समितिको संयोजक रहने प्रावधान छ । जिल्लामा छ नगरपालिका र सात गाउँपालिकासहित १३ स्थानीय तह छन् । 
         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast