सुदूरपश्चिममा थप ६७ जनामा काेराेना पुष्टिः कहाँ कति थपिए ? #Aaha News# बाढीका घाइतेकाे अवस्था बुझ्न सभामुख अग्नि सापकोटासहितको टोली सिन्धुपाल्चाेक जाँदैँ #Aaha News# कञ्चनपुरस्थित नेपाल–भारत सीमास्तम्भ ढलेको अवस्थामा फेला #Aaha News# स्पेनिस ला लिगा: तनावपूर्ण खेलमा बार्सिलोनाकाे संघर्षपूर्ण जीत #Aaha News# सिन्धुपाल्चोकमा बाढी आउँदा कम्तिमा १९ बेपत्ता, २ काे शव भेटियाे #Aaha News# कर्णालीमा संक्रमित एक हजार ५ सय ५० मध्ये एक हजार २९१ डिस्चार्ज #Aaha News# एसईईकाे नतिजा नै नआइ कक्षा ११ को भर्ना ? #Aaha News# विश्वमा पछिल्लो २४ घण्टामा मात्रै थपिए दुई लाख भन्दा बढी काेराेना संक्रमित #Aaha News# कम्बोडियाले लगायाे कुकुरको मासुको व्यापारमा प्रतिबन्ध #Aaha News# प्रधानमन्त्रीले प्रचण्डलाई भने, ‘प्रधानमन्त्री हुने भए चुनाव कुर्नुस्’ #Aaha News# आजदेखि चार दिन यस वर्षकै ठूलाे पानी पर्ने, पूर्वतयारी अपनाउन आग्रह #Aaha News# सीके राउतका दुई दर्जन बढी कार्यकर्ताले गरे पार्टी परित्यागको घोषणा #Aaha News# महिनावारी ढिलाई हुनुका यस्ता छन् चार कारण #Aaha News# डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो अमेरिका #Aaha News# संकटको घडीमा मानवताको परीक्षण हुन्छः प्रधानमन्त्री ओली #Aaha News#

    aahakhabar

      बिदेश

      दुखद् घटना !

      काबुलमा यस वर्षकै ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते

      काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थान लक्ष्य गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोट, तालिवान लडाकू समूहले जिम्मेवारी लियो

        Aaha News Sat, Jan 27, 2018 7.47K

        काबुल, १३ माघ (रासस/एएफपी) :

        अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् । यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ । 

        काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थान लक्ष्य गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोट गराइँदा कम्तीमा ९५ जनाको मृत्यु भएको बताइएको छ । घटनामा परी अन्य १५८ जना घाइते भएका र तीमध्ये केहीको अवस्था गम्भीर रहेको हुनाले मृतकको सङ्ख्या बढ्नेसमेत प्रहरीको अनुमान रहेको छ ।

        घाइतेको सङ्ख्या बढी भएकाले स्थानीय अस्पतालहरुमा उपचारमा समस्या भएको पनि उनीहरुले जानकारी दिएका छन् । विद्रोही र इस्लामिक स्टेट (आइएस) लडाकू समूहले बेलाबेलामा आक्रमण गरिरहने भएकाले काबुलका आमनागरिकका लागि अत्यन्त प्राणघातक भएको छ । 

        यद्यपि एएफपीका संवाददाताले जामुरिते अस्पतालमा मृत्यु हुने र घाइते हुनेहरुको संख्या अत्यधिक देखेको बताएका छन् । अस्पतालका स्वास्थ्यकर्मीहरुले रक्तपातपूर्ण घाइतेहरुलाई अस्पतालको गल्लीमा समेत राखेर उपचार गरी जीवन जोगाउने संघर्ष गरिरहेका छन् । 

        स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद माजरोहले एएफपीसँग भने, “अहिलेसम्म मृत्यु हुनेहरुको संख्या ९५ पुगेको छ, १५८ जना घाइते भएका छन् । यसअघि गृह मन्त्रालयले ६३ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । 

        काबुलको मध्य भागमा पर्ने सिदारात स्क्वायरमा स्थानीय समयानुसार दिउँसो करिब १२ः५० मा घटना भएको अधिकारीहरुले बताएका छन् । 

        विस्फोट भएको क्षेत्रमा गृह मन्त्रालयको पुरानो कार्यालय, युरोपेली संघलगायतका विभिन्न उच्च महत्वका संघसंस्था र कार्यालय रहेका छन् । 

        काबुलका लागि युरोपेली संघका प्रतिनिधिहरु सुरक्षित रहेको र कुनै मानवीय क्षति नभएको अधिकारीहरुले एएफपीलाई जानकारी दिएका छन् । 

        एम्बुलेन्स आक्रमणको तालिवान लडाकू समूहले जिम्मेवारी लिएको छ । घटनापछि सरकारी सुरक्षाकर्मीहरुले घटनास्थल आफ्नो नियन्त्रणमा लिएर दोषीहरुको खोजी कार्य तीव्र पारेको जनाएका छन् । 

        काबुलमै रहेको एक होटलमा गत आइतबार तालिवान लडाकूहरुले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको थियो । 

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast