विभिन्न स्थानमा भारी वर्षा, बाढीपहिरो र डुबानको उच्च जोखिम #Aaha News# डा. सूर्यराज आचार्य र मुमाराम खनालले छाडे साझा पार्टी #Aaha News# भित्री बस्त्रको छनौटमा मानिसले गर्छन् यी ६ गल्ती #Aaha News# देशमा अशान्ति भएपछि मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटनको घोषणा #Aaha News# कोरोना संक्रमणबाट निधन भएका पुरुष बस्ने टोल सिल #Aaha News# ‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’ #Aaha News# प्रशासनिक निर्णयबाटै पनि क्लिन फिड लागू गर्न सकिन्छः मन्त्री खतिवडा #Aaha News# जनता समाजवादीले लियो दल दर्ताको प्रमाणपत्र #Aaha News# काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायमा फैलिएको आशंका #Aaha News# आइतबार थपिए ८२ जना कोरोना संक्रमित, कुन प्रदेशमा कति ? #Aaha News# पार्टीमा विवाद आउनु नौलो विषय होइनः प्रचण्ड #Aaha News# यौन चाहना र लतबीच के अन्तर छ ? #Aaha News# अमेरिकाद्वारा फ्रान्सेली उत्पादनमा कर वृद्धि गर्ने घोषणा #Aaha News# सेलफोनबाट टिकटक हटाउन कर्मचारीलाई अनुरोध #Aaha News# म्याग्दी पहिरोः मृतकको सङ्ख्या १७ पुग्यो, तीन घाइतेको उद्धार #Aaha News#

    aahakhabar

      राज्य-समाज

      उज्यालोको सपना

      उज्यालोको प्रतिक्षामा वर्षौं देखि अन्धकार छ कालिमाटी गाउँपालिका

        Aaha News Mon, Jan 01, 2018 5.32K

        सल्यान, १७ पुस 

        सल्यानको कालीमाटी गाउँपालिकामा कुनै पनि वडामा विद्युत् सुविधा नपुग्दा वर्षौंदेखि स्थानीय वासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । सातवटा वडा रहेको कालीमाटीमा बिजुली बत्तीको पहुँच नपुग्दा स्थानीय धेरै कुरामा पछाडि परेका छन् । विद्युत् अभावमा गाउँपालिका झनै प्रभावित देखिएको छ । 

        स्थानीय सरकारका रुपमा रहेको गाउँपालिका कार्यालयले वासिन्दालाई सेवा प्रवाह गर्दा विद्युत् अभावमा प्रभावकारी हुन नसकेको पाइएको छ भने दैनिक कार्य सम्पादनमा समेत बाधा पुग्ने गरेको छ । कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बिजुली बत्ती नहुँदा उत्पन्न हुने समस्या आफूहरुले झेल्नु परिरहेको बताए । 

        “गाउँपालिकालाई कुटानी, पिसानीदेखि लिएर मोबाइल चार्ज गर्नसमेत समस्या छ” उनले  भने  “गाउँपालिकाको कार्यालयमा पनि कर्मचारीले बिजुली अभावमा काम गर्न कठिनाइ हुने गरेको सुनाइरहन्छन् ।” अन्धकार हटाउने र विद्युत् भित्र्याउने भन्दै गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु एक करोड ५० लाख विनियोजन गरेको छ । 

        उनले भने  “बिजुली नहुँदा कार्यालयमा सञ्चालन हुने हरेक काममा समस्या उत्पन्न हुने गरेको छ, विद्युत् अभावकै कारण हाम्रो गाउँपालिका टेलिफोन, इन्टरनेट तथा बैंक सेवाबाट वञ्चित हुनुपरेको छ ।” 

        कतिपयले वैकल्पिक ऊर्जाको रुपमा सोलार जोडेको भए पनि अझै स्थानीय टुकी बालेर अध्याँरो हटाउनुपर्ने बाध्यतामा रहेको गाउँपालिका उपाध्यक्ष सनशीलता ओलीले बताए । 

        छिमेकी जिल्ला सुर्खेत र दाङबाट विद्युत् भित्र्याउने तयारीमा आफूहरु लागेको उपाध्यक्ष ओलीले बताए  । विद्युत्को पोल गाड्ने जिम्मा पाएको ठेकेदारको ढिलासुस्तीले गर्दा पनि कालीमाटी गाउँपालिकालाई विद्युत्को पहुँचमा पुर्याउन समस्या भइरहेको गाउँपालिकाले जानकारी दिएको छ । अध्यक्ष केसीले भने  ‘‘गएको भदौमा नै ठेकेदारले पोल गाड्ने जिम्मा पाएको हो तर उसकै ढिलासुस्तीले गर्दा बिजुली बाल्ने गाउँपालिकाको रहर पूरा हुन सकेको छैन ।’’ 

        बिजुली भित्र्याएपछि आफूहरु टेलिफोन, इन्टरनेट जडान र बैंक ल्याउनका लागि काम अगाडि बढाउने तयारीमा रहेको केसीले बताउनुभयो । बिजुली अभावकै कारण टेलिफोनको समस्या आइपरेको उनको भनाइ छ । अहिले गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा नमस्ते फोन र वडा नम्बर ४, ५, ६ र ७ मा स्काइ तथा एनसेलले आंशिकरुपमा काम गर्ने गरेको अध्यक्ष केसीको भनाइ छ । 

        विद्युत् नभएकै कारण इन्टरनेट जडान हुन नसकेको तथा बैंक आउन नमानेका कारण विकास निर्माणका काममा प्रत्यक्ष प्रभाव परेको गाउँपालिकाले जनाएको छ । बैंक नहुँदा सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको छ ।  

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast