सुदूरपश्चिममा थप ६७ जनामा काेराेना पुष्टिः कहाँ कति थपिए ? #Aaha News# बाढीका घाइतेकाे अवस्था बुझ्न सभामुख अग्नि सापकोटासहितको टोली सिन्धुपाल्चाेक जाँदैँ #Aaha News# कञ्चनपुरस्थित नेपाल–भारत सीमास्तम्भ ढलेको अवस्थामा फेला #Aaha News# स्पेनिस ला लिगा: तनावपूर्ण खेलमा बार्सिलोनाकाे संघर्षपूर्ण जीत #Aaha News# सिन्धुपाल्चोकमा बाढी आउँदा कम्तिमा १९ बेपत्ता, २ काे शव भेटियाे #Aaha News# कर्णालीमा संक्रमित एक हजार ५ सय ५० मध्ये एक हजार २९१ डिस्चार्ज #Aaha News# एसईईकाे नतिजा नै नआइ कक्षा ११ को भर्ना ? #Aaha News# विश्वमा पछिल्लो २४ घण्टामा मात्रै थपिए दुई लाख भन्दा बढी काेराेना संक्रमित #Aaha News# कम्बोडियाले लगायाे कुकुरको मासुको व्यापारमा प्रतिबन्ध #Aaha News# प्रधानमन्त्रीले प्रचण्डलाई भने, ‘प्रधानमन्त्री हुने भए चुनाव कुर्नुस्’ #Aaha News# आजदेखि चार दिन यस वर्षकै ठूलाे पानी पर्ने, पूर्वतयारी अपनाउन आग्रह #Aaha News# सीके राउतका दुई दर्जन बढी कार्यकर्ताले गरे पार्टी परित्यागको घोषणा #Aaha News# महिनावारी ढिलाई हुनुका यस्ता छन् चार कारण #Aaha News# डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो अमेरिका #Aaha News# संकटको घडीमा मानवताको परीक्षण हुन्छः प्रधानमन्त्री ओली #Aaha News#

    aahakhabar

      कृषि-उर्जा

      नुवाकोट तुप्चेमा १९ मेगावाटको विद्युत् आयोजना बन्दै, ५ अर्ब लगानी

      तुप्चेमा निर्माण हुने मध्य त्रिशूली गंगा जलविद्युत् आयोजना र त्यसको वातावरणीय प्रभाव मल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ

        रासस/ (आहा खबर) Sun, Dec 31, 2017 4.18K

        त्रिशूली, १६ पुस  :

        विदुर नगरपालिका वडा नं ७ तुप्चेमा निर्माण हुने मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ । 

        १९.४१ मेगावाट क्षमताको उक्त आयोजना पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो । तुप्चेस्थित त्रिशूली नदी किनारमा आयोजित सार्वजनिक सुनुवाइमा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले राष्ट्रियरुपमा महत्व राख्ने जलविद्युत् आयोजना सञ्चालन र निर्माण कार्य निर्वाधरुपमा अघि बढ्नुपर्ने बताए । 

        कार्यक्रममा प्रदेश नं ३ का सदस्य हीरानाथ खतिवडाले व्यक्तिगत लाभ, हानि र स्वार्थका कारण यस्ता आयोजनामाथि प्रभाव पार्नु नहुने विचार राखे । तुप्चेमा उत्पादन गृह रहने उक्त जलविद्युत् आयोजनाले त्रिशूली थ्री बीबाट निकास भएको पानीलाई प्रयोग गर्ने वातावरणीय प्रभाव मूल्यांकनमा संलग्न कुमार पौडेलले जानकारी दिए । रु पाँच अर्बको लगानीमा परियोजना तयार हुने बताइएको छ । 

        इनर्जी डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक भरतकुमार खड्काले कम लगानीमा बढी आम्दानी हुने आयोजनाका रुपमा यसलाई स्थापित गर्ने बताए । 
        उत्तरगया धाम क्षेत्र विकास समितिले उक्त परियोजनाले बेत्रावतीमा पानी सुक्ने र त्यसले गर्दा धार्मिक कार्यमा असर पर्ने भन्दै चर्को आलोचना गर्दै आएको छ । सार्वजनिक सुनुवाइ भइरहेको समयमा क्षेत्र विकास समितिले बेत्रावती बजारमा विरोधसभाको आयोजनासमेत गरेको थियो । तर उत्तरगया धाममा आफ्नो आयोजनाका कारण पानी नसुक्ने भरतकुमार खड्काले दाबी गरे । उनले उत्तरगया धाम हुँदै बग्ने त्रिशूली नदीमा कम्तीमा सात हजार लिटर पानी छाडिने प्रतिबद्धता जनाए । 

        मध्य त्रिशूली गंगा जलविद्युत् आयोजना निर्माण चरणमा नै प्रभावित तथा अति प्रभावित क्षेत्रका नागरिकलाई रोजगारीदेखि क्षमताअनुसारको काममा खटाउने प्रतिबद्धता आयोजनाले सार्वजनिक सुनुवाइमा गरेको छ । 
        कार्यक्रममा विदुर नगरपािलकाका प्रमख सञ्जु पण्डित, प्रभावित क्षेत्रका विभिन्न वडाका अध्यक्षहरु, सरोकार भएकाहरु, राजनीतिक दलका प्रतिनिधि तथा संघसंस्थाका पदाधिकारीले मन्तब्य र जिज्ञासा राखेका थिए । 

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast