सुदूरपश्चिममा थप ६७ जनामा काेराेना पुष्टिः कहाँ कति थपिए ? #Aaha News# बाढीका घाइतेकाे अवस्था बुझ्न सभामुख अग्नि सापकोटासहितको टोली सिन्धुपाल्चाेक जाँदैँ #Aaha News# कञ्चनपुरस्थित नेपाल–भारत सीमास्तम्भ ढलेको अवस्थामा फेला #Aaha News# स्पेनिस ला लिगा: तनावपूर्ण खेलमा बार्सिलोनाकाे संघर्षपूर्ण जीत #Aaha News# सिन्धुपाल्चोकमा बाढी आउँदा कम्तिमा १९ बेपत्ता, २ काे शव भेटियाे #Aaha News# कर्णालीमा संक्रमित एक हजार ५ सय ५० मध्ये एक हजार २९१ डिस्चार्ज #Aaha News# एसईईकाे नतिजा नै नआइ कक्षा ११ को भर्ना ? #Aaha News# विश्वमा पछिल्लो २४ घण्टामा मात्रै थपिए दुई लाख भन्दा बढी काेराेना संक्रमित #Aaha News# कम्बोडियाले लगायाे कुकुरको मासुको व्यापारमा प्रतिबन्ध #Aaha News# प्रधानमन्त्रीले प्रचण्डलाई भने, ‘प्रधानमन्त्री हुने भए चुनाव कुर्नुस्’ #Aaha News# आजदेखि चार दिन यस वर्षकै ठूलाे पानी पर्ने, पूर्वतयारी अपनाउन आग्रह #Aaha News# सीके राउतका दुई दर्जन बढी कार्यकर्ताले गरे पार्टी परित्यागको घोषणा #Aaha News# महिनावारी ढिलाई हुनुका यस्ता छन् चार कारण #Aaha News# डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो अमेरिका #Aaha News# संकटको घडीमा मानवताको परीक्षण हुन्छः प्रधानमन्त्री ओली #Aaha News#

    aahakhabar

      ओएमजी Omg!

      ६ वर्षीय एक अमेरिकन बालकको कमाइ १ अर्ब १२ करोडभन्दा बढी(भिडियो)

      सन् २०१५ बाट ‘यूट्यूब च्यानल’ सुरु गरेका रेयानको च्यानलको १० लाख भन्दा सब्स्क्राइबर

        Aaha News Sun, Dec 24, 2017 1.77K

        काठमाडौं, पौष ९ ।
        अमेरिकामा एक ६ वर्षीय बालकको कमाई सुन्दा तपाई हामी सबैलाई अचम्म लाग्न सक्छ । अमेरिकामा आमाबुवाका साथमा बस्दै आएका रेयान नाम गरेका ६ वर्षीय बालकको कमाई १ अर्ब १२ करोड रुपैयाँ भन्दा बढी रहेको छ । 

        उनले काम गरेरै यति ठूलो रकम कमाउछ भन्दा तपाई हामीलाई विश्वास नलाग्न सक्छ । ती ६ वर्षीया बालकले ‘यूट्युब च्यानल’मा खेलौनाहरुको समीक्षा गरेर अहिलेसम्म ११ मिलियन डलर (करिव १ अर्ब १२ करोड रुपैयाँ) कमाइसकेका छन् ।

        ती बालकले बजारमा आएका नयाँ खेलौनाहरुको समीक्षा गरिएको भिडियोहरु उनको ‘यूट्युब च्यानल’मा अहिलेसम्म करौडौं मानिसहरुले हेरिसकेका छन् । उनले ‘रेयान टोयजरिव्यू’ नामक ‘यूट्यूब च्यानल’ चलाउँछन् । उनले आफ्नो च्यानलमार्फत दर्शकहरुलाई खेलौनाको संसारमा लैजान्छन् ।

        ‘फ्रोब्स म्यागजिन’ले सन् २०१७ मा संसारभरी सबैभन्दा बढी रकम पारिश्रमिक लिने सेलिब्रेटीको सूचीमा रेयानको नामसमेत समावेश गरेको छ । यति धेरै चर्चित भएपनि उनको परिवारले रेयानबारे धेरै जानकारी अहिले नै सार्वजनिक गर्न नचाहेको बताएका छन् ।

        केहि महिनाअघि रेयानको आमाले ‘वाशिंगटन पोष्ट’लाई दिएको अन्तर्वातामा उनले भनेकी छन, ‘रेयान तीन वर्षको हुँदा यूट्यूब च्यानल खोल्ने योजना आएको थियो, जब रेयान बजारमा आएको नयाँ खेलौना खेल्दै कुन खेलौना कस्तो छ भनेर हामीलाई सुनाउँथ्यो ।’

        रेयानको आमाका अनुसार रेयान सानैदेखि खेलौना सम्बन्धि टेलिभिजन कार्यक्रम हेर्ने गथ्र्यो । एकदिन रेयानले आफ्नो आमालाई अरुले जस्तै म पनि किन यूट्यूबमा नदेखिएको भनेर सोधेपछि खेलौनाको पसलमा गएर ‘लिगो ट्रेन’ किनेको र त्यहि खेलौनाबाट ‘यूट्यूब च्यानल’ सुरु गरेको उनको आमाले बताइन् ।

        ‘बीबीसी’का अनुसार रेयानले परिवारको सहयोगमा सन् २०१५ बाट उक्त ‘यूट्यूब च्यानल’ सुरु गरेका थिए । एक वर्षमै उनको च्यानल हेर्ने दर्शकको संख्या १६ अर्बभन्दा बढी पुगेकोे छ भने उनको एउटै भिडियो ८० करोडभन्दा बढी मानिसहरुले हेरिसकेका छन् । त्यस्तै, १० लाखभन्दा बढी मानिसहरुले उनको च्यानल ‘सब्स्क्राइब’ गरेका छन् । एजेन्सीको सहयोगमा 

         

        Send your news, articles at aahakhabar@gmail.com.

          Comments
            Weather Forecast