बिहिवार, भाद्र ५, २०७६

    विज्ञान/प्रविधि

    वल्र्डलिङ्कले ल्यायो नया सुबिधा, अब इन्टरनेट सेवा निःशुल्क

    सोमबार, फागुन २७, २०७५ साल
    काठमाडौँ, २७ फागुन इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ ।  कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वल्र्डलिङ्कका प्रमुख कार्यकारी निर्देशक केशव नेपालले जानकारी गराउनुभयो । वल्र्डलिङ्कले अहिले तीन हजार ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै आएको छ ।  सेवाग्राहीले एकपटकमा ‘लगइन’ गरेपछि करीब एक..

    उपकरण थप्दै भरतपुर विमानस्थल, हेलिप्याड र पार्किङ क्षेत्र विस्तार

    सोमबार, फागुन २७, २०७५ साल
    चितवन, २७ फागुन भरतपुर विमानस्थलभित्र भौतिक संरचना र उपकरण व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिइएको छ । विमानस्थलमा अत्यावश्यक तर हालसम्म जडान नभएका उपकरण भित्र्याइएको छ भने विभिन्न संरचना निर्माण कार्य भइरहेका छन् ।  नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सञ्चार तथा सहायक उड्डयन विभागले लगेज स्क्यान गर्ने उपकरण खरीद गरी पठाएको छ । सो उपकरणलाई रु..

    सुरक्षण मुद्रण स्थापना, भूउपग्रह सञ्चालन गर्न नेपाल र फ्रान्सबीच सहमति

    आईतवार, फागुन २६, २०७५ साल
    काठमाडौँ, २५ फागुन सुरक्षण मुद्रण स्थापना तथा भूउपग्रह सञ्चालन एवम् व्यवस्थापन गर्न नेपाल र फ्रान्सबीच सहमति भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको यही फागुन २४ गते सम्पन्न फ्रांन्सको छ दिवसीय भ्रमणका क्रममा त्यस्तो सहमति भएको हो ।  अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) ले नेपाललाई उपलब्ध गराएको ‘अर्बिटल स्लट’ मा भूउपग्रह सञ्चालन एवम् व्यवस्थापन गर्ने नेपाल सरकारको योजना कार्यान्वयन गर्न..

    एसएबी पब्लिक स्कूलको विज्ञान तथा प्रविधि प्रदर्शनी सम्पन्न

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन  घट्टेकुलो डिल्लीबजारस्थित एसएबी पब्लिक स्कूलले विज्ञान प्रविधि प्रर्दशनी २०७५ सम्पन्न गरेको छ ।  विद्यालयको विज्ञान विभागको संयोजकत्वमा सञ्चालित प्रदर्शनीमा कक्षा ८, ९ र १० का विद्यार्थीले भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, विद्युतीय तथा रोबर्टिक्ससम्बन्धी प्रदर्शनी प्रस्तुत गरेका थिए ।  काठमाडौँ उपत्यकाका केही कलेजले पनि प्रदर्शनीमा आफ्नो परियोजनामार्फत सहभागिता जनाएका थिए । उक्त प्रदर्शनी काठमाडौँ उपत्यकाका थुप्रै विद्यालय तथा माध्यमिक विद्यालयका विद्यार्थीद्वारा अवलोकन..

    प्रविधिमा नयाँ फड्को, स्वास्थ्य जानकारी अब एपबाटै

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन  तपाइँलाई सञ्चो भएन ? आफन्तलाई स्वास्थ्य सस्थामा लैजानु पर्यो अथवा दुर्घटना परेकालाई तत्काल नजिकको स्वास्थ्य सेवाको पहुँचमा पुर्याउनु पर्यो ?  कुन अस्पताल जाने-लैजाने, कुन चिकित्सकलाई देखाउने कस्तो सेवा लिने ? कुन कुन सेवा कुन कुन अस्पतालबाट पाइन्छ भन्नेमा अन्योल हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् ।  आफ्नो मोबाइलमा यससम्बन्धी विस्तृत जानकारी समेटिएको एपबाट छिट्टै ती लगायत स्वास्थ्य सेवासित सम्बन्धित अन्य महत्वपूर्ण..

    फेसबुकद्वारा प्राइभेसी फिचर लञ्च, 'किल्यर हिस्ट्री' नयाँ फिचर

    मंगलवार, फागुन २१, २०७५ साल
    एजेन्सी, २१ फागुन सोसल मिडिया प्लाटफर्म फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतिक्षा गरिरहेको एउटा प्राइभेसी फिचर लञ्च गर्दैछ । Clear History नामक उक्त फिचरको सहयोगमा फेसबुक प्रयोगकर्ताले फेसबुकमा एकित्रत गरिएका डाटा डिलिट गर्न सक्नेछन् । फेसबुकका प्रमुख वित्तिय अधिकारी डेभिड वेहनेरले बार्सिलोनामा जारी मिडिया एण्ड टेलिकम कन्फ्रेन्सका अवसरमा उक्त जानकारी दिएका हुन् । सन् २०१९ को अन्त सम्ममा उक्त यो फिचर सबै प्रयोगकर्ताका..

    'फेसबुक, ट्वीटर बन्द हल्लामात्र, भ्रम फैलाउनेलाई कारबाही'

    आईतवार, फागुन १९, २०७५ साल
    काठमाडौँ, १९ फागुन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गर्ने कुरा हल्लामात्र भएको भन्दै भ्रम फैलाउनेलाई कारबाहीको प्रकृया अगाडि बढाइएको जनाएको छ। केही दिनयता मन्त्रालयको नाम जोडेर नेपालमा सामाजिक सन्जाल बन्द गर्न लागिएको कुरा सामाजिक सन्जालमा ‘भाइरल’ बनेको थियो। मन्त्रालयले यसबारे स्पष्ट पार्दै त्यस्तो सुचना लाइक, कमेन्ट वा सेयर गरिएको भए तत्काल हटाउन पनि प्रयोगकर्तालाई निर्देशन दिएको छ।..

    ५ स्थानीय तहमा मोबाइल एप्स, यसका फाइदाहरु :

    आईतवार, फागुन १९, २०७५ साल
    बैतडी, १९ फागुन  बैतडीका स्थानीय तहले प्रविधि विकासमा जोड दिदैं अहिले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।  चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडीमा पाँच स्थानीय तहले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ भने बाँकी स्थानीय तह मोबाइल एप्स सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । मोबाइल एप्स सञ्चालनमा आएको स्थानीय तहमा दोगडाकेदार, पञ्चेश्वर, शिवनाथ र डिलासैनी गाउँपालिका तथा पाटन..

    चालक अनुमतिपत्र : प्रदेश सरकारसँगको समन्वयमा नेपालीकरण गर्न पत्राचार

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौँ, १७ फागुन : यातायात व्यवस्था विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ ।  यातायात व्यवस्था ऐन, २०४९ को दफा ५२ मा विदेशबाट जारी भएको चालक अनुमतिपत्रका आधारमा अधिकारप्राप्त अधिकारीले परीक्षा नलिई चालक अनुमतिपत्र दिनसक्ने व्यवस्था छ ।  विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले केही दिन पहिले मात्रै चालक अनुमतिपत्र नेपालीकरणका लागि विभाग नपठाउन पत्राचार गरिएको बताउनुभयो..

    अमेरिकी कम्पनीमा रोबोटको प्रयोग वृद्धि

    बिहिवार, फागुन १६, २०७५ साल
    न्यूयोर्क, १६ फागुन अमेरिकी कम्पनीहरुले अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा रोबोटको प्रयोग ज्यादै वृद्धि गरेका छन् । विगतमा कार निर्माता कम्पनीमा बढी देखिने रोबोट आजभोलि स–साना व्यवसायमा समेत प्रयोग हुन थालेको छ ।  मानवस्रोतभन्दा सस्तो र सहज भएकै कारण व्यवसायीले रोबोटको प्रयोग रुचाएको अध्ययनहरुले देखाएका छन् ।  सन् २०१७ को तुलनामा कार निर्माण प्लान्टमा रोबोट प्रयोगमा झण्डै १६ प्रतिशत वृद्धि भएको छ..

    टेलिकमका रिचार्ज कार्डमा आधा मात्रै पिन नं !

    बुधबार, फागुन १५, २०७५ साल
    डोटी, १५ फागुन  नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् ।  डोटीमा बिक्री वितरण भइरहेका कयौँ रिचार्ड कार्डमा आधामात्रै पिन नम्बर र बिना सिरियल नम्बरका रिचार्ज भेटिएका हुन् । बजारमा बिना सिरियल नम्बर र आधामात्रै पिन नम्बरका कार्ड फेला परेको गुनासो आएपछि नेपाल टेलिकम दिपायल राजपुरका प्राविधिक प्रकाश चौधरीले त्यस्ता कार्ड टेलिकममा बुझाउन..

    ‘पठाओ’को सेवालाई रोक्न सर्वोच्चले गर्यो अस्वीकार

    बुधबार, फागुन १५, २०७५ साल
    काठमाडौँ, १४ फागुन : सर्वोच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ ।  न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले मंगलबार मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेको पठाओको सेवा रोक्न अस्वीकार गरेको हो । निजी प्रयोजनमा प्रयोग हुने मोटरसाइकल र स्कुटरमा व्यवसाय चलाउन रोक लगाउन माग गर्दै श्यामकुमार श्रेष्ठले गत माघ २८ गते सर्वोच्च..

    ट्वीटरका सहसंस्थापक इभानको राजीनामा

    आईतवार, फागुन १२, २०७५ साल
    क्यालिफोर्निया, १२ फागुन सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिनुभएको छ । उहाँले आफ्नो ध्यान अरु नै काममा गर्न लागेको बताउनुभएको छ ।  हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहनुभएका विलियम्स सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत रहनुभएको थियो ।  विलियम्सले सन् २०११ मा ट्वीटर छाडेपनि अद्यापी कार्यसमितिका सदस्य हुनुहुन्थ्यो । सन् २०१७ मा..

    रसुवा मालपोत कार्यालयमा विद्युतीय बडापत्र

    आईतवार, फागुन १२, २०७५ साल
    रसुवा, फागुन १२ मालपोत कार्यालय रसुवाले विद्युतीय प्रविधिमा नागरिक बडापत्र जारी गरेको छ । कार्यालयका सूचना अधिकारी एलना थापाका अनुसार कार्यालयको कार्यशैली, सेवाग्राहीले सेवा लिन आउँदा टोकनअनुसार पर्खनुपर्ने समय, सेवा लिनका लागि चाहिने प्रमाण कागजात, जग्गाको स्वामित्व अदलबदल, रजिष्ट्रेशन पारित र नामसारी, जग्गा दर्तासमेतका विषयमा नियमानुसार लाग्ने शुल्कसमेतका विविध पक्षमा सेवाग्राहीलाई विद्युतीय प्रणालीमार्फत नागरिक बडापत्रबाट पारदर्शिता गराइएको हो ।  विद्युतीय प्रणालीको नागरिक..

    फेसबुक, ट्वीटर नेपालमा दर्ता नगरिए बन्द गर्ने तयारीमा सरकार ?

    आईतवार, फागुन १२, २०७५ साल
    काठमाडौं, १० फागुन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुनैपर्ने बताएका छन् । सूचना प्रविधिमा अब्बल र प्रजातान्त्रिक मुलुकहरुमा यस्तो व्यवस्था रहेको भन्दै मन्त्री बास्कोटाले नेपालमा पनि यो व्यवस्था गर्न लागेको बताए । ‘चाहे फेसबुक होस्, चाहे ट्वीटर होस्, चाहे वीच्याट, इमोको होस्, चाहे गुगलको होस् । अन्त खोल्न हुन्छ, हामीकहाँ खोल्न हुँदैन ?’ उनले भने..

    सामाजिक सञ्जालको गलत प्रयोग : परिएला कानूनको फन्दामा

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौँ, ९ फागुन  सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन ? यदि त्यसो गर्नुभएको छ भने अब तपाइँलाई कडा कारवाही हुन सक्छ । रमाइलोको लागि त हो नि, त्यो मेरै मान्छे हो भन्दै हेलचेक्रयाइँसमेत गर्न नपाइने व्यवस्था गरिएको छ..

    बङ्लादेशका २० हजार वेबसाइट बन्द, यस्तो छ कारण..

    मंगलवार, फागुन ७, २०७५ साल
    ढाका, ७ फागुन एएफपी : बङ्लादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ । अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द गरिएको सरकारी उच्च अधिकारीहरूले मङ्गलबार बताएका छन् ।  मुस्लिम समुदायको बाहुल्यता रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्रीहरू पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको हो ।  बङ्लादेशमा अश्लील वेबसाइटहरू नै सर्वाधिक हेरिएको सूचीमा रहँदै आएका छन् ।..

    अस्ट्रेलियाली राजनीतिक दल र संसदको कम्प्युटर ह्याक

    सोमबार, फागुन ६, २०७५ साल
    सिड्नी, ६ फागुन  अस्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको सङ्घारमै गोप्य सूचना बाहिरिएको छ ।  प्रधानमन्त्री स्कट मोरिसनले अनुसन्धाताहरुले दुई हप्ताअघि संसदको कम्प्युटर ह्याक भएको विषयमा छानबिन गरिरहेको सांसदहरुलाई जानकारी दिनुभएको छ । उहाँले केही राजनीतिक दलको सम्पर्क प्रणाली पनि छिन्नभिन्न पारिएको बताउनुभयो ।  “हाम्रा साइबर विज्ञहरुको विश्वासमा कुनै सरकारी..

    सरकारद्वारा देशभरका एनालग टीभी सेवा बन्द गर्न निर्देशन

    सोमबार, फागुन ६, २०७५ साल
    काठमाडौं, ६ फागुन । गत बैशाख १५ भित्रै एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको सरकारले अटेर गरेको भेटिए उपकरण जफत गरी कानुनी कारवाही गर्ने चेतावनी दिएको हो । सरकारले पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गराइएको थियो । टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन सरकारले एनालग केबल टेलिभिजन बन्द गर्ने नीति लिएको छ ।   मन्त्रालयले राष्ट्रिय प्रसारण..

    पोखरामा गण्डकी प्रदेशस्तरीय क्यान इन्फोटेक मेला हुने

    आईतवार, फागुन ५, २०७५ साल
    दमौली, ५ फागुन कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) कास्की शाखाको आयोजनामा फागुन १८ गतेदेखि पोखरामा गण्डकी प्रदेशस्तरीय क्यान इन्फोटेक मेला हुने भएको छ ।  सूचना प्रविधिको विकास एवं प्रवद्र्धन गर्दै सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधि बारे जानकारी दिने उद्देश्यले कास्की शाखाको आयोजनामा इन्फोटेक मेलाको दशौं संस्करण हुन लागेको शाखाका अध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयो ।  आज दमौलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पौडेलले इन्फोटेक मेलामा..

    सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्दै सरकार

    शुक्रबार, फागुन ३, २०७५ साल
    काठमाडौँ, ३ फागुन  सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सामाजिक सञ्जाल नियमनमा कडाइ गर्ने व्यवस्था गरिएको छ ।  सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम विभागमा दर्ता गर्नुपर्नेछ र यो ऐन प्रारम्भ हुनअघि सञ्जालमा रहेका सामाजिक सञ्जाल तोकिएको समयभित्र..

    सूचनाप्रविधि विधेयक : के ट्विटर र फेसबुक नेपालमा दर्ता हुन आउलान् ?

    शुक्रबार, फागुन ३, २०७५ साल
    काठमाडौँ, फागुन । के मार्क जुकर्बर्ग फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने अनुमति माग्न नेपाल आउलान्रु अनि के भारतमा विवादमा परेका ज्याक डोर्सी ट्विटर दर्ता गर्न काठमाण्डू आउलान् ? सामाजिक सञ्जाल चलाउन नेपालमै दर्ता गर्नुपर्ने प्रावधान भएको एउटा विधेयक सरकारले बिहीवार संसद्‌मा दर्ता गरेपछि यी प्रश्न उठेका हुन्। सूचनाप्रविधिसम्बन्धी विधेयकमा सामाजिक सञ्जाल नेपालमा सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले सरकारी निकायमा दर्ताा गर्नुपर्ने प्रावधान राखेको..

    ‘मास प्रिन्टर’ खरीद प्रक्रिया अघि बढाउँदै यातायात व्यवस्था विभाग

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडौँ, २ फागुन  चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ (एकै पटकमा धेरै प्रति छाप्ने उपकरण) खरीद प्रक्रिया अघि बढाएको छ ।  एक दिनमा झण्डै आठ हजारसम्म छाप्न सक्ने ‘प्रिन्टर’ (मुद्रण यन्त्र) खरीदका लागि बोलपत्र आह्वान भइसकेको विभागले जनाएको छ । यही आवभित्र ‘मास प्रिन्टर’ खरीद गरेर सञ्चालनमा आउने विभागका उपनिर्देशक गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो । विभागले चालक अनुमतिपत्र..

    रेडियो बन्द गर्न नजान्ने सुनिता भइन् रेडियो सञ्चालिका

    बुधबार, फागुन १, २०७५ साल
    महोत्तरी, १ फागुन घरमा रहेको सानो रेडियो बन्द गर्न नसिकेकी महोत्तरीकी सुनिता अहिले रेडियो सञ्चालिका भएकी छिन् ।  गौशाला नगरपालिका– ११ का ३८ वर्षीया सुनिताकुमारी अहिले गौशालास्थित रेडियो रुपान्तरणकी सञ्चालिका बनेकी छिन ।  विसं २०५६ मा विवाहबन्धनमा बाँधिएकी सुनितालाई त्यसवेलासम्म रेडियो बन्द गर्न पनि नजान्दा आफू हीनतावोध महसुस भएको बताईन् । जनकपुर टुडेका महोत्तरी संवाददाताको रुपमा कार्यरत सुनिता हाल नेपाल पत्रकार महासङ्घ महोत्तरी..

    अब तपाईँको सवारी इण्टरनेटबाटै जाँच, कसरी ?

    सोमबार, माघ २८, २०७५ साल
    बाँके, २८ माघ  अब तपाईँको गाडी इण्टरनेटबाटै जाँच हुनेछ । लामो दूरीका गाडीमा दुई चालक भए नभएको, चालकले कति दूरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए नभएको लगायत जाँच इण्टरनेटबाटै हुनेछ ।  तपाईँ गाडी चलाउँदै हुनुहुन्छ अथवा गाडीको मालिक हो भने अब तपाईँ ट्राफिक पुलिसको आँखाबाट टाढा रहन सक्नुहुनेछैन । ट्राफिक पुलिसले यसका लागि सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन..

    अब दुर्घटना रोक्न ‘ट्राफिक कम्युनिकेशन एप्स’

    सोमबार, माघ २८, २०७५ साल
    परासी, २८ माघ  चालकबाट हुने सवारी दुर्घटनामा कमी ल्याउन नेपाल प्रहरीले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने कानूनी व्यवस्थालाई प्रविधिमार्फत सुनिश्चित गर्न यो एप्स सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।  यो एप्सको माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापन हुने प्रहरीको विश्वास छ । पहिलो चरणमा प्रदेश नं ५ अन्तर्गत पश्चिम..

    अब मेसेन्जरमा पठाएका मेसेज पनि डिलिट गर्न सकिने

    शुक्रबार, माघ २५, २०७५ साल
    एजेन्सी,  २५ माघ  सामाजिक सञ्जाल फेसबुक मेसेन्जरले नयाँ फिचर सार्वजनिक गरेको छ। फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि ‘अनसेन्ड’ फिचर ल्याएको हो । अर्थात् अब तपाईंले फेसबुक मेसेन्जरबाट अरूलाई पठाएको मेसेज सजिलैसँग डिलिट गर्न सक्नुहुनेछ । यसरी मेसेन्जर युजरले पठाइसकेको मेसेज प्राप्तकर्ताको च्याट बक्समा पुगिसकेपछि पनि ती मेसेजसमेत पठाउनेले सजिलै डिलिट गर्न सक्नेछ। डिलिट गरिसकेका मेसेज प्राप्त गर्नेको च्याट बक्सबाट पनि स्वतः डिलिट हुनेछन्। यदि..

    मोबाइल हरायो चिन्ता छैन ! प्रहरीमा उजुरी गर्नुहोस् : यस्तो छ निवेदन भर्ने तरिका

    बुधबार, माघ २३, २०७५ साल
    भादगाउँ, २३ माघ  मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उहाँले महानगरीय प्रहरी वृत्त थिमिमा गत मङ्सिर २३ गते मोबाइल पाकेट मारेको चनी निवेदन दिनुभयो ।  प्रहरीले खोजतलासको क्रममा सो मोबाइल काठमाडौँको स्वयम्भूमा फेला पारी गत माघ १५ गते आचार्यलाई बुझायो । मध्यपुर थिमि–१ लोकन्थली नै बस्ने कीर्तिनिधि भट्टको..

    बालबालिकामा ‘इन्टरनेट लत’ को समस्या, यसरी हुन्छन् मानसिक रोगका सिकार

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २३ माघ  दुई/तीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान हुनुहुन्थ्यो । चार कक्षामा अध्ययनरत १२ वर्षीय उहाँको छोरा रोहन केही समयदेखि विद्यालयबाट फर्किएपछि झोला नै खोल्न नचाहने गरेकोे उहाँले बताउनुभयो । छोराको पढाइप्रतिको वितृष्णा र एकोहोरो हुने बानीले उहाँ पहिले निजी अस्पतालमा जाँच गर्न पुग्नुभयो । त्यहाँको सिफारिशमा उहाँ अघिल्लो साता लगनखेलस्थित मानसिक..

    भूमिको कारोवार ६५ प्रतिशत अनलाइनमा, यस्तो छ प्रक्रिया र मापदण्ड !

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २२ माघ  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न ५१ मालपोत र नापी कार्यालयमा अनलाइन प्रणाली सेवा विस्तार गरेको छ ।  भूमि प्रशासन तथा व्यवस्थापनको क्षेत्रमा सुशासन कायम गरी सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्ने नीतिअनुसार उक्त सेवा थप गरिएको हो । मन्त्रालयका १३१ कार्यालयमध्ये हालसम्म सेवा विस्तार भएका स्थानबाट हुने जग्गासम्बन्धी कारोवारले समग्रमा करीब ६५ प्रतिशत समेटेको छ । करीब..
    Results 588: You are at page 9 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast