बिहिवार, भाद्र ५, २०७६

    विज्ञान/प्रविधि

    अनलाइन खेल पब्जी प्रतिबन्ध विरुद्ध सर्वोच्चमा रिट

    मंगलवार, बैशाख ३, २०७६ साल
    काठमाडौँ, ३ वैशाख : अनलाइन खेल पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।  अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायतलाई विपक्षी बनाई दायर रिटमा पब्जीमाथि प्रतिबन्धको निर्णय बदरको माग गरिएको छ ।  रिटमा इन्टरनेटका माध्यमबाट अभिव्यक्ति र विचारको स्वतन्त्रतालाई..

    सुनकोशी–मरिन डाइभर्सन आयोजनामा पनि टिबिएम प्रयोग गरिने

    मंगलवार, बैशाख ३, २०७६ साल
    काठमाडौँ, ३ वैशाख  आर्थिक वर्ष २०६८-६९ मा भेरी–बबई डाइभर्सन आयोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गर्ने प्रसङ्ग ल्याउँदा धेरैले असम्भव प्रयासको सङ्ज्ञा दिएका थिए । नीति निर्माता तथा आयोजनालाई नै विश्वास थिएन । लगानी बढी लाग्ला, प्राविधिक नपाइएला आदि इत्यादि ।  संसारका धेरै देशमा प्रयोग भइसकेको प्रविधि भित्र्याउन ठूलै पापड पेल्नु परेको थियो । असम्भव ठानिएको काम नै भेरी बबईमा सम्भव देखियो..

    नेपालको पहिलो स्याटेलाइट बिहीबार अमेरिकाबाट ‘लन्च’ हुँदै

    मंगलवार, बैशाख ३, २०७६ साल
    काठमाडौँ, ३ वैशाख नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुअ रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा लन्च हुन लागेको हो । नेपालसँगै श्रीलंकाको रावना –१ र जापानको उगिसु भू–उपग्रह पनि प्रक्षेपण गर्ने तालिका छ । यो समाचार आजको कान्तिपुर दैनिकमा गोविन्द पोखरेलले लेखेका छन् ।  अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको..

    नेपाल टेलिकमको ९ रुपैयाँमा ९० मिनेट कल अफर

    सोमबार, बैशाख २, २०७६ साल
    काठमाडौँ, २ बैशाख नेपाल टेलिकमले विभिन्न प्याकेजसहित स्प्रिङ अफर उपलब्ध गराएको छ। शनिबारबाट सुरु भएको यो योजना ९० दिनसम्म चल्नेछ। टेलिकमले एक घण्टा अनलिमिटेड प्याक ल्याएको छ। यस प्याकअन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका ग्राहकले २० रुपैयाँमा प्याक एक्टीभ भएपछि एक घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित प्रयोग गर्न सक्नेछन्। यसका अलावा १० मिनेटको थप बोनस गरी जम्मा ७० मिनेटसम्म असीमित भ्वाइस÷डाटा÷एसएमएस प्रयोग गर्न..

    सामाजिक सञ्जाललाई करको दायरामा ल्याऊ : महालेखा

    शनिबार, चैत्र ३०, २०७५ साल
    काठमाडौँ, ३० चैत पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण दूरसञ्चार सेवा प्रदायकको आम्दानीमा समेत असर परेको छ । इन्टरनेटको सहज पहुँच तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोग तथा निर्बाध रुपमा सञ्चालन भइरहेका छन् ।  भाइबर, फेसबुक, म्यासेन्जर, स्काइप, ह्वाट्स एप, वि च्याट, इमोजस्ता एप्लिकेशन नेपालमा सञ्चालन भइरहेका छन् । ती एप्लिकेशनले नेपालमा कर क्षेत्रभित्र पर्ने भएकाले सेवा प्रदान गर्दा कर नतिरेको पाइएको..

    फेरि लोकप्रिय बन्दै साझा, ‘इ–टिकेटिङ’ सेवामा यात्रु आकर्षित

    मंगलवार, चैत्र २६, २०७५ साल
    काठमाडौँ, २६ चैत । साझा यातायातले शुरु गरेको ‘इ–टिकेटिङ’ प्रयोग गर्न चाहने यात्रुको सङ्ख्या बढिरहेको छ । ‘इ–टिकेटिङ’ बुझेका यात्रु सो सेवाप्रति आकर्षित भइरहेको साझाले जनाएको छ ।  परीक्षणका रूपमा साझाले दुई साता पहिले इ–टिकेटिङ शुरु गरेको थियो । भाडाका लागि दैनिक रकम तिर्नुका साटो कार्ड खरीद गरेर भाडा तिर्न सजिलो हुने साझाले जनाएको छ ।  परीक्षणका लागि पुल्चोकस्थित कार्यालय वा बसका सहचालक..

    नेपालको इन्टरनेट अवस्था : घरमा सस्तो, मोबाइलमा महँगो

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौँ, २५ चैत विश्वका २३० देशको इन्टरनेट मूल्यबारे गरिएको एउटा अध्ययनले नेपालमा ब्रोडब्यान्ड इन्टरनेट र मोबाइल डेटाको मूल्यमा ठूलो अन्तर देखाएको छ । इन्टरनेट मूल्यबारे अध्ययन गर्ने ब्रिटिश संस्था केवलले सन् २०१८ मा गरेको अध्ययनले सस्तो ब्रोडब्यान्ड इन्टरनेट हुने देशको सूचीमा नेपाल चौधौँ स्थानमा रहेको देखाएको छ । तर मोबाइलमा चलाउने इन्टरनेटको मूल्यको सूचीमा भने नेपाल पैँतालिसौँ स्थानमा रहेको छ । यो मूल्य माल्दिभ्सपछि..

    मौसम अझै ३ दिन राम्ररी नखुल्ने ! हावाहुरी, गर्जन र वर्षाको सम्भावना उस्तै

    आईतवार, चैत्र २४, २०७५ साल
    काठमाडौँ, २४ चैत्र।  केही दिनदेखि नेपाली आकाशमा छाएको कालो बादल पूर्णतया हट्नका लागि अझै ३ दिन जति लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसअनुसार आइतबारदेखि मंगलबारसम्मै देशैभर आंशिकदेखि सामान्य बदली समेत रहनेछ । बिभागका अनुशार आइतबार देशको पूर्वी, मध्य पश्चिमी क्षेत्रका केही स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ भने राति देशभरि नै आंशिकदेखि सामान्य बदली रहनेछ ।  त्यस्तै सोमबार..

    पहिलो पटक एटिएम सेवा, स्थानीय खुशी

    बिहिवार, चैत्र २१, २०७५ साल
    रुकुम (पूूूूर्व), २१ चैत  जिल्लामै पहिलो पटक एटिएम सेवा सञ्चालनमा ल्याइएको छ । प्रभु बैंकको शाखाले रुकुमकोटमा एटिएम सेवा सञ्चालनमा ल्याएको हो । एटिएम सेवा सञ्चालनमा आएसँगै स्थानीय नागरिक खुशी भएका छन् ।  आवश्यक परेको खण्डमा जतिखेर पनी एटिएममार्फत पैसा निकाल्न सकिने भएकाले कारोवारमा सहज हुने स्थानीयवासी सुस्मिता कार्कीले बताउनुभयो । बैंकले एटिएम सेवा सञ्चालनमा नल्याउँदासम्म कार्यालय समयमा मात्र सेवाग्राहीलाई सेवा दिने..

    स्मार्ट सिटी बन्दै कामपा - अब मोबाइल 'एप्स'बाटै सडक बत्ती नियन्त्रण

    बुधबार, चैत्र २०, २०७५ साल
    ललितपुर, २० चैत  स्मार्ट सिटीको अवधारणमा जोड दिँदै ललितपुर महानगरपालिकाले पहिलो पटक मोबाइलबाट ट्राफिक लाइट नियन्त्रण गर्ने प्रविधि (एप्स) भित्र्याएको छ ।  मङ्गलबार जाउलाखेलको अल्का अस्पताल अगाडि  महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गीता सत्यालले संयुक्तरुपमा उक्त एप्स जडित मोबाइल सेट ट्राफिक प्रहरीका कुन्दनकुमार शाहलाई हस्तान्तरण गरी सडक व्यवस्थापनको नयाँ तरिका अपनाउने कार्यको शुभारम्भ गर्ने जिम्मेवारी प्रदान गर्नुभयो । सवारीसाधनको गति र..

    दक्षिण कोरियाले ल्यायो फाइब–जी दूरसञ्चार सेवा

    बुधबार, चैत्र २०, २०७५ साल
    सियोल, २० चैत  दक्षिण कोरियाले विश्वमै पहिलो पूर्ण–विकसित पाँचौं पुस्ता (पाँचौं पुस्ता) को मोबाइल नेटवर्क विकास गरेको जनाएको छ । तीव्र गतिको यस प्रविधिले मोबाइलबाट डाटा ट्रान्सफरमा अभूतपूर्व फड्को मार्नेछ । पाँचौं पुस्ताको ताररहीत यस प्रविधिले मोबाइलमा कुराकानी मात्र होइन पाउरोटी सेकाउने टोस्टर मेसिनदेखि टेलिफोन, विद्युतीय कारदेखि विद्युत प्रसारण लाइनसम्मको व्यवस्थापनमा सघाउनेछ । तर दक्षिण कोरियाको यस प्रविधिले संयुक्तराज्य अमेरिका र चीनबाट ठूलै..

    गुगलको अर्को प्रयास फेरी असफल ! 'गुगल प्लस' अवसानको कथा..

    बुधबार, चैत्र २०, २०७५ साल
    प्रविधि संवाददाता, चैत २० : संसारको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्डको असफल सामाजिक सञ्जाल गुगल प्लस मङ्गलवार बिहानदेखि बन्द गरियो। सन् २०११ मा फेसबुक र ट्विटरलाई चुनौती दिन खोलिएको यो सर्च इञ्जिन गुगलको सामाजिक सञ्जालमा हात हाल्ने चौथो प्रयास थियो। तर गुगल प्लसलाई भिडिओका लागि चर्चित युट्युबमा जोड्ने प्रयास गरिए पनि प्रयोगकर्ताले यसलाई रुचाएनन्। सन् २०११ को अन्त्यतिरै यसका आलोचकहरूले यसको मृत्युुको घोषणा गरिसकेका थिए,..

    कामपा बु्रमर सञ्चालन, २ सय टन धुलो सङ्कलन

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौँ, १८ चैत  काठमाडौँ महानगरपालिकाले बु्रमर सञ्चालन गरेको एक हप्ता पुग्नै लाग्दा सडकबाट २ सय टन धुलो सङ्कलन गरेको छ । महानगरले गत बुधबारदेखि सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो ।  गत फागुन २८ गते इटालीबाट ल्याइएका पाँच बु्रमर प्रयोगमा ल्याइएका हुन । हरेक दिन पाँच यन्त्रले निर्धारण गरेको रुट अनुरुपनै काम गरिरहेका जनाइएको छ । महानगरको..

    सूचना प्रवाह : अर्थ उत्कृष्ट, ऊर्जा कमजोर

    बुधबार, चैत्र १३, २०७५ साल
    काठमाडौँ, १३ चैत  लोकतन्त्र र पारदर्शीताको एक स्तम्भ मानिने सूचनाको हकको कार्यान्वयमा कुन मन्त्रालय वा निकाय उत्कृष्ट होला ? झट्ट अनुमान गर्दा जनतालाई प्रत्यक्ष सेवा दिने र जनसम्पर्क भएका मन्त्रालय र निकायले प्रभावकारीरुपमा सूचना प्रवाह गरेका होलान् भन्ने लाग्नसक्छ तर यथार्थ त्यस्तो छैन ।  राष्ट्रिय सूचना आयोगको ‘सूचनाको हक कार्यान्वयनको परीक्षण प्रतिवेदन, २०७५’ (आरटिआइ अडिट) ले आम जनताको प्राय : पहुँच नहुने..

    हुवावेले स्मार्ट टिभी ल्याउँदै, अमेरिकन कम्पनीहरुसँग टक्कर

    मंगलवार, चैत्र १२, २०७५ साल
    एजेन्सी, १२ चैत शाओमी लगायतका प्रतिस्पर्धी कम्पनीहरुलाई टक्कर दिनका लागि चिनिया कम्पनी हुवावेले अब टेलिभिजन बजारमा पनि पाइला चाल्ने भएको छ । समाचार अनुसार हुवावेले आगामी अपि्रलमा स्मार्ट टिभी लञ्च गर्ने तयारी गरेको छ । उक्त स्मार्ट टेलिभिजनमा डुअल क्यामरा सेटअप, सोसल तथा गेमिंग फिचर समेत रहनेछ । कम्पनीका अधिकारीका अनुसार एक वर्षमा १ करोड गोटा बिक्रि गर्ने लक्ष्यका साथ हुवावेले टेलिभिजन ल्याउन..

    डिजिटल बस बिसौनीले नगर सुन्दर

    शनिबार, चैत्र ९, २०७५ साल
    राँझा, ८ चैत  नेपालगञ्ज उपमहानगरपालिकाभित्र निर्माण गरिएका अत्याधुनिक (डिजिटल) बस बिसौनीले यहाँको सौन्दर्य बढाएको छ ।  रु सात करोडको लागतमा नेपालगञ्जको राँझा चोकदेखि ट्राफिक चोकसम्म सुर्खेत रोडका २१ स्थानमा अत्याधुनिक बस बिसौनी निर्माण भएका छन् ।  नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले डिजिटल बस बिसौनीले नगरको सौन्दर्यतासँगै यातायात व्यवस्थापन र यात्रुलाई समेत सहजता भएको बताउनुभयो । “नगर बसले जहाँ मन लाग्यो त्यही..

    आजबाट कोरिया भाषा परीक्षाको आवेदन, दस्तुर अनलाइनबाटै !

    शुक्रबार, चैत्र ८, २०७५ साल
    काठमाडौँ, ८ चैत  रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ ।  विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायत प्रणालीबाट आवेदकले कुनै लाइन नबसी दरखास्त दस्तुर बुझाउन सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । शाखाका निर्देशक कृष्णप्रसाद खनालले गतवर्षदेखि आवेदन फाराम भर्ने प्रक्रिया अनलाइनबाटै..

    भारतको गुजरातमा पबजी खेल्ने १० विद्यार्थी पक्राउ

    बिहिवार, चैत्र ७, २०७५ साल
    नयाँदिल्ली, ७ चैत भारतको गुजरातमा नयाँ भिडियो गेम पबजीका प्रयोगकर्ताहरु पक्राउ परेका छन् । प्रतिबन्ध लगाइएको उक्त गेम खेलेको भन्दै गुजरात प्रहरीले १० जना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अधिकांश विद्यार्थी छन् । प्रहरीले जारी गरेको सूचनामा बालबालिकाको समग्र आनीबानीमा उक्त गेमले असर गर्ने भएकाले पक्राउ गरिएको उल्लेख छ । उक्त गेमले बालबालिकाको पढाइमा पनि असर गर्ने दावी प्रहरीको छ..

    बैतडी जिल्ला अस्पताल प्रविधिमैत्री बन्दै

    बिहिवार, चैत्र ७, २०७५ साल
    बैतडी, ७ चैत जिल्ला अस्पताल प्रविधीमैत्री बन्दै गएको छ । अस्पतालमा अहिले धेरै काम आधुनिक प्रविधिबाटै हुने गरेकोे जनाइएको छ । बिरामीको नाम लेखाउने रसिददेखि स्वास्थ्य जाँचको प्रतिवेदन पनि कम्प्युटर प्रणालीबाटै तयार गर्न थालिएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा जगदीशचन्द्र विष्टले बताउनुभयो ।  आधुनिक प्रविधिको प्रयोगले अस्पतालको सेवा छिटोछरितो र सहज भएको उहाँको भनाइ थियो । अस्पतालका काम कम्प्युटर प्रणालीबाट गरिँदा..

    यी हुन् नेपालमा मोबाइल कल गुणस्तरीय नहुनुका कारण !

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत नेपालका प्रमुख दूरसञ्चार कम्पनीहरूले प्रदान गर्ने मोबाइल सेवाको गुणस्तर कमजोर भएको नेपाल दूरसञ्चार प्राधिकरणको एउटा प्रतिवेदनले जनाएको छ । भक्तपुर, पोखरा, पृथ्वी राजमार्ग र बाग्लुङमा गरिएको गुणस्तर परीक्षणअनुसार अधिकांश नेपाली उपभोक्ता रहेका नेपाल टेलिकम र एनसेलजस्ता कम्पनीको सेवाको गुणस्तर कमजोर देखिएको हो। सो प्रतिवेदन गत हप्ता सार्वजनिक भएको हो। कल कायम हुन लाग्ने समय, कल सफलता दर र आफैँ कल..

    ​राजधानिमा शुक्रबारदेखि बु्रमरबाट सडक सफा गरिने

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत  काठमाडौँ महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ बु्रमर(यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ ।  अघिल्लो सोमबार इटलीबाट काठमाडौँ आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलो पटक रत्नपार्कमा प्रयोग गर्न लागिएको कामपाले जनाएको छ ।  अहिले ती ब्रुमर सञ्चालन गर्न चालक र सहचालकलाई तालीम दिने कामसँगै पाटपुर्जा जडानका क्रममा रहेको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबारसम्म सञ्चालनको तयारीको सबै..

    प्रविधिमैत्री सेवा ! घर नक्साको विद्युतीय अभिलेखीकरण गरिँदै

    मंगलवार, चैत्र ५, २०७५ साल
    पोखरा, ५ चैत  पोखरा महानगरपालिकाले घर नक्सापासका पुराना कागजातलाई विद्युतीय अभिलेखीकरण गराउने काम शुुरु गरेको छ । साविक लेखनाथ नगरपालिका एवं हाल पोखरा–२७ मा रहेको कार्यालयमा सञ्चालन गरिएको अभिलेखीकरणको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार एक कार्यक्रमबीच शुभारम्भ गर्नुभयो ।  प्रविधिमैत्री सेवाले भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने बताउँदै उहाँले सेवाग्राहीका सबै काम प्रविधि र अनलाइनमार्फत भए कर्मचारीले सेवाग्राहीबाट लाभका कुरा गर्न नपाउने र त्यसले..

    मोबाइल इन्टरनेट सेवा : विश्वकै सबैभन्दा सस्तो भारतमा

    मंगलवार, चैत्र ५, २०७५ साल
    बीबीसी रिपोर्ट ।  भारतमा मोबाइल फोनमा चलाइने डेटाको मूल्य घटेर न्यून विन्दुमा पुगेको छ। बीबीसीको पछिल्लो रिपोर्टअनुसार भारतमा मोबाइल ब्रोडब्यान्डको मूल्य विश्वकै सबैभन्दा सस्तो छ। त्यो कसरी सम्भव भयो भन्नेबारे प्रविधि विश्लेषक प्रसान्तो के रोयको आलेख। मूल्यहरूको तुलना गर्ने ब्रिटेनस्थित एउटा वेबसाइटलाई उद्धृत गर्दै बीबीसीले आफ्नो रिपोर्टमा जनाएअनुसार भारतमा एक जीबी मोबाइल डेटाको ०.२६ अमेरिकी डलर पर्छ भने संयुक्त राज्य अमेरिकामा १२.३७..

    डिजिटल नेपाल निर्माणमा प्राधिकरणको भूमिका महत्वपूर्ण : मन्त्री बाँस्कोटा

    सोमबार, चैत्र ४, २०७५ साल
    काठमाडौँ, ४ चैत  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘डिजिटल नेपाल’ निर्माणमा नेपाल दूरसञ्चार प्राधिकरण भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ ।  प्राधिकरणको २१ औँ वार्षिकोत्सवका अवसरमा सोमबार  यहाँ आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकारले डिजिटल नेपालको अवधारणा ल्याएकोले त्यसको नीतिसहित पूर्वाधार निर्माणको नेतृत्व गर्न र यस क्षेत्रमा देखिएका बेतिथिलाई रोक्न प्राधिकरणको भूमिका महत्वपूर्ण हुन्छ भन्नुभयो । उहाँले सरकारले दूरसञ्चार क्षेत्रको लागि छुट्टै..

    'विदेशबाट गाई नल्याउ, स्वदेशकै नश्ल सुधार गरेर उत्पादन बढाउ'

    आईतवार, चैत्र ३, २०७५ साल
    चितवन, ३ चैत  विदेशबाट गाई झिकाउन उपयुक्त नहुने विज्ञले सुझाव दिएका छन् । सरकारले चीनबाट गाई ल्याउने तयारी गरिरहेका बेला गाईको नश्ल सुधार गरी धेरै दूध उत्पादन गर्न क्रियाशील विज्ञले गाईको सट्टामा भ्रुण ल्याउनुपर्ने बताएका हुन् ।  गाईको तुलनामा निकै सस्तो, सजिलो र वातावरणमा घुलमिल गराउनसमेत सहज हुने भएकाले भ्रुण वा विर्य ल्याएर यहीँको गाईलाई प्रत्यारोपण गर्नुपर्ने उनीहरुको सुझाव छ ।  राष्ट्रिय गाई..

    जहाँ इच्छा, त्यहाँ उपाए : बाँदर समाउन स्थानीय प्रविधिको प्रयोग

    शुक्रबार, चैत्र १, २०७५ साल
    पर्वत, १ चैत पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास गरेको छ । बाँदर नियन्त्रण अभियान थालेको गाउँपालिकाले स्थानीय प्रविधिको प्रयोग गरी एकै दिन दर्जनाँैको सङ्ख्यामा बाँदर समाउन सकिने बनाएको हो । शुरुमा भारतीय नागरिकलाई बोलाएर बाँदर समाउँदै आएकामा अब स्थानीय व्यक्तिलाई नै परिचालन गरी स्थानीय प्रविधिबाट बाँदर नियन्त्रण गर्न थालिएको गाएँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार यो..

    फेसबुकमा देखियो अहिलेसम्मकै खराब समस्या, प्रयोगकर्ता अलमल

    बिहिवार, फागुन ३०, २०७५ साल
    काठमाडौ, फागुन ३० सामाजीक सञ्जाल फेसबुकका सेवाहरूमा विश्वभर अवरोधहरु देखा परेका छन्। ती खराबी फेसबुकले हालसम्म बेहोरेको मध्येकै सबभन्दा खराब रहेको समेत जनाइएको छ । नेपाली समय अनुसार बुधवार राति १० बजे पछिबाट त्यस्तो समस्या देखिन थालेको अधिकांशले बताएका छन्। यसअघि फेसबुक बाहेक म्यासेन्जर र इन्स्टाग्राममा समेत अवरोधहरु देखिएका भएतापनि जसको कारण भने उसले अहिलेसम्म पनि सार्वजनिक गरेको छैन। फेसबुक खुले पनि त्यसमा सामग्रीहरु प्रकाशित..

    प्रधानमन्त्रीद्वारा ‘मेयरखबर डटकम ’ शुभारम्भ, यस्ता छन् सुविधा !

    बुधबार, फागुन २९, २०७५ साल
    काठमाडौँ, २९ फागुन  प्रधानमन्त्री केपी शर्मा ओलीले इन्स्टिच्यूट अफ कम्युनिकेशन, इन्फर्मेशन एण्ड डेभलपमेण्ट(आइसिआइडी)ले प्रकाशन गरेको डिजिटल खबरपत्रिका ‘मेयरखबर डटकम’को औपचारिक शुभारम्भ गर्नुभएको छ ।  ‘हाम्रो सरकार, हाम्रै समाचार’ भन्ने मूल नाराका साथ बुधबारदेखि शुभारम्भ भएको अनलाइन न्यूज पोर्टल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्थानीय सरकारलाई थप सबल बनाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले सङ्घीयतामा मुलुक प्रवेश गरेसँगै नगर सरकार बलियो भएको बताउँदै जनताको..

    शिक्षकविनाका कम्प्युटर शिक्षा

    बुधबार, फागुन २९, २०७५ साल
    जाजरकोट, २९ फागुन चार वर्ष अघि यहाँ जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन भएका छन् ।  विषयगत शिक्षकको अभाव र प्रयाप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुननसकेको हो । कम्प्युटर पाएका विद्यालयले विषयगत शिक्षक नहुँदा किताव भट्याएर विद्यार्थीलाई पढाउने गरेका छन् । कार्यालयले उपलब्ध गराएको कम्प्युटर खोल्ने र बन्द गर्नेबाहेक अन्य काम नभएको विद्यालयले जनाएका छन् ।  जाजरकोटमा सबै माविमा दुई..

    रामपुरमा नयाँ प्रविधिको थालनी, गाईमा भ्रुण प्रत्यारोपण

    मंगलवार, फागुन २८, २०७५ साल
    चितवन, २८ फागुन  राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा रहेका गाईमा भ्रुण प्रत्यारोपण प्रविधि मंगलवार बाट शुरु गरिएको छ । पहिलो बेतको अन्दाजी तीन वर्ष ६ महीनाको जर्सी गाईलाई होलिस्टन गाईको भ्रुण प्रत्यारोपण गरी यहाँका गाईमा यो प्रविधिको थालनी गरिएको हो ।  राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार अमेरीकाबाट झिकाइएको शुद्ध नश्लको जर्सी वा होलिस्टन गाईको भ्रुण क्रमशः अन्य..
    Results 588: You are at page 8 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast