मंगलवार, भाद्र ३१, २०७६

    विज्ञान/प्रविधि

    निर्वाचनलाई मध्यनजर गर्दै काटिएका केबल लाइन फेरि जोडिदै

    शनिबार, मंसिर २, २०७४ साल
    मंसिर २, काठमाडौ ।  गत बुधबारदेखि डिजिटल प्रणालीमा नगएका केबल टेलिभिजन सञ्चालक संस्थाहरुको अनुगमन गरेरै लाइन काट्न थालेको नियामक सञ्चार मन्त्रालय हालका लागि आफ्नो निर्णयबाट पछि हटेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यही मंसिर महिनाका लागि एनालग प्रविधिमा प्रशारण भैरहेका टेलिभिजन प्रशारणलाई सुचारु हुन दिने जनाएको हो । नजिकिदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लक्षित मतदाता शिक्षा..

    म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    म्याग्दी, ३० कार्तिक विसं २०६८ को जनगणनाअनुसार म्याग्दीको कूल जनसंख्या एक लाख १३ हजार ६४१ रहेकामा ७७ दशमलव ८ प्रतिशत अर्थात् ८८ हजार, ३९९ जना म्याग्दीवासी सूचना र सञ्चारको पहुँचमा रहेका नेपाल टेलिकम दूरसञ्चार कार्यालय म्याग्दीले जनाएको छ ।  नेपाल टेलिकम दूरसञ्चार कार्यालय म्याग्दीको गत आव २०७३-७४ को रेकर्डअनुसार कूल ८८ हजार ३९९ जना म्याग्दीवासी सञ्चार सञ्जालसँग जोडिएका हुन् ।  कार्यालयले दिएको जानकारीअनुसार..

    ट्वीटरले अक्षरको सीमा बढायो, अब २ सय ८० अक्षरमा ट्वीट गर्न सकिने

    बिहिवार, कार्तिक २३, २०७४ साल
    एजेन्सी कार्तिक २३। ट्वीटर प्रयोगकर्ताले अब २ सय ८० अक्षरमा आफ्नो कुरा ट्वीट गर्न पाउने भएका छन् । यस अघि ट्वीटर प्रयोगकर्ताले १ सय ४० अक्षरमा मात्र आफ्नो ट्वीट सेयर गर्न पाउँथे ।  ट्वीटरले केहि भाषाहरुको लागि भने १ सय ४० को नै सीमा तोकेको छ । नेपाली भाषामा भने ट्वीटरले ट्वीटमा अक्षरको सीमा २ सय ८० बनाइदिएको हो । यद्यपि, चिनियाँ, जापानी..

    माघ सम्म चलाउन सकिने टेलिकमका १० अफरहरु

    बुधबार, कार्तिक २२, २०७४ साल
    काठमाडौं, कात्तिक २२ । नेपाल टेलिकमले ग्राहकलाई समय समयमा विभिन्न अफरहरु उपलब्ध गराउँदै आएको छ । टेलिकमले विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको जनाएको छ ।  अफर आउँदो माघ २४ गतेसम्म जारी रहने टेलिकमले जनाएको छ ।  यस्ता छन् अफर : १. अल टाइम डाटा प्याकेज जिएसएम प्रिपेडरपोष्टपेड तथा सिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । अल..

    सूचना प्रविधिमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याउने तयारी

    सोमबार, कार्तिक १३, २०७४ साल
    काठमाडौं, कात्तिक १३ । सूचना तथा सन्चार मन्त्रालयले सूचना–प्रविधिको क्षेत्रमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा तीव्र तयारी थालेको छ । सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले सोमबार जापानी प्रतिनिधिमन्डलसँग मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालको दूरसन्चार क्षेत्रमार्फत मुलुकको प्रगति गर्न बलियो रणनीतिक साझेदार भित्र्याउने बारेमा छलफल गरे । नेपालले विश्वको बदलिँदो नयाँ प्रविधिसँग दूरसन्चार क्षेत्रमा काम गर्न रणनीतिक साझेदार भित्र्याउने तयारीलाई तीव्र बनाएको..

    बाजुराको दुर्गम भागमा पहिलोपटक सञ्चार, मोबाइल सेवा शुभारम्भ

    सोमबार, कार्तिक १३, २०७४ साल
    काठमाडौं, कार्तिक १२ ।   नेपाल टेलिकमले बाजुराको दुर्गम भागमा पर्ने बाधु र बिच्छा भन्ने स्थानमा सफलतापूर्वक आफ्नो जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले बाधुमा गत असोज ३१ तथा बिच्छामा गत मंगलबारदेखि सेवा सुरु गरेको हो । जिल्लाको सदरमुकामबाट बाधु पुग्न २ तथा बिच्छा पुग्न करिब ४ दिनको समय लाग्छ ।  टेलिकमले उक्त स्थानहरुमा आफ्नो सेवा सुरु गरेको अवसरमा स्थानीयलाई निःशुल्क..

    सार्वजनिक महत्वको 'स्मार्ट' प्रस्ताव : अब नोटको सट्टा विद्युतीय मुद्रा !

    आईतवार, असोज २२, २०७४ साल
    २२ असोज, काठमाडौं ।  आगामी दुई वषभित्रैमा अहिले बजारमा चलिरहेका नोटको सट्टा विद्युतीय मुद्राले चलाउन माग गर्दै नेपाली काँग्रेसका सांसद धनराज गुरुङले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।                   सांसद गुरुङले प्रस्तावमार्फत भनेका छन्, ‘भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्न नोट मुद्राको प्रचलनलाई विद्युतीय मुद्राले प्रतिस्थापन गर्नुपर्छ ।’ यसबाट व्यक्तिको आम्दानी र खर्च पारदर्शी हुने..

    सन् २०१९का लागि मंगलबारदेखि डिभी आवेदन खुल्यो

    मंगलवार, असोज १७, २०७४ साल
    काठमाडौं । अमेरिकाले सन् २०१९ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन १७ असोज (३ अक्टोबर) बेलुका ९ः४५ बजेदेखि खुला गरेको छ ।  डिभी भर्ने मिति एक महिना हुनेछ भने आगामी कार्तिक २१ गतेसम्म डिभी भर्न सकिने छ ।  काठमाडौंस्थित अमेरिकी दूतावासले अघिल्लो वर्ष डिभी भर्दा उपयोग गरेको फोटो यस पटक प्रयोग नगर्न सबैमा अनुरोध गरेको छ । त्यस्तै, अघिल्लो वर्ष डिभी..

    चिकित्साशास्त्रतर्फ यसवर्षको नोबेल पुरस्कार ३ अमेरिकी वैज्ञानिकलाई

    सोमबार, असोज १६, २०७४ साल
    १६ असोज, काठमाडौं ।  मानव शरीरले काम गर्ने ‘सिकार्डियन रिदम’बारे गहन अनुसन्धान गरेका वैज्ञानिकहरू जेफरी हल, माइकल रोजब्यास र माइकल यङले यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पाउने भएका छन् । उनीहरूको अनुसन्धानले मानव स्वास्थ्यका लागि ठूलो योगदान दिने नोबेल पुरस्कार कमिटीले जनाएको छ ।  मानव शरीरले घाम उदाउँदा, आकाशमा रहँदा र अस्ताउँदा कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा अनुसन्धान गरेका तीन अमेरिकी वैज्ञानिकले..

    देश विकासका लागि विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य : मन्त्री बोहरा

    आईतवार, असोज ८, २०७४ साल
    रुपन्देही । बिज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले बिज्ञान र प्रविधिको प्रयोग बिना अब देशको विकास असम्भवप्राय रहेको बताएका छन् । आइतबार उनको गृहजिल्ला रुपन्देहीका कार्यकर्तासँग भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।  विज्ञान र प्रविधिको प्रयोगबाटै विश्वमा थुप्रै शक्तिसम्पन्न मुलुकहरुले निकै छोटो समयमै विकासको चुचुरोमा पुगेको तर नेपालले भने नवीन प्रविधिमा चासो नदेखाएकै कारण अहिलेसम्म पनि पछि परिरहेको उनको टिप्पणी थियो । सोही..

    १ वर्षमै नेपाल टेलिकमका फोन ग्राहक २६ लाख बढी, गुणस्तर सुधार्ने बाचा

    शुक्रबार, असोज ६, २०७४ साल
    काठमाडौं ।  गएको एक वर्षमा नेपाल टेलिकमका ग्राहक भण्डै २६ लाखले बढेका छन् । गत २०७३ असार मसान्तसम्ममा टेलिकमको टेलिफोन ग्राहक १ करोड ५० लाख १५ हजार २६ रहेको मा जारी २०७४ असार मसान्तसम्ममा १७ दशमलव २३ प्रतिशतले बृद्धि भएर १ करोड ७६ लाख २ हजार २०२ पुगेको कम्पनीले जनाएको हो । त्यस्तै, सोही अवधिमा टेलिकमका डाटा तथा इन्टरनेट प्रयोगकर्ता ८ लाख..

    अब ७२ घण्टाअघि नै विभागद्वारा बाढीको भविष्यवाणी

    आईतवार, असोज १, २०७४ साल
    काठमाडौँ । मुलुकका प्रमुख नदी तथा जलाधार क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीय बासिन्दा र अन्य सरोकारवाला निकायले अब बाढी लगायतका बारेको सूचना तीन दिन अर्थात ७२ घण्टा अघि नै थाहा पाउने भएका छन् । जल तथा मौसम विज्ञान विभागले बाढीका बारे हरेक घण्टाको सूचना अद्यावधिक गर्दै आगामी मनसुनको सुरुवातसँगै सरोकारवाला निकायलाई यस्तो सूचना सम्प्रेषण गर्ने तयारी अघि बढाएसँगै यस्तो संभाव भएको हो..

    भारतको पहिलो बुलेट ट्रेनको जापानी प्रधानमन्त्रीद्वारा शिलान्यास

    बिहिवार, भाद्र २९, २०७४ साल
    गुजरात । जापानका प्रधानमन्त्री सिञ्जो आवेले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा भारतको पहिलो तीव्र गतिको रेल सेवाको शिलान्यास गरेका छन् । यो योजनाका लागि जापानले सबैभन्दा धेरै लगाानी गरेको छ । उसले १७ अर्व डलर लगानी गरेको छ । बुलेट ट्रेन अहमदाबाद शहर र मुम्बई शहरको बीचमा चल्नेछ । बुलेट ट्रेनमा ५०० किलोमिटरको यात्रा अहिलेको समय भन्दा ३ घण्टा कम हुने..

    फेसबुकको आम्दानीमा ७१ प्रतिशतले बृद्धि

    बुधबार, भाद्र २८, २०७४ साल
    सनफ्रान्सिस्को । विश्वभर झण्डै २ अर्ब प्रयोकर्ता भएको बहुचर्चित सामाजिक सञ्जाल ‘फेसबुक’को आम्दानी ७१ प्रतिशतले बढेको छ । गत महिना रहेका आफ्ना १.९४ अर्ब सक्रिय फेसबुक प्रयोगकर्ताहरुको संख्या बढेर अब दुई अर्ब पुगेसँगै आफ्नो आम्दानीमा समेत बढोत्तरी भएको फेसबुकले जनाएको हो । हालैका दिनहरुमा प्रयोगकर्तामा आएको यो बृद्धि कम्पनीले अपेक्षा गरेभन्दा १७ प्रतिशतले बढी भएको पनि उसले बताएको छ ।  यसैबीच फेसबुकमा सक्रिय..

    विन्डोज–१०’ को अपडेटेड भर्सन सार्वजनिक हुँदै

    मंगलवार, भाद्र २०, २०७४ साल
    माइक्रोसफ्टले आफ्नो विन्डोज अपरेटिङ सिस्टमको प्रमुख अप्डेट आगामी अक्टोबर महिनाको १७ तारिखमा मा विश्वभर सार्वजनिक गर्ने घोषणा गरेको छ । विन्डोज–१० फल क्रियटर्स अपडेट र यसै सफ्टवेयरबाट चल्ने विन्डोज मिक्स्ड रियालिटी हेडसेट एकैदिन बजारमा आउने माइक्रोसफ्ट, अपरेटिङ सिस्टमका कार्यकारी अपाध्यक्ष टेरी मायरसनले बताएका हुन् । साथै, माइक्रोसफ्टले सार्वजनिक भएको एक वर्षसम्म निशुल्क अपग्रेड सेवा दिने योजना बनाएको समेत बताइएको छ । ..

    हुवायको नयाँ स्मार्टफोन बर्लिनबाट सार्वजनिक

    मंगलवार, भाद्र २०, २०७४ साल
    चीनियाँ इलेक्ट्रोनिक कम्पनी हुवायले जर्मनीको बर्लिनमा आफ्नो पहिलो अर्टिफिसियल इन्टेलिजेन्स र पर्सनल एसिस्टेन्टसहितको स्मार्टफोन जर्मनीको बर्लिनबाट अनावरण गरेको छ । हुवायको यस स्मार्टफोनले सामसङको बिक्सबाइ र एप्पलको सिरीको प्रभुत्वलाई चुनौती दिने अपेक्षा गरिएको छ ।  यस वर्षको आइएफए इलेक्ट्रोनिक्स मेलामा बोल्दै हुवाय, उपभोक्ता ब्यापारिक समुहका प्रमुख कार्यकारी रिचर्ड यु ले अहिलेसम्म बजारमा आएका अन्य स्मार्टफोनहरु चलाख भए पनि चेतनशील नभएको प्रतिक्रिया दिएका..

    सगरमाथा आधार शिविरमा पनि अब इन्टरनेट सेवा

    मंगलवार, भाद्र २०, २०७४ साल
    अब सगरमाथा आरोहण गर्ने स्वदेशी तथा विदेशी आरोहीहरुले समेत मज्जासँग इन्टरनेट प्रयोग गर्न सक्ने भएका छन् । त्यसका लागि सगरमाथा आधार शिविरमा एभरेस्ट लिंकले इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । एभरेस्टले झण्डै दुई करोड रुपैयाँको लगानीमा सगरमाथाको आधार शिविरमा इन्टरनेट सेवा सञ्चालन गरेसँगै सगरमाथा आरोही तथा पर्यटन व्यवसायीलाई विश्वसँग सोझै जोडिने मौका मिलेको हो । यससँगै स्थानीय, पर्वतारोही, पर्यटक, होटल व्यवसायीका..

    इमेज पुरस्कार

    सोमबार, भाद्र १९, २०७४ साल
    सन् २०१४ मा वेलकम इमेज पुरस्कारको अन्तिम चरणमा छनौट भएका केहि तस्वीरहरु मध्येको एक। यो कपालमा टांसिएको टाउकोको जुम्राको अण्डा हो । तस्वीर: केभीन मकेन्जी, युनिर्भसीटी अफ एबरडीन..

    खैरो चमेरोको एक्स-रे

    सोमबार, भाद्र १९, २०७४ साल
    लामो कान भएको खैरो चमेरोको एक्स-रे तस्वीर । तस्वीर: क्रिश थोर्न श्रोत : वीवीसी..

    कृषिजन्य स्लजको नमूना

    सोमबार, भाद्र १९, २०७४ साल
    कृषिजन्य स्लजको नमूना। तस्वीर: एबरहार्ड्ट फ्रेडरिक कर्नाहान र एनरिके रोड्रीगेज कान्यास श्रोत : वीवीसी..
    Results 620: You are at page 21 of 21
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
    Weather Forecast