मंगलवार, कार्तिक ५, २०७६

    विज्ञान/प्रविधि

    सूचना प्राविधिले बरदान र बर्बादी दुवै निम्त्याउँदै छ : सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा

    मंगलवार, बैशाख ४, २०७५ साल
    काठमाडौँ, ४ वैशाख – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई खुला, पारदर्शी, व्यवस्थित र विकसित गर्न सूचना प्रविधि ऐन ल्याउन लागेको बताएका छन् । उनले भने, “सूचना प्राविधिले बरदान र बर्बादी दुवै निम्त्याउँदै छ, बर्बादीलाई नियन्त्रण र बरदानलाई सुरक्षित गर्नु प्रस्तावित नयाँ ऐनको ध्येय हो ।” सूचना प्रविधि विभागद्वारा तयार पारिएको प्रस्तावित नयाँ सूचना प्रविधि ऐनको मस्यौदाबारे मंगलबार मन्त्रालयमा आयोजित..

    काठमाडौंका बिभिन्न स्थानमा फ्रि वाइफाइ, महानगरपालिका र वर्ल्ड लिंक कम्युनिकेशनबीच सो बारे सम्झौता

    सोमबार, बैशाख ३, २०७५ साल
    काठमाडौं ३, बैशाख : काठमाडौं-महानगरपालिकाले विभिन्न महत्वपूर्ण सार्वजनिक स्थानमा फ्रि वाइफाइ सेवा दिने भएको छ । त्यसका लागि महानगरपालिका र इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशनबीच आइतबार सम्झौता भएको छ । हनुमानढोका दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र, स्वयम्भु, बालाजु र शंखपार्कमा निःशुल्क वाइफाइ सेवा सुरु गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वर्ल्ड लिकंका निर्देशक विजयकुमार जलानले..

    रसुवाको पार्वतीकुण्डमा भूकम्पमापन उपकरण जडान गर्ने कार्य शुरु

    शनिबार, बैशाख १, २०७५ साल
    रसुवा, १ वैशाख   हिमाली क्षेत्रमा जाने भूकम्पमापनका लागि उत्तरी रसुवाको पार्वतीकुण्ड क्षेत्रमा उपकरण जडान गर्ने काम शुरु भएको छ । खानी तथा भूगर्व विभागका भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार जमिनको सतहभित्र ब्रोडब्याण्ड सिस्टोमिटर, एक्सिलरो मिटर र जिपिएस तीन प्रकारका उपकरणको सहायताले पृथ्वी हल्लिनासाथ भूकम्पको रेक्टर आउने र भिस्याट उपकरणले काठमाण्डुस्थित लैनचौरमा जडान भएको केन्द्रीय मापन केन्द्रको विवरण एकसाथ पुर्याउन आवश्यक सामग्री जडान कार्य..

    नेपाल टेलिकमले ल्यायो ‘नयाँ वर्ष अफर २०७५’, अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध !

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    काठमाडौँ, ३० चैत नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म लिन सकिने टेलिकमले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ । अफरअन्तर्गत ह्यापी विकेन्ड प्याक, अनलिमिटेड जिएसएम-सिडिएमए नाइट डाटा प्याक, एडिएसएल भोलुम बेस्ट, एडिएसएल अनलिमिटेड प्याकेज रहेका छन् । जिएसएम-सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा ह्यापी विकेण्ड प्याक..

    सूचना तथा सञ्चार मन्त्रालयको ध्यानाकर्षण

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    काठमाडौँ, ३० चैत साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड, पूर्व मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारले नयाँ वर्ष २०७५ देखि फेसबुक पूर्णरुपमा बन्द गरेको उल्लेख गरी फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी भ्रम फैलाउने काम सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण भएको छ ।  मन्त्रालयले कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने, प्रतिबन्ध लगाउने गरी निर्णय नगरेको र..

    तीन सातादेखि नुवाकोटमा टेलिफोन सेवा अवरुद्ध, मर्मतको लागि अझै एक साता लाग्ने अनुमान

    बुधबार, चैत्र २८, २०७४ साल
    नुवाकोट, २८ चैत नेपाल टेलिकमको तारमा क्षति हुँदा जिल्ला अस्पताल त्रिशूलीसहित आसपासका क्षेत्रमा २८० ग्राहकको फोन सेवा बन्द भएको छ । तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत पाइपलाइन विस्तारका क्रममा नेपाल टेलिकमको तारमा क्षति हुँदा विगत तीन सातादेखि सो क्षेत्रका फोन सेवा अवरुद्ध भएपछि उपभोक्ता समस्यामा परेका हुन् । गत चैत ३ गते पाइपलाइन विस्तार गर्ने क्रममा टेलिफोनको तारमा क्षति भएर..

    पहिलोपटक ट्विटर एकाउन्ट खोलेकी राष्ट्रपति भण्डारीले गरीन् यस्तो ट्विट

    सोमबार, चैत्र २६, २०७४ साल
    काठमाडौँ, २६ चैत राष्ट्रपति विद्यादेवी भण्डारी चैत्र २६ देखि माइक्रो ब्लगिङ साइट ट्विटरमा जोडिएकी छन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डल एट प्रेसिडेण्डट अफ एनपी (@PresidentofNP) रहेको छ । राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सराहना गरेकी छन् । राष्ट्रपति भण्डारीको पहिलो ट्वीटमा भनिएको छ, ‘सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने नेपाल सरकार र सम्बद्ध..

    डिएनए परीक्षणको शुरुआत भएसँगै जनावरसम्बन्धी मुद्दा पनि बढे

    बुधबार, चैत्र २१, २०७४ साल
    ललितपुर, २१ चैत : जनावरको डिएनए परीक्षण शुरु भएपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा जनावरको विभिन्न भागको परीक्षणका लागि मुद्दा आउने क्रम बढेको छ ।  डिएनए परीक्षण शुरु भएयता मात्रै झण्डै ५० वटा जनावरसम्बन्धी घटना अनुसन्धानका लागि आएको प्रयोगशालाका प्रमुख वैज्ञानिक अधिकृत दिनेशकुमार झाले बताए । तीमध्ये वन्यजन्तुको ११ र गाईको चार गरेर १५ वटा मुद्दा डिएनए परीक्षणबाट अनुसन्धान गरिएको छ ।..

    अब चाडै नै नागरिकलाई महानगरका ७ स्थानमा निःशुल्क इन्टरनेट सुविधा

    सोमबार, चैत्र १९, २०७४ साल
    काठमाडौँ, १९ :  आगामी तीन महिनाभित्र काठमाडौँ महानगरपालिकाका सार्वजनिक सात स्थानबाट नागरिकले निःशुल्क इन्टरनेटको सुविधा प्राप्त गर्नेछन् ।  कामपामा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा र वल्र्डलिङ्क कम्युनिकेसन प्रालिका निर्देशक विजयकुमार जालानले सम्झौतापत्रमा हस्ताक्षर गरी नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएका हुन् ।  राख्ने स्थानमा पशुपतिनाथ क्षेत्र, बालाजु पार्क, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्र रहेका छन् ।..

    नेपाल टेलिकमको नयाँ अफर, प्रिपेडमा ४० रुपैयाँ व्यालेन्स ऋण दिने !

    शुक्रबार, चैत्र १६, २०७४ साल
    काठमाडौँ, १६ चैत सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले चैत्र १६ गते देखि ४० रुपैयाँसम्म ऋण दिने भएको छ ।  टेलिकमले ग्राहकको फोनमा गर्ने खर्चका आधारमा ५ रुपैयाँदेखि ४० रुपैयाँसम्म ऋण दिने व्यवस्था गरेको हो । अबदेखि प्रिपेड फोनका ग्राहकको मोवाइलमा कुरा गर्दागर्दै, डाटा चलाउँदा वा एसएमएस प्रयोग गर्दा अधिकतम ४० रुपैयाँसम्मको ऋण दिने लिकमकी प्रमुख कामिनीराज भण्डारीले जानकारी दिइन् ।..

    हेटौँडा उपमहानगरको कार्यालय भित्र फेसबुक बन्द, डाटाबाट चलाएको पाईएमा पनि कारबाही !

    बिहिवार, चैत्र १५, २०७४ साल
    हेटौँडा, १५ चैत हेटौँडा उपमहानगरपालिकाले पनि कार्यालय समय भित्र सामाजिक सञ्जाल चलाउन नपाउने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले कार्यालय समयमा कार्यालयको काममा ध्यान दिनुपर्ने भन्दै सबै कम्युटरमा फेसबुक, टुइटर, इन्सट्राग्राम तथा युटुबजस्ता सामजिक सञ्जाल प्रतिवन्ध लगाईएको हेटौँडा उपमहानगरपालिकाका सूचना शाखा प्रमुख भानु थपलियाले जानकारी दिए । उपमहानगरपालिकाका कर्मचारीले कार्यालय समयमा मोवाइल डाटाको प्रयोग गरि सामजिक सञ्जाल प्रयोग गरेको पाईएमा कारबाही गर्ने..

    आधुनिक प्रविधि नहुँदा 'अनलाइन ठगी गिरोह' पक्रन कठिनाई, कानूनी प्रक्रिया नै झन्झटिलो !

    बुधबार, चैत्र १४, २०७४ साल
    काठमाडौँ, १४ चैत आधुनिक प्रविधि नहुँदा सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिन महानगरीय प्रहरीलाई समस्या परेको छ । अनलाइन ठगी नेपालबाट भन्दा पनि बाहिरी देशबाट हुने हुँदा प्रहरीलाई समस्या भएको हो । सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह नै रहेको तर प्रहरीले ठगीको प्रमुख नाइकेलाई हालसम्म फेला पार्न नसकेको महानगरीय प्रहरी परिसर, टेकुका मुद्दा शाखाका प्रमुख एंव प्रहरी निरीक्षक मोहनकुमार थापाले बताए..

    नगरपालिकाका प्रत्येक कार्यालयमा सिसी क्यामरा, कार्यालयका गतिविधिमा निगरानी

    बुधबार, चैत्र १४, २०७४ साल
    भक्तपुर, १४ चैत :  सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको आँखा कार्यकक्षमा प्रवेश गरे लगत्तै टेबुलको कम्प्युटरमा पुग्छ । कम्युटरबाटै आफ्नो कार्यालयका कर्मचारी कसले समयमै हाजिर गरे, कसले गरेनन्, नगरपालिकाको १० वटै वडा कार्यालयका वडा अध्यक्षदेखि कर्मचारीसम्मले हाजिर गरे कि गरेनन्, १० वटा स्वास्थ्य चौकीका कर्मचारी र नौ वटा सामुदायिक विद्यालयका प्रिन्सिपल र शिक्षक शिक्षिकाले हाजिर गरे कि गरेनन् हेर्ने गर्नुहुन्छ ।  प्रत्येक दिन..

    ‘मिनी जहाज’ बनाउन लागेका सरोज चेपाङलाई आर्थिक सहयोग

    आईतवार, चैत्र ११, २०७४ साल
    रत्ननगर, चितवन, ११ चैत । प्यारामोटरको उडान परीक्षण सफल गरेर मिनी एयर क्राफ्ट (सानो हवाइजहाज) बनाउन थालेका चितवन पिप्लेका सरोज चेपाङलाई आर्थिक सहयोग गर्ने बढदै गएका छन् ।  पछिल्लो पटक चितवन युवा समूह दोहा कतारले संकलन गरेर पठाएको रु ८१ हजार शनिबार चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालमार्फत उनलाई उपलब्ध गराइएको छ । उनको जहाज बनाउने सपना साकार पार्न यसरी..

    सूचनाको पहुँच स्थापित गर्न मोबाइल एप्स, आफ्ना कार्यक्रमबारे नागरिकलाई सु-सुचित गर्ने उदेश्य

    शुक्रबार, चैत्र ९, २०७४ साल
    ताप्लेजुङ, ९ चैत फुङलिङ नगरपालिकाले सूचनामा नागरिकको पहुँच स्थापित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ । मोबाइल एप्समार्फत नगरसभा र नगर कार्यपालिकाले पारित गरेका नीतिगत निर्णय तथा कार्यक्रमका बारेमा हरेक नागरिकले सजह रुपमा जानकारी पाउन भन्ने उद्देश्यले एप्स प्रयोगमा ल्याइएको नगरपालिकाले जनाएको छ । शुक्रबारदेखि सञ्चालनमा ल्याइएको उक्त एप्स जिल्लामै पहिलो पटक भएको र ‘फुङलिङ म्युनिसिपालिटि’ नाम रहेको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी..

    भ्रममा नपर्नुहोस् "बिएफएफ" कमेन्ट गरेर फेसबुक आइडी सुरक्षित हुँदैन

    बिहिवार, चैत्र ८, २०७४ साल
    काठमाडौँ , ८ चैत फेसबुकमा अहिले एउटा कुरा ट्रोल बनिरहेको छ । फेसबुकमा तपाईको आइडी सुरक्षित गर्नको गर्नको लागि कमेन्टमा बिएफएफ लेख्ने र हरियो भयो भने तपाईको एकाउन्ट सुरक्षित भयो र कालो भयो भने असुरक्षित भयो । केहीले फेसबुकका सिइओ मार्क जुकरबर्गले आइडी चेक गर्नको लागि यो फिचर थपको बताएका छन् । यो सबै कुरा गलत हो । दुई दिन अगाडि सामाजिक संजाल फेसबुकको अमेरिकामा..

    विश्वकै चर्चित रोबोट 'सोफिया' ले अनमोल केसीसँग 'डेट' जान चाहेको बताएपछि....

    बुधबार, चैत्र ७, २०७४ साल
    भीमदत्तनगर, ७ चैत सोफिया महिला रोबर्ट हुन् । नागरिकता पाउने विश्वकी पहिलो रोबोट पनि हुन्। उनलाई गएको अक्टोबरमा साउदी अरेबिया सरकारले आफ्नो देशको नागरिकता दिएको थियो । रोबर्ट सोफिया सन् २०१५ मा हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेपछि साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएको हो । सोफिया अहिले चर्चा चुलिएको छ । सोफिया विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी..

    प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन, मुलुक समृद्ध बनाउन योगदान पुग्ने भनाई

    बुधबार, चैत्र ७, २०७४ साल
    बनियान, झापा, ७ चैत : झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको छ ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले मङ्गलबार यहाँ प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालेको छ । पाइरोलाइसिस नामक यन्त्रबाट प्लाष्टिकलाई पेट्रोलियम पदार्थमा रुपान्तरण गरिएको थियो । नाष्टका इन्जिनियर डा रवीन्द्रप्रसाद ढकालले एक किलोग्राम प्लाष्टिकबाट ६०० देखि ७०० मिलिलिटर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताए । “यसलाई वर्गीकरण गरेर ६०..

    झापामा सुरक्षालाई प्रविधिमा जोड्दै प्रहरी, मुख्य बजार बिर्तामोडका प्रत्येक टोलटोलमा सिसी क्यामेरा जडान

    सोमबार, चैत्र ५, २०७४ साल
    सुरुङ्गा, झापा, ५ चैत ।  प्रहरीले प्रमाणसहितको अनुसन्धानका लागि सहजता होस् भन्दै झापाको मुख्य बजार बिर्तामोडका प्रत्येक टोलटोलमा सिसी क्यामेरा जडान गरेको छ ।  दिन प्रतिदिन बिर्तामोडमा क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि स्थानीय निकाय, उद्योगी व्यवसायी र विभिन्न संघ संस्थाको सहयोगमा प्रहरीले पूर्व–पश्चिम राजमार्गसहित बिर्तामोडका प्रत्येक टोल–टोलमा सिसी क्यामेरा जडान गरेको हो ।  झण्डै रु ३० लाखको लागतमा यहाँका ५० बढी ठाउँमा सिसी क्यामेरा..

    २१औं शताब्दीकै महान वैज्ञानिक स्टेफेन हव्किंगको निधन, सम्पूर्ण विज्ञान जगत स्तब्ध

    बुधबार, फागुन ३०, २०७४ साल
    लण्डन, एजेन्सी ।  यो पुस्ताकै सबै भन्दा 'महान मगज' मानिएका भौतिकशास्त्री प्राध्यापक स्टेफेन हव्किंगको ७६ वर्षको आयुमा निधन भएको छ ।  उनी लामो समय देखि न्युरोन नामक मस्तिष्कको रोगसंग जुधिरहेका थिए । उनका सन्तान लुसी, रोबर्ट र टिमले भनेका छन् "हामी हाम्रा मायालु बुबाको मृत्युबाट अत्यन्तै विक्षिप्त भएका छौं । "    यदि तपाईंले व्हील-चियरमा बाँधिएका यी विद्वानलाई वृतचित्र वा समाचारमा देख्नुभएको छैन भने तपाईलाई उनको प्रारम्भिक..

    ‘लिफ्ट’ प्रविधिबाट फेदीको पानी डाँडाको बस्तीमा, पानी पिउन पाएपछि स्थानीयबासी दंग

    सोमबार, फागुन २८, २०७४ साल
    बाबियाचौर, म्याग्दी, २८ फागुन  बेनी नगरपालिका ५ डडुवाकी कौशिला परियार आँगनमै रहेको धारामा नियमित खानेपानी आउन थालेपछि दंग परेका छन् । “डेढ–दुई घण्टा लगाएर गाग्री, ग्यालिन, ड्रम, बोतलमा पानी ओसार्नुपर्ने वर्षौदेखिका दुःखका दिन गए,” साठी वर्षीया परियारले भने – “अहिले आँगनको धारामा नियमित पानी आउन थालेपछि सुविधा भयो ।” घरमा उपभोग गर्ने र गाईबस्तुलाई खुवाउने पानी ल्याउन, नुहाउन, कपडा धुनका लागि कुवा, खोल्सा..

    सौराहामा केमिकल वैज्ञानिक सम्मेलन, २० देशका सय र स्वदेशका सय वैज्ञानिक सहभागी

    शुक्रबार, फागुन २५, २०७४ साल
    चितवन, २५ फागुन अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन सौराहामा बिहीबार साँझदेखि शुरु भएको छ । सम्मेलनको उद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति जीवराज पोख्रेलले गरेका हुन् । सम्मेलनमा देश तथा विदेशका वैज्ञानिकले आआफ्नो देशमा भएका खोज, अनुसन्धान, उपलब्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने संस्थाका सदस्य मनोज विष्टले जानकारी दिए । सम्मेलन उद्घाटनका अवसरमा चितवनमा राजनीतिज्ञ, शिक्षण पेशा, समाजसेवा एवं पर्यटन क्षेत्रमा योगदान..

    अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन : सौराहामा २० देशका सयजना वैज्ञानिक

    बिहिवार, फागुन २४, २०७४ साल
    चितवन, २४ फागुन : अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन बिहीबारदेखि सौराहामा शुरु हुँदैछ । सम्मेलनमा २० देशका १०० जना वैज्ञानिक सहभागी हुने बताइएको छ ।  नेपाल केमिकल सोसाइटी र वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरको संयुक्त आयोजनामा सम्मेलन शुरु गर्न लागिएको हो । अन्तर्राष्ट्रियस्तरमा र नेपालमा भएका खोज अनुसन्धान एवं उपलब्धि एवं ज्ञान साटासाट गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष अमरप्रसाद यादवले जानकारी..

    खानीको अन्वेषण गर्न भूउपग्रह, जनसरोकारलाई प्राथमिकतामा राख्दै काम

    बुधबार, फागुन २३, २०७४ साल
    काठमाडौँ, २३ फागुन छ दशकदेखि नापीको काम गर्दैआएको नापी विभागले परिवर्तित परिस्थितिअनुसार आफ्ना सेवा भूउपग्रह(स्याटेलाइट) मार्फत गर्ने गृहकार्य गरिरहेको छ । केन्द्रका चार महाशाखा तथा विभिन्न जिल्लाका १२९ नापी कार्यालयमार्फत जनताको सेवा गर्दै आएको विभागले भूमि स्रोत, टोपोग्राफिकल नापी, अन्तर्राष्ट्रिय सीमासम्बन्धी प्राविधिक सहयोग, नियन्त्रण विन्दु तथा भौगोलिक सूचनाको पूर्वाधारको काम गर्दैआएको छ । विभागका निर्देशक दामोदर ढकालले भूउपग्रहमा आधारित कन्टिन्युयसली अपरेटिङ रेफरेन्स..

    चन्द्रमामा पनि ‘फोर जी’ ! अब रोबोटले चन्द्रमाबाट प्रत्यक्ष तस्वीरहरू पठाउने

    सोमबार, फागुन २१, २०७४ साल
    फागुन  २१ ,  एजेन्सी । नेपालमा मोबाइल प्रयोगकर्ताहरु माझ "फोर जी" ल्याईएको धेरै भएको छैन ।  नेपालका धेरै मोबाइल प्रयोगकर्ताले तीव्र गतिको फोर जी नेटवर्कको प्रयोग गर्न नपाइरहेका बेला चन्द्रमामा भने त्यसको शुरूवात हुने भएको छ । भोडाफोन जर्मनी र नोकिया कम्पनी मिलेर चन्द्रमामा फोर जी सञ्चालनमा ल्याउने योजना बनाएका हुन् । फोर जीको प्रयोग गरेर त्यहाँ पठाइएको रोबोटले चन्द्रमाबाट प्रत्यक्ष..

    अछामको साँफेबगर नगरपालिकामा सूचना प्रविधि केन्द्र स्थापना

    आईतवार, फागुन २०, २०७४ साल
      अछाम, २० फागुन  ।  अछामको साफेबगर नगरपालिकाले नगर डाटा प्रोटल तथा सूचना प्रविधि केन्द्रको स्थापना गरेको छ । नगरपालिकाले शनिबार सूचना प्रविधि केन्द्रको शुभारम्भ गर्दै सूचना प्रविधि केन्द्र स्थापना गर्नेमा देशभरमै पहिलो स्थानीय तह बनेको बताएको छ ।  स्थानीय जनतालाई सुसूचित पार्ने र नगरका हरेक गतिविधिलाई सूचना प्रविधिसँग अपडेट गराउने उद्देश्यले सूचना प्रविधि केन्द्रको स्थापना गरिएको नगरपालिकाले जनाएको छ । मालिका विकास संघ..

    उद्योग वाणिज्य संघ सुर्खेतले ल्यायो यू ट्युब च्यानल सञ्चालनमा

    आईतवार, फागुन १३, २०७४ साल
    सुर्खेत, १३ फागुन  ।  उद्योग वाणिज्य संघ सुर्खेतले आफ्ना हरेक गतिविधिलाई डिजिटल बनाउनका लागि यू ट्युब च्यानलको शुभारम्भ गरेको छ ।  सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको ३४औँ वार्षिक साधारण सभाको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज यू ट्युब च्यानलको शुभारम्भ गरे  ।  मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई समृद्ध प्रदेश निर्माण गर्न यहाँका उद्योगी–व्यापारीले लगानीमैत्री वातावरणको सृजना गर्न जरुरी रहेको बताए  । यहाँका उत्पादनलाई..

    केएल टावरमा मोबाइल किन्दा सलमानको कार्यक्रमको टिकट निशुल्क पाइने

    शुक्रबार, फागुन ११, २०७४ साल
    फागुन १०, २०७४ काठमाडौं:   मोबाइल किन्ने आफ्ना ग्राहकलाई निशुल्क टिकट उपलब्ध गराउने योजना केएल टावरले बिहीबार सार्वजनिक गरेको छ  । 'केएल मोबाइल हव' बाट फोन किन्दा १० मार्चदेखि काठमाडौंमा हुने बलिउड स्टारहरूको कार्यक्रमको पास निशुल्क पाइने भएको छ। मोबाइल हव परिसरमा हात खाली नजाने उपहार योजनामा मोबाइल किन्नेको भीडलाई लक्षित गर्दै यस्तो योजना सुरु गरिएको हो । मोबाइल मेला २८ फेब्रुअरीसम्म..

    इन्स्टाग्राममा आफ्नो फोटोको कसैले स्क्रिनसट लिएको थाहा पाउन सकिने, नयाँ फिचर ल्याउंदै

    बिहिवार, फागुन १०, २०७४ साल
    काठमाडौँ , १० फागुन ।  सामाजिक संजाल इन्स्टाग्राम अहिले नेपाली युवा पुस्ताको लागि रोजाईको संजाल बनेको छ।  इन्स्टाग्राममा आफूले खान थालेको खानेकुरादेखि घुम्न गएका फोटोसम्म शेयर गर्ने गरिन्छ। इन्स्टाग्रामको खास कुरा के छ भने यस्मा राखिएको तस्बिरहरु डाउनलोड गर्न मिल्दैन । तीनै फोटोहरुलाई स्क्रिनसट गरेर विभिन्न समाचार बनाउने तथा  दुरुपयोग गर्ने क्रम पनि बढ्दो मात्रामा छ । इन्स्टाग्राम अहिले ती कुरालाई मध्यनजर गर्दै..

    ई-टिकेटिङ शुरु गर्दै साझा यातायात, नेपाल राष्ट्र बैंकसँगको सहकार्य

    बिहिवार, फागुन १०, २०७४ साल
    ललितपुर, १० फागुन :  साझा यातायातले ‘इटिकेटिङ’ शुरु गर्न तयारी थालेको छ । नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा इटिकेटिङ लागू गर्न लागिएको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।  इटिकेटिङ शुरु भएपछि यात्रुले भाडामा पैसाको साटो कार्डको प्रयोग गर्न सक्ने छन् । साझाका सबै बसमा उक्त नियम लागू हुने उनले बताए । नियमित रुपमा यात्रा गर्ने यात्रु यो सेवाबाट..
    Results 659: You are at page 20 of 22
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last
    Weather Forecast