सोमबार, कार्तिक ४, २०७६

    विज्ञान/प्रविधि

    बुटवलमा भूगर्भका बारेमा अध्ययन गर्न मिल्ने ‘जिओलोजिकल पार्क’ बनाउने तयारी

    शुक्रबार, जेष्ठ ११, २०७५ साल
    रुपन्देही, ११ जेठ बुटवलमा भूगर्भका बारेमा अध्ययन गर्न मिल्ने ‘जिओलोजिकल पार्क’ बनाउने तयारी शुरु भएको छ ।  “वन विज्ञान र वातावरणका विद्यार्थीका लागि प्रयोगात्मक अध्ययन गर्न मिल्ने पार्क बनाउनेबारेमा डिपिआरसहितको लिखित प्रस्ताव आउने छ, त्यसैलै पनि हामीलाई ठूलो उत्साह जागेको छ,” बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने ।  उनले यस क्षेत्रमा प्रदेशस्तरको जिओलोजिकल पार्क बनाउने मौखिक प्रस्ताव उपमहानगरपालिकाले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष गरेको उल्लेख..

    नेपाल कृषि अनुसन्धान परिषद्ले बासनादार धानको अध्ययन गर्दै

    बिहिवार, जेष्ठ १०, २०७५ साल
    ललितपुर, १० जेठ नेपालमा बासना आउने चामलको माग बढेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले त्यसमा अध्ययन थालेको छ ।  नार्कअन्तर्गतको कृषि विज्ञान महाशाखाले नेपालमा अहिलेसम्म पहाडी क्षेत्रमा बासना आउने चामलका लागि धानको बीउ सिफारिस गरेको छैन ।  महाशाखाअन्तर्गतको धान शाखामा कार्यरत प्राविधिक अतित पराजुलीले अहिले सबैतिर बिहे, व्रतबन्ध, सम्मेलनलगायतमा भोजका लागि बासनादार चामलको प्रयोग बढेको बताए ।  “पहाडी क्षेत्रमा अहिलेसम्म यसको उत्पादन हुन सकेको..

    नेपाल टेलिकमको तथ्यांकअनुसार डाटा सेवा प्रयोगकर्ता १ करोड भन्दा बढि

    मंगलवार, जेष्ठ ८, २०७५ साल
    काठमाडौँ, ८ जेठ नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् ।  कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १००, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार ५००, वाइम्याक्स सेवाका १७ हजार र एडिएसएलका एक लाख ९९ हजार ७०० प्रयोगकर्ता रहेको टेलिकमले मंगलबार विज्ञप्तिमार्फत जनाएको हो ।  वि. स २०७४..

    जोखिम न्यूनीकरणका लागि दुई गाउँका ३५ घरमा अर्थिङ

    मंगलवार, जेष्ठ ८, २०७५ साल
    खोटाङ, जेठ ८  चट्याङबाट हुने जोखिम न्यूनीकरणका लागि खोटाङको नुनथला र खिल्कुका बासिन्दाको घरमा अर्थिङ गरिएको छ । हरेक वर्ष चट्याङले जनधनको क्षति गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरे र सोही नगरपालिकाको वडा नं १४ खिल्कुका ३५ घरमा अर्थिङ गरिएको हो । हरेक वर्ष पर्ने चट्याङले मानिसको ज्यानसमेत लिएकाले स्थानीय महुरे प्राकृतिक सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा प्रत्येक घरमा अर्थिङ गरिएको जालपा..

    ओप्पो फोनद्वारा पहिलो फाइभजी भिडियो कलको सफल परीक्षण

    आईतवार, जेष्ठ ६, २०७५ साल
    एजेन्सी, जेठ ६  ओप्पोले थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग गरी पहिलो फाइभजी भिडियो कल डेमोको सफल परीक्षण गरेको छ। रिमोर्ट रिसिभरमा ओप्पोको एक फोनमा निहित स्ट्रक्चर्ड लाइट थ्रीडी क्यामेरा र क्वालकम प्रविधिद्वारा विकसित फाइभजी एनआर टर्मिनल प्राटोटाइप मार्फत थ्रीडी पोट्रेट छवि प्रकाशित गरिएको हो। ओपोद्वारा आयोजना गरिएको थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधि मार्फत ५ जी भिडियो कल परीक्षणका लागि स्ट्रक्चर्ड लाइट क्यामेरासहितको कस्टमाइज्ड ओपो..

    फेसबुकले ल्यायो नयाँ फिचर्स ! अब अडियो पनि पोष्ट गर्न सकिने !

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    एजेन्सी, जेठ ४ फेसबुकले थप तीन नयाँ फिचर्स सार्वजनिक गरेको छ। फेसबुकले क्लाउड स्टोरेज, भ्वाइस पोष्ट, स्टोरी आर्काइभ फिचर्स ल्याएको हो। यी नयाँ फिचर्समार्फत प्रयोगकर्ताले फेसबुक क्लाउडमा फोटो र भिडियो सेभ गर्न सक्नेछन्। यसरी सेभ भएका फोटो र भिडियोलाई प्रयोगकर्ताले आफूले चाहेको बेला हेर्न सक्नेछन्। फेसबुकले ल्याएको अर्को फिचरमा भ्वाइस (अडियो) पोष्ट गर्न सकिनेछ। हाल फेसबुकमा भिडियो, फोटो तथा लिखित स्टाटस मात्र पोष्ट..

    अपाङ्गतामैत्री प्रविधि हुनुपर्ने माग, व्यबहारमा लागु गर्न नीतिमै सुधार गर्नुपर्नेमा जोड

    बिहिवार, जेष्ठ ३, २०७५ साल
    काठमाडौँ, ३ जेठ अपाङ्गता भएका अधिकारकर्मीहरुले सूचना, सञ्चार र प्रविधि अपाङ्गतामैत्री हुनुपर्ने माग गरेका छन् । सातौँ विश्व पहुँच सचेतना दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा यहाँ बिहिबार आयोजित अन्तक्र्रियामा अधिकारकर्मीहरुले प्रत्येक सञ्चारमाध्यम अपाङ्गतामैत्री हुनुपर्नेमा जोड दिए । महासंघका महासचिव राजु बस्नेतले अपाङ्गतामैत्री भौतिक संरचना र अपाङ्गतामैत्री प्रविधि बन्न शुरु भए पनि त्यसले पूर्णता पाउन नसकेको बताए । टेलिकमले गत वर्षदेखि सुनाइ..

    काठमाडौँ महानगरपालिकाले छिट्टै ब्रुमर यन्त्र ल्याउँदै

    मंगलवार, जेष्ठ १, २०७५ साल
    काठमाडौँ, १ जेठ धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ ।    अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्रामिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।  उनले भने, गत चैत २२ गते उक्त यन्त्र ल्याउनका लािग बोलपत्र आह्वान गरिएको थियो, त्यसका लागि सात वटा कम्पनीले बोलपत्र गराएका र..

    ‘स्न्याप’ नामक कम्पनीले ल्याएको चश्माबाटै यसरी खिच्न सकिन्छ फोटो र भिडियो

    आईतवार, बैशाख ३०, २०७५ साल
    काठमाडौँ, ३० वैशाख भिडियो र फोटो खिच्न मिल्ने गरि चश्मामै क्यामरा भएको चश्मा विक्री वितरण सुरु भएको छ । ‘स्न्याप’ नामक कम्पनीले अघिल्लो २६ अप्रिलमा उक्त चश्माको बिक्री वितरण सुरु गरेको हो । उक्त चश्मा साना क्लिप्सहरु खिच्न र त्यसलाई स्मार्टफोनमा हालेर हेर्न सकिन्छ । ‘टेकन्युज वर्लड’ का अनुसार ‘स्पेक्ट्याकल्स स्पोर्ट’ नाम दिइएको उक्त चश्मामा ‘रे–बन’को जस्तै डिजाइन गरिएको छ । पातलो,..

    मंगल ग्रहबारे नयाँ तथ्य पत्ता लाग्ने ! कम्पनबारे अध्ययन गर्न नासाले पठायाे ‘इनसाईट’

    मंगलवार, बैशाख २५, २०७५ साल
    एजेन्सी,२३ वैशाख अमेरिकी संस्था नासाले मंगल ग्रहमा पछिल्लो यान प्रक्षेपण गरेको छ। ‘इनसाईट’ नामक सो यानले मुख्यतः मंगल ग्रहको भित्री भागको अध्ययन गरी त्यहाँ भइरहने कम्पनबारे जानकारी पृथ्वीमा पठाउनेछ । स्थिर रहने ‘इनसाईट’ले मंगलग्रहको सतहमा “मार्सक्वेक” अर्थात् मंगल ग्रहमा हुने भू–कम्पनहरूको अध्ययन गर्न कम्पन मापन गर्ने उपकरण ‘साईज्मोमिटर’हरूका साथै यूकेबाट लगिएका सेन्सरहरू जडान गर्नेछ। ती कम्पनहरूले जमिनमुनि रहेको चट्टान कसरी पत्र-पत्रमा बनेको छ..

    नासाद्वारा मङ्गल ग्रहमा ‘इनसाईट’ यान प्रक्षेपण, ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्ने

    आईतवार, बैशाख २३, २०७५ साल
    लोम्पोक, संयुक्त राज्य अमेरिका, २३ वैशाख : अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले ‘इनसाईट’ नामक पछिल्लो यानलाई शनिबार मंगल ग्रहमा प्रक्षेपण गरेको छ ।  उक्त यान मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्न केन्द्रित हुने खासगरी पहिलो यान हुनेछ ।  स्थिर रहने ‘इनसाईट’ले मङ्गलग्रहको सतहमा ‘मार्सक्वेक’ अर्थात् मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्न कम्पन मापन गर्ने उपकरण’साईज्मोमिटर’हरूका साथै संयुक्त अधिराज्यबाट लगिएका सेन्सरहरू जडान गर्नेछ..

    अध्ययन भन्छ - सामाजिक सञ्जालमा मोदीका बढी ‘फलोअर’ तर ट्रम्प ज्यादा अन्तरक्रियात्मक

    बुधबार, बैशाख १९, २०७५ साल
    जेनेभा, १९ वैशाख : फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहेको एक अध्ययनले देखाएको छ ।  जेनेभामा बुधबार सार्वजनिक गरिएको एक सर्वेक्षणले यस्तो देखाएको समाचारमा जनाइएको छ । उक्त समाचारअनुसार ट्वीटरमा बढी सक्रिय भनिएका अमेरिकी राष्ट्रपति ट्रम्पभन्दा भारतीय प्रधानमन्त्री मोदीलाई बढी लोकप्रिय देखाएको छ ।  उक्त सर्वेक्षणका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पका ट्वीटरमा दुई करोड ३२ लाख..

    उपल्लो डोल्पामा नेपाल टेलिकमको सेवा शुरु भएपछि डोल्पाबासीले के भने ..... ?

    आईतवार, बैशाख १६, २०७५ साल
    दुनै, डोल्पा, १६ वैशाख दुर्गम हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने धो बस्तीमा पहिलो पटक नेपाल टेलिकमको सेवा विस्तार भएको छ । डोल्पाको बुद्ध गाउँपालिकामा पर्ने उपल्लो डोल्पामा पहिलो पटक नेपाल टेलिकमको नमस्ते मोबाइल फोन सेवा शुरु भएपछि त्यहाँका बासिन्दाले मोबाइलबाट देश विदेशमा कुरा गर्न पाएका छन् । फोन सेवाको अभावमा वर्षौंदेखि सम्पर्कविहीन हुँदै आएको धोका बासिन्दा सञ्चार सुविधामा जोडिएपछि खुशी भएका छन्..

    प्रविधिको अनौठो विधी! माटोबिना नै तरकारी खेती

    शनिबार, बैशाख १५, २०७५ साल
    वालिङ, स्याङ्जा, १५ वैशाख यहाँका एक युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै तरकारी खेती गरेका छन् ।  स्याङ्जाको गल्याङ नगरपालिका–३ का ४४ वर्षीय ओमबहादुर थापाले आफ्नै घरको छतमा आक्वापोनिक प्रविधिबाट विभिन्न प्रजातिका तरकारी फलायका छन् ।  पाँच वर्ष कोरिया बसेर नेपाल फर्किनुभएका थापाले गतवर्षबाट जिल्लामै पहिलो पटक यो प्रविधि भित्र्याएर तरकारी खेती गरेको हो ।  “रोजगारीको सिलसिलामा कोरियामै रहँदा आक्वापोनिक (माटोरहित तरकारी फलाउने)..

    गाई–वस्तु दुहुने यन्त्रको प्रयोग बढ्दै,एकपटकमा १० वटासम्म गाई दुहुन सकिने

    शुक्रबार, बैशाख १४, २०७५ साल
    ललितपुर, १४ वैशाख एकै पटकमा धेरै गाईको दूध दुहुुनका लागि किसानले ‘मिल्किङ पार्लर’ को प्रयोग शुरु गरेका छन् ।  केही वर्ष पहिलेदेखि नेपालमा व्यावसायिक किसानले मिल्किङ पार्लरको प्रयोग शुरु गरेको पशु उत्पादन निर्देशनालयमा कार्यरत डा.सुरेन्द्र झा बताए । व्यावसायिक रुपमा १० वा त्योभन्दा बढी गाई पाल्ने किसानले यसको प्रयोग गर्न थालेका हुन् ।  एकपटकमा १० वटासम्म गाई दुहुने यन्त्र नेपाल भित्रिएका छन् ।..

    प्रविधिको पहुँच दूरदराजसम्म पुर्याइनुपर्छ : सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा

    बिहिवार, बैशाख १३, २०७५ साल
    काठमाडौँ, १३ वैशाख   सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधिको पहुँच देशका ग्रामीण भेगका दूरदराजसम्म पुर्याइनुपर्ने बताएका छन् । ‘इन्टरनेशनल गल्र्स इन आइसिटी डे’ को अवसरमा सञ्चार तथ सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सूचना प्रविधिको पहुँच शहर र सुविधायुक्त क्षेत्रमा मात्र केन्द्रित रहेको भन्दै यसलाई गाउँका कुना कुनासम्म..

    कृषि विश्वविद्यालयका वैज्ञानिकले गरे नयाँ अनुसन्धान बेमौसममा लैना भैँसी

    बिहिवार, बैशाख १३, २०७५ साल
    चितवन, १३ वैशाख कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वैज्ञानिकले बेमौसममा पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धानमा सफलता प्राप्त गरेका छन् ।  उनीहरुले चैत, वैशाख, जेठ र असार महिनामा अक्सर कमै भैँसी ब्याउने भएकाले ती समय पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धान सफल बनाएका हुन् । चैतदेखि असार मध्यसम्म भैँसीमा गर्भधारणको हिसाबले बेमौसम मानिन्छ । विश्वविद्यालयको पशु प्रजनन प्रविधि विभागले..

    जमिनको भौगर्भिक समाजद्वारा सो अनुसार संरचना निर्माणमा सुझाव

    बिहिवार, बैशाख १३, २०७५ साल
    काठमाडौँ, १३ वैशाख नेपाल भौगर्भिक समाजले भूकम्पीय जोखिमबाट बच्न जमिनको भौगर्भिक अवस्थाको परीक्षण र सोही अनुसारको संरचना निर्माण गर्न सुझाएको छ ।  समाजका अध्यक्ष कविराज पौडेलले बुधबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा मुलुकको भौगर्भिक अवस्था, गोरखा भूकम्पपछि गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनका आधारमा गोरखा, दोलखालगायत क्षेत्रमा जोखिम कायम रहेको निष्कर्ष निकालिएको उल्लेख गरिएको छ ।  भौगर्भिक अवस्थाअन्तर्गत त्यस स्थानमा रहेको चट्टानको अवस्था, माटोको प्रकार..

    वैशाख १२ गते देखि सरकारका आर्थिक कारोबारहरु विद्युतीय प्रणाली मार्फत हुँदै !

    बुधबार, बैशाख १२, २०७५ साल
    काठमाडौँ, १२ वैशाख सरकारका आर्थिक कारोबार वैशाख १२ गते देखि विद्युतीय प्रणालीबाट प्रारम्भ भएको छ । सूचना प्रविधिको अत्यधिक प्रयोग गर्दै सबै सरकारी कार्यालयका कामकारबाही बिना कागजात सम्पादन गर्ने नीतिअनुरुप सो प्रणालीबाट आर्थिक कारोबार प्रारम्भ भएको हो ।  अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सो प्रणालीको शुभारम्भ गर्दै सरकारका आर्थिक कारोबारलाई पारदर्शी र सहज बनाउन विद्युतीय प्रणाली प्रारम्भ गरिएको बताए । निकट भविष्यमा..

    कृषि तथा वनविज्ञान विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह

    बुधबार, बैशाख १२, २०७५ साल
    चितवन, १२ वैशाख कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको प्रथम दीक्षान्त समारोह हुने भएको छ ।  यही वैशाख २१ गते हुने सो समारोहबाट ३१२ जना विद्यार्थी दीक्षित हुने छन् ।  विश्वविद्यालयले बुधबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी कृषि विज्ञानमा १३१, जैविक प्रविधि विज्ञानमा दुई, पशु चिकित्सामा २७, पशु विज्ञानमा नौ, मत्स्य विज्ञानमा नौ र वन विज्ञानमा १० जना स्नातकोत्तर उत्तीर्ण भएका तथा वन..

    नेपाली आकाशमा मंगलबार राति हुँदैछ उल्का वर्षा,रोमान्चक दृश्य देख्न सकिने

    मंगलवार, बैशाख ११, २०७५ साल
    काठमाडौं,नेपाल,११बैसाख मंगलबार राति नेपाली आकाशमा उल्का वर्षाकाे दृश्य देखिने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासाे)का अनुसार मंगलबार राति नेपाली आकाशमा उल्का खसिरहेको रोमान्चक दृश्य देख्न सकिनेछ । अत्यधिक सक्रियताको समयमा १५–२० वटा उल्का खसेको देख्न सकिने नासाेले जनाएको छ । नासाेकाे जानकारीअनुसार, मंगलबार राति १ बजेदेखि सूर्योदयसम्म उल्का खसेको दृश्य अवलोकन गर्न सकिनेछ । वैशाख ५ देखि नै वीणा उल्का वर्षा (लाइरिड..

    आलु संकलन गरी परीक्षणको लागि पठाउने तयारी

    मंगलवार, बैशाख ११, २०७५ साल
    बनेपा, ११ वैशाख आलु खन्ने समय शुरु हुन थालेपछि काभ्रेपलाञ्चोकको विभिन्न क्षेत्रका किसानले आलु संकलन गरी परीक्षणको लागि पठाउने तयारी गरेका छन् ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन(आलु)को बनेपास्थित कार्यालयले जिल्लामा बढी मात्रमा आलु फल्ने क्षेत्र पहिचान गरी त्यसमा के कतिको विषादी प्रयोग गरिएको छ भन्नेबारे किसान, उपभोक्ता एवं सरोकारवालालाई जानकारी दिन नमूना संकलन गर्दैआएको छ ।  सुपरजोन (आलु) बनेपा कार्यालयका प्रमुख किशोरप्रसाद..

    यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढायो

    सोमबार, बैशाख १०, २०७५ साल
    ललितपुर, १० वैशाख यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढाएको छ ।  नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले यार्सागुम्बा पाइने ठाउँमा गरिरहेको अध्ययनका क्रममा कर्णाली प्रदेशमा आर्थिक गतिविधि बढेको पाइएको हो । उक्त क्षेत्रमा बैंकिङ कारोवार बढेको वैज्ञानिक रामचन्द्र पौडेलले बताए ।  यार्सागुम्बा संकलन गर्ने क्रम बढ्दा केही समाजिक समस्या देखिए पनि आर्थिक उपार्जनका लागि बरदान भएको छ । उनले भने, “पहिले आर्थिक उपार्जन केही..

    दरवाङमा टेलिफोन सेवा विस्तार, टेलिफोनसँगै एडिएसएल इन्टरनेट पनि चलाउन सकिने

    आईतवार, बैशाख ९, २०७५ साल
    बाबियाचौर, म्याग्दी, ९ वैशाख सदरमुकाम बेनीदेखि २४ किमी पश्चिम अवस्थित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा तारजडित टेलिफोन सेवा विस्तार भएको छ । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मालिका गाउँपालिका– ५ देवीस्थानमा रिपिटर टावर स्थापना गरेर योङ जेनेरेशन नेटवर्क (एनजिएन) प्रविधिको टेलिफोन विस्तार गरेको हो । टेलिफोनसँगै एडिएसएल इन्टरनेट चलाउन सकिने प्रविधिको ११० लाइन टेलिफोन जडान गरिएको टेलिकम म्याग्दीका प्रमुख..

    मोबाइलमा भएको एप्सबाट खोल्न र बन्द गर्न सकिने खानेपानीको उद्घाटन

    आईतवार, बैशाख ९, २०७५ साल
    बनेपा, ८ वैशाख काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१३ साँगास्थित बुढाथोकी गाउँमा सम्पन्न भएको लिफ्ट खानेपानी आयोजना आइतबार खानेपानी मन्त्री बिना मगर र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संयुक्तरुपमा उद्घाटन गरेका  छन् ।  सो कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले राष्ट्रको ध्यान पुग्न नसकेको बाटो र बिजुली नपुग्ने तथा पानीको स्रोतहरुलाई केन्द्रित गरी काम गर्न नसकेको ठाउँमा कठिनाइ व्यहोर्दै आएका बस्तीमा खानेपानी सेवा..

    कम्प्युटर सिक्दै जनप्रतिनिधि, वडा र विषयगत समितिलाई एक–एक सेट ल्यापटप तथा कम्प्युटरको व्यवस्था

    शुक्रबार, बैशाख ७, २०७५ साल
    रुकुम, ७ वैशाख रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिले कम्प्युटर सिक्न शुरु गरेका छन् । गाउँपालिका तथा वडाबाट हुने सिफारिस, निवेदनलगायतका काम कम्प्युटरबाट गर्नुपर्ने भएपछि वडाध्यक्षहरु, गाउँपालिकामा गठन भएका छ वटा विषयगत समितिका संयोजक र गाउँपालिका उपाध्यक्षले कम्प्युटर सिक्न थालेका हुन् । कम्प्युटर प्रयोग गर्न नआउँदा समस्या हुने भएपछि जनप्रतिनिधिले तालीमको आयोजना गरेर सिक्न थालेका हुन् । प्रविधिमा कमजोर भएपछि गाउँपालिकाले नै जनप्रतिनिधिलाई प्रविधिका..

    मस्टवान्टेड सुचिमा रहेका व्यक्तिलाई समाउन विमानस्थलमा माइन्ड डिभाइस जडान

    बिहिवार, बैशाख ६, २०७५ साल
    काठमाडौँ ६, बैशाख : नेपाल प्रहरीले  प्रहरी खोजीमा रहेका व्यक्तिलाई आवतजावत गर्न नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अध्यागमनमा माइन्ड डिभाइस जडान गरेको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहकार्यमा प्रहरीले बिहीबारदेखि विमानस्थल र भैरहवाको अध्यागमनमा डिभाइस जडान गरेको हो । डिभाइसले प्रहरी खोजीमा रहेका, रेडक्रनर नोटिस जारी भएका व्यक्तिको पासपोर्टलाई ‘रिड’ गर्छ । यसअघि कुनै व्यक्तिलाई पक्राउ गर्न  वा आवजावतमा रोक लगाउन..

    आठराईमा खानेपानीको समस्या टार्न डिप बोरिङबाट पानी निकाल्न शुरु

    बिहिवार, बैशाख ६, २०७५ साल
    आठराई, तेह्रथुम, ६ वैशाख : खानेपानीको चर्को समस्यालाई हल गर्न तेह्रथुमको आठराई गाउँपालिकामा डिप बोरिङ प्रणालीबाट पानी निकाल्न शुरु गरिएको छ ।  गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै झुमेडाँडाबाट बिहिबार बिहानदेखि पानी निकाल्न शुरु गरिएको हो । बोरिङ गर्न शुरु गरेको दुई घण्टामै पानीको पहिलो सतह भेटिएको छ । काठमाडाँैमा रहेको क्रिस्टल ड्रिलिङ कम्पनीले सम्भाव्यता अध्ययन गरी बोरिङको काम शुरु गरेको हो ।  आठराई क्षेत्रको..

    त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइन दश महिनाभित्रै पूरा गरिने

    बुधबार, बैशाख ५, २०७५ साल
    नुवाकोट, ५ वैशाख निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनको काम पछिल्लो समय तीव्र बनाइएको छ ।  नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने उद्देश्यले १४ फागुन, २०६८ देखि निर्माण शुरु भएको उक्त प्रसारण लाइन निर्माणमा पछिल्लो समय तीव्रता दिइएको हो ।  दुई सय २० केभीको दोहोरो सर्किट प्रसारण लाइनको १४२ वटा टावरमध्ये ११० को फाउण्डेशन तयार भइसकेको माथिल्लो त्रिशूली थ्री..

    सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका डिप बोरिङबाट सुख्खा डाँडामा पनि खानेपानी

    बुधबार, बैशाख ५, २०७५ साल
    चौतारा, ५ वैशाख सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२, स्थित कोल्टा डाँडामा डिप बोरिङबाट खानेपानी निकालिएको छ ।  वडा कार्यालयको रु ३१ लाखको लगानीमा २५ किलोभोल्टको विद्युत् ट्रान्सफर्मरको सहायताले जमिनबाट ४०२ मिटर गहिराइमा ड्रिलिङ गरी डेढ इञ्च बराबरको स्वच्छ पानी निकालिएको हो ।  समुद्री सतहबाट करीब एक हजार ४०० मिटर उचाइमा रहेको सुख्खा डाँडाबाट स्वच्छ पानी निस्किएपछि सो वडाका ४४२ घर परिवारलाई खानेपानीमा सहयोग पुगेको..
    Results 659: You are at page 19 of 22
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last
    Weather Forecast