सोमबार, कार्तिक ४, २०७६

    विज्ञान/प्रविधि

    साउनदेखि इन्टरनेटको शुल्क बढ्दै, सेवाप्रदायकहरुले त्यसको भार उपभोक्तालाई बोकाउने !

    शुक्रबार, आषाढ १५, २०७५ साल
    काठमाडौँ, १५ असार आउँदो साउन १ गतेदेखि दुरसंचार सेवाको शुल्क बढ्ने भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि दुरसंचार सेवामा १३ प्रतिशत सेवा शुल्क लगाउने भएपछि सेवाप्रदायाकहरुले शुल्क बढाउने तयारी गरेका छन्। सरकारले आगामी वर्षदेखि इन्टरनेट तथा दुरसंचार सेवामा सेवा शुल्क लगाउने भन्दै आर्थिक विध्येकमा व्यवस्था गरेको छ। कर थप गरेपछि सेवाप्रदायकहरुले त्यसको भार उपभोक्तालाई बोकाउनेगरी हालको शुल्कमा सोही दरले बढाउने तयारी गरेका छन्।..

    बीस दिनभित्र वैदेशिक रोजगारीमा अनलाइन प्रणाली : श्रम मन्त्री विष्ट

    बुधबार, आषाढ १३, २०७५ साल
    काठमाडौँ, १३ असार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न आगामी २० दिनभित्र सबै कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, सम्बन्धित कम्पनी र सीपमूलक संस्थामा अनलाइन प्रणाली लागू गरिने बताएका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नका जवाफ दिँदै मन्त्री विष्टले वैदेशिक रोजगारीमा भएका ठगी र..

    नारायणगढ–मुग्लिन सडकका सूचनाहरू अब ‘एसएमएस’ बाटै थाहा पाउनुहोस्

    बुधबार, आषाढ १३, २०७५ साल
    रत्ननगर, चितवन १३ असार : नारायणगढ–मुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न ।  घरबाट साइत गरेर हिँडेको मान्छे नारायणगढबाट गाडी चढेपछि बाटो बन्द भएको थाहा पाउने अवस्था छ । कहिले पहिरो, कहिले दुर्घटना त कहिले गाडी बिग्रिएर सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती पाइरहेका बेला अब मुग्लिन सडकका सूचना एसएमएसबाटै प्राप्त गर्न सकिने भएको छ ।  यसअघि कालिका टिभी..

    मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा कम गर्छौं : सञ्चार मन्त्री बाँस्कोटा

    मंगलवार, आषाढ १२, २०७५ साल
    काठमाडौँ, १२ असार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताएका छन् ।  विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले दूरसञ्चार क्षेत्रको पूर्वाधार विकास गर्न जरुरी भएकाले मोबाइल इन्टरनेट केही महँगो भएपनि आगामी दिनमा त्यसलाई सस्तो बनाउँदै लैजाने..

    टेलिकमसँग टेलिफोन वार्ताको आवाज अभिलेख राख्ने प्रविधि नै छैन !

    सोमबार, आषाढ ११, २०७५ साल
    काठमाडौँ, ११ असार : ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ ।  टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख (कल डिटेल) रहने तर मानिसले फोनमा बोलेको आवाज रेकर्ड नहुने बताए  ।  “प्रहरीमा उजुरी परेर अदालतले आवाजको अभिलेख राख भने मात्र यस्तो प्रविधि जडान हुन्छ, सबै..

    सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच पुर्याउन जोड

    सोमबार, आषाढ ११, २०७५ साल
    काठमाडौँ, ११ असार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयअन्तर्गतका ३५ हजार सामुदायिक विद्यालयमध्ये हालसम्म आठ हजार १७४ विद्यालयमात्र सूचना प्रविधिका लागि कम्प्युटर शिक्षाको पहुँच पुगेको छ ।  कम्प्युटर पुगेका ती विद्यालयमा करीब ३५ प्रतिशतमात्र इन्टरनेट सेवा पुगेका छन् ।सबै विद्यालयमा कम्प्युटर शिक्षाका साथमा इन्टरनेटको सेवा पुर्याउने नीति मन्त्रालयलको छ । पूर्वाधार अभाव, स्रोतको अभावलगायतका कारणले कम्प्युटर पुगेका विद्यालयमा पनि इन्टरनेट सेवा पुग्न सकिरहेको..

    भूमि सुशासनसम्बन्धी पहिलो ‘मोबाइल एप्लिकेसन’को शुरुआत

    आईतवार, आषाढ १०, २०७५ साल
    काठमाडौँ, १० असार  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सुशासनसम्बन्धी पहिलो मोबाइल एप्लिकेसनको शुरुआत गरेको छ ।  मन्त्रालयमा आईतबार आयोजित कार्यक्रममा कृषिमन्त्री चक्रपाणि खनालले उक्त एप्लिकेसनको शुभारम्भ गर्दै यसमा मन्त्रालयका प्राथमिकता प्राप्त कार्यक्रमका उपलब्धिबारे जानकारी, मन्त्रालयअन्तर्गतबाट प्रदान हुने सेवा, वडापत्र, मन्त्रालयअन्तर्गतका कार्यालयको कार्यक्षेत्र, सेवाग्राहीले सेवा लिँदा पेश गर्ने निवेदनका ढाँचा, सम्बन्धित नीति नियम र कानूनबारे जानकारी, भूमि शब्दकोष, नापी क्यालकुलेटरलगायत सुविधा..

    इन्स्टाग्रामले ल्यायो आफ्नै ‘युट्युब’, एक घण्टाको भिडियो अपलोड गर्न सकिने

    बिहिवार, आषाढ ७, २०७५ साल
    एजेन्सी, ७ असार फोटो शेयरिङ एप इन्टाग्रामले प्रयोगकर्ताका लागि लामो भिडियोहरु समेत अपलोड गर्न सकिने फिचर सुरु गरेको छ । आइजीटिभी नामक यस फिचर मार्फत अब प्रयोगकर्ताले एक घण्टासम्मको भिडियो इन्स्टाग्राममा पोष्ट गर्न सक्नेछन् । जबकि अहिले इन्स्टाग्राममा अधिकतम १ मिनेटसम्मको मात्र भिडियो क्लिप पोष्ट गर्न सकिन्छ । इन्स्टाग्रामको यो नयाँ फिचरलाई युट्युब सँग तुलना गरिएको छ । लामो भिडियोहरु विज्ञापनयुक्त हुने..

    भीमदत्तनगर सहित पाँचवटा इलाका प्रहरी कार्यालयमा सिसिटिभी क्यामेरा जडान

    सोमबार, आषाढ ४, २०७५ साल
    भीमदत्तनगर, ४ जेठ कञ्चनपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय भीमदत्तनगरसहित पाँचवटा इलाका प्रहरी कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरेको छ ।  प्रहरीको केन्द्रीय कार्यलयको नीति अनुसार जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयहरु दोधारा– चाँदनी, झलारी, बेल्डाँडी, बेलौरी र त्रिभुवनबस्तीमा सिसिटिभी क्यामेरा जडान गरिएको प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए । जिल्लामा पहिलो पटक कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।  कार्यालयको प्रवेशद्वार, थुनुवा..

    प्रभु समूहद्वारा ‘प्रभु टिभी’ को सेवा सुरु, देशव्यापीरुपमा सेवा विस्तार गर्ने घोषणा

    आईतवार, आषाढ ३, २०७५ साल
    काठमाडौं, असार ३ ।  प्रभु समूहले पहिलो पटक डिजिटल भिडियो प्रशारणमा आधारित भएर प्रभु टिभीको सेवाको सुरुवात गरेको छ । राजधानीको लाजिम्पाटस्थित होटल साँग्रिलामा पत्रकार सम्मेलनको आयोजना गरेर कम्पनीले सेवाको औपचारिक सुरुवात गरेको हो । सो अवसरमा प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचनले उक्त सेवाको प्रदर्शन गरि शुभारम्भ गरेका हुन् ।  उक्त अवसरमा बोल्दै अध्यक्ष भट्टचनले आफूहरुले निम्न आय भएका आम घरपरिवारले..

    धवलागिरि क्षेत्रका ८० ठाउँमा ‘थ्रिजी’ सेवा विस्तार, १ सय १४ स्थानबाट ‘टुजी’ सेवा सञ्चालन

    आईतवार, आषाढ ३, २०७५ साल
    बागलुङ, ३ असार : धवलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तार भएको छ । हाल ८० ठाउँबाट ‘थ्रिजी’ सेवा सञ्चालन भइरहेको नेपाल टेलिकमले जनाएको छ । गत वर्ष जम्मा २१ ठाउँमा मात्र ‘थ्रिजी’ सेवा थियो । सबैभन्दा बढी बागलुङका ४० ठाउँबाट सेवा दिइएको टेलिकमको बागलुङ कार्यालयले जनाएको छ ।  यस्तै, म्याग्दीमा १६, पर्वतमा १४ र मुस्ताङमा १० स्थानमा..

    हजुरले आइफोनमा ब्याट्रीको समस्या झेल्दै आउनुभएको छ ? अब समस्याबाट छुट्करा !

    शुक्रबार, आषाढ १, २०७५ साल
    एजेन्सी, १ असार    जेनरेशन नेक्स्ट कम्यूनिकेसन एप्पलको आधिकारिक बितरक आइफोनमा ब्याट्रीको समस्या भोगिरहेका ग्राहकलाई सटही सुविधा दिने भएको छ। ति ग्राहकले १० हजार रुपैयाँ तिरेर आफ्नो आइफोन साट्न सक्ने कम्पनीले जनाएको छ। जेनरेशन नेक्स्ट कम्यूनिकेसनको कार्यालय शेर्पा मलमा गई ग्राहकले आफ्नो आइफोन साट्न सक्ने छन्। साथै कम्पनीले एप्पलका उत्पादन खरिद गर्दा सक्कली भ्याटबिल लिन तथा आधिकारिक च्यानलबाट मात्रै खरिद गर्न आग्रह गरेको छ।..

    सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्याएकालाई दिइने 'आइसिटी अवार्ड' भदौ १ मा हुने

    बिहिवार, जेष्ठ ३१, २०७५ साल
    काठमाडौँ, ३१ जेठ  सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्याएकालाई सम्मान गर्न यस वर्षको ‘आइसिटी अवार्ड–२०१८’ आगामी भदौ १ गते हुने भएको छ ।  लिभिङ विथ आइसिटी मिडियाले विभिन्न सात विधामा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्दै आएकोे बिहिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मिडियाका निर्देशक राजन लम्सालले जानकारी दिए । उनले नेपालको सूचना प्रविधि क्षेत्रको विकास र प्रवद्र्धनका लागि गरिएको प्रयाससँगै अग्रजलाई सम्मान र नयाँलाई..

    वैज्ञानिकहरूका अनुसार पृथ्वीको दिन लम्बिँदै, चन्द्रमाले पृथ्वीको परिक्रमा गर्ने कक्षमा परिवर्तन

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    वासिङ्गटन, एजेन्सी,३० जेठ  एक अध्ययनमा १ अर्ब ४० अर्ब वर्ष पहिला पृथ्वीमा एक दिन मात्र १८ घण्टा हुने गरेको तथ्य पत्ता लागेकोे छ। चन्द्रमा पृथ्वीबाट टाढिने क्रम जारी रहेकाले हाम्रो ग्रहमा दिन लामो भइरहेको वैज्ञानिकहरूले बताएका छन्।  विज्ञानसम्बन्धी एक पत्रिका द नेसनल एकेडमी अफ साइन्सेजमा यस अध्ययनले चन्द्रमा र पृथ्वीको सम्बन्धको गहिरो इतिहासलाई पुनः स्थापित गरेको छ। अध्ययनमा १ अर्ब ४० करोड..

    अब सधैको लागि बन्द हुँदै याहु मेसेन्जर, छिटो भन्दा छिटो आफ्नो च्याट हिस्ट्री डाउनलोड गर्नुहोस् !

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    एजेन्सी, २८ जेठ  याहूको इन्स्टेन्ट मेसेजिङ एप याहू मेसेन्जर आगामी १७ जुलाई देखि सधैंको लागि बन्द हुने भएको छ । वर्षौँ पुरानो याहू मेसेन्जर अहिले पनि प्रयोग गरिरहेका प्रयोगकर्तालाई नयाँ ग्रुप मेसेजिंग एप स्क्विरल रिडाइरेक्ट गरिनेछ । द नेक्स्ट वेबले याहू मेसेन्जर बन्द हुन लागेको सार्वजनिक गरेको हो । जुलाईमा बन्द भए पनि आगामी ६ महिनाभित्र भने प्रयोगकर्ताले आफ्नो च्याट हिस्ट्री डाउनलोड गर्न..

    ‘नेपाल टेलिकम’ एप नयाँ रुपमा, सम्पूर्ण सेवाहरुको महसुल दर बारे जानकारी लिन सकिने !

    आईतवार, जेष्ठ २७, २०७५ साल
          काठमाडौँ, २७ जेठ  टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ। नयाँ एपमार्फत जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको बारेमा जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा टेलिकमको प्याकेज खरिद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिन्छ। त्यसैगरी FNF Service बाट टेलिकमका आफूले चाहेका ५..

    सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसा बढ्दै

    शनिबार, जेष्ठ २६, २०७५ साल
    बैतडी, २६ जेठ   सञ्चार र प्रविधिको विकास तथा पहुँच पुगेसँगै यसको दुरुपयोग पनि हुने गरेका छन् ।  पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसाका घटना बढ्दै गएका छन् ।  मोबाइल, इन्टरनेट लगायतका प्रविधिको दुरुपयोगले बैतडीमा पनि बालविवाह चुनौतीपूर्ण बन्दै गएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृृत गणेश शाहीले जानकारी दिए ।  सञ्चार क्षेत्रको विकास भएसँगै पछिल्लो समयमा ग्रामीणस्तरमा पनि सबै नागरिकको..

    नेपाल टेलिकमले बिच्छ्यायो ३ सय ७५ किलोमिटर एडिएसएल अप्टिकल फाइबर

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    काठमाडौँ, २५ जेठ  नेपाल टेलिकमले बैशाख मसान्तसम्म ३७५ किलोमिटर दुरीमा अप्टिकल फाइबर बिच्छ्याएको छ। असार मसान्तसम्म थप १७५ किमि एडिएसएल अप्टिकल फाइबर बिच्छ्याउने कम्पनीको लक्ष्य छ। सेवाहरुको स्तरोन्नती गर्दै गुणस्तर बृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तार कार्यलाई तीव्रताका साथ अघि बढाइएको टेलिकमले जनाएको छ। आर्थिक वर्ष २०७५/७६ को प्रथम चौमासिक अवधिमा बाँकी ४ सय ५० किलोमिटर थप जडान कार्य सम्पन्न गरी कुल..

    ‘हेलो मुख्यमन्त्री’ हटलाइन सेवा शुभारम्भ, समस्याको सम्बोधन भएको प्रत्याभूति गराउने उद्देश्य

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    सुर्खेत, २४ जेठ  कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहिबारबाट हेलो मुख्यमन्त्री हटलाइन सेवा शुभारम्भ गरेको छ ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नरहरिनाथ गाउँपालिका कालीकोटका प्रेम सार्की र रुकुम पश्चिम मुसिकोट नगरपालिकका दीपक बाँठा मगरका प्रतिक्रिया लिएर हटलाइन सेवाको उद्घाटन गरे ।  हेलो कार्यक्रममा सार्कीले आफ्नी आमाको हत्यारालाई कारवाहीको माग राखेका थिए भने बाँठामगरले त्रिभुवन जनता माविको भवन निर्माण र खानेपानी..

    ‘ट्रेण्डिङ टपिक्स’ हटाएर फेसबुकले ल्याउँदैछ नयाँ फिचर

    बुधबार, जेष्ठ २३, २०७५ साल
    एजेन्सी, २३ जेठ  फेसबुकले ४ वर्षपछि आफ्नो साइटमा रहेको ट्रेण्डिङ न्यूज फिचर बन्द गर्दैछ । फेसबुकका एकजना अधिकारीले सञ्चार माध्यमहरुलाई बताए अनुुसार यो फिचर निकै पूरानो भएको र मानिसहरुबीच खासै लोकप्रिय पनि नभएको हुँदा बन्द गर्न थालिएको हो । उनका अनुसार ट्रेण्डिङ फिचरको विदाइसँगै फेसबुकले एक अर्को नयाँ फिचरको परीक्षण पनि गरिरहेको छ । समाचार अनुसार अब फेसबुकले ब्रेकिंग न्यूज नामक फिचरको परीक्षण गर्दैछ..

    भारतद्वारा आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

    सोमबार, जेष्ठ २१, २०७५ साल
    चन्डिपुर, उडिसा, २१ जेठ भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ ।  भारतको उडिसास्थित अब्दुल कलाम टापूको इन्टिग्रेटेड टेस्ट रेन्जबाट ब्यालिस्टिक मिसाइल अग्नी–५ को बिहान ९ः४८ मा सफल परीक्षण गरिएको हो । अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको मार हान्ने क्षमता पाँच हजार किलोमिटर टाढासम्म रहेको र यो चीनका प्राय भागमा पुग्ने क्षमता भएको क्षेप्यास्त्र हो । अग्नी–५ सवैभन्दा लामो दूरी मार हान्ने..

    ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध विद्यार्थीले २१ नयाँ उपकरण निर्माण

    आईतवार, जेष्ठ २०, २०७५ साल
    नुवाकोट, २० जेठ ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध यहाँका विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण निर्माण गरेका छन् ।  लिखु गाउँपालिकामा जन्मेर डिप्लोमा इञ्जिनियर अध्ययनरत विद्यार्थी मिलेर क्लबमार्फत ड्रोन, सुरक्षा संवेदनशीलता उपकरण, हाइड्रोलिक डोजर, सेन्सरलगायतका पछिल्लो समयको विकसित आधुनिक उपकरण प्रयोगमा ल्याएका हुन् । उक्त उपकरण लिखु गाउँपालिका–१ स्थित नारायणदेवी माविमा प्रदर्शनीमा समेत राखिएको छ ।  अध्ययनका क्रममा सिकेको सीपलाई..

    इन्टरनेट १३% महङ्गो : ग्राहकको ढाड सेकाउन खोजेको व्यवसायीको आरोप

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    काठमाडौँ,१८ जेठ सरकारले दुरसञ्चार सेवा अन्र्तगत इन्टरनेटमा पनि थप १३ प्रतिशत दस्तुर लगाउने भएको छ । योसँगै इन्टरनेटसेवामा पनि ग्राहकले तिर्ने दस्तुर बढ्ने भएको छ ।  सरकारले बजेट मार्फत गाउँ—गाउँमा इन्टरनेट पुर्याउने, र सरकारी करोबारमा ई—पेमेन्टलाई बढावा दिने भनेको छ तर इन्टरनेटमा लाग्ने दस्तुर भने थप गरेको छ, एक इन्टरनेट व्यवसायीले दुखेसो पोखे ।  ग्रामिण दुरसञ्चार सेवा  (आरटिडिएस) २ प्रतिशत, रोयल्टी वापत ४..

    एप्पल विरुद्धको कानूनी लडाइँमा सामसुङले हार्यो, झण्डै ५८ अर्ब रुपैयाँ जरिवाना तिर्नुपर्ने !

    बुधबार, जेष्ठ १६, २०७५ साल
    एजेन्सी, १६ जेठ  एप्पल र सामसुङ दुनियाका सबैभन्दा ठूला स्मार्टफोन निर्माता कम्पनीको रुपमा रहेका छन् । यी दुई कम्पनीहरु गत सात वर्षयता अमेरिकामा पेटेन्टसँग सम्बन्धित एउटा पेचिलो कानूनी लडाइँ लडिरहेका छन् । त्यसमध्ये एउटा मुद्दामा गत २४ मे मा फैसला भयो । जसमा एप्पलले जित हात पारेको छ र अब दक्षिण कोरियाली कम्पनी सामसुङले एप्पललाई झण्डै ५८ अर्ब रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । अमेरिकाको..

    सर्च इञ्जिन गुगलको डुडलमा सगरमाथा र गणतन्त्र दिवस देखाईयो !

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    काठमाडौँ, जेठ १५ सर्च इञ्जिन गुगलले नेपालको गणतन्त्र दिवस र सगरमाथा दिवस (एभरेष्ट डे) काे अवसरमा मा विशेष डुडल सार्वजनिक गरेको छ । गुगलले बनाएको डुडलमा हिमालको चित्रलाई बीचमा राखेर ध्वजापतका फहराइएको छ । गुगलले विशेष दिन र अवसरहरुमा यस्ता डुडल सार्वजनिक गरेर ती दिनलाई महत्व दिने गरेको छ । मे २९ तारिखमा तेन्जिङ नार्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथामा पहिलाे पटक..

    युट्युब च्यानल सञ्चालनमा युवा आकर्षण बढ्दो, आयका साथै संस्कृति प्रचारप्रसार गर्न सहज

    सोमबार, जेष्ठ १४, २०७५ साल
    भीमदत्तनगर, १४ जेठ सामाजिक सञ्जालको सदुपयोगसँगै दुरुपयोग पनि भएको खबर त सबैले सुने-देखेकै छौँ । अझ युवापुस्ता बढी संख्यामा यसको प्रयोगकर्ता रहेको छ । पछिल्लो समय कञ्चनपुरमा फेसबुक, ट्विटरसँगै शहर क्षेत्रमा बसोबास गर्ने युवा युट्युब च्यानल सञ्चालनमा ल्याएर यहाँको पर्यटन प्रर्वद्धनसँगै लोकसंस्कृति र विभिन्न प्रकारका कार्यक्रमलाई प्रचारप्रसार गरिरहेका छन । छ महिनादेखि भीमदत्तनगरका युवा व्यापारी करनसिंह पालले ‘खोज टिभी’ युट्युब च्यानल सञ्चालनमा..

    धानखेतीमा जलवायु परिवर्तनको असरका कारण किसान चिन्तामा

    सोमबार, जेष्ठ १४, २०७५ साल
    ललितपुर, १४ जेठ सुनाकोठीका हरी महर्जनलाई गत चैतदेखि अर्थात् वर्षा पहिले नै पानी परिरहेकाले कतै असारमा सुक्खा भएर धान रोप्न नपाइने हो कि भन्ने चिन्ता छ ।  पहिले पहिले वैशाख– जेठमा गर्मी र असार लागेपछि वर्षा शुरु हुन्थ्यो । अहिले कुन महिनामा कस्तो मौसम हुन्छ भन्ने टुङ्गो छैन । त्यसैले असारमा पानी नै नपरेर सुक्खा हुँदा रोपाइँ गर्न नपाइने हो कि भन्ने..

    इजिप्टको उच्च अदालतद्वारा भिडियो साइट यूट्यूवमाथि अस्थायी प्रतिबन्ध लगाउन आदेश

    सोमबार, जेष्ठ १४, २०७५ साल
    काएरो, इजिप्ट, १४ जेठ (रासस/एएनआई) : इजिप्टको उच्च अदालतले इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदलाई बदनाम गरेको आरोपमा भिडियो साइट यूट्यूबलाई एक महिनाका लागि प्रतिबन्ध लगाउने निर्णयलाई अनुमोदन गरेको छ ।  अदालतको निर्णय अन्तिम भएको भन्दै यस उपर पुनरावेदन नहुने बताइएको छ ।  मोहम्मद हमिद सालेम नामक एक वकीलले यूट्यूबविरुद्ध निजी लगानीमा क्यालिफोर्नियामा निर्मित १३ मिनेट लामो भिडियोमार्फत सन् २०१२ मा इजिप्ट र अन्य..

    उद्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण, अब समाधान खोज्न लाग्नुपर्ने

    आईतवार, जेष्ठ १३, २०७५ साल
    ललितपुर, १३ जेठ काठमाडौं उपत्यकामा विभिन्न किसिमका उद्योगले भन्दा यातायातका साधनले वायु प्रदूषण बढी गराएका एक अध्ययनले देखाएको छ ।  वातावरण विभागले गरेको एक अध्ययनले उपत्यकाको वायु प्रदूषणमा सवारीसाधनको अधिक भूमिका रहेको देखाएको हो । हावामा कुन–कुन ग्यासको मात्रा कति छ भनेर जान्नका लागि गत वर्ष रत्नपार्कमा उपकरण जडान गरिएको थियो । त्यसमा गाडीले फाल्ने धुवाँ बढी पाइएको हो । विभागका उप–महानिर्देशक..

    अब नेपालमा नै स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि भित्रियो

    शुक्रबार, जेष्ठ ११, २०७५ साल
    काठमाडौँ, ११ जेठ तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला ।  सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रूपान्तरण गर्ने योजना अगाडि सारे पनि प्रविधिको अभावमा लामो समयदेखि अनुमतिपत्रका लागि प्रतीक्षा गरिरहनु परेको छ ।  नेपालका आफ्नै प्रविधिको अभावमा त्यसखालको समस्या भोग्नुपरेको भन्दै सूचना प्रविधिको क्षेत्रमा अब्बल विश्वप्रसिद्ध अमेरिकन कम्पनी जेब्राको सहयोगमा..
    Results 659: You are at page 18 of 22
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last
    Weather Forecast