बिहिवार, भाद्र ५, २०७६

    विज्ञान/प्रविधि

    लङ मार्च रकेटको २८६औं अभियान - चीनले रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण गर्यो

    मंगलवार, असोज २३, २०७५ साल
    जिक्वान, चीन, २३ असोज  चीनले जिक्वान अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट दुईवटा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक मङ्गलबार प्रक्षेपण गरेको छ ।  चिनीया अधिकारीहरुका अनुसार यी दुबै उपग्रहहरु लङ मार्च–२सी रकेटको प्रयोग गरी अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । यी उपग्रहहरु इलेक्ट्रोम्याग्नेटिक वातावरण सर्भेक्षण र यससँग सम्बन्धित अन्य प्रविधि परीक्षणमा उपयोग गरिने छ ।  लङ मार्च रकेटको यो २८६औं अभियान हो । ..

    'लिफ्टिङ' प्रविधिबाट खानेपानी योजना सम्पन्न भएपछि स्थानिय बासिन्दाको दुःख हट्यो

    सोमबार, असोज २२, २०७५ साल
    काभे्रपलाञ्चोक, २२ असोज मण्डन देउपुर नगरपालिका–११ तार्केन्टारका बासिन्दाले करीब १०० मिटर तलको इनारबाट पानी घरघरमा आउला भनेर सोचेका थिएनन् । प्रविधिका कारण नसोचेको काम सफल भएपछि तार्केन्टारका बासिन्दा निकै खुशी छन् ।  सोलार (सौर्य ऊर्जा) लिफ्टिङ प्रविधिबाट खानेपानी योजना सम्पन्न भएपछि अहिले यहाँका बासिन्दाको दैनिकी फेरिएको छ । पिउन, घरधन्दा तथा नुहाइधुवाइ गर्न दिनभरजसो एक घण्टाको उकालोमा पानी बोक्नुपर्ने बाध्यता हटेको छ..

    अस्पतालमा डिजिटल कम्प्युटर जडानपछि चिकित्सकलाई उपचार गर्न सजिलो बन्दै

    आईतवार, असोज २१, २०७५ साल
    बाजुरा, २१ असोज  जिल्ला अस्पतालमा डिजिटल कम्प्युटर रिडेबल उपकरण जडानपछि चिकित्सकलाई उपचार गराउन सजिलो भएको छ । एक्स–रे र उपचार सेवालाई भरपर्दो तथा प्रभावकारी बनाउन दुई महीनाअगाडि जडान गरिएको आधुनिक प्रविधिको उक्त उपकरणको सहयोगमा अहिले उपचार गराउन सजिलो भएको कार्यालय प्रमुख रूपचन्द्र विश्वकर्माले बताएका छन् । बडिमालिका नगरपालिकाले सहयोगस्वरूप उपलब्ध गराएको रू १६ लाखबाट जडान गरिएको उक्त उपकरणबाट स्थानीयवासीलाई जिल्ला तहमै भरपर्दो..

    विश्व तापमान वृद्धि हुँदा देखिने जोखिम र उपायबारे विशेष प्रतिवेदन तयार

    शुक्रबार, असोज १९, २०७५ साल
    काठमाडौँ, १९ असोज  विश्वव्यापी तापक्रम १ दशमलव ५ देखि २ डिग्री सेल्सियस वृद्धि हुँदा देखिने सम्भावित प्रभाव, जोखिम र त्यसलाई सम्बोधन गर्न सकिने उपायबारेमा विशेष प्रतिवेदन तयार भएको छ ।  दक्षिण कोरियाको सोङ्डो शहरमा यही अक्टोबर १ देखि ५ सम्म सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसिसी) को ४८औँ बैठकले सो प्रतिवेदन तयार गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । विश्वव्यापी तापक्रम..

    राजधानीमा सुरक्षालाई थप मजबुत बनाउन १८ सय स्थानमा सिसी क्यामेरा जडान

    बुधबार, असोज १७, २०७५ साल
    काठमाडौँ, १७ असोज  काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ ।  यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो । प्रहरीले उपत्यकामा करीब ५०० भन्दा बढी क्यामेरा जडान गरेको छ ।  अब जडान गर्ने अरु एक हजार..

    प्राकृतिक स्रोतलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नुपर्नेमा प्रविधिमन्त्री बाँस्कोटाको जोड

    मंगलवार, असोज १६, २०७५ साल
    काभ्रेपलाञ्चोक, १६ असोज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राकृतिक स्रोतमाथिको आक्रमणका कारण खानी र पानी सँगै नचल्ने बताएका छन्  काभे्रपलाञ्चाकको धुलिखेलमा मंगलबार आयोजित ‘स्थानीयस्तरमा खानेपानी व्यवस्थापन विषय’को गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘अनधिकृत रुपमा प्राकृतिक स्रोतमाथि दोहन भइरहेको छ, यसले सङ्कट निम्त्याउँछ भन्नेमा सबैले ध्यान दिनुपर्छ, खानी र पानी सँगै चल्दैन ।’ उनले पानीको स्रोत भएका अधिकांश क्षेत्रमै ढुङ्गाखानी..

    भूमिगत अप्टिकल फाइवर लाइन ध्वस्त भएपछि टेलिफोन अवरुद्ध

    सोमबार, असोज १५, २०७५ साल
    विराटनगर, १५ असोज  विराटनगर महानगरपालिकामा यही असोज १२ गतेदेखि केही क्षेत्रमा टेलिफोन अवरुद्ध भएको छ ।  शनिमन्दिरदेखि केशल्या जान निर्माण भइरहेको छ लेनको बाटामा नाला बनाउने क्रममा भूमिगत अप्टिकल फाइवर लाइन ध्वस्त भएपछि टेलिफोन अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय विराटनगरमा प्राविधिक अधिकृत बच्चुराज खतिवडाले जानकारी दिए ।  नाला बनाउने क्रममा ३०० लाइन र ९०० लाइनका दुई संरचना ध्वस्त भएकाले सो क्षेत्रमा वितरित ७००..

    सोसल मिडिया साइट फेसबुकका झण्डै ९ करोड प्रयोगकर्ता ह्याकरको निसानामा

    आईतवार, असोज १४, २०७५ साल
    एजेन्सी, १४ असोज सोसल मिडिया साइट फेसबुकका झण्डै ९ करोड प्रयोगकर्ता ह्याकरको निसानामा परेका छन् । फेसबुकमा एक गम्भीर सुरक्षा त्रुटी देखापरेको र त्यसबाट ९ करोड प्रयोगकर्ता प्रभावित भएको फेसबुकले शुक्रबार जनाएको छ । यद्यपि, यो समस्या मंगलबार देखिएको र समाधान भैसकेको पनि फेसबुकले जनाएको छ । ह्याकरहरुले फेसबुकको View As फिचरको दुरुपयोग गरी प्रयोगकर्ताका डाटा लिक गरिदिएका छन् । फेसबुकको यो फिचरले..

    चिनीया बहुराष्ट्रिय कम्पनी हुवावे विरुद्ध अस्ट्रेलिया, अमेरिकाको नयाँ प्रस्ताव

    शुक्रबार, असोज १२, २०७५ साल
    सिड्नी, १२ असोज  संयुक्तराज्य अमेरिका र प्रशान्त महासागरीय देशहरुको गठबन्धनले पपुवा न्यू गिनी (पिएनजी)मा सञ्चार सञ्जाल निर्माण गर्नबाट चिनीया बहुराष्ट्रिय कम्पनी हुवावेलाई रोक्ने तयारी भइरहेको अस्ट्रेलियास्थित अमेरिकी कुटनीतिज्ञले बताएका छन् । प्रशान्त क्षेत्रमा बढ्दो चिनीया प्रभावलाई नियन्त्रण गर्न यस्तो कदम चाल्नु परेको उनको भनाइ छ ।  पिएनजीको इन्टरनेट पूर्वाधार निर्माणमा चिनीया कम्पनी हुवावे मुख्य प्रतिस्पर्धी हो, तर अमेरिका, अस्ट्रेलिया र जापानबीच उक्त..

    भारतद्वारा क्षेप्यास्त्रको सफल परीक्षण, २० देखि ८० किलोमिटर उचाइमा अचूक निशाना

    बिहिवार, असोज ११, २०७५ साल
    नयाँदिल्ली, ११ असोज  भारतले अस्त्र नामको आकाशबाट आकाशमै मार हान्नसक्ने भारतमै निर्मित क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । भारतको पूर्वी उडिसा प्रान्तको तटीय क्षेत्रमा बुधबार अपराह्न क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।  भारतीय वायू सेनाको एसयू–३० लडाकू बिमानबाट उक्त क्षेप्यास्त्र परीक्षण गरिएको थियो । परीक्षण गरिएको क्षेप्यास्त्रले सही निशानामा प्रहार गरेको पनि मन्त्रालयले जनाएको छ ।  भारत सरकारको स्वामित्वमा..

    राजपुर गाउँपालिकाद्वारा गौरीशङ्कर विद्यालयलाई कम्प्युटर र सोलार प्रदान

    बुधबार, असोज १०, २०७५ साल
    लमही, १० असोज दाङको बिकट क्षेत्रको एक विद्यालयमा कम्प्युटर र सोलार जडान गरिएको छ । राजपुर गाउँपालिकाको गौरीशङ्कर आधारभूत विद्यालयलाई गाउँपालिकाले सीमा विकास कार्यक्रमअन्तर्गत रु नौ लाख बराबरको दुई किलोवाटको सौर्य ऊर्जा, चारवटा कम्प्युटर, दुईवटा ल्यापटप, एउटा प्रिन्टरलगायतका सामान विद्यालयलाई उपलब्ध गराएको हो ।  कम्प्युटर जडानसँगै विद्यार्थीलाई कम्प्युटरमा पठनपाठन गराउन सहज हुने विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर बिकले बताए । विद्यालयमा सुनपथरी नाका, सुकैया..

    त्रिविवि शिक्षण अस्पताललाई जापान सरकारद्वारा चिकित्सकीय उपकरण सहयोग

    सोमबार, असोज ८, २०७५ साल
    काठमाडौँ, ८ असोज   चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको अग्रणी संस्था त्रिविवि शिक्षण अस्पताललाई जापान सरकारले चिकित्सकीय उपकरण सहयोग उपलब्ध गराएको छ ।  तेस्रो चरणको सहयोग कार्यक्रम अन्तर्गत जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले करीब रु एक अर्ब बराबरको भौतिक एवं चिकित्सकीय उपकरण अस्पताललाइ प्रदान गरेको हो । यहाँ सोमबार आयोजित कार्यक्रममा प्रदान गरिएका ती सामग्रीमा डिजिटल मनोग्राफ, सिएम एक्सरे मसिन, भेन्टिलेटर, प्याटिएण्ट..

    जापानमा बसेका युवाको सक्रियतामा भिडियो एक्स–रे मसिन सहयोग

    आईतवार, असोज ७, २०७५ साल
    बलेवा, ७ असोज  जापानमा बसेका युवाको सक्रियतामा बागलुङको एक स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मसिन सहयोग गरिएको छ ।  गलकोटस्थित हटिया स्वास्थ्य चौकीलाई घुम्टे युवा परिवार जापान र शिवज्योति युवा क्लब जापानमार्फत उक्त सहयोग जुटेको हो । जापानमा तीज विशेष मेला आयोजना गरेर सङ्कलित रु सात लाख ५० हजारबाट मसिन खरीद गरिएको घुम्टे युवा परिवार जापानका अध्यक्ष दिलबहादुर थापाले बताए ।  भिडियो एक्स–रे नहुँदा..

    शैक्षिक गुणस्तर सुधार्न सामुदायिक विद्यालयलाई कम्प्युटर

    शुक्रबार, असोज ५, २०७५ साल
    हुम्ला, ५ असोज  हुम्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न खार्पुनाथ गाउँपालिकाका दुई माध्यमिक विद्यालयलाई गुडनेवर्स इन्टरनेशनल र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले कम्प्युटर वितरण गरेको छ ।  गुडनेभर्स इन्टरनेशनलको आर्थिक सहयोग र किर्डाक नेपाल हुम्लाद्वारा सञ्चालित शिक्षा कायक्रमअन्तर्गत गाउँपालिकाको सीता मावि, छिप्रा र मालिका मावि, लालीलाई कम्प्युटर वितरण गरिएको गुडनेभर्स इन्टरनेशनल हुम्लाका संयोजक मनकुमार राईले बताए ।  विद्यार्थीलाई प्राविधिक..

    त्रिभुवन विश्वविश्वविद्यालयको दीक्षान्त फाराम अनलाइनबाट, ई–सेवाबाटै शुल्क भुक्तानी

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज  त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।  योसँगै अब परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर फाराम भर्नुपर्ने र बुझाउनुपर्ने झन्झटिलो व्यवस्था हट्ने भएको छ । विगत वर्षमा विद्यार्थीले भदौ महीनामा फाराम भर्न आउनुपर्ने र पुनः दोस्रो पटक दीक्षान्त समारोहमा भाग लिन आउनुपर्ने बाध्यता थियो । भदौ..

    अब गर्भवतीले गर्भ जाँच गराउन भोजपुर जिल्ला बाहिरका अस्पताल जानुनपर्ने !

    बुधबार, असोज ३, २०७५ साल
    भोजपुर, ३ असोज पौवादुङ्मा गाउँपालिकाका गर्भवतीले गर्भ जाँच गराउन जिल्ला बाहिरका अस्पताल जानुपर्ने समस्या हटेको छ । गाउँपालिकालाई वान हर्ट वल्र्ड वाइट नेपालले भिडियो एक्सरे मेशिन हस्तान्तरण गरेसंँगै सो समस्या हटेको गाउँपालिकाले जनाएको छ ।  वान हर्टले गाउँपालिकालाई करीब रु १० लाख बराबरको यन्त्रसंँगै सो सञ्चालनका लागि आवश्यक जनशक्तिसमेत दिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए । सो यन्त्रबाट तत्काललाई मानेडाँडा स्वास्थ्यचौकीबाट..

    स्याङ्जाको वालिङ १३ बोधिभञ्ज्याङमा बहुप्राविधिक शिक्षालय संचालन

    मंगलवार, असोज २, २०७५ साल
    वालिङ, २ असोज स्याङ्जाको वालिङ १३ बोधिभञ्ज्याङमा बहुप्राविधिक शिक्षालय खुलेको छ ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को आङ्गिक संस्थाको रुपमा आँधीखोला बहुप्राविधिक शिक्षालय सञ्चालनमा आएको हो । बहुप्राविधिक शिक्षालयमा तीन वर्षे स्नातक तहको बाली विज्ञान विषयमा ४० जना विद्यार्थीले अध्ययन गर्ने छन् । “भदौ २७ देखि फारम वितरण गरेका हौं” शिक्षालयका प्रमुख नवीनकिशोर गैह्रेले भने ।  “शिक्षालयका लागि नेपाल सरकारबाट..

    मोबाइल सुरक्षालाई विशेष ध्यान दिँदै ‘मेरो सुरक्षा प्रालि’ र प्रिमियर इन्स्योरेन्सद्वारा बीमा योजना शुरु

    सोमबार, असोज १, २०७५ साल
    काठमाडौँ, १ असोज  मोबाइल हरायो, बिग्रियो भनेर अब चिन्ता गर्नु नपर्ने भएको छ । मोबाइल सुरक्षालाई विशेष ध्यान दिँदै प्रिमियर इन्स्योरेन्सले मोबाइल बीमा योजना शुरु गरेको छ । सोमबार यहाँ आयोजित एक कार्यक्रममा ‘मेरो सुरक्षा प्रालि’ र प्रिमियर इन्स्योरेन्सबीचमा मोबाइल बैंकिङसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  मेरो सुरक्षाले दिँदै आएको मोबाइल सुरक्षा योजनामा सहभागी हुनेको मोबाइल बीमा गराउने लक्ष्यका साथ एक कार्यक्रमका..

    सफाइमा ५ जेट मेशिन यन्त्रको पहिलो पटक प्रयोग गर्दै कामपाको सक्रियता

    आईतवार, भाद्र ३१, २०७५ साल
    काठमाडौँ, ३१ भदौ  काठमाडौँ महानगरपालिकाले सफा शहर राख्नका लागि पाँच ठूला यन्त्र (जेट मेशिन) सञ्चालनमा ल्याएको छ । यन्त्रको पहिलो पटक प्रयोग गर्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले फोहर व्यवस्थापनप्रति जिम्मेवारीवोध गर्ने हो भने थोरै उपकरणले पनि शहरलाई दिगो रूपमा सफा राख्न सकिने बताए ।  महानगरका उपप्रमुख हरिप्रभा खड्गीले नागरिकले महसुस गर्ने गरी सफा शहर बनाउन हतार भइसकेकालेकाम गर्ने शैलीमा पनि केही परिवर्तन..

    बाह्रविसेको भोटेकोशी नदीको पुलमा बाढीको सूचना दिने ‘साइरन’ जडान

    आईतवार, भाद्र ३१, २०७५ साल
    चौतारा, ३१ भदौ  सिन्धुपाल्चोकको बाह्रबिसे बजारस्थित भोटेकोशी नदीको पुलमा बाढीको पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ ।  ‘हरिमाया फाउण्डेशन’ नामक संस्थाले जडान गरेकोको उक्त यन्त्रले तीन किलोमिटर टाढासम्म साइरनद्वारा बाढीको पूर्व सूचना दिने काम गर्ने संस्थाका कार्यकारी सदस्य नवीन श्रेष्ठले जानकारी दिए ।  हालै मात्र उक्त यन्त्र जडान गरिएको र स्थानीयवासीको माग भई आएमा अन्य स्थानमा पनि जडान गरी मानवीय क्षति हुनबाट..

    चन्द्रमामा पर्यटक लैजान स्पेसएक्सले बीग फाल्कन रकेटको प्रयोग गर्ने

    आईतवार, भाद्र ३१, २०७५ साल
    लस एन्जलस, ३० भदौ : स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना यसै साता  सार्वजनिक गरेको छ । अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ ।  कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ । अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि..

    स्थानीय तहलाई कागजविहीन बनाउन ‘अफिस अटोमेशन प्रणाली’ ल्याइँदै

    बिहिवार, भाद्र २८, २०७५ साल
    काठमाडौँ, २८ भदौ  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई कागजविहीन बनाउने काम शुरु गरेको छ ।  मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई नै कागजविहीन बनाउनका लागि ‘अफिस अटोमेशन प्रणाली’ ल्याउन तयारी गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा मन्त्रालयले उक्त प्रणाली ल्याउन थालिएको मन्त्रालयका सूचना प्रविधि शाखाका कम्प्युटर अधिकृत देवेन्द्र झाले जानकारी दिए।  प्रणाली प्रयोगमा ल्याइसकेपछि..

    उच्च क्षमताको उपकरणको अभावमा अवरुद्ध पासाङल्हामु राजमार्ग खुलेन

    मंगलवार, भाद्र २६, २०७५ साल
    रसुवा, २६ भदौ  उच्च क्षमताको उपकरणको अभावमा पहिरोले अवरुद्ध धुञ्चे –स्याफ्रु खण्डको पासाङल्हामु राजमार्ग खुल्न सकेको छैन ।  प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरो क्षेत्रको राजमार्ग स्काभेटरले चलाउन नसकिने ठूलाठूला ढुङ्गा दबिएको भेटिएकाले ढुङ्गा फुटाल्न डिभिजन सडक कार्यालयले उपलब्ध गराएको बे्रकर मेशिनको शक्ति नपुग्दा राजमार्ग खुलाउन ढिलाइ भएको हो । डिभिजन सडक कार्यालयसँंग समन्वय गरी उच्च क्षमताको उपकरण दक्षिणी रसुवाबाट ल्याउने..

    हात्ती भगाउन ‘इलेक्ट्रिक फेन्सिङ’, नगरपालिकाद्वारा ४५ लाख विनियोजन !

    सोमबार, भाद्र २५, २०७५ साल
    कञ्चनपुर, २५ भदौ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको झुण्डले पुर्याउने क्षति न्यूनीकरणका लागि यहाँको बेदकोट नगरपालिकाले पहल गर्ने भएको छ । हात्ती बस्ती छिर्ने सम्भावित क्षेत्रको पहिचान गरी विद्युतीय तारबार (इलेक्ट्रिक फेन्सिङ) गर्ने योजना नगरपालिकाले बनाएको हो । नगरपालिकाले नयाँ गाउँ, चथरी, चम्फापुर, रडहा, हात्तीथला लगायत क्षेत्रमा विद्युतीय तारबार गर्ने जनाएको छ । तारवारका लागि नगरपालिकाले रु ४५ लाख विनियोजन गरेको छ..

    छिट्टै आउँदैछ नोकिया सेभेन, अप्पलको आईफोन र सामसुङलाई प्रतिस्पर्धा !

    आईतवार, भाद्र २४, २०७५ साल
    एजेन्सी, २४ भदौ एचएमडी ग्लोबलले पछिल्ला महिनाहरुमा लगातार मिड रेन्ज तथा बजेट स्मार्टफोन लञ्च गरिरहेको छ । अहिलेसम्म कम्पनीले नोकिया ६.१ प्लस, नोकिया ६.१, नोकिया ५.१ प्लस, नोकिया ५.१, नोकिया ३.१ र नोकिया २.१ बजारमा ल्याइसकेको छ । अब कम्पनीले नयाँ स्मार्टफोन लञ्च गर्ने तयारी गरिरहेको छ । एचएमडीले नोकिया मोबाइल ताइवानको ट्वीटर ह्याण्डलमा एक नयाँ स्मार्टफोनको लञ्चिङसँग सम्बन्धित जानकारी शेयर गरेको छ । यद्यपि,..

    विश्वकै लोकप्रिय फेसबुकले सिंगापुरमा एक अर्ब डलरमा डाटा सेन्टर बनाउने

    बिहिवार, भाद्र २१, २०७५ साल
    सिंगापुर, २१ भदौ  विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ ।  नवीकरणीय ऊर्जाको प्रयोग गरिने यो सेन्टर सन् २०२२ सम्ममा सञ्चालनमा आउनेछ ।  यो सेन्टरमा फेसबुकको सर्भर रहनुका साथै सूचना प्रविधिका कार्यलाई एकीकृत गरिने फेसबुकका उपाध्यक्ष थोमस फरलङले बताए ।  करिब एक लाख ७० हजार वर्गफिटमा फैलिने ११ तले..

    काठमाडौँमा पूर्णरुपमा एनालग टेलिभिजन बन्द, अन्य शहरमा अनुगमन शुरु

    बिहिवार, भाद्र २१, २०७५ साल
    बाँके, २१ भदौ  काठमाडौँमा पूर्णरुपमा एनालग टेलिभिजन बन्द भएसँगै यसको कडाइका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्य शहरमा पनि यो प्रविधि बन्द गर्न अनुगमन शुरु गरेको छ ।  सरकारले देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन गरिरहेको मन्त्रालयका योजना शाखाका अधिकृत सन्तोषकुमार खत्रीले जानकारी दिए ।  “एनालग टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो”, शाखा..

    ‘स्मार्ट लाइसेन्स’ छाप्ने ‘मास प्रिन्टर’ ल्याइँदै, सेवाग्राही १ वर्षभन्दा बढी समय कुर्न बाध्य

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौँ, २० भदौ  यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने निर्णय गरेपछि सेवाग्राही एक वर्षभन्दा बढी समय कुर्न बाध्य भएका छन् ।  हाल दैनिक चार हजार ‘स्मार्ट लाइसेन्स’ को माग छ । विभागले भने एक हजार ४०० मात्र छाप्ने गरेको महानिर्देशक लावण्यकुमार ढकालले बताए । यसले गर्दा सेवाग्राही एक वर्षदेखि ‘स्मार्ट लाइसेन्स’ को पालो कुरेर बसेका..

    नागरिकलाई सरल, सहज र छिटो छरितो तरिकाले सेवा दिने उदेश्यले प्रविधिमैत्री बन्दै स्थानीय निकाय

    बुधबार, भाद्र २०, २०७५ साल
    तुलसीपुर, २० भदौ  यहाँका स्थानीय तह प्रविधिमैत्री बन्दै गएका छन् ।  पहिले कागजी रूपले कामकाज हुने गरे पनि पछिल्लो समय स्थानीय निकायका प्रतिनिधिले प्रविधिको उपयोग गरी काम गर्न थालेका छन् । जिल्लाका घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले प्रविधिमैत्री सेवा थालेका छन् । नागरिकलाई सरल, सहज र छिटो छरितो तरिकाले सेवा दिने भन्दै स्थानीय तहले वडास्तरबाटै अनलाइनमार्फत एकीकृत सम्पत्ति कर सङ्कलनदेखि अन्य..

    ट्वीटरले नयाँ फिचर ल्याउँदै, अब को–को फलोअर्स अनलाइन छन् हेर्न मिल्ने !

    सोमबार, भाद्र १८, २०७५ साल
    एजेन्सी, १८ भदौ फेसबुकले जस्तै अब ट्वीटरले पनि स्टेटस इन्डिकेटरसँगै थ्रेडेड कन्भर्सेसन सुरु गर्ने योजना बनाएको छ । अब ट्वीटर प्रयोगकर्ताले आफ्ना को को फलोअरहरु तत्काल अनलाइन छन् भन्ने थाहा पाउन सक्नेछन् । ट्वीटरका सिइओ ज्याक डोर्सीले शुक्रबार एक ट्विट गर्दै यस्तो खुलासा गरेका हुन् । ट्वीटमा डोर्सीले भनेका छन्, ‘हामी माइक्रोब्लगिङ प्लेटफर्म ट्वीटरमा छिटै नै एक रोचक अपडेट गर्नेवाला छौँ ।’ उनका..
    Results 588: You are at page 13 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast