बिहिवार, भाद्र ५, २०७६

    विज्ञान/प्रविधि

    उपत्यकाको संवेदनशील क्षेत्र पहिचानगरी सिसी क्यामराबाट निगरानी बढाइँदै, ४ सय ६० क्यामरा प्रयोगमा

    आईतवार, पौष ८, २०७५ साल
    काठमाडौँ, ८ पुस स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ ।  सरकारी योजनाअनुसार क्यामरा जोड्न महानगरीय प्रहरी कार्यालय काठमाडौँले संवेदनशील क्षेत्रको पहिचान गर्ने काम थालेको हो । स्थान पहिचानलगत्तै आन्तरिक स्रोतबाट ठेक्का आह्वान गरी पहिलो चरणमा ७५ स्थानमा क्यामरा जडान गर्ने तयारी गरिएको महानगरीय..

    डिजिटल प्रविधिले बैङ्किङ क्षेत्रमा सहजता, सकारात्मक तथा नकारात्मक परिवर्तनका बारेमा छलफल

    आईतवार, पौष ८, २०७५ साल
    काठमाडौँ, ८ पुस नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले डिजिटल प्रविधिको विकाससँगै बैङ्किङ क्षेत्रलाई सहज बनाएको बताउनुभएको छ ।  बैङ्किङ, फाइनान्स एण्ड इन्सुरेन्स अफ नेपालले आज यहाँ आयोजना गरेको डिजिटल प्रविधिले मानव जीवनमा ल्याएको परिवर्तन विषयक कार्यक्रममा उहाँले डिजिटल प्रविधिलाई प्रभावकारी ढङ्गबाट प्रयोग गर्न सके बैङ्किङ क्षेत्रको आर्थिक उन्नतिमा लाभ हुनसक्ने उल्लेख गर्नुभयो । मानवीय अर्थतन्त्र र प्रविधि एकअर्काको परिपूरकको रुपमा..

    जलाधार क्षेत्रको व्यवस्थापन नीति विज्ञानमा आधारित हुनुपर्नेमा जोड

    शुक्रबार, पौष ६, २०७५ साल
    विराटनगर, ६ पुस जलाधार क्षेत्रको व्यवस्थापन नीति विज्ञानमा आधारित हुनुपर्ने सहभागीले जोड दिएका छन् ।  वन तथा भू–संरक्षण विभागद्वारा आज यहाँ आयोजित सङ्घीय संरचनामा कोशी वृहत जलाधार व्यवस्थापनमा प्रयास र सम्भावना विषयक कार्यक्रममा सहभागीले जीवनको सभ्यता र संस्कृतिसँग जोडिने जलाधारलाई उचित व्यवस्थापन हुनु नै राष्ट्रका लागि फाइदाजनक हो भनेका छन् ।  प्रदेश नंं–१ योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले बहुआयामिक कोशी जलाधारको उचित व्यवस्थापनले..

    स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारीमा कामपा, ट्राफिक प्रहरीले रोकिराख्नु पर्दैन अब प्रविधिले नै रोक्छ

    बिहिवार, पौष ५, २०७५ साल
    काठमाडौँ, ५ पुस काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ ।  अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । मानिसको आवागमनको हिसाबले उक्त सङ्ख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन् । त्यसैले मानिसको अत्यधिक चाप हुने स्थानमा कामपाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको हो ।  कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भन्नुभयो, “यसअघि जे जस्तो..

    तुलसीपुर उपमहानगरपालिकालाई दिइयो प्राविधिक शिक्षा सञ्चालनको अनुमति ...

    बिहिवार, पौष ५, २०७५ साल
    तुलसीपुर, ५ पुस तुलसीपुर उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति पाएको छ ।  शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको अध्यक्षतामा बसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)े परिषद् बैठकबाट भएको निर्णयअनुसार उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट प्राविधिक कक्षा सञ्चालन गर्ने नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।  तुलसीपुर उपमहानगरपालिकालाई बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न बैठकले अनुमति दिएको हो । बैठकले आगामी शैक्षिक..

    सिंजा क्षेत्रमा टेलिफोन नहुँदा स्थानीयवासीलाई सास्ती

    बुधबार, पौष ४, २०७५ साल
    सिंजा, जुम्ला, ४ पुस तीन गाउँपालिका रहेको सिंजा क्षेत्रमा अझै टेलिफोन सेवा पुग्न सकेको छैन । टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीलाई सास्ती भएको छ ।  सिंजा गाउँपालिकामा नेपाल टेलिकमको साझेदारीमा टेलिफोन विस्तार भएको भए पनि अन्य गाउँपालिकामा भने डाँडा पाखा धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाको पहल तथा समन्वयमा नेपाल टेलिकमले ‘टु जी’ सेवा विस्तार गरेको हो । टेलिफोन सेवा विस्तार भएपछि..

    फेब्रुअरी महिनामा हुने मोबाइल वर्ल्ड कंग्रेसको आसपासमा सामसुङको ग्यालेक्सी एस १० लञ्च हुने

    मंगलवार, पौष ३, २०७५ साल
    एजेन्सी, ३ पुस सन् २०१९ मा बजारमा ल्याउने आफ्नो नयाँ फ्लागशीप स्मार्टफोनको तयारी सामसुङले गरिरहेको छ । पछिल्ला केही हप्तायता सामसुङ ग्यालेक्सी एस १० का विषयमा लगातार विभिन्न खाले समाचारहरु आइरहेका छन् । सामसुङले आगामी फेब्रुअरी महिनामा हुने मोबाइल वर्ल्ड कंग्रेसको आसपासमा आफ्ना ग्यालेक्सी टेन सिरिजका नयाँ स्मार्टफोन लञ्च गर्ने तयारी गरिरहेको बताइन्छ । सो अवसरमा ग्यालेक्सी एस टेन, एस टेन प्लस तथा..

    आधुनिक प्रविधियुक्त शीतभण्डार सञ्चालनमा आएपछि लमहीका किसानलाई सहज

    सोमबार, पौष २, २०७५ साल
    लमही, २ पुस दाङको लमहीमा शीतभण्डार सञ्चालनमा आएपछि किसान खुशी भएका छन् । तरकारीका लागि लमही पकेट क्षेत्र भए पनि शीतभण्डार नहुँदा कुहिएर जाने अवस्थाको अन्त्य भएको लमहीका किसान शनिराम चौधरीले बताउनुभयो । “हामीले योभन्दा पहिले धेरै तरकारी कुहिएर त्यसै फाल्नु परेको थियो”, उहाँले भन्नुभयो, “शीतभण्डार सञ्चालनमा आएपछि अब तरकारी कुहिने डर छैन ।” उहाँले अहिले शीतभण्डारमा चार हजार ७५० किलो..

    परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका : प्रदेशमन्त्री नरदेवी पुन

    आईतवार, पौष १, २०७५ साल
    पोखरा, १ पुस गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले मुलुकमा भएका राजनैतिक परिवर्तनमा सञ्चारजगत्को महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।  क्रियाशील पत्रकार महिलाको छाता सङ्गठन सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको पाँचाँै अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले अबको पत्रकारिता समाजको समृद्धितर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।  गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले समाजमा महिलाप्रति हुने विभेदको अन्त्यका लागि महिला पत्रकारको भूमिका महत्वपूर्ण हुने धारणा..

    ऐतिहासिक सफलता ! प्राविधिक सुधारपछि उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन

    शुक्रबार, मंसिर २८, २०७५ साल
    गाईघाट , २८ मङ्सिर  पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिकरूपमा पहिलो पटक पूर्णक्षमतामा सिमेन्ट उत्पादन कार्य शुरु गरेको छ ।  प्रतिदिन आठसय मेट्रिकटन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता रहेको उद्योगले एक हप्तादेखि पूर्ण क्षमतामा आठसय मेट्रिक टन (प्रतिदिन झण्डै चालीस हजार बोरा) सिमेन्ट उत्पादन कार्य शुरु गरेर सिमेन्ट उत्पादनमा उद्योगले नयाँ रेकर्ड कायम गरेको उद्योग प्रशासनले बताएको..

    सूचना प्रविधिमा नागरिकको पहुँच बढाउन सरकारद्वारा काम तीव्र, यस्तो छ योजना ...

    बिहिवार, मंसिर २७, २०७५ साल
    काठमाडौँ, २७ मङ्सिर सरकारले सूचना र प्रविधिमा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सूचना र प्रविधिको विकास गरिएको र कतिपय जिल्लामा कामले तीव्रता पाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।  विद्यालय स्वास्थ्य संस्था, स्थानीय तह र सरकारी कार्यालयको सेवामा सूचना र प्रविधिको विकासका काम जारी रहेको मन्त्रालयका प्रशासन तथा योजना महाशाखा प्रमुख राधिका अर्यालले बताए..

    प्रविधि र ज्ञानको अभावमा ऐतिहासिक महत्व बोकेको पनौती सङ्ग्रहालय सङ्कटमा

    बुधबार, मंसिर २६, २०७५ साल
    काठमाडौँ, २६ मङ्सिर ऐतिहासिक महत्व बोकेको तथा नेवार संस्कृति र पहिचानसँग जोडिएर स्थापना भएको पनौती सङ्ग्रहालय अहिले प्रविधि र ज्ञानको अभावमा सङ्कटमा परेको छ ।  प्राविधिक ज्ञान र प्रविधिको कमीले पुरानो अभिलेख ‘ठ्याःसफू’ हस्तलिखित पुस्तकको उचित संरक्षण हुन नसकेको सङ्ग्रहालयका सचिव राजेन्द्र महाजुले बताए । पुस्तकमा किरा लाग्न थालेकाले लोप हुने हो कि भन्ने डर सिर्जना हुन थालेको छ । उनले भने,..

    चालक अनुमतिपत्र : प्रविधिले समस्या, कर्मचारीले समाधान निकाल्न नसकेपछि विभाग पठाईयो

    मंगलवार, मंसिर २५, २०७५ साल
    ललितपुर, २५ मङ्सिर यातायात व्यवस्था कार्यालय एकान्तकुनामा चालक अनुमतिपत्रमा प्रविधिका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ ।  प्रविधिले समस्या आउँदा सेवाग्राहीलाई असुविधा भएको सो कार्यालयका शाखा अधिकृत रमेश पौडेलले बताए । उत्तीर्ण अनुत्तीर्णबारेको अभिलेख ढड्डा र सर्भरमा एकरुपता नहुँदा समस्या देखिएको हो । उनले भने, “यी सबै गल्ती सच्याउनै पर्ने हुँदा समय लाग्छ ।” चालक अनुमतिपत्रमा पहिले एउटा समूहमा रहेको सवारीलाई अहिले अर्काे..

    परमाणुको उपयोगबाट विकासको लक्ष्य हासिल गर्न सकिनेमा विज्ञहरूको जोड

    सोमबार, मंसिर २४, २०७५ साल
    काठमाडौँ, २४ मङ्सिर परमाणु विज्ञान तथा प्रविधिको शान्तिपूर्ण एवं सुरक्षित उपयोग गरी राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सकिनेमा विज्ञहरूले जोड दिएका छन् ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले आज आयोजना गरेको कार्यशालामा उनीहरूले परमाणु प्रविधिको सुरक्षित उपयोगले विकासका लक्ष्य हासिल गर्न सकिने धारणा व्यक्त गरे ।  मन्त्रालयका सचिव कृष्णराज विसीले नेपाल परमाणुसम्बन्धी महासन्धिको पक्ष राष्ट्र भइसकेको उल्लेख गर्दै..

    पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग संहिता आवश्यक, निजी विचारले समाचारको विश्वासनीयतामा प्रभाव !

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङ्सिर  : पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोगसम्बन्धी संहिताको आवश्यकता रहेको औँल्याइएको छ ।  नेपाल पत्रकार महासङ्घ, डिजिटल मिडिया समितिको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहकार्यमा यहाँ शनिबार आयोजित ‘पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग र संहिता निर्माण’ विषयक अन्तक्र्रियामा सामाजिक सञ्जालमा राख्ने निजी विचारले पत्रकारले लेख्ने समाचारको विश्वासनीयतामा प्रभाव पार्ने हुँदा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी संहिता बनाउनुपर्नेमा जोड दिइएको छ ।  सो..

    नेप्सेको पूर्ण स्वचालित अनलाइन प्रणालीको समस्या सुल्झियो

    बिहिवार, मंसिर २०, २०७५ साल
    काठमाडौँ, २० मङ्सिर  नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको जनाएको छ । गत कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याइएको सो प्रणालीमा केही प्राविधिक समस्या देखिएका थिए । स्टक, धितोपत्र दलाल व्यवसायी र प्रणाली निर्माणकर्ता कम्पनीको समन्वयमा समस्या समाधान भएको हो । नयाँ प्रणालीको निर्माण वाइको नेपालले गरेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले नयाँ..

    फोन गर्न एक दिन हिँड्नुपर्ने बाध्यता, टेलिकम प्रमुख भन्छन् - चिसो बढेका कारण पावर पुगेन

    बिहिवार, मंसिर २०, २०७५ साल
    हुम्ला, २० मङ्सिर   हुम्लाको उत्तरी गाउँपालिकामा मोवाइल फोनको टावर बिग्रदा एक महीनादेखि सेवाग्राही मर्कामा परेका छन् ।  सो टावर बिग्रँदा नाम्खा गाउँपालिका, वडाकर्मी, यालवाङ, याङ्गार, मुचु, गारीलगायतका गाउँका सेवाग्राही मर्कामा परेको नाम्खा माहामाया आधारभूत विद्यालयका शिक्षक दत्तबहादुर शाहीले बताए ।  नमस्ते नेपालको टावरले काम नगर्दा नाम्खाका स्थानीयवासीले सञ्चो, बिसञ्चो खबरसँगै अन्य अति आवश्यक कुराकानी गर्न नपाएको त्यस क्षेत्रका स्थानीयवासीले गुनासो गरेका छन् ।  घरबाट..

    ट्राफिक व्यवस्थापनको समस्या अन्त्य गर्न ३ स्थानमा बत्ती जडान

    बुधबार, मंसिर १९, २०७५ साल
    ललितपुर, १९ मङ्सिर  ललितपुर महानगरपालिकाका तीन स्थानमा पहिलो पटक ट्राफिक बत्ती जडान भएको छ । महानगरपालिकाले यार्सा टेक्नोलोजी कम्पनीको सहयोगमा कुपण्डोलदेखि जावलाखेलसम्मको स्थानमा तीनवटा ट्राफिक बत्ती राखेको हो ।  कुपण्डोलको उकालोे बाटो, महानगरपालिकाको कार्यालय अगाडि र अल्का अस्पताल छेउमा ट्राफिक बत्ती जडान गरेको महानगरले जनाएको छ । महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आमनगरवासीको समस्याप्रति महानगरपालिका सधैँ चिन्तित रहेको बताए । महानगर क्षेत्रमा देखिएको..

    हरेक दिन फोन गर्न डाँडामा जानुपर्ने ! एक घण्टा हिँडेर फोन गर्नु रहर नभई बाध्यता !!

    मंगलवार, मंसिर १८, २०७५ साल
    जाजरकोट, १८ मङ्सिर छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा हरेक दिन फोन सम्पर्कका लागि कार्यालय मनघाटबाट माथि डाँडामा जान्छन् ।  कार्यालय समयमा उनिमात्र होइन अधिकांश जनप्रतिनिधिलाई यसरी जङ्गलको डाँडामा गएर फोन गर्नु दैनिकी बनेको छ । एक घण्टा हिँडेर फोन गर्नु उनिहरुको रहर नभई बाध्यता हो । कार्यालयमा टेलिफोन नलाग्ने भएकाले फोन सम्पर्कका लागि अग्लो डाँडामा जानुपर्ने नगरप्रमुख महतारा बताउछन् । बजारमा टेलिफोनले..

    पूँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपालीलाई राष्ट्रपतिबाट आग्रह

    सोमबार, मंसिर १७, २०७५ साल
    वार्सा, १७ मङ्सिर राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल शान्ति र समृद्धिको यात्रामा रहेकाले देशभित्र र बाहिर रहेका नेपालीले हरतरहले सहयोग गर्नुपर्ने बताएकी छन् । पोल्याण्डको वार्सामा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मातृभूमिको विकासका लागि पूँजी र प्रविधि भित्र्याउन गैरआवासीय नेपालीलाई आग्रह गरिन् । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुनुअघि आफ्नो स्वागत तथा सम्मानमा गैरआवासीय नेपाली सङ्घ पोल्याण्ड र नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा..

    कम्प्युटर र मोबाइल धेरै चलाउनेको आँखामा देखिने कम्प्युटर भिजन सिन्ड्रोम कस्तो रोग हो ?

    आईतवार, मंसिर १६, २०७५ साल
    काठमाडौँ, १६ मंसिर   कम्प्युटर, मोबाइल, डिजिटल स्क्रिन (श्रव्य दृश्य, पर्दा) मा अत्यधिक हेर्ने काम गर्नाले आँखामा आउने बहुपक्षीय परिवर्तन नै कम्प्युटर भिजन सिन्ड्रोम हो । भर्चुअल सामाजिक सञ्जाल, आकासिँदो एन्ड्रोइड मोबाइल प्रविधिको पहुँचले गर्दा कुनै न कुनै रुपमा यसका प्रयोगकर्ता आँखाको समस्याबाट ग्रसित हुन थालेको देखिन्छ । अमेरिकन अप्टोमेट्रिक एसोसिएसनका अनुसार ‘कम्प्युटर भिजन सिन्ड्रोम’ भन्नाले आँखाको विभिन्न अंग तथा दृष्टिको जटिल अवस्था हो,..

    'आइएसविएन' नम्बर अनलाइनबाट, अब केन्द्रीय पुस्तकालयमा आउनु नपर्ने

    शुक्रबार, मंसिर १४, २०७५ साल
    काठमाडौँ, १४ मंसिर  ‘अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्कन नम्बर’ (आइएसविएन) लिन त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा आउनु नपर्ने भएको छ । पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीले अनलाइनबाट नै फारम भरी नम्बर लिन सकिने भएपछि अब काठमाडौँ आउनु नपर्ने भएको बताए । यसअघि लेखकले आइएसविएन नम्बर लिन केन्द्रीय पुस्तकालय आउनुपर्ने थियो । अनलाइनबाट फारम भरेपछि आइएसविएन प्राप्त गर्नका लागि लाग्ने शुल्क बंैकबाट पठाउनुपर्नेछ । सन् २००० बाट..

    आइफोनको डिजाइनमा अर्को महत्वपूर्ण परिवर्तन हुने संकेत, चिनियाँ स्मार्टफोनको नक्कल गर्दै

    बिहिवार, मंसिर १३, २०७५ साल
    एजेन्सी, १३ मङ्सिर सन् २०१४ मा आइफोन सिक्स लञ्च गर्दा एप्पलले तत्कालीन अवस्थामा विद्यमान आइफोनको डिजाइनमा आमूल परिवर्तन ल्याएको थियो । अर्को महत्वपूर्ण परिवर्तन चाहीँ गत वर्ष देखापर्‍यो, जब एप्पलले आइफोन एक्स बजारमा ल्यायो । अब चाहीँ एप्पलले आइफोनको डिजाइनमा अर्को महत्वपूर्ण परिवर्तन गर्ने संकेत गरेको छ । एप्पलले दर्ता गरेको पेटेन्ट डिजाइनबाट यस्तो खुलासा भएको हो । नयाँ डिजाइनलाई आधार मान्ने..

    तुलसीपुरमा आधुनिक कृषि उपकरण भित्रिएसँगै खेतीपाती गर्न किसानलाई सहज

    बुधबार, मंसिर १२, २०७५ साल
    तुलसीपुर, १२ मङ्सिर जिल्लामा पछिल्लो समयमा आधुनिक कृषि उपकरण भित्रिएसँगै खेतीपाती गर्न किसानलाई सहज भएको छ । खेती लगाउनेदेखि स्याहार्नसमेत विभिन्न कृषि उपकरणको प्रयोग बढ्दै गएको छ ।  गाउँघरमा गोरु तथा राँगाले खेत जोत्ने, धान दाई लगाने चलन विस्तारै हराउँदै गएको छ । किसानले धान, गहुँ चुट्ने र जोत्नसमेत ट्र्याक्टर प्रयोग गर्न थालेका छन् । गाउँघरमा गोरु तथा राँगा पाल्नेक्रम घटेको तुलसीपुर–४..

    नासाको रोबोट मंगल ग्रहको सबैभन्दा ठूलो ‘पार्किङ क्षेत्र’ मा उत्रियो, नासामा खुसी छायो

    मंगलवार, मंसिर ११, २०७५ साल
    एजेन्सी, ११ मङ्सिर अमेरिकी अन्तर्राष्ट्रिय अध्ययन संस्था (नासा)ले आफ्नो नयाँ रोबोटलाई मंगल ग्रहमा उतारेको छ।  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान इन्साइट ल्यान्डर नेपाली समयानुसार मंगलबार राती करिब पौने दुई बजे मंगलग्रहमा उत्रियो । मंगल ग्रहका लागि पठाइएको यो नयाँ रोबोटले सात मिनेटमा ल्यान्डिङ गरेको हो । ‘द इनसाइट प्रोव’ नाम दिइएको यो रोबोटले मंगल ग्रहको भित्री सतहको अध्ययन गर्नेछ । पृथ्वीपछि कुनै ग्रहको..

    नासाको यान मङ्गलग्रह नजिक, वैज्ञानिकहरु उत्सुक, अवतरण गर्ने समय बिहान ११:४७ मिनेटमा

    सोमबार, मंसिर १०, २०७५ साल
    लस एन्जलस, १० मङ्सिर  नासाका वरिष्ट वैज्ञानिकहरु करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” यान सोमबार मङ्गलग्रहमा अवतरण गर्ने कुराबाट अत्यन्त उत्साहित भएका छन् ।  मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बने भन्ने थाहा पाउनु हो ।  मानवरहीत यो अन्तरिक्ष..

    खराब भई बन्द भएको सिसी टिभी क्यामरा सञ्चालनमा

    सोमबार, मंसिर १०, २०७५ साल
    विदुर, १० मङ्सिर  नुवाकोटको विदुर नगरपालिकाका विभिन्न ठाउँमा प्रयोग भइरहेका सिसिटिभी क्यामरा केही वर्षदेखि खराब भई बन्द भएकामा सोमबारदेखि सञ्चालनमा आएका छन् ।  विदुर नगरपालिका आसपासमा विशेष गरी त्रिशूली बजार, कोलनी, विदुर, बट्टार, सङ्गमचोक, गँगटेलगायत मुख्य चोकमा २० क्यामरा राखिएका छन् । सुरक्षाका लागि यी चोक बढी प्राथमिकतामा रहेको प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए । अपराध नियन्त्रण र कुनै पनि घटनाको..

    सफ्टवयर प्रविधिको सफल प्रयोग ! उपभोक्ता ठगी गर्ने १२ पेट्रोल-पम्प कारवाहीमा

    सोमबार, मंसिर १०, २०७५ साल
    काठमाडौँ, १० मङ्सिर : नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही गरेको छ ।  विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पलाई कारवाही गरेको हो ।  विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पलाई कारवाही गरेको हो..

    फेसबुक स्वामित्वको फोटो शेयरिङ एप 'इन्स्टाग्राम'ले हटाउँदैछ ‘फेक लाइक्स र कमेन्ट्स’

    आईतवार, मंसिर ९, २०७५ साल
    एजेन्सी, ९ मङ्सिर फेसबुक स्वामित्वको फोटो शेयरिङ एप इन्स्टाग्रामले थर्ड पार्टी एप प्रयोग गरी प्राप्त गरिएका फर्जी लाइक्स, फलोज तथा कमेन्ट्सलाई निर्मूल पार्ने घोषणा गरेको छ । झुटो लोकप्रियता बढाउनका लागि थर्ड पार्टी एपको प्रयोग गर्ने इन्स्टाग्राम प्रयोगकर्ताहरु यसको निशानामा पर्नेछन् । फेक युजर्सको माध्यमबाट लाइक्स, फलोज तथा कमेन्ट्स गराउन अटोमेटेड एपको प्रयोग गर्ने अकाउन्टहरु पहिचानका लागि मेसिन लर्निङ टूल तयार गरिएको इन्स्टाग्रामले..

    हङ्गेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिताको तयारीमा नेपाल

    शुक्रबार, मंसिर ७, २०७५ साल
    काठमाडौँ, ७ मङ्सिर  नेपालले आगामी वर्ष हङ्गेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता (वल्र्ड रोबोट ओलम्पियाड) मा सहभागी हुन तयारी थालेको छ ।  नेपाल दोस्रो पटक सहभागी हुन लागेको हो । स्टेम फाउण्नडेशन ओलम्पियाड नेपालको आधिकारिक संस्था हो । संस्थाले देशभरका ४० जिल्लामा विद्यार्थीका लागि आधारभूत तालीम शुरु गरेको छ । आाधारभूत तालीममा उत्कृष्ट गर्ने विद्यार्थीबाट नै छनोट गरिने फाउण्डेशन नेपालका अध्यक्ष सर्जन विसिले..
    Results 588: You are at page 11 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast