शनिबार, मंसिर २१, २०७६

    विज्ञान/प्रविधि

    कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’ !

    शुक्रबार, मंसिर २०, २०७६ साल
    काठमाडौँ, २० मङ्सिर   यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरिएको छ । विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई विद्युत्भार कटौतीमुक्त बनाउन योगदान पु¥याएबापत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले उहाँलाई ‘नास्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशि रु एक लाख र सम्मान पत्र रहेको छ ।    शिक्षा..

    सामाजिक सञ्जालमा यस्ता पोस्ट झुक्किएर पनि सेयर नगर्नुहोस्

    बुधबार, मंसिर १८, २०७६ साल
    काठमाडौँ, १८ मङ्सिर संसारभरका तीन अर्ब मानिस अथवा विश्वको पूरा जनसंख्याको झण्डै ४० प्रतिशत मानिसहरु सामाजिक सञ्जाल प्रयोग गर्दछन् । सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सामाजिक सञ्जालले नै तपाईंका गतिविधि अध्ययन गर्न पनि सहयोग पुग्छ । त्यसै सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दा ख्याल गर्न आवश्यक छ । तपाईं सम्बन्धमा हुनुहुन्छ र फोटो तथा सामग्री पोस्ट गर्दै हुनुहुन्छ भने अझै धेरै ख्याल गर्नुपर्छ..

    टिकटक विरुद्ध अमेरिकामा मुद्दा, जानकारीहरु चोरेको आरोप

    मंगलवार, मंसिर १७, २०७६ साल
    काठमाडौँ, १८ मङ्सिर  चिनियाँ भिडियो शेयरिङ एप टिकटकले अमेरिका विरुद्ध टिकटक चोरी आरोपमा मुद्दा चलाएको छ । कम्पनीले प्रयोगकर्ताको स्वीकृति बिना नै जानकारीहरु चोरेको आरोप मुद्दामा लगाइएको छ । कम्पनीले प्रयोगकर्ताको डेटा उच्च मात्रामा चीन स्थानान्तरण गरेको भन्दै टिकटकमाथि अमेरिकामा सामूहिक मुद्दा दर्ता गरेको हो ।  टिकटकले गोप्य रुपमा भारी परिमाणमा निजी र व्यक्तिको पहिचान खुल्ने खालका प्रयोगकर्ता डेटा थेपारेर चीन पठाएको छ,गत..

    मोबाइललाई सुरक्षित राख्न चाहनुहुन्छ ? अपनाउनुस् यस्ता उपाय

    मंगलवार, मंसिर १७, २०७६ साल
    काठमाडौँ, १७ मङ्सिर  मोबाइल फोन यति धेरै आवश्यक चिज बनिसकेको छ कि थोरैबेर मात्रै आँखाबाट टाढा भयो भने पनि ठूलै समस्या झेल्नुपर्छ ।  यो हाम्रो जीवनशैलीको महत्वपूर्ण पाटो बनिसकेको छ । मानिसहरु विभिन्न ब्राण्डका महंगा मोबाइलमा खर्च गरिरहेका हुन्छन् । हजारौं मूल्य तिरेको मोबाइलको सही रुपमा सुरक्षा गर्न नसक्दा धेरै समय टिकाउन नसकिने हुन्छ । सामान्य कुराहरुमा ख्लाल नगर्दा मोबाइल चाँडै बिग्रन जान्छ..

    ८ जीबी र्‍याममा वानप्लस ७ टीप्रो नेपालमा सार्वजनिक

    सोमबार, मंसिर १६, २०७६ साल
    काठमाडौं, १६ मंसिर ।  वानप्लस, ग्लोबल मोबाइल टेक्नोलोजी कम्पनीले परम्परागत प्रविधिलाई चुनौती दिदैँ आफ्नो प्रिमियम फ्ल्यागसीपको नयाँ स्मार्टफोन वानप्लस ७ टीप्रो नेपालमा सार्वजनिक गरेको छ । प्रविधि कम्पनी वानप्लसले प्रिमियम फ्ल्यागशीपको नयाँ स्मार्टफोन वानप्लस ७टी प्रो आइतवार नेपालमा सार्वजनिक गरेको छ । ७टी प्रो मा ६ दशमलव ६७ इन्चको फ्ल्युड एमोलिड एचडी प्लस रिजोलुशन डिस्प्ले छ । ८५५ अक्टाकोर प्रोसेसर, ७ एनएम..

    आजदेखि श्रम स्वीकृतिका लागि इ–टोकन

    आईतवार, मंसिर १५, २०७६ साल
    काठमाडौं, १५ मङ्सिर ।   वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रियालाई पूर्णतयाः अनलाइन प्रणालीमा लैजाने योजना अन्तर्गत वैदेशिक रोजगार विभागले आइतबारदेखि श्रम स्वीकृतिका लागि अनलाइनबाटै टोकन लिने व्यवस्था गर्दैछ ।    इ–टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम स्वीकृतिका लागि अनलाइन फाराम पेश गर्ने वित्तिकै आवेदनकर्ताले श्रम स्वीकृति पाउने पालो कुन दिन पर्छ भन्ने कुरा थाहा पाउन सकिनेछ  । आफूले कुन कार्यालयबाट श्रम स्वीकृति लिने हो त्यो..

    आइतबारदेखि श्रम स्वीकृतिका लागि इ–टोकन

    शनिबार, मंसिर १४, २०७६ साल
    काठमाडौँ, १४ मङ्सिर   वैदेशिक रोजगारीसँग सम्बन्धित प्रक्रियालाई पूर्णतयाः अनलाइन प्रणालीमा लैजाने योजनाअन्तर्गत वैदेशिक रोजगार विभागले आइतबारदेखि श्रम स्वीकृतिका लागि अनलाइनबाटै टोकन लिने व्यवस्था गर्दैछ ।    इ–टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम स्वीकृतिका लागि अनलाइन फाराम पेश गर्ने वित्तिकै आवेदनकर्ताले श्रम स्वीकृति पाउने पालो कुन दिन पर्छ भन्ने कुरा थाहा पाउन सकिनेछ  । आफूले कुन कार्यालयबाट श्रम स्वीकृति लिने हो त्यो अनलाइनबाटै रोज्न..

    नेपाल जीवनमा आधारित क्यान्भास हो : सञ्चारमन्त्री बाँस्कोटा

    शुक्रबार, मंसिर १३, २०७६ साल
    काठमाडौँ, १३ मङ्सिर सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल ‘जीवनमा आधारित क्यान्भास’ भएको बताउनुभएको छ । विभिन्न जातजाति, भाषाभाषी, संस्कृति र प्रकृतिको अनुपम सङ्गम रहेको मुलुकको जुनसुकै ठाउँमा पनि जीवन परिवर्तनका प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो । चलचित्र छायाङ्कनका लागि गन्तव्यस्थल समेटिएको ‘फिल्मिङ ईन नेपाल’ नामक पुस्तकको आज काठमाडौँमा लोकार्पण गर्दै मन्त्री बाँस्कोटाले आफ्नो जमीन र आकाशको सीमाभन्दा बाहिर पनि मुलुकको..

    नेपाल टेलिकमले प्रिपेड सिम निःशुल्क उपलब्ध गराउँदै

    बिहिवार, मंसिर १२, २०७६ साल
    काठमाडौँ, १२ मङ्सिर   नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ ।   नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच आज उक्त सेवासम्बन्धी सम्झौता भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो । बंैकले मुलुकभरका २३८ वटै शाखाबाट..

    अब ६ महिनादेखि साइन इन नभएका ट्वीटर अकाउन्ट बन्द हुने

    बिहिवार, मंसिर १२, २०७६ साल
    काठमाडौँ, १२ मङ्सिर    विश्व चर्चित सामाजिक सन्जाल तथा माइक्रो ब्लगिङ प्लेटफर्म ट्वीटरले निष्क्रिय अकाउन्टहरु बन्द गर्ने घोषणा गरेको छ।   ट्वीटरले पछिल्लो ६ महिनादेखि साइन इन नभएका अकाउन्टहरु बन्द गर्ने तयारी गरेको हो । यसको पूर्वतयारी स्वरुप ट्वीटरले यस्ता निष्क्रिय ट्वीटर प्रयोगकर्तालाई चेतावनीयुक्त इमेल पठाउन सुरु गरेको छ ।   यदि पछिल्लो ६ महिनादेखि निष्क्रिय रहेका अकाउन्टहरु डिसेम्बर ११ सम्म पनि साइन इन नगरेमा स्वतः..

    सञ्चार मन्त्रालय मातहतका कार्यालयको प्रगति ६४ प्रतिशत

    आईतवार, मंसिर ८, २०७६ साल
    काठमाडौँ, ८ मङ्सिर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका कार्यालयहरुको प्रथम चौमासिकको कार्य प्रगतिबारे समीक्षा गरिएको छ । सञ्चार मन्त्रालयका अनुसार समग्रमा ६४ प्रतिशत प्रगति हासिल भएको छ ।   मन्त्रालयमा आज भएको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्रालयका सहसचिव राधिका अर्यालले प्रथम चौमासिकमा चालूतर्फ रु एक अर्ब ७८ करोड २६ लाख र पुँजीगततर्फ रु ६७..

    सिसी क्यामरा जडानपछि आपराधिक गतिविधि नियन्त्रणमा सहज

    शनिबार, मंसिर ७, २०७६ साल
    दमौली, ७ मङ्सिर    राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न तनहुँको शुक्लागण्डकी नगरपालिकाले  विभिन्न ठाउँमा सिसी क्यामरा जडान गरेपछि प्रहरीलाई शान्तिसुरक्षा कायम गर्न सहज भएको छ ।     नगरपालिकाले पृथ्वीराजमार्गको कोत्रेदेखि शेराटारसम्मका सडक तथा बजार क्षेत्रका मुख्य स्थानमा करीब रु २१ लाखको लागतमा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखाप्रमुख त्रिचोलन लम्सालले बताउनुभयो ।  लम्सालका अनुसार शेराटार, खैरेनीटार बजार, दुलेगौँडा..

    इन्टरनेटले निस्क्रिय बन्दै किशोरकिशोरी : ८३% नेपाली 'टिनेजर' अल्छीको सूचीमा

    शनिबार, मंसिर ७, २०७६ साल
    काठमाडौँ, ७ मङ्सिर । हालै विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले गरेको अध्ययनबाट किशोर अवस्था उमेरका व्यक्तिहरु निस्क्रिय बन्दै गएको एक अध्ययनले देखाएको छ। विश्वका किशोरकिशोरी कति सक्रिय छन् भनी डब्लुएचओले अध्ययन गरेको थियो । जसमा सबैभन्दा अल्छी दक्षिण कोरियाको किशोरकिशोरी भएको देखाएको छ। ११ देखि १७ वर्षका उमेरकाबीच गरिएको उक्त अध्ययनअनुसार कोरियाका ७ प्रतिशतमात्र एक घन्टाभन्दा बढी क्रियाशिल देखिन्छन् । बाँकी भने एक घन्टा..

    हराएको मोबाइल एक मिनेटमै यसरी पत्ता लगाउनुहोस्

    शुक्रबार, मंसिर ६, २०७६ साल
    काठमाडौँ, ६ मङ्सिर मोबाइल फोन यति धेरै आवश्यक चिज बनिसकेको छ कि थोरैबेर मात्रै आँखाबाट टाढा भयो भने पनि ठूलै समस्या झेल्नुपर्छ ।  आजभोलि हरेक मानिसको हातहातमा मोबाइल छ । त्यसमा पनि एन्ड्रोइड र आइओएस सफ्टवेरयका महंगा मोबाइलको प्रयोग बढ्दो छ । १० हजार भन्दा माथि देखि लाखौं मूल्यको मोबाइल फोनहरु बोक्नेको मानिसको संख्या निकै धेरै रहेको छ । मोबाइल फोन कहिलेकाँही असावधानीका..

    प्रतिपक्षी काँग्रेस आरोप–प्रत्यारोपमा उत्रियो – सञ्चारमन्त्री बाँस्कोटा

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारका सकारात्मक काम कारवाहीलाई बेवास्ता गर्दै आरोप–प्रत्यारोपमा ओर्लिएको बताउनुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आफ्नै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले प्रतिपक्षी काँग्रेसले सत्ताको जवानी सम्झेर आरोपको खेती गरेकोसमेत टिप्पणी गर्नुभयो ।   काँग्रेसले सत्ता सञ्चालनको २१ महिनामा २१ आरोप लगाएको विषयप्रति सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहनुभएका..

    यी हुन् विश्वमै सर्वाधिक बिक्रि हुने मोबाइल फोनहरु

    बिहिवार, मंसिर ५, २०७६ साल
    काठमाडौँ, ५ मङ्सिर प्रविधिको विकाशसँगै अहिलेको बजारलाई हेर्ने हो भने थुप्रै  नयाँ कम्पनीहरुले आकर्षक फिचर्सहरुसहित स्मार्टफोन उत्पादन गर्ने होडबाजी नै चलेको देखिन्छ  ।  प्रतिस्पर्धाको कारणले गर्दा सस्तो मूल्यमा पनि थुप्रै फिचर्स समावेश गरेर कम्पनीहरुले स्मार्टफोन लञ्च गर्न थालेका छन् । यहाँ ती १० स्मार्टफोनको बारेमा चर्चा गरिएको छ जुन अहिलेसम्म सर्वाधिक बिक्रि भएका छन् । १. नोकिया ११००  २००३ , २५० मिलियन २. आइफोन..

    कहिलेबाट सुरु भयो सेल्फी लिने चलन ? जान्नुहोस् रोचक कुरा

    मंगलवार, मंसिर ३, २०७६ साल
    काठमाडौँ, ३ मङ्सिर सेल्फी लिने चलन पुरानो नै हो । सन् १८३९ मा रोबर्ट कोर्ने्लिउसले पहिलोपटक आफ्नो तस्बिर आफैले खिचेका थिए । पछिल्ला समयमा ऐनामा पनि आफ्नो तस्बिर लिन थालियो । सन् २००० आसपास एकल वा सामुहिक तस्विरहरु अनलाइनमा (विशेषगरी माइस्पेसमा) देखिन थाले पनि सन् २००५ पछि मात्रै सेल्फी शब्दको प्रयोग र सोसँग सम्बन्धित फोटोहरुको व्यापकता हुन थाल्यो । फेसबुक, ट्विटर,..

    टिकटकका १ अर्ब ५० करोड प्रयोगकर्ता

    सोमबार, मंसिर २, २०७६ साल
    क्यालिफोर्निया, २ मङ्सिर  पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ । सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र गुगलको प्लेस्टोरबाट टिकटक एप डाउनलोड गर्न सकिन्छ ।  टिकटकले यस वर्ष “नन–गेमिङ” वर्गमा सर्वाधिक डाउनलोडतर्फ तेस्रो स्थान हासिल गरेको छ । ह्वाट्सएप सर्वाधिक डाउनलोडको पहिलो नम्बरमा छ भने दोस्रो, चौथो र पाँचौंमा क्रमशः..

    पश्चिमी वायुको प्रभावले केही स्थानमा हल्का वर्षाको सम्भावना

    शनिबार, कार्तिक ३०, २०७६ साल
    काठमाडौँ, ३० कात्तिक ।  पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  पश्चिमी वायुको प्रभावसँगै भारतको राजस्थानमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आज देशका मध्य र पश्चिमी भूभागमा आंशिमदेखि सामान्य बदली र पूर्वी भूभागमा आंशिक बदली..

    आखिर ब्रह्माण्डमा कति तारा होलान् त ?

    शुक्रबार, कार्तिक २९, २०७६ साल
    एजेन्सी, २९ कात्तिक वैज्ञानिकहरूले पृथ्वीमा जति समुद्री तट छन् । त्यसमा जति बालुवाका कण छन्, त्यति नै संख्यामा ब्रम्हाण्डमा तारा रहेको दाबी गरेका छन् । अमेरिकी खगोलविद् कार्ल सगनले एक टेलिभिजन सोमा यस्तो दाबी गरेका हुन् । तर, उनको दाबी सही हो त ? के ब्रम्हाण्डमा रहेका ताराको गणना सम्भव छ त ? क्याम्ब्रिज युनिभर्सिटीका खगोलविद् प्रोफेसर गैरी गिरमोर हमारीले आकाशगंगामा रहेका ताराहरूको..

    सूचनाको हक लोकतन्त्रको प्राणवायु हो : बाँस्कोटा

    बिहिवार, कार्तिक २८, २०७६ साल
    सल्यान, २८ कात्तिक   राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनको हक लोकतन्त्रको प्राणवायु भएको बताउनुभएको छ । सूचनाको हक प्रभावकारीरुपमा कार्यान्वयन नभए लोकतन्त्र खतरामा पर्नसक्ने उहाँले उल्लेख गर्नुभयो ।    सदरमुकाम खलङ्गामा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी अन्तरक्रियामा बाँस्कोटाले सूचनाको हक कार्यान्वयनले मात्रै सुशासन तथा लोकतन्त्रको संस्थागत विकास हुने बताउनुभयो । “राज्यले गरेका हरेक कामको यथार्थ विवरण तीन÷तीन महिनामा सार्वजनिक गर्नुपर्छ,..

    नेपाल टेलिकमले १८ अर्बको फोरजी परियोजनामा किन गर्‍यो ढिलाई ?

    बिहिवार, कार्तिक २८, २०७६ साल
    काठमाडौं, २८ कात्तिक ।  नेपाल टेलिकमले १८ अर्ब रुपैयाँ खर्चिएर फोरजी सेवा तोकिएको समयमा पूर्ण रुपमा संचालनमा ल्याउन नसक्ने भएको छ। वर्ष दिनभित्र सक्ने गरि गत माघमा कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क जडानको लागि चिनियाँ कम्पनी जेडटीई कर्पोरेशन र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौंता गरेको थियो। सम्झौंता अनुसार ४२ सय वटा टावरको स्तरोन्नति गर्नुपर्ने थियो । टुजी र थ्रिजी सेवा दिएका ती टावरमध्ये..

    कसरी लिने नेपाल टेलिकमको बल्क एसएमएस सेवा ?

    बुधबार, कार्तिक २७, २०७६ साल
    काठमाडौँ, २७ कात्तिक  नेपाल टेलिकमले एकै पटकमा धेरै जनालाई एकै प्रकारको सन्देश अर्थात् एसएमएस पठाउने सेवा सुरु गरेको छ। यो सेवा विशेषगरी धेरै सदस्य वा ग्राहकसँग नियमित सम्पर्क गर्नुपर्ने व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, वित्तीय संस्था, पर्यटन व्यवसायी, सरकारी, अर्ध सरकारी र गैरसरकारी निकायलगायतका संघ/संस्थाहरुका लागि बढी उपयोगी छ। व्यक्तिगत प्रयोजनका रुपमा एकैपटक धेरै व्यक्तिहरुलाई एसएमएस (छोटो सन्देश) पठाउनका लागि पनि यो उपयोगी हुन्छ। हाल..

    नेपाल टेलिकमको बल्क एसएमएस सेवा सुरु, यस्तो छ सुविधा !

    बुधबार, कार्तिक २७, २०७६ साल
    काठमाडौं, कात्तिक २७  नेपाल टेलिकमले एकै पटकमा धेरै जनालाई एकै प्रकारको सन्देश अर्थात् एसएमएस सेवा सुरु गरेको छ। टेलिकमले धेरै सदस्य वा ग्राहकसँग नियमित सम्पर्क गर्नुपर्ने व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, वित्तीय संस्था, पर्यटन व्यवसायी, सरकारी, अर्ध सरकारी र गैरसरकारी निकायलगायतका संघ/संस्थाहरुलाई लक्षित गर्दै टेलिकमले यो सेवा सुरु गरेको हो। जिएसएम तथा सीडीएमए दुवै किसिमका पोष्टपेड तथा प्रिपेड मोबाइल नम्बरमा एउटा एसएमएस बराबर अंग्रेजीमा..

    साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’

    मंगलवार, कार्तिक २६, २०७६ साल
    काठमाडौँ, २६ कात्तिक    सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ ।सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो ।    पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महानगरीय अपराध महाशाखामा मासिक १० देखि १५ उजुरी ‘इमेल फिसिङ’को पर्ने..

    निशान छापमा भएको नेपालको नक्सा नै गलत, सरकार भन्छ- गुगलबाट तान्दा यस्तो भयो

    सोमबार, कार्तिक २५, २०७६ साल
     काठमाडौँ, २५ कात्तिक  संविधानको अनुसूचीमा निशान छापमा  प्रयोग भएको नेपालको नक्सा नै गलत भएको पाइएको छ । प्रयोग भएको निशान छापमा  नेपालको नक्सामा कालापानी नै नरहेको पाइएको हो ।  संविधानको अनुसूचीमा नै नेपालको नक्सा गलत भएको विषय संसदीय समितिमा प्रवेश गरेपछि प्रधानमन्त्रीका तर्फबाट जवाफ दिन आएकी भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्या अर्यालले गुगलबाट नक्सा तान्दा गलत हुन पुगेको स्वीकार गरेकी छन्..

    सातै प्रदेशका शहरहरुमा द्रूत गतिकोे फोरजी

    सोमबार, कार्तिक २५, २०७६ साल
    काठमाडौँ, २५ कात्तिक  नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न शहरमा अत्यधिक गतिमा इन्टरनेट चल्ने फोरजी सेवा सञ्चालन गरेको छ । टेलिकमले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिमकार्ड वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गरेको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।   सो कार्यक्रमअन्तर्गत गत कात्तिक २० विर्तामोड र २२ गते वीरगञ्जमा सिमकार्ड वितरणका साथै फोरजी..

    साढे सात लाख ‘स्मार्ट’ कार्ड छाप्न बाँकी

    आईतवार, कार्तिक २४, २०७६ साल
    काठमाडौँ, २४ कात्तिक यातायात व्यवस्था विभागमा अहिले झण्डै साढे सात लाख ‘स्मार्ट’ कार्ड (चालक अनुमतिपत्र) छाप्न बाँकी रहेको छ । यो ‘मास प्रिन्टर’ ले पूर्ण क्षमतामा छपाइ गर्नु पहिले अहिले देशभरका यातायात कार्यालयबाट छपाइका आवेदन परेको सङ्ख्या हो ।  पहिले साना क्षमताका प्रिन्टरले छपाइ गर्दा छाप्न बाँकी कार्डको सङ्ख्या धेरै भएको विभागले जनाएको छ । ‘मास प्रिन्टर’ पूर्ण क्षमतामा काम गर्दा केही..

    केही मोबाइल एप जुन हामीले फोनमा राख्नै हुँदैन !

    आईतवार, कार्तिक २४, २०७६ साल
    काठमाडौँ, २४ कात्तिक । भिन्न टास्कहरु गर्न मोबाइलमा नयाँ नयाँ एप बनेका हुन्छन् जुन आइफोनमा एप स्टोरबाट डाउनलोड गरिन्छ भने एन्ड्रोइड फोनमा प्ले स्टोरबाट । तर, धेरै जसो मानिसहरुले आफ्नो मोबाइलमा चाहिने भन्दा अनावश्यक एपहरु पनि राखिरहेको हुन्छन् जसले हाम्रो मोबाइललाई राम्रोसँग पर्फम गर्न दिँदैन । त्यस्तै केही एप जुन हामीलाई हाम्रो फोनमा चाहिँदैन वा हामीले फोनमा राख्नै हुँदैन ।   ब्याट्री सेभिङ एप गुगल..

    युएनडिपीको सहयोगमा नेपालमै पहिलोपटक गोताखोर तालीम सञ्चालन

    शुक्रबार, कार्तिक २२, २०७६ साल
    चिप्लेढुङ्गा, २२ कात्तिक ।  नेपालमा पहिलोपल्ट गोताखोर तालीम सञ्चालन गरिएको छ । युएनडिपीको सहयोगमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी पकली इटहरीले यो तालीम प्रदान गरेको हो ।   बङ्गलादेशमा सन् २०११ तालीम लिएका २५ मध्ये अहिले १९ जनाबाट सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका थप १९ जनालाई तालीम सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब निरीक्षक वीरेन्द्र खनालले बताउनुभयो ।   तत्कालीन समयमा एक..
    Results 703: You are at page 1 of 24
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 Next Last
    Weather Forecast