बिहिवार, भाद्र ५, २०७६

    ब्राण्ड/संगठन

    सिद्धार्थ सिमेन्टका बिक्रेताहरुलाई हेलिकोप्टरमा गोसाईकुण्ड यात्रा

    मंगलवार, चैत्र २७, २०७४ साल
    काठमाडौं, चैत्र २७ ।  सिद्धार्थ सिमेन्ट उद्योगले आफ्ना काठमाडौंका प्रमूख बिक्रेताहरुलाई गत आइतबार रसुवा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गोसाईकुण्डको यात्रा गराएको छ । नव वर्ष २०७५ लाई स्वागत गर्ने एवम् बिक्रेताहरुसँगको व्यवसायिक सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले  उक्त स्थलको भ्रमण गराएको कम्पनीले जनाएको छ । करिब एक दर्जन बिक्रेताहरुलाई बिहान हेलिकप्टरद्वारा गोसाइकुण्डको यात्रा गराइएको थियो । बिहान ६ बजे सुरु..

    नेपाल रेडक्रसको महाधिवेशन विराटनगरमा बुधबारदेखि आयोजना हुँदै

    मंगलवार, चैत्र २७, २०७४ साल
    काठमाडौँ, २७ चैत : सामुदायिक उत्थानशीलताको लागि साझेदारी भन्ने नाराका साथ मानवीय सेवाको सर्वाेच्च निकाय नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को केन्द्रीय सभाको ४७ औँ महाधिवेशन बुधबारदेखि विराटनगरमा आयोजना हुने भएको छ ।  सो महाधिवेशनले आव २०७३/७४ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदनको समीक्षा गरी आगामी आव २०७५/७६ को लागि प्रस्तावित कार्यक्रम तथा अनुमानित बजेटमा तय गर्नेछ ।  साथै महाधिवेशनमा भूकम्प प्रतिकार्य कार्यक्रम, विपत्..

    टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्गको संयुक्त आयोजनमा “वाकाथन” सम्पन्न

    सोमबार, चैत्र १९, २०७४ साल
    काठमाडौं, १९ चैत । “शिक्षामा समानताआजको आवश्यकता”भन्ने मुलनाराको साथ टाटा मोटर्सले तथा सिप्रदी ट्रेडिङ्गले सोमबार राजधानीमा वाकाथन सम्पन्न गरेको छ । टाटा र यसको नेपालस्थित आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गको संयुक्त प्रयासमा आयोजित वाकाथनको प्रमुख उद्देश्य नेपाली शिक्षा जगतमा सकारात्मक योगदान पुर्याउनु रहेको जनाइएको छ । यस कार्यक्रममा सहभागी हरेक व्यक्ति बराबर रू. १००० का दरले टाटा र सिप्रदीद्वारा शिक्षा क्षेत्रको विकासका लागि..

    जथाभावी राखिएका होर्डिङबोर्ड नहटाए कामपाले कारबाही गर्ने !

    बिहिवार, चैत्र १५, २०७४ साल
    काठमाडौं, १५ चैत : काठमाडौँ महानगरपालिकाले नियम बाहिर रही राखिएका विज्ञापन हटाउने कामलाई तीव्रता दिएको छ ।  एक वर्षअघि नै अभियानका रुपमा जथाभावी रुपमा राखिएका विज्ञापन तथा होर्डिङबोर्ड हटाइसकेको कामपामा पुनः जथाभावी विज्ञापन देखिएकाले सुन्दर शहरको परिकल्पनासहित उक्त कार्य शुरु गरेको कामपाले जनाएको छ ।  यदि कसैको भरोसामा उक्त कार्य गरिएको प्रमाण फेला परे कानुनीरुपमा नै कारबाही गरिने पनि कामपाका निर्देशक नवराज..

    कुमाल समुदायको माटोका भाँडा बनाउने पुख्र्यौली पेशा लोप हुँदै, कामदार र कच्चा पदार्थको अभाव

    बुधबार, चैत्र १४, २०७४ साल
    पाल्पा, १४ चैत : कुमाल समुदायको पुख्र्यौली पेशाका रुपमा परिचित माटोका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ ।  पाल्पाको वगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदायमा कामदार र कच्चा पदार्थको अभावमा माटोका भाँडा बनाउने पेशा नै लोप हुँदै गएको हो ।  माटोका भाँडा बनाउने पेशाप्रति युवा पुस्ताको आकर्षण हुन नसक्नु तथा माटो, दाउरा, पराललगायतका कच्चा पदार्थको अभावमा कुमाल बस्तीमा माटोका भाँडा बनाउने पेशा नै..

    सुख्खा मौसमसँगै आगलागीका घटना बढे पछी आगो निभाउने दमकल अभाव

    मंगलवार, चैत्र १३, २०७४ साल
    चितवन, १३ चैत : सुख्खा मौसमसँगै दैनिकजसो आगलागी हुने गरे पनि जिल्लाका स्थानीय तहमा आगो निभाउनका लागि दमकल अभाव भएको छ ।  भरतपुर महानगरपालिकामा रहेका २० वर्ष पुराना दुई दमकल बिग्रिएका छन् । महानगरपालिका दमकल शाखाका प्रमुख देवेन्द्र रेग्मीका अनुसार एउटा दमकल छ महिनादेखि थन्किएको छ भने अर्को आइतबार साँझदेखि बिग्रिएको हो । छ महिनाअघि थन्किएको जर्मन मर्सिडिजको पाँच हजार लिटर क्षमताको..

    बेलायती राष्ट्रिय पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखले मागे क्षमायाचना, अहिलेको गल्ती भविष्यमा नहुने जिकिर

    आईतवार, चैत्र ११, २०७४ साल
    लण्डन, बेलायत, ११ चैत विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरवर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अङ्कमा पूर्ण पृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्याङ्क सार्वजनिक भएकोप्रति क्षमा याचना गरेका छन् । “फेसबुकमा आएको तपाईको सूचनालाई संरक्षण गरी राख्ने जिम्मेवारी हामीलाई छ । यदि यो गर्न सक्दैनौ भने हामी योग्य हुन सक्दैनौ ।” ‘सन् २०१४ मा फेसबुकका लाखौँ प्रयोगकर्ताको तथ्याङ्क चुहिएको’ विश्वविद्यालयका अनुसन्धाताले गरेको..

    चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला चैत २३ देखि सुरु हुदै

    बुधबार, चैत्र ७, २०७४ साल
    भक्तपुर, ७ चैत : औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले नयाँ वर्षका अवसरमा यहाँ ‘चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५’ आयोजना गर्ने भएको छ ।  मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दीप महतले यही चैत २३ देखि आगामी वैशाख ३ गतेसम्म आयोजना हुने मेला उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले गर्न लागिएको बताए ।  मेलाका संयोजक..

    मदिराको बिर्काेमा नक्कली स्टिकर छाप्ने भारतीय कम्पनी छानविनको दायरामा

    मंगलवार, चैत्र ६, २०७४ साल
    वीरगञ्ज ६ चैत ।  मदिराको बिर्काेमा टाँस्ने राजश्वको नक्कली स्टिकर छाप्ने भारत कलकत्ताको एक कम्पनीलाई छानविनको दायरामा ल्याउने प्रयास भइरहेको आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पर्साले जनाएको छ ।  नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका व्यक्तिसँग विभिन्न चरणमा थप बयान लिने काम भइरहेको भन्दै प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाले रासससँग भने , “नक्कली स्टिकर छाप्ने सो भारतीय कम्पनीको नाउँ सार्वजनिक गर्दा सतर्क हुने भएकाले नाम..

    रोबोटबाट चल्ने सिमेन्ट उद्योग हेटौंँडामा संचालन हुदै, जनशक्ति कम लाग्ने विश्वास

    आईतवार, चैत्र ४, २०७४ साल
    हेटौँंडा, ४ चैत ।  पहिलो पटक  हेटौंँडामा रोबोटबाट सञ्चालन हुने ठूलो सिमेन्ट उद्योगले परीक्षण उत्पादन गर्ने तयारीमा छ ।  जगदम्बा र शंकर ग्रुपको संयुक्त लगानीमा निर्माण भइरहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग प्रालि निर्माणको अन्तिमचरणमा पुगेको हो । दैनिक ५० केजी तौलको ५६ हजार बोरा सिमेन्ट उत्पादन गर्नसक्ने क्षमता भएको उद्योगमा सिमेन्ट उत्पादनका लागि उपकरण सञ्चालनमा रोबोट प्रयोग हुने भएकाले जनशक्ति कम लाग्ने उद्योगका परियोजना..

    अवैध रूपमा फेसबुक तथ्याङ्क लिएको आरोप, फेसबुक र केम्ब्रिजको भने गलत नगरेको भनाई

    आईतवार, चैत्र ४, २०७४ साल
    काठमाडौं, ४ चैत ।  अमेरिकाको म्याशाच्युसेट्स राज्यका उच्च कानून अधिकारीले राष्ट्रपति ट्रम्पको चुनावी अभियानका लागि काम गरेको एउटा फर्मले फेसबुक प्रयोगकर्ताहरूको निजी सूचनाहरू संकलन गरेको भन्ने विवरणबारे उनको कार्यालयले छानबिन गर्ने बताएकी छन् । केम्ब्रिज एनालिटिका नामक फर्मका पूर्व कर्मचारीले करिब पाँच करोड फेसबुक खाताहरूमा पहुँच कायम गरिएको बताए । म्याशाच्युसेट्सकी महान्यायाधिवक्ता मोरा हेलीले अमेरिकी नागरिकहरूले जवाफ सुन्न पाउनुपर्ने बताइन् । फेसबुकले केम्ब्रिज एनालिटिकालाई..

    गुणस्तर चिह्न नलिई ४८ ग्यास उद्योग सञ्चालनमा, अझै कारबाही हुनसकेन

    बुधबार, फागुन ३०, २०७४ साल
    काठमाडौँ, ३० फागुन ।  नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन् ।  सरकारले ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएर सञ्चालन गर्न आग्रह गरेपनि उक्त कम्पनीले अटेर गरेका हुन् । नेपाल गुणस्तर तथा नापतौल विभागले पुसमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न नलिएका ग्यास उद्योगमाथि कारबाही चलाएपछि दुई महिनाभित्र लिने भनेपनि अहिलेसम्म..

    फेसबुकविरुद्ध ब्लाकबेरीले हाल्यो मुद्दा, बौद्धिक सम्पत्तिको आरोप सहित ह्वाट्सएप र इन्स्टाग्रामविरुद्ध मुद्दा दायर

    बिहिवार, फागुन २४, २०७४ साल
    २४ फागुन, एजेन्सी । बौद्धिक सम्पत्ति अर्थात् पेटेन्ट उल्लंघनको आरोप लगाउँदै क्यानडा स्थित टेक्नोलोजी कम्पनी ब्लाकबेरीले मंगलबार फेसबुक तथा उसका अन्य दुई कम्पनीहरु ह्वाट्सएप र इन्स्टाग्रामविरुद्ध मुद्दा दायर गरेको छ । फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले आफ्नो ब्लाकबेरी मेसेन्जरको प्रविधि तथा फिचर्स हुबहु नक्कल गरेको दाबी ब्लाकबेरीको छ । ब्लाकबेरीले अमेरिकाको लस एन्जल्स संघीय अदालतमा पेटेन्ट उल्लंघनको मुद्दा दर्ता गरेको हो ।..

    "होली"मा नेपाल टेलिकमले ल्यायो "मेगा" अफर, थाहा पाउनुहोस् .....

    बुधबार, फागुन १६, २०७४ साल
    काठमाडौँ, १६ फागुन नेपाल टेलिकमले होलीलाई लक्षित गरेर नयाँ अफरहरु ल्याएको छ। होली पर्वलाई ध्यानमा राखेर ग्राहकहरुका लागि ‘होली अफर’ उपलब्ध गराएको टेलिकमले जनाएको छ। यो  अफर आगामी फागुन १७ देखि चैत १ गते सम्म खरिद गरी उपभोग गर्न सकिने टेलिकमले जनाएको छ । होली अफरका विभिन्न प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट *1415# डायल गर्नुपर्ने छ ।   अनलिमिटेड भ्वाइस नाइट कल यो अफर..

    नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु गर्दै 'राष्ट्रिय कृषि अनुसन्धान केन्द्र'

    सोमबार, फागुन १४, २०७४ साल
    धनकुटा, १४ फागुन  ।  आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ ।  धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चियाको क्षेत्रमा विगत १० वर्षदेखि कुनै काम गर्न नसकेको केन्द्रले अब नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत छुट्टै कार्यालय स्थापना गरी..

    छुट्टै कार्यालय स्थापना गरी नेपाली ब्राण्डको चियाको अनुसन्धान शुरु

    सोमबार, फागुन १४, २०७४ साल
    धनकुटा, १४ फागुन : आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ ।  धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया अनुसन्धान शुरु गरेको हो । चियाको क्षेत्रमा विगत १० वर्षदेखि कुनै काम गर्न नसकेको केन्द्रले अब नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत छुट्टै कार्यालय स्थापना..

    नेपालबाट ४० जनाले प्रत्यक्ष विश्वकप फुटबल अवलोकन गर्न पाउने

    मंगलवार, फागुन ८, २०७४ साल
    काठमाडौँ, ८ फागुन : कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ ।  कोकाकोला नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफरअन्तर्गत भाग्यशाली उपभोक्तालाई सम्पूर्र्ण खर्चसहित विश्वकप हेर्न लैजाने आयोजकका देशीय निर्देशक अम्बुज सिंहले बताए ।  उहाँले फिफासँग विगत ४० वर्षदेखि सहकार्य गर्दै आएको बताउँदै उक्त अफरअन्तर्गत १२..

    तीनवटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौँ, २५ माघ ।  नेपाल गुणस्तर तथा नापतौल विभागले तीनवटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान गरेको छ ।  विभागले जानकी ग्यास उद्योग नवलपरासी, मेट्रो ग्यास उद्योग धादिङ र एनएल ग्यास उद्योग वीरगञ्जलाई आज  विहिबार गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो ।  विभागले उक्त ग्यास उद्योगमा दुई पटक निरीक्षण गरी गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो । नेपालमा सञ्चालित ५५ ग्यास उद्योगमध्ये हालसम्म चारवटा उद्योगले मात्र..

    ‘स्मार्टडोको’ को भ्यालेन्टाइन डे लक्षित ‘डोकोभरी माया’ अभियान सार्वजनिक

    मंगलवार, माघ २३, २०७४ साल
    काठमाडौं, माघ २३ ।  यस वर्षको प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै अनलाइन सपिङ पोर्टल स्मार्टडोकोले ‘डोकोभरी माया’ क्याम्पीयनको घोषणा गरेको छ । यस अभियान अन्तर्गत तीन भाग्यशाली बिजेताले  तीन विशेष उपहारका साथमा विभिन्न ब्राण्डको खरिदमा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्नेछन् । यस डोकोभरी माया अभियान यही १ फेबु्रअरी देखि १३ फेबु्रअरी सम्मका लागि सञ्चालन भैरहेको  छ ।  जस..

    अन्तत: १ सय ५४ वर्षपछि नेपाली चियाले पायो आफ्नै 'ट्रेडमार्क'

    आईतवार, माघ २१, २०७४ साल
    इलाम, २० माघ  ।  नेपालमा चिया खेती शुरु भएको झण्डै १५४ वर्षपछि नेपाली अर्थाेडक्स चियाले आफ्नै पहिचान पाएको छ ।  चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संघसंस्था र चियाविज्ञको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लोगो (ट्रेडमार्क) पाएको हो ।  हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ लेखिएको लोगो नेपाली चियाले पाएको छ । यसअघि नेपाली अर्थोडक्स चिया दार्जिलिङको लोगोमा अन्तर्राष्ट्रिय..

    टाटाद्वारा नेपालमा सार्वजनिक गर्न लागेको कम्प्याक्ट एसयूभी ‘नेक्सन’ प्रदर्शनमा

    शुक्रबार, माघ १९, २०७४ साल
    काठमाडौं, माघ १९ ।  टाटाले नेपालमा सार्वजनिक गर्न लागेको कम्प्याक्ट एसयूभी नेक्सनलाई प्रदर्शनमा राखेको छ । टाटाको थापाथलीस्थित सो–रुममा नेक्सन प्रद्धर्शनमा राखिएको हो । टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले औपचारिक रुपमा सार्वजनिक गर्नुअघि नै ग्राहक तथा शुभचिन्तकका लागि बहुप्रतिक्षित नेक्सनलाई प्रदर्शन गरेको छ । नेक्सनको डिजाइन निकै अब्बल किसिमको छ । यो एउटा कम्प्लिट कम्प्याक्ट एसयूभी भएको दावी सिप्रदीको छ ।..

    नेपाल चिया बगान श्रमिक संघको अध्यक्षमा भुजेल नियुक्त

    शुक्रबार, माघ १२, २०७४ साल
    भद्रपुर, १२ माघ।     नेपाल चिया बगान श्रमिक संघ चन्द्रगढी टी स्टेट एकाइ समिति भद्रपुर–१० को अध्यक्षमा मणि भुजेल सर्वसम्मत चयन भएका छन्  ।  तीन वर्षे कार्यकालका लागि समितिको उपाध्यक्षमा दुर्गा भुजेल, सचिव भीमा तामाङ, सहसचिव कमला राई र कोषाध्यक्षमा कल्पना भुजेल तथा सदस्यमा क्रमशः निर्मला श्रेष्ठ, ताला मुर्मु, चन्द्रकला राजवंशी, बोधलाला हेमरम र ललित मुर्मु सर्वसम्मत चयन भएका छन् ।  नेपाल चिया बगान श्रमिक..

    पुस्तक व्यवसायी संगठनलाई मर्यादित हुन राज्यमन्त्री अधिकारीको आग्रह

    मंगलवार, माघ ९, २०७४ साल
    काठमाडौँ, ८ माघ ।  शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पुस्तक व्यवसायीलाई मर्यादित हुन आग्रह गरेका  छन्  ।  पाँचौँ राष्ट्रिय पुस्तक दिवस एवं वसन्तपञ्चमीका अवसरमा आज सोमबारयहाँ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, काठमाडौँद्वारा ‘पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक दिवसको महत्व’ विषयक विचार गोष्ठीमा राज्यमन्त्री अधिकारीले पुस्तक व्यवसायमा हुने विकृति र विसंगतिलाई निरुत्साहित गरी मर्यादितरुपमा पठन संस्कृतिको विकासमा लाग्न आग्रह गरेका  हुन्  ।  “पुस्तकालयलाई व्यवस्थित गर्न..

    हेटौँडा सिमेन्टले बढायो मूल्य, भ्याटसहित प्रतिबोरा रु ९१२ मा बिक्री

    आईतवार, पौष ३०, २०७४ साल
    हेटौंडा, ३० पुस : सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा रु १०० भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो ।  उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य वृद्धि गरेको हो । अहिले सिमेन्टको मूल्य भ्याटसहित प्रतिबोरा रु ९१२ बिक्री मूल्य पुगेको छ । उद्योगले..

    विज्ञापन कम्पनीहरु मर्यादित र प्रतिस्पर्धी बन्नुपर्छ: सञ्चारमन्त्री बस्नेत

    बिहिवार, पौष २७, २०७४ साल
    काठमाडौँ, २७ पुस : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विज्ञापन कम्पनी मर्यादित र प्रतिस्पर्धी बन्नुपर्ने बताएका छन् ।  नेपाल विज्ञापन संघको १८औँ वार्षिक साधारणसभाको बिहीबार यहाँ उद्घाटन गर्दै मन्त्री बस्नेतले विज्ञापन कम्पनी मर्यादित व्यवसायीका रुपमा अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले भने, “हजारौँ मानिसलाई रोजगारी दिई राष्ट्रलाई पनि फाइदा पु¥याइरहेकाले विज्ञापन कम्पनी आफैँमा उद्योग हुन्, यसलाई औपचारिक रुपमै उद्योगका रुपमा लैजान गर्नुपर्ने..

    सरकारी स्वामित्वकै ठूलो उदयपुर सिमेन्टको उत्पादनमा वृद्धि

    बिहिवार, पौष २७, २०७४ साल
    गाईघाट, उदयपुर, २७ पुस  ।  देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ ।  उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढ्दै जान थालेको र उद्योगको मेशिन मर्मत र सुधारमा समेत राम्रो व्यवस्थापन भएका कारण अहिले उत्पादन प्रतिदिन ७०० मेट्रिक टन पुर्याइएको हो ।  विगतका दिनमा प्रतिदिन ६०० मेट्रिक टन सिमेन्ट उत्पादन हुँदै आएको र..

    सुधारको बाटोमा इँटा उद्योग : भूकम्प पछि इन्जिनियरिङ डिजाइनमा

    शुक्रबार, पौष २१, २०७४ साल
    नगरकोट, २१ पुस । भूकम्पपछि पुनःनिर्माण गरिएका इन्जिनियरिङ डिजाइनमा आधारित फिक्स्ड चिम्नी प्रविधिबाट एक वर्षमै राम्रो प्रतिफल प्राप्त भएपछि इँटा उद्योगी उत्साहित भएका छन् । सुधारिएको इँटा भट्टामा कम कोइला खपत भई गुणस्तरीय इँटा उत्पादन हुने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।  विसं २०६१ देखि इँटा भट्टा सञ्चालन गर्दै आएका ताथली–९ का राजकुमार लाखेमरुले आफ्नो भट्टालाई सुधारिएको फोर्स ड्राफ्ट प्रविधिमा रूपान्तरित गरेपछि..

    आर्थिक विकासमा सुनचाँदी क्षेत्रको भूमिका महत्वपूर्ण : काँग्रेस नेता सिंह

    सोमबार, पौष १७, २०७४ साल
    काठमाडौँ १७ पुस   ।  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जनादेशअनुसार काँग्रेस प्रतिपक्षमा बस्ने बताएका छन्  ।  काठमाडौँ सुनचाँदी व्यवसायी संघले सोमबार यहाँ आयोजना गरेको ‘प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान’ कार्यक्रममा उनले काँग्रेस प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टी भएकाले जनादेशलाई स्वीकार गर्ने बताएका हुन्  । “प्रजातान्त्रिक पद्धतिअनुसारको भएको निर्वाचनको नतिजा स्वीकार्नुपर्छ,”– उनले भने  ।  काठमाडौँ सुनचाँदी व्यवसायी संघको सल्लाहकारसमेत रहेका..

    नेविसंघको माग -'ग्यास उद्योग वस्तीबाट टाढा लगेर सञ्चालन गर'

    शुक्रबार, पौष १४, २०७४ साल
    काठमाडौँ, १४ पुस ।  नेपाल विद्यार्थी संघले नेपाल ग्यास उद्योगलाई बस्तीबाट टाढा लगेर सञ्चालन गर्न माग गर्दै प्रदर्शन गरेको छ ।  विरगञ्जमा ग्यास उद्योगमा भएको आगालागीमा परी धेरै जनधनको क्षति भएको भन्दै त्यो घटनाबाट पाठ सिकेर बस्तीबाट टाढा लगेर ग्यास उद्योग सञ्चालन गर्नुपर्ने माग गर्दै नेविसंघले आज बालाजु औद्योगिक क्षेत्र अगाडि प्रदर्शन गरेको हो ।  काठमाडौँ महानगरपालिकाका–१६ का अध्यक्ष मुकु-न्द रिजालले धेरै विद्यालय र..

    कुवेत–काठमाडौँ–कुवेत सिधा उडान भोलिदेखि

    मंगलवार, मंसिर १९, २०७४ साल
    काठमाडौँ, १९ मंसिर ।  भोलिदेखि कुवेत–काठमाडौँ–कुवेत सिधा उडान शुरु हुँदैछ ।  कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौँ प्रत्यक्ष उडान शुरु गर्न लागेको हो । उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग आज कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  काठमाडौँमा–कुवेत सिधा उडानबाट नेपाल–कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल..
    Results 221: You are at page 7 of 8
    First Prev 1 2 3 4 5 6 7 8 Next Last
    Weather Forecast