बिहिवार, भाद्र ५, २०७६

    ब्राण्ड/संगठन

    नेबिको प्रालिको नयाँ ब्रन्च बिस्कुट नेपाली बजारमा

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौं, १७ फागुन नेबिको प्रालिको आफ्नो नयाँ उत्पादन ब्रन्च बिस्कुट देशका विभिन्न शहरहरुमा बिक्री वितरण सुरु गरेको छ । नयाँ उत्पादन ब्रन्चलाई पहिलो चरणमा ठुला शहरमा सार्वजनिक गरेपछि बिस्तारै अन्य शहरहरुमा उपभोक्ताको मागलाई ध्यानमा राखेर उपलब्ध गराउने लक्ष्य रहेको कम्पनीले जनाएको छ  । देशका ठुला शहरहरुमा सार्वजनिक भएको छोटो समयमै उपभोक्ताहरुले अत्यधिक मन पराएकाले अन्य शहरमा पनि यसले राम्रो प्रभाव पार्ने..

    साङ्गयोङ्ग मोटर्सको शोरुम अब पोखरामा, बिभिन्न आकर्षक अफर !

    मंगलवार, फागुन १४, २०७५ साल
    पोखरा, १४ फाल्गुन : नेपालका लागि साङ्गयोङ्ग मोटर्सको आधिकारिक बिक्रेता रहेको आइएमएस ग्रुपले पोखरामा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।  आइएमएसले एक कार्यक्रमको आयोजना गरि गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरास्थित  उत्तमचोकमा शोरुमको उद्घाटन गरेको हो । सो अवसरमा नेकपा नेता एवम् गण्डकी प्रदेशका  अर्थ तथा योजना मन्त्री  किरण गुरुङ्ग, पूर्व मिस नेपाल सृस्टी श्रेष्ठ, आइएम्एस्  ग्रुपका अध्यक्ष दिपक मलहोत्रा, कार्यकारी अधिकृत..

    ​जनता बैंकको आयोजनामा दोरम्बामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर

    आईतवार, फागुन १२, २०७५ साल
    रामेछाप, १२ फागुन जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रामेछापको दोरम्बा गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर,आँखा शिविर र स्तनक्यान्सर सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।  संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा जनता बैंकले यस्ता प्रकारका कार्यक्रम संचालन गर्दै आएको छ । विशेषगरी स्त्री तथा प्रसूति रोग सम्बन्धी र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा रामेछाप..

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन बजारमा

    बिहिवार, फागुन ९, २०७५ साल
    सानफ्रान्सिस्को, ९ फागुन  दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ ।  तीब्र प्रतिस्पर्धाका कारण मोबाइलको बिक्री घट्न थालेपछि चिन्तित देखिएको सामसुङले नयाँ विशेषता सहितको नयाँ फोन सार्वजनिक गरेको हो । यस फोनमा पाँचौं पुस्ता (फाइभ–जी) को तारविहीन टेलिफोन नेटवर्कमा..

    होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५ सयको रोजगारी जोखिममा

    मंगलवार, फागुन ७, २०७५ साल
    टोकियो, ७ फागुन   कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले प्लान्ट बन्द भएसँगै करिब तीन हजार ५०० जनाको रोजगारी गुम्ने सम्भावना रहेको जनाएको छ ।  इङ्ल्यान्डको दक्षिणपश्चिम स्वीन्डोनमा रहेको प्लान्ट होन्डाको युरोपेली युनियनमा रहेको एक मात्र प्लान्ट हो । यो प्लान्टबाट होन्डाको “सिभिक” मोडेलको कार विगत २४ वर्षदेखि उत्पादन हुँदै..

    रेमण्डको छैटौं शोरुम जावलाखेलमा शुभारम्भ (फोटोफिचर)

    शुक्रबार, फागुन ३, २०७५ साल
    काठमाडौँ, ३ फागुन नेपालको एकमात्र आधिकारिक अन्तर्राष्ट्रिय सटिंग शुटिंग ब्राण्ड रेमण्डले आफ्नो छैटौं शोरुम ललितपुरको जावलाखेलमा शुभारम्भ गरेको छ । कार्यक्रमलाई उद्घाटन गर्दै रेमण्ड ग्रुपको नेपालस्थित अध्यक्ष संजय अधिकारीले सर्वसाधारणलाई सुफत मुल्यमा अन्तर्राष्ट्रिय स्तरको सुविधा दिने खोजेको बताए ।   उनले भने "खानेकुरामा जसरी मिसावट हुन्छ, त्यसरीनै कपडामा पनि मिसावट हुन्छ । त्यसलाई सरकारले ध्यान दिन सकेको छैन  । रेमण्डको सबै सामान क्वालिटीको ग्यारेन्टी छ..

    सामसुङ्ग ग्यालेक्सी एम् १० नेपाली बजारमा, यस्ता छन् फिचर

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडौँ, २ फागुन सामसुङ्ग ग्यालेक्सी एम् टेन नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालको पहिलो र ठूलो मोबाइल बितरक कम्पनीको रुपमा रहेको, मोबाइल सेवा प्रदायक कम्पनी सामसुङ्गले आफ्नो नयाँ मोडल सामसुङ्ग ग्यालेक्सी एम् टेन नेपाली बजारमा लन्च गरेको छ । साथै सामसुङ्गले  सामसुङ्ग ग्यालेक्सी एम टेन  मोडेलको यो फोन स्मार्टडोकोबाट  १३ हजार  ७ सय ९० मा ग्राहकले किन्न सक्ने जनाएको छ । ..

    टाटा मोटर्सको बिराटनगरस्थित नयाँ शोरुमको उद्घाटन

    बिहिवार, फागुन २, २०७५ साल
    बिराटनगर, फागुन २ । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्ना उत्पादन बिक्रीवितरणका लागि बिराटनगरमा नयाँ शोरुम संचालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको विराटनगरका लागि आधिकारिक वितरक गोयल अटो प्रालिले बुधबारदेखि शोरुम संचालनमा ल्याएको हो । टाटा मोटर्सका लागि महत्पूर्ण मानिएको नेपाली बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम संचालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने हाम्रो प्रयत्नलाई सबल..

    स्थानीय तहमा २९ हजार सहकारी हस्तान्तरण, लाखौं लाभान्वित

    मंगलवार, माघ २९, २०७५ साल
    काठमाडौँ, २९ माघ  सरकारले करीब २९ हजार सहकारी संस्था र त्यसको व्यवस्थापन प्रणाली स्थानीय तह एवं प्रदेश सरकारमा हस्तान्तरण गरेको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रको विकासमा आवश्यक नीति, नियम निर्माणलगायत विषयमा सहयोग गर्ने स्थानीय तहमा सहकारीको गतिविधिलाई सक्रिय बनाउने नीति अवलम्बन गरेको छ ।  देशभर हाल ३४ हजार ५१२ प्रारम्भिक सहकारी संस्था छन् । समाजमा छरिएर रहेको..

    “उत्पादनको ‘ब्राण्डिङ’ गरेपछि बजारको दायरा पनि फराकिलो हुन्छ” (भिडियोसहित)

    बिहिवार, माघ २४, २०७५ साल
    काठमाडौं, २४ माघ सन् २००८ मा राजधानी काठमाडौलाई आधार बनाएर स्थापित ‘शुट द्याट फिट्स’ [Suit That Fits] यहाँसम्म आइपुग्दा एक परिपक्क संस्थाकारुपमा स्थापित भैसकेको छ । तत्कालीन समयमा बेलायतमै परिचत ‘ब्राण्ड’ मानिएको ‘अ शुट द्याट फिट्स’ [A Suit That Fits] सँग सहकार्य गर्ने गरी काठमाडौंमा यसको स्थापना गरिएको संस्थापक तथा निर्देशक ओमभक्त योगी बताउनुहुन्छ ।  आफ्ना उत्पादनहरु आयरल्याण्ड, स्कटल्याण्ड,अमेरिका लगायतका बिभिन्न मुलुकमा पुर्याइसकेको..

    मार्केटिङमा असफलतापछी टाटा नानो कारको उत्पादन बन्द गर्ने घोषणा

    शुक्रबार, माघ ११, २०७५ साल
    मुम्बई, ११ माघ विश्वकै सबैभन्दा सस्तो कार मानिएको टाटा नानो कारको उत्पादन यसै वर्षदेखि बन्द हुने भएको छ । भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले विगत १० वर्षदेखि सानो आकारको नानो कारको उत्पादन गरिआएको थियो । अर्को वर्षको अप्रिलदेखि नानो कारको उत्पादन र बिक्री गर्न लागेको टाटा मोटर्सले जनाएको छ । भारतीय उपभोक्ताले त्यति नरुचाएको यस कारको उत्पादन लागत बढी रहेको..

    पहिलो पटक ‘मिडिया–कम्युनिकेसन–एडभर्टाइजिङ्ग एक्स्पो २०१९’ को आयोजना हुँदै

    बुधबार, माघ ९, २०७५ साल
    काठमाडौं, माघ ९ : देश विदेशमा छरिएर रहेका सञ्चार तथा विज्ञापन क्षेत्र र त्यससँग सरोकार राख्नेहरुलाई लक्षित गर्दै पहिलो पटक ‘मिडिया–कम्युनिकेसन–एडभर्टाइजिङ्ग एक्स्पो २०१९’ को आयोजना गरिने भएको छ । आगामी चैत्र २९ गतेदेखि २०७६ साल बैशाख १ गतेसम्म गरी जम्मा ३ दिनसम्म राजधानीको भृकुटीमण्डपमा एक्स्पो चल्ने जनाइएको छ । मिडिया महाकुम्भ मेला नाम दिइएको सो एक्स्पोमा करिब २३ देशका १ शय ५० बढी..

    फ्रान्सद्वारा रेनल्ट र निशानलाई मर्ज गर्न जापानसँग प्रस्ताव, राष्ट्रपतिको इच्छा कति ? यस्तो भित्री कथा..

    सोमबार, माघ ७, २०७५ साल
    पेरिस, फ्रान्स, ७ माघ  फ्रान्सले जापानी तथा फ्रान्सेली कार कम्पनीहरू, निशान र रेनल्टलाई एउटै कम्पनीमा मिसाउने (मर्जर) प्रस्ताव अघि सारेको छ । निशानका अध्यक्ष कार्लोस गोउनलाई आर्थिक अनियमितता गरेको आरोपमा पक्राउ गरेपछि फ्रान्सले उक्त प्रस्ताव ल्याएको बताइन्छ ।  तर फ्रान्सका वित्तमन्त्रीले भने वर्तमान संरचनालाई परिवर्तन गर्ने औपचारिक प्रस्ताव भैनसकेको बताएका छन् ।    मर्जर प्रस्तावको मुख्य कारक : जापानी निशान, मिटसुबिसी र फ्रान्सको रेनल्टबीच शक्तिशाली..

    जनता बैंकको नवौं साधारण सभा सम्पन्न, ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने निर्णय

    सोमबार, पौष ३०, २०७५ साल
    काठमाडौँ, ३० पुस जनता बैंक नेपाल लिमिटेडको नवौं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष केशव बहादुर रायमाझीको अध्यक्षतामा भएको साधारण सभाले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई ६८ करोड ६६ हजार आठ सय तीन रुपैयाँ बराबर अर्थात चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । यस्तै वासलात र नाफा–नोक्सान..

    हुवावे कम्पनीद्वारा पोल्याण्डमा जासुसी आरोपमा समातिएका चिनियाँ कर्मचारीलाई वर्खास्त

    आईतवार, पौष २९, २०७५ साल
    बेइजिङ, चीन, २९ पुस : चीनको विश्व प्रसिद्ध टेलिकम कम्पनी हुवावेले पोल्याण्डमा जासुसी आरोपमा पक्राउ परेका वाङ वेजिङलाई कम्पनीको कर्मचारीबाट बर्खास्त गरेको चीनको राज्य सञ्चालित पत्रिकाले जनाएको छ ।  चिनियाँ व्यवसायीलाई पोल्याण्डमा जासुसी गरेको आरोपमा गरिएको पक्राउप्रति चीनले शुक्रबार ‘उच्च चासो’ व्यक्त गरेको बताइएको थियो । पोल्याण्डको स्थानीय सञ्चारमाध्यमले विश्व प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी, हुवावेका पोल्याण्ड लागि पक्राउ गरेको जानकारी दिएको थियो..

    सार्क क्षेत्रका उत्कृष्ट महिला उद्यमीको खोजी, श्रीलंकामा आयोजना हुने प्रतिश्पर्धामा नेपालबाट पनि जाँदै

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौं, पुस २४ । दक्षिण एशियाली देशहरुको संगठन ‘सार्क’ अन्र्तगतका राष्ट्रहरुका उद्यमी महिलाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यसहित उत्कृष्ट उद्यमीको खोजी सुरु भएको छ । आगामी मार्च महिनामा श्रीलंकामा आयोजना हुने उत्कृष्ट महिला उद्यमी २०१८ का लागि नेपालबाट समेत प्रतिश्पर्धीहरु छनौट भैरहेको हो ।  सोमबार नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एससीडब्लुइसीकी उपाध्यक्ष रीता भण्डारीले उक्त कुराको जानकारी गराउनुभयो ।  श्रीलंकामा..

    नेपाल गुणस्तर विभाग : १६ उद्योगका १९ वस्तुलाई गुणस्तर चिह्न प्रदान

    आईतवार, पौष २२, २०७५ साल
    काठमाडौँ, २२ पुस  नेपाल गुणस्तर तथा नापतौल विभागले चालु आर्थिक वर्षमा १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । विभागले गुणस्तर मापदण्ड पुरा गरी उत्पादन गरेका १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई उक्त चिन्ह प्रदान गरेको हो ।  विभागले अन्नपूर्ण भेजिटेबल प्रालि बाराबाट उत्पादित सोय तेल, सूर्यमुखी तेल र भेजिटेबल घीलाई गुणस्तर चिह्न प्रदान गरेको छ । वर्षा रिसाइक्लिङ..

    सामाजिक काममा सिभिल बैंकको साथ ! देशव्यापीरुपमै उत्तरदायित्वमा आधारित कार्यक्रम संचालन

    बुधबार, पौष १८, २०७५ साल
    काठमाडौँ, १८ पुस सिभिल बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसर पारेर महिनाव्यापी रुपमा घोषणा गरे बमोजिमका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न गरेको छ ।  बैंकले देशव्यापी कार्यक्रम अन्र्तगत वीरगंज, विराटनगर, पोखरा, भैरहवा, नेपालगंज, नारायणगढ, हेटौडा, मणीग्राम, बनेपा, इटहरी, बिराटचोक, धनगढि, घोराही, दमकशाखाहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।   साथै  धादिङ्गबेशी, मेलम्ची, आरुघाट, सिन्धुली, फिदिम, विजुवार, गाईघाट, सल्यान ,रुकुम ,ओखलढुंगा, घोराही, मालिङ–क्व्होलासोंथर, भुलभुले, राइनास, बाहृबीसे, लेखनाथ,बेशीशहर,गौंडा,..

    स्याङयोङ गाडीको नयाँ वर्ष अफर योजना सार्वजनिक, गाडी खरिदमा ४ लाख सम्म छुट

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौँ, १५ पुस नेपालका लागी स्याङयोङको आधिकारीक बिक्रेता आईएमएस मोटरले नयाँवर्षको उपलक्षमा ‘स्याङयोङ नयाँ वर्ष मेगा एक्सचेन्ज’ अफर सार्वजनिक गरेको छ ।  योजना अन्तरर्गत ग्राहकहरुले आफ्नो कुनै पनि गाडीसँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभि साट्न सकिने कम्पनिले जानकारी दिएको छ । ग्राहकले पुरानो गाडीसँग नयाँ गाडी सट्टा पट्टा गरी नयाँ गाडी खरिदमा ४ लाख रुपैयाँ सम्मको छुट समेत पाउने भएको छ ।  स्याङयोङले उक्त..

    वातावरणलाई किटाणु रहित र स्वस्थ बनाउने क्रेनका उत्पादनहरु नेपाली बजारमा ...

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौँ, ११ पुस विश्वकै नम्बर १ ब्राण्ड ह्यूमीडीफेयर ब्रान्ड क्रेनको नेपाल स्थित आधिकारिक बिक्रेता आई.एम.एस ग्रुपले यसका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ  ।  यस ग्रुपले उल्लेखित ब्राण्डको स्वास्थ्य एवम जीवनशैली सम्बन्धी विभिन्न उत्पादनहरु जस्तै ह्यूमीडीफेयर (कोठाको हावा ओसिलो बनाउन प्रयोग गरिने उगकरणहरु) एएर प्युरीफाएर, टावर फ्यान, हिटर र अरोमाडिफ्युजर बजारमा बिक्रि वितरण आरम्भ गरेको हो ।  क्रेन एअर प्युरीफाएर हावालाई शुद्धिकरण गरी वातावरणलाई..

    नगरबासीका लागि निःशुल्क दुर्घटना बीमा, शिखर इन्सुरेन्ससँग सम्झौता

    बिहिवार, पौष ५, २०७५ साल
    भरतपुर, ५ पुस चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि रु पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । जङ्गली जनावरको आक्रमण, बाढीलगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि नगरपालिकाले बीमा कार्यक्रम अघि बढाएको हो । शिखर इन्सुरेन्ससँग आइतबार नगरपालिकाले दुर्घटना बीमा सम्झौता गर्दैछ ।  “माडी नगरपालिका र शिखर इन्सुरेन्सबीच बीमा सम्झौताको कार्यविधि तयार भएको छ”, नगरप्रमुख ठाकुरप्रसाद ढकालले भन्नुभयो”, विभिन्न दुर्घटनामा..

    निर्जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्य सहित सिभिल बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता

    मंगलवार, पौष ३, २०७५ साल
    काठमाडौँ, ३ पुस सिभिल बैंक लिमिटेडले वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरे । अब अजोड इन्स्योरेन्सका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने..

    विश्वबिख्यात ब्राण्ड बिएमडब्ल्यु अब नेपाली बजारमा, यस्तो छ बजार मूल्य ...

    आईतवार, पौष १, २०७५ साल
    काठमाडौं, पुस १ हालैमात्र बिएमडब्ल्युद्धारा उत्पादित जी–३१० आर र जी–३१० जीएस मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । कम्पनीले आगामी शनिबारसम्म यसको टेष्ट राईड गराउने जनाएको छ । इन्ट्री लेवल सेग्मेन्टमा भारतीय प्लान्टबाट उत्पादन गरिएको यो बाइक शुक्रबारबाट औपचारीकरुपमा बिक्री वितरण कार्य सुरु गरिएको छ। उत्कृष्ट डिजाइन, आकर्षक बडी र उच्च पर्फमेन्सका कारण बिएमडब्ल्यूका बाइक संसारभर चर्चित छन् । त्यस्तोमा कम्पनीले इन्ट्री लेवलका..

    नेपाल टेलिकमको इन्टरनेट मूल्य घटाउने सञ्चारमन्त्री बाँस्कोटाकाे घोषणा

    शुक्रबार, मंसिर २८, २०७५ साल
    काठमाडौँ, २८ मङ्सिर नेपाल टेलिकमको इन्टरनेट लागत घटाएर मूल्य कम गर्ने सरकारले घोषणा गरेको छ। सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विदेशबाट ल्याउने ब्यान्डवीथको मूल्य घटाएर उपोक्ता मूल्य घटाउन आफू लागिरहेको जानकारी दिएका छन्। नेपाल टेलिकमले भारत र चीनबाट ब्यान्डवीथ ल्याइरहेको छ। टेलिकमले अहिले प्रति एमबीपिएस १८ अमेरिकी डलर तिरिरहेको छ। यो मूल्य अबको हप्ता दशदिनमा समायोजन गरेर कम्तिमा १२ डलरमा..

    सेवासुविधा पुर्याउने उद्देश्यका साथ सहकारी संचालन, कर्जा लिई १ हजार बढी स्वरोजगार

    बिहिवार, मंसिर २७, २०७५ साल
    कञ्चनपुर, २७ मङ्सिर  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले रु पाँच करोड ८५ लाख ६५ हजार ५०० रकम कर्जाका रूपमा परिचालन गरी एक हजार ७४८ जनालाई स्वरोजगार बनाएको छ ।  आव ०७४/७५ मा आबद्ध सदस्यलाई सहकारीले कृषि, व्यापार, कुखुरापालन, बङ्गुरपालन, शैक्षिक र आवास निर्माणका लागि कर्जा प्रदान गरेको हो । सदस्यहरूलाई प्रवाह गरेको कर्जामध्ये रु चार..

    वीमा सेवालाई विस्तार गर्ने उद्देश्यसहित सिभिल बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच सम्झौता

    बुधबार, मंसिर २६, २०७५ साल
    काठमाडौँ, २६ मङ्सिर सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सुर्या लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सुर्या लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डेले हस्ताक्षर गरे । अब सुर्या लाईफ इन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७० शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक..

    अमेरिकालाई चोरीको आरोप : चीनद्वारा आइफोन बिक्रीमा प्रतिबन्ध लगाउन अदालतको आदेश

    मंगलवार, मंसिर २५, २०७५ साल
    काठमाडौं, २५ मंसिर  अमेरिकी माइक्रो चिप निर्माता क्वालकमले एप्पलका केही फोनमा आफ्नो नाममा रहेको प्याटेन्ट चोरी गरेको आरोप लगाउँदै मुद्दा दायर गरको थियो । चीनको एउटा अदालतले अमेरिकी स्मार्टफोन निर्माता एप्पलका केही मोडलका फोन चीनमा आयात र बिक्री गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ । उक्त मुद्दामा सुनुवाइ गर्दै अदालतले सो आदेश दिएको सिएनएनले उल्लेख गरेको छ । अदालतको आदेश सोमबार सार्वजनिक भए पनि..

    महानगर सहकारीले मनायो १८ औं वार्षिकोत्सव, थप प्रभावकारी सेवा दिने बाचा !!

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौं, मंसिर २३  राजधानीको तीनकुनेलाई केन्द्र बनाएर विगत लामो समयदेखि आर्थिक क्षेत्रमा काम गर्दै आएको महानगर सहकारी संस्था लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ । सहकारीले सो अवसरमा शनिबार सुविधानगरस्थित रोड साइड क्याफेमा एक कार्यक्रमको आयोजना गरेको थियो । सयौंको संख्यामा उपस्थित शेयरशनीका बीचमा संस्थाका कोषाध्यक्ष भुपेन्द्र खातीले संस्थाको आय व्यय विवरण पेश गर्नुभयो । सोही अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष..

    अमेरिकी जालझेल ? हुवाए कम्पनीका उच्च अधिकारी क्यानाडामा पक्राउ, चीनले गर्यो खुलेर विरोध

    शुक्रबार, मंसिर २१, २०७५ साल
    ओट्टावा, २० मङ्सिर  चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानाडाका अधिकारीहरुले बताएका छन् ।  चीनले भने उक्त पक्राउ र दुव्र्यवहारप्रति आपत्ति जनाएको छ ।  मेङ वानझाउ हाल हुवाएकी प्रमुख वित्तीय अधिकृत हुनुहुन्छ । इरानमाथिको अमेरिकी नाकाबन्दीको हुवाएले अवज्ञा गरेको आरोपमा अमेरिकी अधिकारीहरुले अनुसन्धान शुरु..

    आईसर गाडीको ८ औं टच पोईन्ट मकवानपुरको पालुङ्गमा

    मंगलवार, मंसिर १८, २०७५ साल
    मकवानपुर, १८ मङ्सिर आईसर गाडीको अधिकृत बिक्रेता इस्टर्न एजेन्सीस प्रा. लि. को सर्विस तथा पार्ट्स हेर्ने इस्र्टन म्यानेजमेन्टद्वारा मकवानपुरको पालुङ्गमा ८औं टच पोईन्ट स्थापना गरेको छ । उक्त जे आर पालुङ्ग मोटर पार्ट्स एण्ड ग्यारेजको उद्घाटन पालुङ्ग नगरपालिका कार्यकारी उपाध्यक्ष खड्ग गोपालीले गरे ।   कार्यक्रममा आईसर साना ट्रक तथा ट्रिपरका सेल्स हेड नबिन खतिवडाले उक्त क्षेत्रमा आईसर गाडीका माग र पहुँच बढिरहेको र..
    Results 221: You are at page 4 of 8
    First Prev 1 2 3 4 5 6 7 8 Next Last
    Weather Forecast