
गाईघाट, ३१ जेठ ।
उदयपुरमा व्यावसायिक रुपमा तेजपात खेतीको विस्तार भइरहेको छ ।
साढे तीन दशकअघि उदयपुरको रौता मुर्कुचीबाट शुरु भएको तेजपात खेती विगत दश वर्ष यता जिल्लाको मध्यपहाडी क्षेत्र, पश्चिमी पहाडी क्षेत्र हुँदै पूर्वीपहाडी क्षेत्रसम्म विस्तार हुँदै गएको छ ।
पन्ध्र वर्षअघि देखि जिल्लाको मध्यक्षेत्रको भुटार, नामेटार, इनामे, माझखर्क, ठानागाउँ, रौता पाँबु, सल्ले, मलबासे हुँदै साउने खाँबुसम्म व्यावसायिक रुपमा तेजपात खेती विस्तार..