आईतवार, भाद्र १, २०७६

    कृषि-उर्जा

    धान फल्ने खेतमा व्यावसायिक रुपमा केरा खेती

    आईतवार, बैशाख २९, २०७६ साल
    गलेश्वर, २९ वैशाख । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन्..

    सुपथ मूल्यमा कृषि उपजहरु उपलब्ध गराउने लक्ष्यले हाट बजारको निर्माण शुरु

    आईतवार, बैशाख २९, २०७६ साल
    गलकोट, २९ वैशाख ।   स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्ने र उपभोक्तलाई सुपथ मूल्यमा कृषिजन्य वस्तु उपलब्ध गराउने उद्देश्यले बागलुङ बजारमा कृषि हाट बजारको निर्माण शुरु भएको छ ।   आम उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक कृषि उपजहरु उपलब्ध गराउने र किसानको खेतबारीबाट खरिद गरेर सोझै बजारसम्म पु¥याउने लक्ष्यले बागलुङ नगरपालिकाको पहलमा सो हाट बजार निर्माण गर्न लागिएको हो ।    बजार निर्माणका लागि नगरपालिकाले पहिलो चरणमा..

    विद्युत् नियमन आयोगले आफ्नो काम थाल्यो, यस्तो छ लक्ष्य..

    बिहिवार, बैशाख २६, २०७६ साल
    काठमाडौ, २६ बैशाख ।  विद्युत् नियमन आयोगले विहिबारदेखि विद्युत् विकास विभाग परिसर सानो गौचरनमा कार्यारम्भ गरेको छ । सो अवसरमा आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई सरल, नियमित, व्यवस्थित तथा पारदर्शी बनाई विद्युत्को माग र आपूर्तिमा सन्तुलन कायम राख्न प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने बताउनुभयो ।  साथै आयोगले विद्युत् महशुल नियमन गर्न, विद्युत् उपभोक्ताको हक र हित संरक्षण..

    ट्रङ्क लाइन लिने व्यवसायीको छानबिन गर्दै प्राधिकरण, अटेर गर्नेको लाइन काटिने

    बिहिवार, बैशाख २६, २०७६ साल
    काठमाडौँ, २६ वैशाख नेपाल विद्युत् प्राधिकरणले विगतमा विशेष प्रयोजनका लागि भनेर उद्योगी व्यवसायीले लिएका ६७ वटा ट्रङ्क लाइनको एक एक गरी अध्ययन गरी यर्थाथ पत्ता लगाउने भएको छ ।    उद्योगी प्राधिकरण विरुद्ध सर्वोच्च उद्योगी व्यवसायीले प्राधिरकणले प्रयोग नै नगरेको विद्युत्को महसुल तिर्न ताकेता गरेको भन्दै आपत्ति प्रकट गरेको छ । केही उद्योगी प्राधिकरण विरुद्ध सर्वोच्च र उच्च अदालतसमेत पुगेका छन् ।  केही उद्योगी तथा..

    कृषिलाई प्राथमिकता दिने गरी बजेट ल्याउन सुझाव

    बिहिवार, बैशाख २६, २०७६ साल
    काठमाडौँ, २६ वैशाख प्रतिनिधिसभाअन्तर्गत विभिन्न समितिका सदस्यले कृषि क्षेत्रलाई पहिलो प्राथमितामा राखेर सन्तुलित विकास गर्ने गरी बजेट ल्याउन सुझाव दिनुभएका छन् ।  उहाँहरुले कृषिले मात्रै आर्थिक समृद्धिमा छिटो टेवा दिने भएकाले अनुदान र सहुलियतका कार्यक्रमसहित वैज्ञानिक कृषि प्रणाली, यन्त्रीकरण र आधुनिकीकरणमा बजेट जानुपर्नेमा जोड दिनुभएको थियो ।  सङ्घीय संसद्, प्रतिनिधिसभा अर्थसमितिद्वारा आज काठमाडौँमा आयोजना गरेको प्रि–बजेट छलफल कार्यक्रममा सहभागी सांसदले समृद्धि नेपाल निर्माणका..

    युवाले शुरु गरे सामूहिक तरकारी खेती

    बिहिवार, बैशाख २६, २०७६ साल
    बेनी, २६ वैशाख म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा ५ युवाले सामूहिक तरकारी खेती शुरु गरेका छन् ।  आठ रोपनी जग्गा भाडामा लिएर ५ युवाले व्यावसायिक रुपमा तरकारी खेती शुरु गरेका हुन् । गणेश केसी, जगत बानियाँ, कृष्टि बानियाँ, मनोज कार्कीलगायतका युवाले ‘प्रगति स्वरोजगार कृषि उत्पादन केन्द्र’ स्थापना गरेका छन् । उनीहरूले रु १० लाख लगानी गरी शुरु गरेको कृषि उत्पादन केन्द्रमा अहिले गोलभेँडा,..

    सप्तरीको अतिविकट गाउँमा विद्युत् पुगेपछि स्थानीयवासी खुशी

    बिहिवार, बैशाख २६, २०७६ साल
    राजविराज, २६ वैशाख सप्तरीको अतिविकट मानिएको डाक्नेश्वरी नगरपालिकाको औरही गाउँमा करीब ३ सय घरमा बिजुली पुगेको छ । डाक्नेश्वरी नगरपालिका–६ औरहीका ३ सय घरमा अहिले विद्युत् जडान भएर बिजुली बलेपछि स्थानीयवासी खुशी भएको सोही ठाउँका मिरदुल यादवले बताउनुभयो । सो क्षेत्रमा विद्युत् नभएपछि मोबाइल चार्ज, कुटानी, पिसानी गर्न अन्य ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो । विद्युत् सञ्चालन नभएका कारण यहाँका अधिकांश व्यक्ति..

    लमही–घोराही १ सय ३२ केभी लाइन सञ्चालन, वितरण शुरु

    बिहिवार, बैशाख २६, २०७६ साल
    लमही, २६ वैशाख । दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ । लाइन सञ्चालन भएसँगै ३३ केभी लाइन घोराही वितरण केन्द्रबाट वितरण शुरु भएको विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख मधुसुदन यादवले बताउनुभयो । “घोराहीको झिग्नीमा शुरु भएको १३२ केभी प्रसारण लाइनअन्तर्गत घोराहीबाट ३२ केभी लाइन शुरु भएको छ”, उहाँले भन्नुभयो, “हामीले यही वैशाख ३ गतेदेखि चार्ज गर्न शुरु..

    व्यावसायिक रुपमा सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौँ, २५ वैशाख । पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । गत शनिबारदेखि परीक्षण गरिएको सो प्रसारण लाइन मङ्गलबार साँझदेखि व्यावसायिक रुपमा नै सञ्चालनमा आएको छ ।  कूल १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड सञ्चालनमा आएपछि सो करिडोरमा निर्माणाधिन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा ल्याउन सहज हुने भएको छ । इलामको..

    गाउँ–गाउँमा कृषि सडक, खेतीयोग्य जमीन बाँझै

    बुधबार, बैशाख २५, २०७६ साल
    मुग्लिन, २५ वैशाख  चितवनको पहाडी ग्रामीण भेगमा कृषि सडक विस्तारको कामले तीव्रता पाएको छ । ग्रामीण भेगमा पातलो बस्तीका कारण बजार आवतजावत गर्ने मानिसको सङ्ख्या भने कमै हुन्छन् । गाउँमा  सडक पुगे पनि स्थानीयको जीवनस्तर उकास्न र सडकमा नियमित सवारी गुड्नलाई कृषिजन्य वस्तु उत्पादन आवश्यक छ तर गाउँमा खेतीयोग्य जमीन भने बाँझै छन् ।   जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–३ ले आर्थिक वर्ष..

    २७ वर्षपछि धान, मकै र गहुँको उत्पादन वृद्धि : तथ्याङ्क

    मंगलवार, बैशाख २४, २०७६ साल
    ललितपुर, २४ वैशाख   कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार  २७ वर्षमा यस वर्ष नेपालले धान, मकै र गहुँको क्षेत्रफल क्रमशः एक, २६ र १९ प्रतिशतले बढाएसँगै उत्पादकत्वमा पनि ४६, ६५ र ९६ प्रतिशतले वृद्धि गरेको छ । यी तीनै बालीको उत्पादन वृद्धि हुनाको कारणमा नेपाल कुषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरी उन्मोचन वा सिफारिस गरेका बीउलाई किसानले उल्लेखनीय रुपमा प्रयोग..

    विषादीको प्रयोग बढेका बेला यि युवाले शुरू गरे अर्गानिक तरकारी खेती

    मंगलवार, बैशाख २४, २०७६ साल
    बेझाड, २४ वैशाख ।  तरकारी खेतीमा विषादीको प्रयोग बढेका बेला पाल्पाका एक युवाले विषादीरहित तरकारीखेती शुरु गर्नुभएको छ । मानव स्वास्थ्यमा विषादी प्रयोग गरेको तरकारीले असर पार्न थालेपछि रामपुर नगरपालिका–१० धन्सारेका राजेन्द्र भण्डारीले अर्गानिक तरकारी खेती थाल्नु भएको हो ।    कृषकले पर्याप्त आम्दानी लिन तरकारी बालीमा अन्धाधुन्ध विषादी प्रयोग गर्दा स्वास्थ्यमा असर पारिरहेको हुँदा विषादीरहित तरकारी लगाउन थालेको उहाँले बताउनुभयो । “तरकारीको..

    समय बदलियो, सोच बदलियो : ऊर्जा क्षेत्रमा कुराभन्दा काम बढी !

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौँ, वैशाख २३  नेपालमा कामभन्दा कुरा गर्नेलाई बढी योग्य मान्ने प्रचलन हावी छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई गाँजेको छ । समाजले जस्तो सिकायो उनीहरु पनि त्यस्तै हुने गर्छन् । तर पछिल्लो समय कतिपय क्षेत्रमा काम गर्ने सोचको पनि विकास भएको छ । त्यसले देश बन्दैछ र नयाँ केही हुँदैछ भन्ने सन्देशसमेत दिएको छ ।  एकाध मान्छेले सकारात्मक सोच मात्रै राख्ने हो..

    माटोमा अम्लीयपन बढ्दै, उत्पादनमा वर्षेनी ह्रास

    सोमबार, बैशाख २३, २०७६ साल
    कञ्चनपुर, २३ वैशाख  रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लीयपन अधिक रहेको पाइएको छ । माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो । माटोबाट बालीले लिएको भन्दा बढी खाद्यतत्वको आपूर्ति हुन नसक्दा र माटोमा अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमीका कारण उत्पादनमा ह्रास आउन थालेको र यसबाट फलफूल, तरकारी र अन्नबालीको उत्पादनमा वर्षेनी ह्रास आउने गरेको छ ।  माटो बिरुवाको खाद्यतत्वको..

    कर्मचारीलाई वर्षमान पुनको निर्देशन - कुराभन्दा काम बढी गर्नु

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौँ, २२ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई कुराभन्दा बढी काम गर्न निर्देशन दिनुभएको छ ।  हालै सम्पन्न आधिकारिक टे«ड यूनियनको निर्वाचनमा विजयी हासिल गरेको राष्ट्रिय कर्मचारी युनियनको पदभार समारोहलाई सम्बोधन गर्दै उहाँले प्राधिकरण सबैले सम्मान गर्ने संस्थाका रुपमा विकास भएकाले संस्थालाई थप सबल र सक्षम बनाउन कुराभन्दा काम गर्ने थप वातावरण बनाउन निर्देशन दिनुभयो ।  आधिकारिक..

    काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण

    आईतवार, बैशाख २२, २०७६ साल
    फिदिम, २२ वैशाख  पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ९०.०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण शुरु गरिएको छ । मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण शुरु गरिएको हो । ४२.८८ किलोमिटर लामो यस खण्डमा सोमबारबाट..

    नेपालका ऊर्जा उद्यमीसँग मिलेर जलविद्युतमा लगानी गर्न बङ्गलादेश तयार

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौँ, २० वैशाख   नेपालका ऊर्जा उद्यमीसँग मिलेर बङ्गलादेशका निजी क्षेत्र ऊर्जा क्षेत्रमा लगानीका लागि तयार भएका छन् । सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट विद्युत् आयात गर्ने विषयलाई नीतिगतरुपमा नै समावेश गरेकाले निजी क्षेत्र पनि त्यसमा होस्टेमा हैंसे गर्न तयार देखिएको हो ।    नेपालमा ऊर्जा उत्पादनको प्रचूर सम्भावना रहेको र बङ्गलादेशलाई विद्युत् आवश्यक भएकाले एक अर्काले मिलेर काम गर्न सके..

    पाल्पाका कृषकले सामूहिक सूर्यमुखी खेती गर्दै

    शुक्रबार, बैशाख २०, २०७६ साल
    रामपुर, २० वैशाख । पाल्पाको निस्दी गाउँपालिकामा सामूहिक सूर्यमुखी खेती थालिएको छ । निस्दी गाउँपालिका–४ मित्याल मुढावासका किसानले परम्परागतरूपमा लगाउँदै आएको मकैखेती छाडेर सूर्यमुखी फूलको खेती गर्न थालेका हुन् । निस्दी गाउँपालिका कृषि शाखाको अनुदान र कृषकको मेहनतमा बुढावासका करीब ४५ कृषकले १७२ रोपनी भिरालो जग्गामा सूर्यमुखी लगाएको कृषक हर्षबहादुर सुनारीले बताउनुभयो ।   जिल्ला कृषि विकास कार्यालय पाल्पामा विसं २०६४ मा जनसुधार आइपिएम..

    राजधानीमै ११ वर्षदेखि प्रसारण लाइन निर्माणमा अवरोध, किन ढालियो टावर ?

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौं, १९ वैशाख    राजधानी बाहिर प्रसारण लाइन निर्माणमा अवरोध हुने र गरिने विषय सामान्य जस्तै हुन थालेको छ । कहीँ वनको समस्या, कहीँ जग्गाप्राप्तिको समस्या । निर्माण व्यवसायीले काम नगर्दा पनि आयोजनाले गति लिनसकेका छैनन् । तर, राजधानीभित्रै प्रसारण लाइन निर्माणमा अवरोध भयो भन्ने विषय भने सामान्य मान्न सकिँदैन ।   सरकारले आगामी १० वर्षभित्र १५ हजार मेगावाट बराबरको विद्युत् उत्पादन गर्ने लक्ष्य..

    दूधमा आत्मनिभर बनाउन उन्नत जातका गाई वितरण

    बिहिवार, बैशाख १९, २०७६ साल
    डोटी, १९ वैशाख  । जिल्लामा दूधको समस्या हुँदै आएपछि यहाँको जोरायल गाउँपालिकाले आफनो गाउँपालिकामा जिल्ला बाहिरबाट उन्नत जातका गाई भित्र्याएको छ ।  पूरै गाउँपालिकालाई नै दूधमा आत्मनिर्भर बनाउनका लागि स्थानीय आठ किसानलाई गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा जर्सी र होलेष्टिन जातका (क्रस) आठ गाई वितरण गरिएकोे हो । गाउँपालिकाभरीमा कम्तीमा पनि १० किसानलाई दूधमा आत्मनिर्भर बनाउनका लागि गाई वितरण गर्ने लक्ष्य रहेको उक्त..

    कृषिलाई यान्त्रिकीकरण गर्ने उद्देश्यसहित हाते ट्र्याक्टर वितरण

    बिहिवार, बैशाख १९, २०७६ साल
    दमौली, १९ वैशाख तनहुँको रिसिङ गाउँपालिकाले किसानलाई अनुदानमा हाते ट्र्याक्टर उपलब्ध गराएको छ । कृषिलाई गरी व्यावसायीकरण र  यान्त्रिकीकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले १० कृषक समूहलाई ट्र्याक्टर वितरण गरेको हो । खेतबारी जोत्न सहज हुने र श्रम लागत घटाउने उद्देश्यसहित रु ६५ हजार मूल्य बराबरको हाते ट्र्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “परम्परागत प्रविधिको..

    तरकारी बेचेरै वार्षिक पाँच लाखको आम्दानी गर्दै रामपुरका युवा

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ, १९ वैशाख वैदेशिक रोजगारीबाट फर्केका रामपुरका दुई युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । यहाँका दिलबहादुर थापा र लालबहादुर थापाले वैदेशिक रोजगारीबाट फर्केपछि एक वर्ष अगाडिबाट सामूहिक तरकारी खेती शुरु गरेका हुन् । व्यवसाय शुरु गरेको पहिलो वर्षमा नै रु पाँच लाख बराबरको आम्दानी गर्न सफल भएका छन् । रामपुर नगरपालिका–४ स्थित देवीस्थानमा बाह्र रोपनी जग्गा भाडामा लिएर मौसमी..

    कुखुराजन्य पदार्थको उत्पादन बढेपछि मूल्यमा गिरावट, कृषक मारमा

    बुधबार, बैशाख १८, २०७६ साल
    चितवन, १८ वैशाख ।  कुखुराजन्य पदार्थको उत्पादन बढेपछि मूल्यमा अस्वभाविक गिरावट आएको छ । दानाको कच्चा पदार्थ र औषधिको मूल्यमा वृद्धि हुँदा कृषक विस्थापित हुने अवस्थामा पुगेका छन् ।  नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न कृषक बाध्य भएका छन् । उहाँका अनुसार हाल अण्डाको लागत मूल्य प्रतिगोटा रु १० रहेको छ तर कृषकले..

    रुपाकोट मझुवागढी नगरपालिकाको ४४ प्रतिशत घरधुरी विद्युतविहिन !

    बुधबार, बैशाख १८, २०७६ साल
    खोटाङ, १८ वैशाख दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४४ प्रतिशत घरधुरी अझै केन्द्रीय विद्युत् प्रसारण लाइन बाहिर रहेका छन् । जिल्लामा २०५८ सालमा केन्द्रीय विद्युत् प्रसारण भए पनि अहिलेसम्म नगरपालिकाभित्रका करीब दुई तिहाइअर्थात् ६६ प्रतिशत घरधुरीले मात्र केन्द्रीय विद्युत् उपभोग गरेका छन् । दश हजार ५० घरधुरी रहेको नगरपालिकाका २१ प्रतिशत घरधुरीले अझै पनि मट्टितेलको टुकी प्रयोग गरिरहेका छन् । नगरपालिकाले तयार गरेको..

    असिनाका कारण बालीनालीमा क्षति पुगेपछि कृषक मर्कामा

    मंगलवार, बैशाख १७, २०७६ साल
    पोखरा, १७ वैशाख ।   पोखरामा सोमबार दिउँसो परेको असिनाका कारण बालीनालीमा क्षति पुर्याएपछि कृषक मर्कामा परेका छन् । व्यावसायिक कृषि सञ्चालन हुँदै आएका कास्कीको बाघमारा, मालेपाटन, छोरेपाटन, विरौटालगायतका क्षेत्रमा असिनाले ठूलो क्षति पुर्याएको छ ।   असिनाले फल्दै गरेको लहरेबालीका साथै मौरीपालक किसानलाई पनि क्षति पुर्याएको लामगादी मौरीपालन केन्द्र पोखरा महानगरपालिका–३३ का सञ्चालक शिवराज भण्डारीले जानकारी दिनुभयो ।   लगातार ठूलो सङ्ख्यामा परेको असिना तथा..

    माथिल्लो त्रिशुली थ्रीएको परीक्षण सम्पन्न, वैशाखबाटै विद्युत उत्पादन

    मंगलवार, बैशाख १७, २०७६ साल
    काठमाडौं, १७ वैशाख । माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण सम्पन्न भएको हो ।  विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परिक्षण  सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । यस्तो परीक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत गृहमा रहेको टर्वाइनमा झारिन्छ र त्यसबाट जेनेरेट,..

    तरकारी बारीबाटै छायो जीवनमा हरियाली, मनग्य आम्दानी

    सोमबार, बैशाख १६, २०७६ साल
    गलेश्वर, १६ वैशाख    बिहानको मिरमिरेदेखि साँझको झिसमिसेसम्म माटो, मल, पानी र बिरुवासँग खेलिरहने बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्कीले तरकारी बारीबाट मनग्य आम्दानी र सम्मान दुबै पाएका छन् ।    ‘कार्की जी नमस्कार’ भन्दै तरकारी बारीमा नै आउने ग्राहकलाई नमस्कार फर्काउँदै उनीहरुले रोजेको तरकारी टिपेर ग्राहकलाई दिँदै भलाकुसारीसम्म गर्न भ्याउने हसिला ५८ वर्षीय कार्की म्याग्दीका लागि अर्गानिक तरकारीका पिता मानिन्छन् ।   म्याग्दीको बेनी नगरपालिका–२ खबराका..

    ४ जिल्लामा चियाखेती विस्तार गर्दै 'TMS' सहकारी

    सोमबार, बैशाख १६, २०७६ साल
    काठमाडौँ, १६ वैशाख  पूर्वका पहाडी जिल्लाहरु भोजपुर, खोटाङ, सङ्खुवासभा र सोलुखुम्बुमा चिया खेती विस्तार गर्ने उद्देश्यले गठित टिटिएस कृषि सहकारी संस्था लिले आइतबार यहाँ चिया दिवस मनायो ।  कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले संस्थाले हाल भोजपुर र खोटाङको एक हजार २०० रोपनी जमीनमा चियाखेती विस्तार गरिसकेको र क्रमशः सोलुखुम्बु र सङ्खुवासभालाई पनि समेट्दै लैजाने उद्देश्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले..

    शैक्षिक प्रमाणपत्र लिएर ऋण, आयमूलक व्यवसायमा उत्प्रेरित

    आईतवार, बैशाख १५, २०७६ साल
    बेझाड, पाल्पा, १५ वैशाख पाल्पाको बगनासकाली गाउँपालिका वडा नं २ पोखराथोककीे सचिना अधिकारीले स्नातक तह उत्तीर्ण गर्नुभयो । उहाँ जागीरका लागि धेरै ठाउँमा भौँतारिनुभयो ।  जागीर दिने निकायमा आफन्त वा इष्टमित्र नहुँदा योग्यता भएर पनि जागीर नपाएको अनुभव उहाँले सङ्गाल्नुभएको छ । अधिकारी जस्तै धेरै युवाका लागि बेरोजगारी गम्भीर चुनौती बन्दै गएको छ । अघिल्लो वर्ष मात्रै बगनासकाली गाउँपालिकाले बेरोजगार शिक्षित युवालाई..

    भरतपुरमा दैनिक ३ पटकसम्म गरी १ हप्ता विद्युत्भार कटौती हुने

    शुक्रबार, बैशाख १३, २०७६ साल
    रत्ननगर, १३ बैशाख ।  भरतपुर सबस्टेशनमा रहेका ‘फिडर’ मा दैनिक चारदेखि पाँच घण्टासम्म विद्युत्भार कटौती हुने भएको छ । शुक्रबारदेखि सो सबस्टेशनका १५ एमभिएका ट्रान्सफर्मर हटाएर ३० एमभिएका ट्रान्सफर्मर राख्ने काम शुरु गरिएकाले दैनिक तीन पटकसम्म गरी पाँच घण्टा विद्युत्भार कटौती गरिने विद्युत् प्राधिकरण कार्यालयका प्रमुख सुरेशकुमार महतोले जानकारी दिनुभयो । “एक हप्तासम्म १५ एमभिए ट्रान्सफरमर परिवर्तन गरी सक्छौ”, उहाँले भन्नुभयो, “यो..
    Results 918: You are at page 7 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast