बिहिवार, चैत्र २०, २०७६

    कृषि-उर्जा

    लमजुङमा अलैँची स्तरीकरण गरिँदै, स्तरीकरणपछि उचित मूल्य पाइने

    सोमबार, मंसिर १८, २०७४ साल
    लमजुङ, १८ मंसिर । पहिलो चरणको निर्वाचन सकिएलगत्तै लमजुङका किसान आफ्नो व्यवसायमा व्यस्त रहेका छन् ।  केही समय चुनावका कारण तितरवितर भएका कृषक अलैँची स्तरीकरण (ग्रेडिङ) मा व्यस्त भएका हुन् । केही महिना अघिदेखि टिपेर र सुकाई राखेको अलैँची स्तरीकरण गरी उनीहरु बिक्रीको तयारीमा लागेका हुन् ।  सुकाएर मात्रै बिक्री गर्न सकिने अलैँची स्तरीकरणपछि उचित मूल्य पाइने भएकाले कृषकले त्यसको तयारी गरेका हुन्..

    सिजन सकिएपछि इलाममा मागअनुसार चिया उत्पादन हुन सकेन

    सोमबार, मंसिर १८, २०७४ साल
    इलाम, १८ मंसिर । चिया उत्पादन हुने याम सकिँदै गएपछि अग्र्यानिक चिया विदेशमा मागअनुसार पुर्‍याउन नसकिएको चिया व्यवसायीले बताएका छन् ।  इलाम नगरपालिका–२ मा सञ्चालन भइरहेको जस्विरे चिया कारखानाका सञ्चालक शरद सुब्बाले विदेशमा अर्गानिक चियाको मागअनुसार पुर्‍याउन नसकिएको बताए । चियाको याम सकिएर कारखानामा दैनिक ५०० किलो मात्र हरियो पत्ती आउने गरेको सुब्बा बताउँछन् । कारखानाले २५ प्रकारका चिया उत्पादन गर्दै आएको..

    म्याग्दीमा सडक विस्तारपछि सुन्तलाले बजार पायो, कृषक सुन्तला खेतीप्रति आकर्षित

    आईतवार, मंसिर १७, २०७४ साल
    म्याग्दी, १८ मंसिर ।  विगतका वर्षमा सस्तो मूल्यमै सुन्तला बिक्री गर्दै आउनुभएका यहाँका किसानले सडक विस्तारपछि उचित मूल्य पाउन थालेका छन् । धौलागिरि गाउँपालिका– ७ ताकमका भेषनाथ गौतमले मंसिर पहिलो हप्ता धादिङका व्यापारीलाई सुन्तला ठेक्कामा दिए । उनले प्रतिकिलो रु ४२ का दरले सुन्तला बिक्री गरेका हुन् ।  गौतमलाई जस्तै गाउँका अन्य किसानलाई यसपालि विगतको जस्तो सुन्तला बिक्रीका लागि माघसम्म डोके व्यापारी कुर्नुपर्ने..

    डोल्पामा प्रभावकारी बन्दै कृषि बीमा, निकट भविष्यमा पशु बीमा शुरु हुने

    आईतवार, मंसिर १७, २०७४ साल
    डोल्पा, १७ मंसिर । हिमाली जिल्ला डोल्पामा कृषि जोखिम बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शिखर इन्स्योरेन्स कम्पनीले डोल्पामा नेपालकै कान्छो शाखा बिस्तार गरेर कृषि बीमा कार्यक्रम लागू गरेपछि कृषक धमाधम कृषि व्यवसायको बीमा गर्न थालेका छन् ।  जिल्लामै पहिलोपटक लागू भएको उक्त कृषि बीमा कार्यक्रमका कारण कृषकले आफूले सञ्चालन गरेको कृषि व्यवसाय ढुक्क भएर सञ्चालन गर्न पाइएको ठुलीभेरी नगरपालिका– ८ डाँगीबाडाका..

    कास्कीको सिक्लेस जलविद्युत आयोजनाबाट परीक्षण उत्पादन शुरु

    शुक्रबार, मंसिर १५, २०७४ साल
    पोखरा, १५ मंसिर  । कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा सञ्चालित सिक्लेस जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ ।  केसी कन्सट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले तीन वर्ष अघिदेखि शुरु गरेको सो आयोजनाको निर्माण सम्पन्नपछि १३ मेगावाट विद्युत् परीक्षण उत्पादन शुरु गरेको हो ।  उत्पादन भएको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिए । कुल रु दुई अर्ब पाँच करोडको लागतमा..

    कास्कीमा पाँच प्रतिशतले धान उत्पादनमा वृद्धि

    मंगलवार, मंसिर १२, २०७४ साल
    पोखरा, १२ मंसिर ।  कास्कीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।  मौसम अनुकूल र समयमै रासायनिक मल उपलब्ध भएकाले यस वर्ष धान उत्पादन पाँच प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका प्रचारप्रसार अधिकृत प्रकाश वस्ताकोटीले जानकारी दिए ।  यस वर्ष जिल्लामा ८४ हजार ६६२ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष ८० हजार ५८३ मेट्रिक टन धान उत्पादन भएको..

    भूगर्भविदहरुको एसियाली क्षेत्रीय सम्मेलन राजधानीमा सुरु

    मंगलवार, मंसिर १२, २०७४ साल
    काठमाडौं, मंसिर १२ ।  भूगर्भविदहरुको  ११ औं एसियाली क्षेत्रीय सम्मेलन मंगलबार देखि राजधानीमा सुरु भएको छ । नेपाल भौगर्भिक समाज र इन्टरनेसनल एसोसिएसन फर एन्जिनियरिङ जियोलोजी एन्ड इन्भारोमेन्टको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । विपत व्यवस्थापनका लागि भूगर्भ विज्ञान भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा नेपाल सहित ३० देशका ४ सय ५० जना भूगर्भविद सहभागी छन् । सम्मेलनको उद्घाटन..

    १२ सय मेगावाटको बुढीगण्डकी आयोजना स्वदेशी लगानीमै बनाइने

    शुक्रबार, मंसिर ८, २०७४ साल
    काठमाडौं, मंसिर ८ । सरकारले राष्ट्रिय गौरवका आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानी र प्रविधि उपयोग गरी निर्माण गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको शुक्रबारको बैठकले धादिङ र गोरखाको सीमानामा रहेको बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको हो ।  १२ सय मेगावाट क्षमताको आयोजना विद्युत प्राधिकरणलाई बनाउन दिने भन्दै बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव, उर्जा सचिव, गर्भनर..

    चमेलिया जलविद्युत आयोजनाबाट ‘३० मेगावाट’ विद्युत् उत्पादन सुरु

    बिहिवार, मंसिर ७, २०७४ साल
    दार्चुला, मंसिर ७ ।  दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सवस्टेसन जोड्ने १३२ केभी प्रसारण लाइनमा बिहीबारदेखि विद्युत् प्रभाव भएको आयोजनाले जनाएको छ । सन् २००७ देखि निर्माण कार्य सुरु भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको झन्डै १० वर्षपछि बिहीबारदेखि प्रसारण सुरु भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । आयोजनाले गत भदौमा परीक्षण गरिएको प्रसारण लाइनलाई बिहीबार चार्ज गरेको हो । प्रसारण..

    चमेलिया जलविद्युत आयोजनाको प्रशारण लाइन परीक्षण हुदै

    बिहिवार, मंसिर ७, २०७४ साल
    काठमाडौ ७ मंसिर ।  दार्चुलाको बलाचस्थित चमेलिया जलविद्युत आयोजनाको प्रशारण लाइन परीक्षण विहीबार देखि सुरु हुदैछ ।  ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको आजदेखि प्रशारण लाइन परीक्षण हुन लागेको आयोजना प्रमुख अजय दाहलले जानकारी दिनुभयो ।  सरकार तथा नेपाल विद्युत प्राविधकरणको संयुक्त लगानीका साथै दक्षिण कोरीयाली सरकारको ऋण सहयोगमा दार्चुलाको बलाचमा १ सय ३२ केभी विद्युत प्रवाह चार्ज गरिन लागेको हो ।..

    बारामा तीन हजार मेट्रिक टन गहुँको बीउ आवश्यक

    बुधबार, मंसिर ६, २०७४ साल
    कलैया, ६ मंसिर ।  चालु आर्थिक वर्ष २०७४-७५ मा बारामा गहुँ खेती गर्नका लागि कृषकलाई करिब तीन हजार मेट्रिक टन गहुँको बीउ आवश्यक रहेको छ ।  जिल्ला कृषि विकास कार्यालयका अनुसार चालु आवमा कृषकले करिब २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातको गहुँ खेती गर्ने लक्ष्य लिएका छन् । प्रति हेक्टर एक क्विन्टल गहुँको बीउ आवश्यक पर्छ ।  कूल दुई हजार नौ सय मेट्रिक..

    सप्तरीमा पाँच प्रतिशतले धान उत्पादनमा कमी

    बुधबार, मंसिर ६, २०७४ साल
    सप्तरी, ६ मंसिर । साउनको अन्तिम महिनामा आएको भिषण बाढी पहिरोले यस वर्ष जिल्लाका खेतीमा क्षति पु¥याएकाले धान उत्पादन घटेको छ ।  धान उत्पादन शुरुमा बढ्ने अनुमान गरिए पनि रोपाइँको याममा आएको बाढी र पछिलो समय पानी र सिँचाइको अभावले गत वर्षको तुलनामा करिब पाँच प्रतिशतले कमी भएको जल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  रोपाइँको समयमा पर्यााप्त वर्षा नभएको र रोपी सकेपछि आएको..

    २०७५ मंसिरमै माथिल्लो तामाकोशी, सबै युनिट एकैसाथ सञ्चालन हुदै

    मंगलवार, मंसिर ५, २०७४ साल
    दोलखा, ५ मंसिर । विसं २०७५ मंसिरदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने बताइए पनि सबै युनिट एकैसाथ सञ्चालनमा ल्याउने गरी नयाँ समयसीमा निर्धारण गरिएको हो ।  सुरुङ निर्माण सम्पन्न भएसँगै आयोजनाको भौतिक प्रगति ९३ प्रतिशतको हाराहारीमा पुगेको छ । कुल ८.५ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएपछि आयोजनाको प्रमुख..

    चमेलियाबाट बिजुली बाल्ने अन्तिम तयारी, छिट्टै विद्युत प्रवाह

    सोमबार, मंसिर ४, २०७४ साल
    काठमाडौं, ४ मंसिर ।  चमेलिया जलविद्युत आयोजनाबाट बिजुली बाल्ने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । बिजुली बाल्नुपूर्व आयोजनाले १ सय ३२ केभी प्रसारण लाइन निर्माण गरिसकेको जनाएको छ ।  त्यसमा आगामी बिहीबारदेखि विद्युत प्रवाह (चार्ज) गरिने बताइएको छ । दार्चुलाको शैल्य शिखर नगरपालिका वडा नम्बर १ बलाँचदेखि बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको अत्तरियासम्म प्रशारण लाइन निर्माण गरिएको छ । ४..

    रत्नर्पाकको शौचालयबाट बायोग्यास निकालिने

    आईतवार, मंसिर ३, २०७४ साल
    ३ मंसिर, काठमाडौं । रत्नपार्कको सार्वजनिक शौचालयबाट बायोग्यास उत्पादन गरिने भएको छ ।  शौचालय दिवसको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्लान्टको शिलान्यास गरे । शाक्यका अनुसार 'एरोशान' नामक संस्थासँगको सहकार्यमा ६ लाख रुपैयाँ खर्चिएर प्लान्ट निर्माण गर्न लागिएको हो । प्लान्टबाट उत्पादन हुने ग्यास रत्नपार्कस्थित काउन्टरको भान्छा र नजिकका होटलहरुमा प्रयोग गरिनेबताइएको छ भने उक्त प्लान्ट दुई महिनाभित्र बनाइसक्ने लक्ष्य छ । महानगरपालिकाको..

    माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सम्पन्न

    आईतवार, मंसिर ३, २०७४ साल
    काठमाडौं, ३ मंसिर।  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सम्पन्न भएको छ ।  ऊर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका उच्च अधिकारीको उपस्थितिमा आज बिहान मुख्य सुरुङ निर्माण कार्य सम्पन्न भएको हो । कूल ८.५ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएसँगै आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ । कूल ४५६ मेघावाट क्षमताको सो आयोजना आगामी..

    गाउँमै चिस्यान केन्द्र खुलेपछि किसान खुशी, पाल्न थाले उन्नत जातका गाई

    शुक्रबार, मंसिर १, २०७४ साल
    तेह्रथुम, मंसिर १ ।  गाउँमै दुग्ध चिस्यान केन्द्र खुलेपछि तेह्रथुमको छथर गाउँपालिका–४ फाक्चामाराका पशुपालक किसान हर्षित भएका छन् । आफ्नै घर नजिकै दुग्ध चिस्यान केन्द्र स्थापना भएपछि किसानले उत्पादन गरेको दूध खेर नजाने भन्दै पशुपालक किसान हर्षित भएका हुन् । किसानले आफूलाई आवश्यक दूध घरमा राखेर बाँकी सबै बिक्री गर्न पाउने भएका छन् । दूध भन्डारणका लागि चिस्यान केन्द्र नहुँदा यो गाउँका..

    मित्यालमा हावाबाट बिजुली निकालियो

    शुक्रबार, मंसिर १, २०७४ साल
    पाल्पा, १ मंसिर ।  पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली निकालेपछि दुर्गम भेगका सरकारी कार्यालयको कामकाजमा सजिलो भएको छ ।  पिडा काठमाण्डौँ नेपाल, काठमाण्डौँ अल्टरनेट पावर इनर्जी ग्रुप नेपाल र ग्रिस देशको सामाजिक संस्थाको सहयोगमा मित्यालमा हावाबाट बिजुली बत्ती आएपछि विद्युत् सेवाबाट कार्यालयको काम सहज भएको हो ।  एक हजार २०० वाट क्षमताबाट निस्दी गाउँपालिका–४ मित्यालको वडा कार्यालय र मित्याल स्वास्थ्य चौकीमा बिजुली बत्तीसंगै विद्युत्बाट..

    पश्चिम सेती अगाडि बढाउन थ्री गर्जेजसँग सम्झौता सम्पन्न

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    काठमाडौँ, ३० कार्तिक । नेपाल विद्युत् प्राधिकरण र चीनको प्रतिष्ठित थ्री गर्जेज कम्पनीबीच पश्चिम सेती जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने विषयको द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।  आज सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र थ्री गर्जेजका प्रतिनिधिले हस्ताक्षर गरेका हुन्।  प्रारम्भिक सम्झौता भएको दश महिनापछि संयुक्त लगानी गर्ने र संयुक्त कम्पनी स्थापना गर्ने विषयमा समझदारी भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए..

    किबीखेतीबाट कृषक लाभान्वित, मकवानपुरका कृषकले गरे वर्षेनी लाखौं रकम आम्दानी

    आईतवार, कार्तिक २६, २०७४ साल
    हेटौँडा, २६ कात्तिक । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका– ६ बज्रबाराहीका कृषकले किबीखेतीबाट बर्षेनी लाखौँ रकम आम्दानी गरिरहेका छन् ।  ‘एक गाउँ एक उत्पादन’ अवधारणाअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जिल्ला कृषि विकास कार्यालयले करिब रु ३५ लाख लगानी गरी किबीखेतीसम्बन्धी तालीम, प्रविधि र बिरुवा सहयोग गरेपछि यहाँका किसान किबीखेतीतर्फ आकर्षित भएका हुन् ।  बज्रबाराहीका ३० जना कृषकको समूहले किबीखेतीमा संलग्नछ । किबीखेतीका लागि..

    ‘जलवायु परिवर्तनको समस्या न्यूनीकरणका लागि नवीकरणीय ऊर्जा’

    शनिबार, कार्तिक २५, २०७४ साल
    बन (जर्मनी), २५ कात्तिक  : जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण गर्न तथा दुई वर्षअघि पारित भई कार्यान्वयनमा आएको पेरिस सम्झौताले परिलक्षित गरेको लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जाको प्रयोगलाई विस्तार गर्नुपर्ने कुरामा विश्वका वातावरणविद्को समान धारणा देखिएको छ ।  गत सोमबारदेखि जर्मनीको बोनमा शुरु भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी खाका महासन्धिका पक्ष मुलुक (यूएनएफसीसिसी) को २३ औँ सम्मेलन (कोप–२३) अन्तर्गत भएको ऊर्जा बहसका..

    आलुबालीको राष्ट्रिय कार्यशाला गोष्ठी सुरु

    बिहिवार, कार्तिक २३, २०७४ साल
    काठमाडौं, कात्तिक २३ । आलुबालीको वर्तमान अवस्था, उत्पादन र नयाँ जातको विकासका बारेमा आलु वैज्ञानिकहरुको दुई दिने राष्ट्रिय गोष्ठी सुरु भएको छ ।   ललितपुरको खुमलटारस्थित राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क)को आलुबाली अनुसन्धान कार्यक्रमको सभाहलमा सुरु गोष्ठीमा देशभरका आलु वैज्ञानिकहरुको सहभागिता छ । शुक्रबारसम्म चल्ने गोष्ठीमा आलुबालीको वर्तमान अवस्था, उत्पादन, नयाँ तथा उन्नत जातको विकासका लागि आगामी दिनमा गर्नुपर्ने कामको योजनाका बारेमा छलफल हुने..

    रासायनिक मलको समुचित प्रयोगका बारेमा जानकारी दिन शुरु

    सोमबार, कार्तिक २०, २०७४ साल
    काठमाडौँ, २० कात्तिक : साल्ट ट्रेडिङ कर्पाेरेशनले रासायनिक मलको समुचित प्रयोगका बारेमा कृषक तथा सहकारी संस्थालाई जानकारी दिन शुरु गरेको छ । यसका लागि कर्पाेरेशनले भारतको साई मल उद्योगको सहकार्यमा विराटनगर, इलाम, जनकपुर, वीरगञ्ज, भरतपुर, भैरहवा, दाङ, कृष्णनगर, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर लगायतका स्थानमा आजदेखि तालीम सञ्चालन गर्ने जनाएको छ ।  काठमाडौँ, नुवाकोट, धादिङ, ललितपुर, भक्तपुर, काभ्रेमा आइतबारदेखि तालीम सञ्चालन शुरु भएको कर्पाेरेशनका..

    सौर्यबत्तीबाट मोरङका ७० घरपरिवार लाभान्वित

    बुधबार, कार्तिक १५, २०७४ साल
    काठमाडौं कार्तिक १५। टुुकीको भरमा रहँदै आएका मोरङको मिक्लाजुङ गाउँपालिकाका बासिन्दा सोलार बत्ती जडानपछि खुशी भएका छन् ।  वैकल्पिक ऊर्जा कार्यक्रमअन्तर्गत मिक्लाजुुङमा सोलार मिनिग्रिड स्थापना गरिएको हो । सरकारको रु एक करोड ६० लाखको लागतमा मिक्लाजुङ गाउँपालिका– १ मा स्थापना गरिएको सोलार मिनिग्रिडबाट ७० घरपरिवार लाभाविन्त भएका छन् ।  विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुुग्न नसकेको उक्त स्थानमा ३० किलोवाटको सोलार मिनिग्रिड सञ्चालनमा आएको..

    आलुको नगरकोट ब्राण्ड घोषणा

    मंगलवार, कार्तिक १४, २०७४ साल
    भक्तपुर, कार्तिक १४ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भक्तपुरमा आलु जोनका रुपमा रहेका क्षेत्रलाई आलुको ब्राण्ड बनाई बजार व्यवस्थापन गर्न यहाँका किसान जुटेका छन् ।  किसान कै सक्रियतामा आलु जोन समिति गठन गरी एक हजार ४७० कृषकको १४२ हेक्टर कृषियोग्य जमिनमा सामूहिक खेती शुरु भएपछि कृषक आफैँ आलुको ब्राण्ड निर्माण गरी बजारको व्यवस्थापनमा जुटेका हुन् ।  परियोजनाअन्तर्गत सुडाल र ताथलीलाई गत वर्ष आलु..

    उच्चहिमाली भेगमै मध्यपहाडका फलफूल, स्याउ पाउने ठाउँमा टिमुर

    शनिबार, कार्तिक ११, २०७४ साल
    जुम्ला। एक दशकअघि उच्च हिमाली भेकमा हलुवावेद नाम सुन्दा यो के हो भनेर सोध्ने गरिन्थ्यो। अनार फल त दारिमजस्तै हुँदो रहेछ, यो हाम्रो ठाउँमा फल्छ होला र? भनेर अड्कल काटिन्थ्यो। अमिलो लिन कालीकोट, दैलख र सुर्खेतसम्म पुग्थे, जुम्लीहरु। टिमुर नासोको रुपमा जाजरकोटबाट मगाइन्थ्यो।    अहिले यी सबै कुरा जुम्लामै फल्न थालेका छन्।    समुद्री सतहदेखि करिब दुई हजार ३०० मिटर उचाइमा रहेको चन्दननाथ–३ को सिमखाडा..

    इलामकी उषा निरौलाको 'भ्यालुएड बिजिनेस', मासिक डेढ लाख कमाइ

    शनिबार, कार्तिक ११, २०७४ साल
    इलाम। भनेजस्तो मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिँदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँकी एक महिलाले लाखौँ आम्दानी गरिरहेकी छन्।   इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको विभिन्न परिकार बनाई बिक्री गरी लाखौँ आम्दानी गरिरहेकी हुन्। उनले अदुवा प्रशोधनबाटै आफ्नो परिवार मात्रै पालेकी छैनन् नगरपालिकाभित्रै जग्गा किनेर सामान्य घरसमेत बनाएकी छिन्। छोरीलाई काठमाडौँ राखेरसमेत पढाइरहेकी छिन्।    विसं २०६८ देखि सामान्य तालीम लिएर..

    मात्र चालिस हजारको लगानीले डेढ वर्षमै दशलाख बढीको कमाई

    बुधबार, कार्तिक ८, २०७४ साल
    गुल्मी। गुल्मीका एक युवाले ४० हजार रुपैयाँमा डेढ बर्षमै १० लाख रुपैयाँ कमाएका छन्। जापान छाडेर आफ्नै गाउँमै व्यावसायिक केराखेती गरेर उनले आम्दानी गरेका हुन्।  मुसिकोट नगरपालिका–१ भर्माचौर निवासी ४४ वर्षीय चन्द्रमणि घिमिरेले व्यावसायिक केराखेतीसँगै मेवा, खुर्सानी र कुखुरापालन व्यवसायबाट झण्डै डेढ वर्षमा १० लाख आम्दानी गरेका हुन्।  घिमिरेले झण्डै चार रोपनी जग्गामा एक वर्षयता आफ्नै खेतमा ४० हजारको लगानीबाट २८० केराको..

    विद्युतीय सवारीका लागि 'चार्जिङ स्टेशन' स्थापना हुँदैछ : प्राधिकरण

    मंगलवार, असोज ३१, २०७४ साल
    ३१ असोज, काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी साधनका लागि अत्यावश्यक पर्ने चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ । यसबाट प्रत्यक्षरुपमा विद्युतीय साधनहरु प्रशस्त मात्रामा देश भित्र्याई पेट्रोलियम पद्धार्थको प्रयोगलाई न्यूनीकरण गर्दै लैजाने कार्यक्रमलाई बढावा मिल्ने देखिएको छ ।  स्मरण रहोस् – आगामी असारदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु हुने भएकाले सिङ्गो मुलुक नै विद्युतीय सवारी साधन प्रयोगको प्रक्रियामा..

    मदिरा उत्पादन छाडी व्यावसायिक पशुपालनमा,सहकारीबाट बिनाधितो ऋण

    शुक्रबार, असोज २७, २०७४ साल
    पाल्पा। रिब्दिकोट गाउँपालिका–६ ठिमुरे इजरडाँडाका बासिन्दा मदिरा उत्पादन छाडेर व्यावसायिक पशुपालनमा लागेका छन्। उनिहरुले पहिला वर्षौंदेखि दैनिक ठूलो परिमाणमा मदिरा उत्पादन गरेरै परिवार पाल्ने गरेका थिए। मदिराजन्य पदार्थको उत्पादन गरी बिक्री–वितरण गर्दा समाजमा नराम्रो छाप परेपछि उनीहरुले व्यवसाय नै परिवर्तन गरी गाई पाल्न शुरु गरेका छन्।गत वर्षबाट गाउँका १८ घरपरिवारले मदिरा उत्पादन छाडेर उन्नत जातका २/२ वटा गाई पाल्न शुरु गरेका छन्।   व्यवसायका लागि..
    Results 1093: You are at page 36 of 37
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last
    Weather Forecast