सोमबार, कार्तिक ४, २०७६

    कृषि-उर्जा

    अप्पर नौगाड अन्तिम चरणमा, चैतदेखि नै विद्युत् उत्पादन थाल्ने

    आईतवार, पौष ९, २०७४ साल
    काठमाडौँ, ९ पुस ।  अपी पावर कंपनीले थालेको आठ मेगावाट क्षमताको अप्पर नौगाड जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा छ ।  दार्चुला जिल्लामा आयोजनास्थल रहेको उक्त परियोजनाको भौतिक निर्माण कार्य सकिएकाले आगामी चैतदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । कम्पनीका प्रमुख सञ्जीव न्यौपानेले मुलुकमा जारी ऊर्जा संकटलाई समाधान गर्ने लक्ष्यका साथ आयोजना तोकिएको समय भन्दा अगावै सम्पन्न हुन लागेको जानकारी..

    प्राधिकरणद्वारा बिजुलीको महशुल नबुझाउने ग्राहकको लाइन काट्न शुरु

    शनिबार, पौष ८, २०७४ साल
    लहान, ८ पुस  : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सेवाग्राहीको विद्युत् लाइन काट्न शुरु गरेको छ ।  प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजारभन्दा बढी बक्यौता रहेका २२० ग्राहकको विद्युत् लाइन काट्न शुरु गरेको हो । बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक पटक समयमै विद्युत् महशुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न..

    काबेली करिडोर नबन्दा उद्यमी मारमा, ५७ मेगावाट विद्युत खेर जाने

    शुक्रबार, पौष ७, २०७४ साल
    काठमाडौँ, ७ पुस ।  नेपाल विद्युत् प्राधिकरणले काबेली करिडोर प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा विद्युत् उत्पादनको तयारीमा रहेका तीनवटा आयोजना समस्यामा पर्ने भएका छन् । कूल ५७ मेगावाट क्षमताका तीन आयोजना आगामी चैतसम्म सम्पन्न हुने चरणमा छन् । प्राधिकरणले प्रसारण लाइन निर्माणको काममा चासो नदेखाएको र निर्माण व्यवसायीलाई प्रभावकारीरुपमा काम लगाउन नसक्दा विद्युत् खेर जाने अवस्था आएको भन्दै उद्यमीले गुनासो गरेका छन्..

    युवा जाँगरको परिणाम : बाँझिएको काँसघारी बन्यो काउलीबारी

    शुक्रबार, पौष ७, २०७४ साल
    काँकडभिट्टा, झापा, ७ पुस । मेचीनगर–९ लीलाबस्तीमा १२ बिगाहा जग्गा भाडामा लिएर केही युवाले अर्गानिक कृषि फार्म शुरु गरेका छन् । युवाले स्थापना गरेको सो ‘फोइडिटा कृषि फार्म’ले उत्पादन गरेको पहिलो बालीका रुपमा काउली, बन्दागोभी र रायोको साग बजारमा ल्याइसकेको छ ।  “हाम्रा सबै उत्पादन विषादीरहित हुन्छन्”, फार्मका सञ्चालक धुलाबारी निवासी तेजबहादुर आचार्यले भने, “सबैको साथ पाए नमूना कृषि फार्मका रुपमा मुलुकभर चिनाउने..

    प्राविधिक समस्याबाहेक अरु अवस्थामा विद्युत कटौती हुँदैन : प्राधिकरण

    बिहिवार, पौष ६, २०७४ साल
    काठमाडौँ, ६ पुस । नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा विद्युत्भार कटौती नहुने स्पष्ट पारेको छ । विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युत्भार कटौती हुने आशयका समाचार सार्वजनिक भएपछि प्राधिकरणले बत्ती ननिभ्ने प्रष्ट पारेको हो ।  हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित-अघोषितरुपमा कुनै प्रकारको विद्युत्भार कटौती नभएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।..

    समयमै पटक–पटक पानी परेकाले बारामा यस वर्ष धान उत्पादनमा वृद्धि

    बिहिवार, पौष ६, २०७४ साल
    बारा, ६ पुस ।  बारामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमै पटक पटक पानी परेका कारण धान उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताए । साउनको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण बाढीले धानखेतीमा केही क्षति पुगे पनि उत्पादनमा कमी नआएको साहले बताए। आर्थिक वर्ष २०७४÷७५ मा कृषकले करिब ४१ हजार हेक्टरमा सोना..

    लाहुरे मोह त्यागेर बाख्रा पालनामा रमाउंदै पर्वतका दुई युवा

    बिहिवार, पौष ६, २०७४ साल
    फलेवास, पर्वत, ६ पुस । प्रायगरी मगर समुदायका युवा लाहुरे हुने सपना बोक्छन् । कतिपय लाहुरे हुनका लागि बेलायती सेना, भारतीय सेना र नसके नेपाली सेनामा नै भएपनि भर्ना हुने कुरालाई आफ्नो सबैभन्दा ठूलो सपना ठान्छन् । भर्ती नहुने युवा युरोप, हङकङलाई दोस्रो गन्तव्य बनाउँछन् भने नसके खाडी र मलेसियामा प्रशस्त पैसा कमाइ हुने आशामा विदेशिएको पनि देखिन्छ ।  तर उत्तरी पर्वतको जलजला..

    अझै अन्धकार छ बाह्रदशी, उज्यालो गापाका लागि एक करोड बजेट

    बिहिवार, पौष ६, २०७४ साल
    सुरुङ्गा, झापा, ६ पुस । देशकै सुगम जिल्लामध्येको जिल्ला हो– झापा । तर, यो जिल्लाका धेरै ठाउँमा अझै पनि विद्युत् सेवा पुग्न नसक्दा यहाँका हजारौँ सर्वसाधारण वर्षाैंदेखि टुकीको भरमा बस्न बाध्य छन् । त्यसमा पनि बाह्रदशी गाउँपालिकाको दक्षिणी भेगका सर्वसाधारणको विद्युत् सेवा उपयोग गर्ने सपना सपनामै सीमित छ ।  बाह्रदशी गाउँपालिका वडा नं १ मा रहेको भागुडुब्बा बजारमा विद्युत् सेवा नपुग्दा यहाँका सर्वसाधारण..

    एकसय उनान्तीस कम्पनीलाई खनिज उत्खनन गर्नका लागि अनुमति

    बिहिवार, पौष ६, २०७४ साल
    काठमाडौँ, ६ पुस : खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशभरका १२९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ ।  महाशाखाले देशका विभिन्न भूभागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त संख्यामा उत्खनन गर्न व्यक्ति तथा कम्पनीलाई अनुमति प्रदान गरेको हो ।  अनुमति दिएका खानीमध्ये चुनढुंगा ५२, क्वार्ज चार, रातोमाटो पाँच, कोइला १४, सिसा तीन, टल्क १२, फलाम तीन,..

    तेह्रथुममा अदुवाको मूल्य नपाउँदा किसान मर्कामा

    बुधबार, पौष ५, २०७४ साल
    तेह्रथुम, ५ पुस । तेह्रथुमको आठराई गाउँपालिका–७, थोक्लुङका रामप्रसाद तिम्सीनाले दुई वर्षदेखि अदुवाबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । गत वर्ष उहाँले प्रतिकिलो रु ५० का दरले बीउ किनेर पाँच रोपनी जमिनमा अदुवा रोप्नुभयो ।  तर सोचेजस्तो मूल्य नपाएपछि तिम्सीनाले उत्पादनको केही प्रतिशत मात्रै बिक्री गर्नुभयो । बाँकी अदुवा पुनः बारीभरि रोप्नुभयो । यसपालि पनि अदुवाको उचित मूल्य नपाएपछि उहाँ चिन्तामा हुनुहुन्छ ।  अघिल्लो..

    उर्लाबारीमा २८ लाखको लगानीमा कृषि फार्म सञ्चालनमा

    सोमबार, पौष ३, २०७४ साल
    उर्लाबारी, ३ पुस । विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई गाउँमै लगानी गरेर उर्लाबारी नगरपालिकाका–२ का अम्बिका खतिवडाले कृषि फार्म सञ्चालन गरेका छन् । स्वदेशमै केही व्यवसाय गरौँ भन्ने उद्देश्यका साथ कृषि फार्म स्थापना गरेका हुन् । खतिवडाले आयुष्मान कृषि फार्म स्थापना गरेर अर्गानिक तरकारी उत्पादन गर्दै आएका छन् । तरकारी खेतीसँगै उनले माछापालन, हाँस, कुखुरापालन समेत गरेका छन् ।  उर्लाबारी–२..

    घलेम्दीखोलाको बिजुली छ महिनामा परीक्षण उत्पादन, पावरहाउसको शिलान्यास

    शनिबार, पौष १, २०७४ साल
    बेनी, म्याग्दी, १ पुस  : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको पावरहाउसको शिलान्यास गरिएको छ ।  आयोजनाका अन्य संरचनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको अवस्थामा आयोजनाका सञ्चालक एवं प्रबन्धक÷निर्देशक प्रमोद श्रेष्ठले शुक्रबार पावरहाउसको शिलान्यास गर्नुभएको हो ।  नीलगिरि खोलाको किनारमा अवस्थित पावरहाउस आगामी चार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नीलगिरि खोलाको नजिक रहेको पावर..

    पुस दोस्रो सातादेखि थप ८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

    शुक्रबार, मंसिर २९, २०७४ साल
    इलाम मंसिर २९ । इलाममा निर्माणाधीन ८ मेगावाट क्षमताको हिमाल दोलखा जलविद्युत आयोजनाले पुस दोस्रो सातादेखि विद्युत उत्पादन गर्ने भएको छ ।  निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै आयोजनाले विद्युत गृहमा उपकरण जडान गर्ने काम भइरहेको आयोजनाले जनाएको छ ।  आयोजनाका प्रबन्ध निर्देशक रूपमणि राजभण्डारीका अनुसार २ सय मिटरको पेनस्टक पाइप जडान भइसकेको छ । चार वर्षअघि निर्माण सुरु भएको आयोजनाको विद्युत..

    अदुवाले बजार नपाएपछि पाल्पाका कृषक चिन्तीत

    शुक्रबार, मंसिर २९, २०७४ साल
    रामपुर,२९ मंसिर । अदुवाले बजार नपाएपछि पाल्पाका कृषक चिन्तामा परेका छन् । गाउँका कृषकको आयआर्जनको मुख्य स्रोतको रुपमा रहेको अदुवा यसवर्ष बजारमा बिक्री नहुँदा साँझबिहानको गुजाार चलाउन समस्या भएको छ ।  गल्धाका अगुवा कृषक तेजन सुनारी वर्षेनी चार सय धार्नीसम्म अदुवा उत्पादन गर्छन् । अदुवाबाट उनको घरखर्च राम्रोसँग चलेको थियो । तर दुई वर्षयता अदुवा बिक्री नहुँदा उनी निकै समस्यामा परेका छन् । उनी..

    नेपालमै गर्न सकिन्छ नेपाली भान्साको अनिवार्य मसला 'मरिच'को खेती

    बुधबार, मंसिर २७, २०७४ साल
    मंसिर २७, काठमाडौँ । मरिच प्राय सबै नेपालीको भान्सामा अनिवार्य रुपमा हुन्छ । हरेक मसलामा प्रयोग गरिने मरिच नेपालमै भने अझै आवश्यक मात्रामा उत्पादन गर्न सकिएको छैन । गत आर्थिक बर्षमा मात्रै १ अर्ब ४९ करोड रुपैयाँ बराबरको मरिच नेपाल आयात गरिएको थियो । गर्न सकिन्छ नेपालमै मरिच खेती : मरिच एक प्रकारको मसलाजन्य खाद्य पदार्थ हो । समुद्री सतहदेखि दुई हजार मिटरको..

    थ्रेसरको प्रयोगले गर्दा मंसिरमा 'दाइँ' लगाउने चलन हराउँदै

    बुधबार, मंसिर २७, २०७४ साल
    पाल्पा, २७ मंसिर ।  गोरुको सहायताले दाइँ लगाउने चलन हराँदै गएको छ । धान र पराल छुट्याउन थ्रेसरको प्रयोगप्रति किसानको आकर्षण बढेपछि गोरुको साहायताले दाइँ लगाउने चलन हराएको हो ।  धान झार्न गोरु परालमा हिँडाएर दाइँ लगाउने चलन रहेकामा मेसिनको प्रयोग बढेपछि सो चलन हराउँदै गएको मदनपोखराका किसान लीला बस्यालले बताए । करिब आठ हजार ५०० हेक्टरमा धानखेती गरिँदै आएको छ । कम खर्च..

    उत्पादन बढी हुने हुँदा दार्चुलाका किसान टनेलप्रति आकर्षित हुँदै

    बुधबार, मंसिर २७, २०७४ साल
    दार्चुला, २७ मंसिर ।  पछिल्लो समय जिल्लाका अधिकांश किसान टनेलमा विभिन्न मौसमी तथा बेमौसमी तरकारी लगाइरहेका छन् । खुल्ला रुपमा भन्दा टनेलमा बढी तरकारी उत्पादन हुने भएका कारण किसान त्यसतर्फ आकर्षित हुन थालेका हुन् ।  उत्पादन बढी हुने, बेमौसमी तरकारी फलाउन सकिने, आधुनिक प्रविधियुक्त र सिँचाइ गर्न सजिलो हुने भएकाले किसानलाई टनेलभित्र तरकारी खेती गर्न सहज भएको सामुदायिक ग्रामीण विकास समाज नेपाल (सिआरडिएस)..

    सुन्तलाले उचित मूल्य नपाउँदा उदयपुरका किसान चिन्तित

    बुधबार, मंसिर २७, २०७४ साल
    गाईघाट, २७ मंसिर ।  यस वर्ष उत्पादन भएको सुन्तलाले उचित मूल्य पाउन नसक्दा किसान चिन्तित बनेका छन् ।  ओख्ले, रुपाटार, ठानागाउँ, हर्देनी, मयंखु, सिरीसे, बाहुनीटार लेखगाउँ, रौता, आँपटार, जाँते क्षेत्रमा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । सुन्तला उत्पादनमा वृद्धि भए पनि उचित मूल्य नपाएको रौता आँपटारका डिल्लीमान राईको गुनासो छ । “उत्पादनमा वृद्धि भएपनि मूल्य पाउन सकेको छैन,”..

    म्याग्दीको एउटै गाउँबाट वार्षिक एक करोडको दूध बिक्री

    मंगलवार, मंसिर २६, २०७४ साल
    म्याग्दी, २६ मंसिर । आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीका लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि म्याग्दीको सिंगा गाउँका युवा उदाहरण बनेका छन् ।  बेनी नगरपालिका वडा नं ४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट मात्र वार्षिक रु एक करोड कमाउन थालेपछि सिंगाको चर्चा अहिले जिल्लाभरि हुन थालेको छ । सिंगा गाउँबाट मात्रै वार्षिक करिब..

    जाजरकोटको नलगाड जलविद्युत् आयोजना ओझेलमा

    सोमबार, मंसिर २५, २०७४ साल
    जाजरकोट, २५ मंसिर ।       त्रिवेणी नलगाड नगरपालिका– १ मा निर्माण हुने ४१० मेगावाट क्षमताको जलाशययुक्त नलगाड जलविद्युत् आयोजना निर्माणको काम ओझेलमा परेको छ ।  सो आयोजना विकास समितिमार्फत सञ्चालन भइरहको छ । एक वर्ष अघिदेखि जग्गाको मुआब्जा वितरण, पूर्वाधार निर्माणलगायत कार्यले गति लिन सकेको छैन । त्यस्तै विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) निर्माणको कार्य पनि पूरा हुनसकेको छैन ।  हाइड्रोपावर कम्पनीको आझेलमा..

    नेपाल संस्कृत विश्वविद्यालयले दाङमा वैदिक कृषि केन्द्र स्थापना गर्ने

    सोमबार, मंसिर २५, २०७४ साल
    काठमाडौँ, २५ मंसिर । हजारौँ वर्षदेखि अपनाउदै आएको वैदिक कृषि पद्दतिलाई विर्संदा रासायनिक तत्व मिसिएका अनाजका माध्यमबाट विभिन्न रोग फैलिएकाले आफ्नै पद्दतिमा फर्कनुपर्नेमा जोड दिइएको छ ।  नेपाल संस्कृत विश्वविद्यालय, महर्षि विश्वविद्यालय अमेरिका र नेपाल महर्षि वैदिक फाउन्डेसनले आइतबार आयोजना गरेको कार्यक्रमका वक्ताले यस विषयमा जोड दिएका हुन् । विश्वविद्यालयले वैदिक कृषि पद्दतिलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम गर्ने सो अवसरमा जानकारी दिइयो ।..

    २६ गतेबाट हवाईभाडा बढ्ने, कहाँको भाडा कति पुग्यो (सूचि सहित)

    सोमबार, मंसिर २५, २०७४ साल
    मंसिर २५, काठमाडौँ । हवाई भाडामा बृद्धि भएको छ । निजी क्षेत्रका हवाईजाहाज संञ्चालहरुको छाता संगठन वायु सेवा सञ्चालक संघले हवाई भाडा बृद्धि गरेको हो । हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बृद्धि भएपछि हवाईभाडा बढाउनुपरेको संघले जारि गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आयल निगमले गत शुक्रबार हवाई इन्धन प्रतिलिटर ८२ रुपैयाँबाट बढाएर ८७ कायम गरेको थियो । नयाँ भाडा मंगलबारबाट..

    जाडो बढेसंगै एलपी ग्यासको मागमा १५ प्रतिशतले बृद्धि

    सोमबार, मंसिर २५, २०७४ साल
    मंसिर २५, काठमाडौँ । जाडो बढेसंगै खाना पकाउने एलपी ग्यासको माग पनि बढेको छ ।  अन्य समयको तुलनामा जाडो मौसममा ग्यासको खपत धेरे हुने भएकाले ग्यासको माग बढेको हो । नेपाल आयल निगमका अनुसार जाडो बढेसंगै ग्यासको खपतमा १५ प्रतिशतले बृद्धि भएको छ ।  निगमका अनुसार अगस्ट महिनामा २६ हजार ३५ टन ग्यास आयात गरिएको थियो । तर नोभेम्बरबाट ग्यासको मागमा अत्याधिक..

    थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडियो

    आईतवार, मंसिर २४, २०७४ साल
    म्याग्दी, २४ मंसिर । मुस्ताङको थासा गाउँपालिका– १ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । हिउँदयाम सुरुवातसँगै नदीमा पानीको कमी भएपछि उत्पादन घट्न थालेको अवस्थामा केन्द्रीय प्रसारण लाइनमा १३.६ मेगावाट विद्युत् थपिएको हो ।  माउन्ट कैलाश इनर्जी प्रालीले निर्माण गरेको १३.६ मेगावाट क्षमताको सो आयोजनाले गत भदौदेखि परीक्षण उत्पादन थालेको थियो । परीक्षण उत्पादन सफल भएपछि..

    गाई पालेरै सुट लगाउनेको भन्दा बढी कमाउन सकिन्छ : युवा उद्यमी विवेक बुढाथोकी

    शुक्रबार, मंसिर २२, २०७४ साल
    काठमाडौँ, २२ मंसिर ।  “पढेलेखेको मान्छेले त जागिर खाने, टाई सुट लगाएर हिंड्ने पो हो त खेतीपाती अनि गाई बाख्रा पाल्ने हो त ?” भनेको त हामीले सुन्दै आएको कुरा हो । तर अहिलेका केहि युवाहरु भने जागिर भन्दा बढी आफैं केही सुरुवात गर्नुपर्छ भन्ने मानसिकता बाट प्रेरित हुने गरेका छन् । लाखौँ खर्च गरेर डिग्री हासिल गरे पनि आफुले खोजेजस्तो जागिर..

    म्याग्दीका जलविद्युत् आयोजनामा दैनिक १५० जना रोजगार

    शुक्रबार, मंसिर २२, २०७४ साल
    म्याग्दी, २२ मंसिर ।  हाइड्रो भिलेजका नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा दैनिक १५० जनाले रोजगारी पाएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि चार घण्टाको सवारीयात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र ३८ मेगावाटको नीलगिरिखोला जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।  यी जलविद्युत् आयोजनाबाट स्थानीयवासीले रोजगार पाउनाका साथै मासिक न्यूनतम रु १५ हजारदेखि ५० हजारसम्म कमाई गर्दै आएका स्थानीयवासी..

    तार चुँडिएकाले प्रसारण प्रणालीमा चुनौती थपियो : प्राधिकरण

    शुक्रबार, मंसिर २२, २०७४ साल
    काठमाडौँ, २२ मंसिर ।  प्रतिनिधिसभा र प्रदेशसभा चुनावको अघिल्लो दिन बुधबार राति उपत्यकालाई अन्धकार बनाउने उद्देश्यका साथ भक्तपुरमा शक्तिशाली विस्फोट गराइएको नेपाल विद्युत् प्राधिकरणले आशंका गरेको छ । निर्वाचन प्रभावित बनाउन खोज्ने तत्वले गलत नियतका साथ भक्तपुरबाट काठमाडौँ आइरहेको प्रसारण प्रणालीमा क्षति पु¥याएको प्राधिकरणले जनाएको छ ।  बुधबार राति ९ः०० बजे उपत्यकाको विद्युत् आपूर्तिको मुख्य लाइन भक्तपुर–बानेश्वर ६६ केभी प्रसारण लाइनको दुवाकोट..

    बुधबारदेखि बन्द रहेको चिलिमे आयोजना पुनः सञ्चालनमा

    बिहिवार, मंसिर २१, २०७४ साल
    रसुवा, २१ मंसिर । बुधबार दिउँसो बन्द भएको २२ मेगावाट क्षमताको चिलिमे जल विद्युत् आयोजना आज पुनः सञ्चालनमा आएको छ ।  विद्यत् प्रसारण लाइनको टावरमा देखिएको समस्या समाधान भएपछि विद्युत् पुनः सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।  विद्युत् सञ्चालनमा ल्याउन काठमाडौँबाट प्राविधिक मगाइएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ । विद्युत् उत्पादन पुनः शुरु भएपछि आज साँझदेखि शुरु हुने..

    वर्षा नहुँदा बैतडीमा गहुँ छर्न समस्या

    बिहिवार, मंसिर २१, २०७४ साल
    बैतडी, २१ मंसिर ।  आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् ।  सिँचाइको सुविधा नभएको ठाउँका किसान आकाशे पानीको भर पर्नु परेको हो । जिल्लामा २० हजार ९०० हेक्टरमा गहुँ खेती गरिदै आएकोमा १० हजार ५०० हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सूर्नया–८ का रमेश बोहरा खेत बाँझै..

    पर्वतमा ‘हाइड्रोपोनिक’ प्रविधिको परीक्षण सफल, तरकारीको व्यावसायिक उत्पादन गर्ने तयारी

    बुधबार, मंसिर २०, २०७४ साल
    पर्वत, २० मंसिर । पहिलोपटक बिरुवालाई चाहिने खाद्यतत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधि ‘हाइड्रोपोनिक प्रविधि’ सफल भएको छ ।  एक दशकदेखि व्यावसायिक रुपमा कृषिमा लागेका कुश्माका लालबहादुर हरिजनले हालै ‘हाइड्रोपोनिक प्रविधि’ को सफल परीक्षण गरेका हुन् । मोदी– ५ र कुश्मा– ३ को सिमानामा पर्ने अम्बोटमा व्यावसायिक तरकारी खेतीमा लागेका हरिजनले गत असोजमा शुरु गरेको ‘हाइड्रोपोनिक प्रविधि’ को खेती..
    Results 1008: You are at page 32 of 34
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last
    Weather Forecast