शनिबार, कार्तिक २, २०७६

    कृषि-उर्जा

    धनकुटा जिल्लामा यो वर्ष सुन्तला उत्पादनमा ३५ प्रतिशतले कमी

    बिहिवार, माघ १८, २०७४ साल
    धनकुटा, १८ माघ।  जिल्लामा यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादनमा कमी आउने देखिएको छ ।  जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अघिल्लो वर्ष जिल्लामा ५५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा चार हजार ४०४ मेट्रिक टन उत्पादन भएको थियो ।  सुन्तलाका बोटमा सिट्रस ग्रिनिड र चाइनिज फ्रुटफ्लाइको प्रकोप बढेसँगै बगैँचा नष्ट हुन थालेपछि उत्पादनमा कमी आएको हो । रोग किराको संक्रमण, जलवायु परिवर्तन एवं..

    सिरहा, सप्तरी र उदयपुरका किसानलाई सिँचाइका लागि स्यालो ट्युबवेल वितरण

    बिहिवार, माघ १८, २०७४ साल
    लहान, १८ माघ।  सिरहा, सप्तरी र उदयपुरका किसानलाई लक्षित गरी भूमिगत जलस्रोत विकास समिति लहानले दुई हजार ३९ स्यालो ट्युबवेल तथा १२ थान डिप ट्युबवेल जडान गरेको छ ।  सिँचाइ सुविधा पुर्याएर कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले आथिक वर्ष २०७३-७४ मा सिरहामा ९५०, सप्तरीमा ९५५ र उदयपुरमा १३४ थान स्यालो ट्युबवेल जडान गरिएको भूमिगत जलस्रोत विकास समिति लहानका प्रमुख कामेश्वर यादवले..

    महोत्तरीको उत्तरी क्षेत्रका किसान प्रांगारिक खेतीतर्फ आकर्षित हुँदै

    बुधबार, माघ १७, २०७४ साल
    बर्दिवास, १७ माघ  । महोत्तरीको उत्तरी क्षेत्रका किसान प्रांगारिक खेतीतर्फ आकर्षित भएका छन् ।  सघन तरकारीखेती गरिने बर्दिवास, गौशाला, भंगाहा, औरही र लोहारपट्टी नगरपालिकाका किसान प्रांगारिक खेतीतर्फ आकर्षित भएका हुन् । तरकारी, तेलहन, उखुलगायत नगदेबाली लगाउँदै आएका यहाँका किसानले प्रांगारिक मलको प्रयोगबाट पर्याप्त मात्रामा उत्पादन गर्दैआएका छन् ।  गाईवस्तुको गोबर तथा बाख्राको बड्कुला भकारोमा राखेर बनाइएको मलले उत्पादन बढाउने स्थानीयवासी चन्देश्वर राय दनुवार बताउँछन्..

    तल्लो सोलु जलविद्युत् आयोजनाका कारण खेत सिँचाइबाट वञ्चित

    बुधबार, माघ १७, २०७४ साल
    सल्लेरी, सोलुखुम्बु, १७ माघ।  तल्लो सोलु जलविद्युत् आयोजनाका कारण तिङ्लाको ८०० रोपनी खेत सिँचाइबाट वञ्चित भएको छ ।  आयोजनाका कारण कुलोमा क्षति पुगेपछि किसान सिँचाइ गर्नबाट वञ्चित भएका हुन् । कुलो मर्मतका लागि आयोजनाका कर्मचारीसँग बारम्बार अनुरोध गर्दैआएका भएपनि वास्ता गर्ने गरेका छैनन् ।  “कुलोको सम्पूर्ण संरचना बिग्रेपछि खेती नै नष्ट हुने सम्भावना छ,” स्थानीयवासी पूर्णबहादुर खड्काले भने । लामो समयदेखि पानी नपर्दा..

    आधुनिक कृषि पद्धति अवलम्बन गर्न रोल्पाका स्थानीय सरकार प्रतिवद्ध

    मंगलवार, माघ १६, २०७४ साल
    रोल्पा, १६ माघ : परम्परागत कृषि प्रणालीलाई रुपान्तरण गरी आधुनिक कृषि पद्धति अवलम्बन गर्ने गरी बजेट नीति तथा कार्यक्रम तय गर्ने रोल्पाका स्थानीय सरकारका प्रमुखले प्रतिबद्धता जाहेर गरेका छन् ।  जिल्ला कृषि विकास कार्यालय रोल्पा र कृषि क्षेत्र सम्बद्ध सरकारी र गैरसरकारी संस्थाले जिल्लाका दशवटै स्थानीय सरकारका प्रमुखका लागि आयोजना गरेको कार्यशाला गोष्ठीमा सहभागी स्थानीय सरकारका प्रमुखले सो प्रतिबद्धता जाहेर गरेका..

    रसुवागढी गल्छी प्रसारण लाइन अन्तरदेशीय हुँदै, नेपाल-चीनबीच बिद्युत आदानप्रदान हुने

    सोमबार, माघ १५, २०७४ साल
    काठमाडौ, १५ माघ :  सरकारले रसुवागढी–चिलिमे–गल्छी ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाएको छ । त्रिशूली र चिलिमे करिडोरमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न तथा नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागिसमेत महत्वपूर्ण मानिएको उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।  नेपाल विद्युत् प्राधिकरणले सो प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । रसुवामा हाल रसुवागढी, साञ्जेन, रसुवा भोटेकोशी..

    बगरको उखुखेतीबाट पचास लाख आम्दानी, हजारौं क्विन्टल उत्पादन

    सोमबार, माघ १५, २०७४ साल
    कञ्चनपुर, १५ माघ : नदीको बगरमा उखुखेती गरी यहाँका किसानले रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन् ।  वर्षा्तमा उर्लने भेललाई कम गरी कटानी पटानीको कार्य कम गर्ने र गतिलो आम्दानी हुने भएपछि यहाँका किसान समूहमा आबद्ध भई दोदा, सुनवरा, स्याली र वनहरा नदीको बगरमा उखुखेती गर्दै आएका छन् ।  पाँच वर्षअघिदेखि शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका एक हजार ४२९ घरधुरीले..

    दार्चुलामा कृषकलाई बीउमा आत्मनिर्भर गराउने उद्देश्यले अन्न भकारी वितरण गरिँदै

    सोमबार, माघ १५, २०७४ साल
    दार्चुला, १५ माघ ।  कृषकलाई बीउमा आत्मनिर्भर गराउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय दार्चुलाले कृषकलाई ५० प्रतिशत अनुदानमा सिडबिन अर्थात् अन्न भकारी वितरण गरेको जनाएको छ ।  कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका जिल्लाका साबिकका १० गाविसका कृषकलाई समूहमार्फत अन्न भकारी वितरण गरिरहेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाका निमित्त प्रमुख हरिदत्त जोशीले जानकारी दिए ।  कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका साबिकका..

    महोत्तरीमा जंगली जनावर लाखौँको हिउँदे बाली सखाप पार्दै

    सोमबार, माघ १५, २०७४ साल
    गौशाला, १५ माघ । महोत्तरी जिल्लाको पश्चिम उत्तरवर्ती दर्जनौं  गाउँमा जंगली जनावरले लाखौं रुपैयाँको हिउँदे बाली सखाप पारेका छन् ।  भारतसँग सीमा जोडिएको जिल्लाको खयरबन्नी, रघुनाथपुर, गैंढाभेटपुर, पोखरभिण्डा, संग्रामपुर, पर्सादेवार, निगौल, सोनमा, मनरा, इटहर्वाकट्टी, कटैया, एकडारा, बथनाहा, साँढालगायत त्यस क्षेत्रका दर्जनौँ गाउँमा केही दिनदेखि हूलका हूल जंगली जनावर आएर खेतबारीमा लगाइएका हिउँदे बाली सखाप पारेको स्थानीय किसानले बताएका छन् ।  सो क्षेत्रका सयौँ बिघा..

    माथिल्लो त्रिशूली १ सँग विद्युत् खरिद सम्झौता 'पिपिए' मा हस्ताक्षर

    सोमबार, माघ १५, २०७४ साल
    काठमाडौँ, १५ माघ : नेपाल विद्युत् प्राधिकरण र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीसँग विद्युत् खरिद सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ ।  प्राधिकरणमा आइतबार आयोजित एक समारोहमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायको उपस्थितिमा पिपिएमा हस्ताक्षर भएको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।  पिपिएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत बो सिउक यीले..

    अदुवाबाली अनुसन्धान केन्द्रद्वारा अदुवा भण्डारण गर्ने नयाँ प्रविधिको विकास

    आईतवार, माघ १४, २०७४ साल
    सल्यान, १४ माघ (रासस) । कपुरकोटस्थित राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्रले अदुवा भण्डारणका लागि नयाँ प्रविधिको विकास गरेको छ । अदुवा भण्डारणका लागि उचित तरिका अपनाउन नसक्दा २० प्रतिशत अदुवा भण्डारणमै कुहिने भएकाले नयाँ प्रविधिको विकास गरिएको हो ।परम्परागत तरिकाबाट अदुवा भण्डार गर्दा टुसा चाँडो उम्रने, ढुसी लाग्ने तथा तौल घट्नेजस्ता समस्या निराकरणका लागि ‘काँचो इँटाको भकारी भण्डारण’को विकास गरिएको उक्त केन्द्रले..

    मुस्ताङका कृषकलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

    आईतवार, माघ १४, २०७४ साल
    मुस्ताङ, १४ माघ : मुस्ताङका स्थानीय तहले कृषकलाई यस वर्ष २५ हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरेका छन् ।  स्याउ खेती विस्तारका लागि बाहगाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई २५ हजार ५०० स्याउका बिरुवा वितरण गरेका हुन् । घरपझोङले १० हजार, बाहगाउँ मुक्तिक्षेत्रले १५ हजार र थासाङले ५०० वटा स्याउका बिरुवा वितरण गरेको जनाएका छन् । गाउँपालिकाको..

    भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेपछि इलामका कृषक मारमा

    शुक्रबार, माघ १२, २०७४ साल
    इलाम, १२ माघ ।  भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेपछि इलामका कृषक मारमा परेका छन् ।  भारतीय भन्सारले नेपाली अदुवा निकासी रोकेपछि इलामबाट झापाको काँकडभिट्टामा अदुवा लिएर गएका सयौं ट्रक अलपत्र परेका छन् । अदुवामा मिसावट भएको भन्दै भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेको व्यापारीले बताएका छन् ।  अदुवा निकासी ठप्प भएपछि इलाम, पाँचथरका अदुवा कृषक चिन्तित् बनेका छन् । अदुवा लिएर काँडकभिट्टा पुगेका..

    स्वदेशी लगानीकर्ताकै हैसियतमा माथिल्लो त्रिशूली- १ सँग सम्झौता

    शुक्रबार, माघ १२, २०७४ साल
    काठमाडौँ, १२ माघ : नेपाल विद्युत् प्राधिकरणले नेपाली प्रवद्र्धककै हैसियतमा माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पिपिए) गरिने स्पष्ट पारेको छ ।  प्राधिकरणले २१६ मेगावाट क्षमताको सो आयोजनासँग अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गर्न लागिएको भए पनि त्यसबाट कुनै पनि प्रकारको समस्या उत्पन्न नहुने उल्लेख गरेको हो ।  प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले अधिकतम १० वर्ष..

    महत्व नबुझ्दा कन्चनपुरका जङ्गलमा बहुगुणी बेल खेर जाँदै

    बिहिवार, माघ ११, २०७४ साल
    कञ्चनपुर, ११ माघ ।  मानव स्वास्थ्यका लागि बहुगुणी मानिएको बेलको महत्व नबुझ्दा वनमै झरेर खेर गइरहेको छ ।  चुरे क्षेत्रका वनमा जताततै पाइने आयुर्वेदिक औषधिका रुपमा प्रयोग हुने बेल संकलन नगरिँदा वनमै कुहेर जाने गरेको छ । यसको महत्वबारे जानकारी नहुँदा बेल दाउरा र सोत्तरका रुपमा प्रयोग हुन थालेको छ ।  चुरे क्षेत्रमा बेलका रुख प्रशस्त रहेका छन् । बेलको प्रयोग धार्मिक अनुष्ठान र..

    हिउँदयाम लागेसँगै इलामका जलविद्युत् आयोजनाको उत्पादन घट्यो

    बिहिवार, माघ ११, २०७४ साल
    इलाम, ११ माघ ।  हिउँदयाम लागेसँगै खोलानालामा पानीको बहाव घट्दै जाँदा विद्युत् उत्पादन आधा घटेको छ ।  वर्षायाममा काबेली करिडोर १३२ केभी प्रसारण लाइनको सवस्टेसन गोदकबाट ७१ मेगावाटसम्म विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा प्रवाह भएकामा माघको पहिलो सातामा २७ मेगावाटभन्दा कम मात्र विद्युत् प्रवाह भइरहेको छ । चैत्र-वैशाखसम्म खोलामा पानीको सतह अझ घट्ने भएकाले विद्युत् उत्पादन पनि घट्न सक्ने विद्युत् उत्पादन गृहले..

    खाद्यान्नको गुणस्तर परीक्षण गर्ने खाद्य संस्थानको तयारी

    बुधबार, माघ १०, २०७४ साल
    काठमाडौँ, १० माघ (रासस) । नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने योजना बनाएको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका विभागीय प्रमुख शंकर सापकोटाले जानकारी दिए ।  भारतीय दूतावासको सहयोगमा छुट्टै भवन निर्माण सम्पन्न भइसकेको छ भने दूतावासले सो भवन दुई महिनाअघि संस्थानलाई हस्तान्तरण गरिसकेको छ । सो भवन रु पाँच करोडको..

    काभ्रेपलाञ्चोकको पाँचखालमा विषादी न्यूनीकरण अभियान शुरु

    बुधबार, माघ १०, २०७४ साल
    बनेपा, १० माघ  ।  काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा विषादी न्यूनीकरण अभियान शुरु भएको छ ।  ‘लबग्रिन नेपाल’को नेतृत्वमा वातावरणमैत्री एकिकृत दिगो कृषि विकास परियोजनामार्फत पाँच वर्षको अवधिमा रासायनिक विषादीको प्रयोगमा ९५ प्रतिशतले कमी ल्याउने अपेक्षा गरिएको छ ।  वातावरणमैत्री दिगो कृषिको अवधारणा स्थापित गरी रासायनिक मलको प्रयोगमा ९० प्रतिशतले कमी ल्याइने लबग्रिन नेपालका कार्यक्रम निर्देशक नारायण ज्ञवालीले बताए । उनले  दिगो कृषि, दिगो पशुपालन र..

    बाँकेमा गतवर्षको तुलनामा धान उत्पादनमा वृद्धि

    मंगलवार, माघ ९, २०७४ साल
    बाँके, ९ माघ (रासस) ।  बाँके जिल्लामा यसवर्ष गतवर्षको तुलनामा धान उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनाुसार गत वर्ष ३६ हजार ५०० हेक्टरमा धानखेती गर्दा एक लाख ३६ हजार १४५ मेट्रिक टन उत्पादन भएको थियो ।  यसवर्ष सोही क्षेत्रफलमा एक लाख ३६ हजार २९८ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि विकास कार्यालयका सूचना अधिकारी धनबहादुर पुनका..

    ‘कृषि अनुसन्धान परिषद’द्वारा नयाँ उन्नत जातका बीउको विकास

    सोमबार, माघ ८, २०७४ साल
    काठमाडौं, ८ माघ (रासस) । कृषि अनुसन्धान परिषद् (नार्क)ले विभिन्न नयाँ जातका उन्नत किसिमका अन्नबालीको बीउको विकास गरेको छ । परिषद्ले मकै, धान, गहँु, तोरी, मुसुरो लगायत अन्नबालीका नयाँ उन्नत जातका बीउको विकास गरेको परिषद्का वरिष्ठ वैज्ञानिक टीकाबहादुर कार्कीले जानकारी दिए ।  उनका अनुसार मकैमा वसन्त मकै, बर्खे मकै, अरुण–३, अरुण–४ र अरुण–६, मनकामना–३, मनकामना–४, मनकामना–५ र मनकामना–६ जातका बीउ तयार गरिएको..

    बैतडीमा संरक्षणको अभावमा रैथाने बीउ तथा बाली लोपोन्मुख बन्दै

    आईतवार, माघ ७, २०७४ साल
    बैतडी, ७ माघ ।  बैतडीमा तरकारी तथा अन्नबालीका रैथाने तथा स्थानीय बीउ लोप हुँदै गएका छन् ।  उन्नत जातको बीउको प्रयोगसँगै रैथाने बीउ लोप हुने अवस्थामा पुगेका हुन् । रैथाने बीउ लोप हुँदै गएपछि उन्नत जातको बीउले उत्पादन बढी दिने भए पनि विभिन्न खालका रोगकीराले संक्रमण गर्ने, समयमा नपाक्ने लगायतका समस्या आइरहेका श्रीकोटका किसान हेमराज गिरीले बताए  । उनले भने , “पहिलापहिला..

    स्वच्छ ऊर्जाको प्रवर्द्धन लघुवित्तको अवसर मार्फत नयाँ कार्यक्रम ल्याईदै

    शुक्रबार, माघ ५, २०७४ साल
    काठमाडौँ, ५ माघ ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले ऊर्जा र आर्थिक समृद्धि एकापसमा सम्बन्धित रहेकाले सन् २०३० सम्म सबै जनतामा स्वच्छ ऊर्जाको पहुँच पुर्याउन सरकारले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको बताएका  छन् ।  संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष (युएनसिडिएफ) र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आयोजनामा आज यहाँ भएको ‘नेपालमा स्वच्छ ऊर्जाको भविष्यका लागि लघुवित्तको अवसर’ विषयक कार्यशालाको उद्घाटन गर्दै उपाध्यक्ष वाग्लेले..

    कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं

    शुक्रबार, माघ ५, २०७४ साल
    भद्रपुर, ५ माघ  ।  कृषि विकास राज्यमन्त्री सरिता प्रसार्इंले कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्नमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग पुर्याउने बताएकी   छिन्  ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन (धान) एकाइ बनियानी झापाद्वारा आज झापाको केचनाकवल गाउँपालिका वडा नं ४ स्थित फर्कागाछीमा आयोजित बोरो (हिउँदे) धान क्षेत्र विस्तार कार्यक्रमको शुभारम्भ गर्दै उनले सो कुरा बताएकी  हुन्  ।  राज्यमन्त्री प्रसार्इंले परम्परागत खेती प्रणालीलाई आधुनिकीकरणतर्फ लैजानुपर्ने..

    १६ महिनामै विजुली बाल्न सुरु गर्ने ‘माथिल्लो त्रिशुली थ्री-ए’ को तयारी

    बिहिवार, माघ ४, २०७४ साल
    काठमाडौं, माघ ४ ।  ६० मेगावट क्षमता रहेको माथिल्लो त्रिशुली थ्रीए जलविद्युत आयोजनाले आगामी १६ महिनाभित्रै उत्पादन सुरु गर्ने गरी काम अघि बढाएको छ । आयोजनाले अहिलेसम्ममा करिब ७० प्रतिशत काम सम्पन्न गरिसकेको छ । आयोजनाका प्रमुख फणिन्द्रराज जोशीका अनुसार अहिले ड्याम साइटमा निर्माण कम्पनीले तीव्रताका साथ काम गरिरहेको छ । ड्याममा रहेको दुईवटा गेटहरु दुई वर्षअघि वैशाख १२ मा आएको भूकम्पका कारण..

    नेपालमा भारतबाट फूल आयात गरी व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यता

    बिहिवार, माघ ४, २०७४ साल
    इनरुवा, ४ माघ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा पर्याप्त मात्रामा फूलको उत्पादन नहुँदा  भारतबाट विभिन्न प्रजातिका फूल आयात गरी व्यवसाय सञ्चालन गर्न फूल व्यवसायी बाध्य छन् । फूलको व्यावसायिक खेती गर्न नसक्दा नेपाली अझै पनि भारतीय फूलको भर पर्नु परेको छ ।  बिहेबारी गर्ने बेला, कसैलाई सम्मान तथा सत्कार गर्नुपर्ने होस् या घर सजाउनका लागि फूल आवश्यक पर्दछ । विभिन्न समयमा..

    पाल्पामा पर्याप्त सिँचाइ सुविधा पुगेपछि कृषकलाई ठुलो राहत

    बुधबार, माघ ३, २०७४ साल
    रामपुर, पाल्पा, ३ माघ ।  वर्षौंदेखि बाँझिएका जमिनमा सिँचाइ सुविधा पुगेपछि रामपुर नगरपालिका–१० हेक्लाङ क्षेत्रका १२८ घरधुरी लाभान्वित भएका छन् ।  पर्याप्त जमिन हुँदाहुँदै   पनि सिँचाइ सुविधा नहुँदा निराश बनेका यहाँका कृषकलाई अहिले सिँचाइका कारण राहत मिलेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै पकेट क्षेत्र कार्यक्रमको साना सिँचाइ आयोजनाबाट कुलो निर्माण तथा मर्मत गरिएको हो ।  यहाँ बराहदेवी खायन मकै पकेट क्षेत्र..

    विदेशमा दुःख भोगेका कटुवालको कुखुरापालनबाट 'करोडपति' बन्ने लक्ष्य

    मंगलवार, माघ २, २०७४ साल
    गाईघाट, उदयपुर, २ माघ : अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ । यस्तै नेपाली युवामध्येका एक उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल पनि साढे तीन वर्षसम्म मलेसियामा बसेर पनि सोचे जस्तो कमाइ नभएपछि अहिले आफ्नै गाउँमा आएर..

    ‘मध्यभोटेकोसी जलविद्युत’ को काम दुई वर्षभित्रमा सम्पन्न गर्न निर्देशन

    आईतवार, पौष ३०, २०७४ साल
    काठमाडौं, पौष ३०।  ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम जसरी पनि दुई वर्षभित्रमा सक्न निर्देशन दिएका छन् । ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्ष्भित्र निर्माण सक्ने सुनिश्चित हुने एकीकृत समय तालिका तयार गरी सोही अनुसार सबै काम समानान्तरुपमा अगाडि बढाउन निर्देशन दिएका छन् । सचिव उपाध्याय र..

    बजारमा अदुवाको घट्दा मूल्य भार, पर्यो धनकुटेली किसानलाई मार

    आईतवार, पौष ३०, २०७४ साल
    धनकुटा, ३० पुस ।  प्रमुख नगदे बालीका रुपमा खेती भइरहेको अदुवाको मूल्यमा कमी आएपछि धनकुटाका किसान समस्यामा परेका छन् ।  आन्तरिक बजारमा हुने सीमित खपतबाहेक अदुवाको गुणस्तर नभएको भन्दै भारतीय व्यापारीले लैजान नमानेपछि किसानमा निराशा बढेको खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिकाका किसान नरेन्द्र राई बताउँछन्  । वन्यजन्तुले नखाने, बिनापानी पनि खेती गर्न सकिने भएकाले धनकुटाका प्रायः किसानले अदुवाखेतीलाई प्रमुख नगदेबालीका रुपमा लिदै आएका..

    अँध्यारो जिन्दगीमा ज्योतिको आशा गर्दै सप्तरीको औरही

    आईतवार, पौष ३०, २०७४ साल
    राजविराज, ३० पुस।  सप्तरीको अति विकट मानिएको डाकनेश्वरी नगरपालिका–३, औरही गाउँमा बिजुली नहुँदा जनता अँध्यारोमा दिन बिताउँदैछन् ।  दलित, मुसलमान र यादवको बसोबास रहेको उक्त गाउँमा करिब पाँच वर्ष अगाडि नेपाल विद्युत् प्राधिकरणले खम्ब गाडे पनि अहिलेसम्म तार नदिएका कारण बिजुली बाल्नबाट आफूहरु वञ्चित भएको स्थानीयवासी मुकेशकुमार यादवले बताए  ।  भारतीय सीमा नाकासँग जोडिएको सो गाउँमा अहिलेसम्म बिजुली नपुगेको स्थानीयवासी देवकुमार यादवले बताए ..
    Results 1004: You are at page 30 of 34
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last
    Weather Forecast