बुधबार, मंसिर २५, २०७६

    कृषि-उर्जा

    चीनको सहयोगमा सिंहदरबारमा सौर्य बत्ती झलल, एक मेगावाटको सोलार प्रणाली जोडियो

    मंगलवार, चैत्र २७, २०७४ साल
    काठमाडौँ, २७ चैत मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबारदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ। चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गरे। सौर्य ऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, ऊर्जा मन्त्रालयसहित सिंहदरबारस्थित २१ वटा भवनका छतमा सौर्य प्यानल जडान गरिएको छ..

    गुणस्तरीय बीउ नरोप्दा उत्पादन कम, किसानले पर्याप्त आम्दानी लिन सकेनन्

    सोमबार, चैत्र २६, २०७४ साल
    ललितपुर, २६ चैत किसानले गुणस्तरीय बीउ प्रयोग नगर्दा आलुबाट पर्याप्त आम्दानी लिन सकेका छैनन् । आलुमा टुसा देख्नासाथ किसनले बीउ रोप्ने गरेका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गतको राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जिव गौतमले बताए । किसानले आफ्नो ठाउँको हावापानीअनुसारको आलुको जातको बीउ रोप्दैनन् । उनी भन्छन्, “धेरै किसानले आलुको जात भनेकै सेतो र रातो मात्रै हो भन्ने ठानेका छन् ।”..

    मंगला गाउँपालिकामा व्यावसायिक जडीबुटी खेती शुरु, व्यवसाय फस्टाउने विस्वास

    सोमबार, चैत्र २६, २०७४ साल
    बाबियाचौर, म्याग्दी, २६ चैत  उच्च पहाडी क्षेत्रमा बाँझिएको जमिनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले मंगला गाउँपालिकामा व्यावसायिक जडीबुटी खेती शुरु गरिएको छ ।  मंगला गाउँपालिका र इलाका वन कार्यालय बाबियाचौरको पहलमा झाँक्रेपानी, धापुङ, किमचौर, सिरकुम, पूर्णगाउँ, थाइवाङ र हिदीमा सतुवाको खेती शुरु गरिएको हो । दशजना कृषक छनोट गरी उनीहरुलाई तालीमसँगै निःशुल्क बिरुवा वितरण गरेर सतुवा खेती शुरु गरिएको जिल्ला..

    प्रदेश ५ को नीति कार्यक्रम : कृषि, उद्योग र पर्यटनमा जोड दिएर समृद्धि हासिल गर्ने

    आईतवार, चैत्र २५, २०७४ साल
    बुटवल, २५ चैत प्रदेश नं ५ को सरकारले प्रदेशको समृद्धिका लागि कृषि, उद्योग र पर्यटनका माध्यमबाट समग्र आर्थिक– सामाजिक विकासको रणनीति अवलम्वन गर्ने नीति अगाडि सारेको छ । प्रदेश सरकारले योजनावद्ध रुपमा विकास र समृद्धिको लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्न संकल्प पनि गरेको छ । प्रदेश सरकारका तर्फबाट आइतबार प्रदेशसभामा प्रदेश प्रमुख उमाकान्त झाले प्रस्तुत गर्नुभएको सरकारको नीति कार्यक्रममा सरकारले प्रादेशिक..

    घारखोला जलविद्युत्को निर्माण कार्य शुरु, आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने

    आईतवार, चैत्र २५, २०७४ साल
    म्याग्दी, २५ चैत   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ ।    म्याग्दी हाइड्रोपावर प्रालिद्वारा निर्माण हुन लागेको यस आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको हो ।    घारको विरौटादेखि करीव तीन किलोमिटर पहुँचमार्ग (सडक) खनेको आयोजनाले सडकको स्तरोन्नतिको कामसँगै निर्माण पूर्वका तयारीलाई तीव्रता दिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताए ।    आयोजनाको मुख्य कामका..

    नयाँ वर्षको अवसरमा माछा महोत्सव हुँदै, अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था

    शुक्रबार, चैत्र २३, २०७४ साल
    पोखरा, २३ चैत : होटल तथा रेष्टुरेन्ट एशोसिएसन लेखनाथको आयोजनामा नयाँ वर्षको अवसर पारी बेगनास ताल किनारमा माछा महोत्सव हुने भएको छ ।  महोत्सवबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चौथो बेगनास फिस फेष्टिबल प्रचारप्रसार उपसमितिका संयोजक दामोदर भक्त थापाले यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म महोत्सव आयोजना गरिएको जानकारी दिए ।  लेखनाथ क्षेत्रका पर्यटकीयस्थलका साथै यहाँ पाइने माछा, मह, कफी..

    अज्ञात रोगबाट तीनहजार ५०० कुखुरा मरे, रोगको पहिचान हुन् सकेन

    शुक्रबार, चैत्र २३, २०७४ साल
    रत्ननगर, चितवन, २३ चैत : शंकास्पद रोगका कारण चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरको लामिछाने पोल्ट्री फार्मका तीन हजार ५०० लेयर्स कुखुरा मरेका छन् ।  करीब एक हप्ताको अन्तरालमा यसरी कुखुरा मरेका हुन् । यही चैत १५ गतेदेखि कुखुरा मर्न थालेको फर्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले जानकारी दिए । कुन रोग लागेको भन्ने पहिचान भने भएको छैन ।  “एक्कासि कुखुरा झोक्राउने र मर्ने भयो, लामिछानेले भने,..

    प्रधानमन्त्रीको भारत भ्रमण : इनर्जी बैंकिङको अवधारणालाई विशेष जोड

    बिहिवार, चैत्र २२, २०७४ साल
    काठमाडौँ, २२ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्न लागेको  भारतको राजकीय भ्रमणमा इनर्जी बैंकिङको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ ।  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाजस्ता केही महत्वपूर्ण परियोजना निर्माण सम्पन्न भएपछि बर्खायाममा विद्युत् खेर जाने भएकाले त्यसलाई जोगाउन पनि इनर्जी बैंकिङको अवधारणालाई विशेष प्राथमिकतामा राखिएको हो ।  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ४५६ मेगावाट..

    बैदेशिक रोजगारीलाई पर सार्दै आधुनिक तरकारी खेतीलाई व्यवसायिक बनाउँदै नयाँ पुस्ता

    बुधबार, चैत्र २१, २०७४ साल
    ललितपुर, २१ चैत  इञ्जिनियरिङ पढाइ सकेका जाजरकोटका मानबहादुर तामाङले तीन वर्ष अघिबाट बडिखेलमा तरकारीखेती गरिरहेका छन् । १२ रोपनी जग्गा भाडामा लिएर उनले तीन वर्ष अघिदेखि नै तरकारीखेती शुरु गरेका हुन् । तीन जना नियमित कर्मचारी पनि उनको फार्ममा काम गर्छन् । व्यावसायिक रुपमा तरकारी खेती शुरु गरेपछि उनले आफ्ना आमाबुबालाई पनि आफैसंगै राखेका छन् । सडक सुविधा भएको ठाउँ र बजारको नजिक..

    एक अर्ब ११ करोडको आलु उत्पादन, आलु लगाउने क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि

    बुधबार, चैत्र २१, २०७४ साल
    नुवाकोट, २१ चैत : नुवाकोटमा यस वर्ष रु एक अर्ब ११ करोड मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु बिक्री गरेर जिल्लाका किसानले उक्त रकम आर्जन गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए ।  “अघिल्लो वर्षको भन्दा आलु लगाउने क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको छ,”..

    जिराको मूल्यमा बेच्ने, हिराको मूल्य तिरेर किन्ने नीति अन्त्य हुनुपर्छ : वातावरणमन्त्री शक्ति बस्नेत

    सोमबार, चैत्र १९, २०७४ साल
    काठमाडौँ, १९ चैत वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन तथा वातावरण क्षेत्रलाई समृद्धिको आधार बनाउने नीति ल्याउन लागेको बताएका छन् । मन्त्रालयमा सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने – “मुलुकको कूल गार्हस्थ उत्पादन र विकासमा वन क्षेत्रको योगदान देखिने खालका कार्यक्रम अघि बढाउने नीति सरकारले ल्याउँछ ।” मन्त्री बस्नेतले वन तथा वातावरणलाई विकासको बाधक होइन, समृद्धिको आधार बनाउने नीति ल्याउने बताउँदै “वन क्षेत्रको..

    क्वाटरमा तरकारी फलाउँदै मन्त्री तामाङ, आफूलाई पुग्ने तरकारी फलाउने

    सोमबार, चैत्र १९, २०७४ साल
    ललितपुर, १९ चैत : कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आज बिहान मन्त्री निवासमा रहेको जग्गामा तरकारी लगाउन खनजोत गरेका छन् ।  बिहान मन्त्री तामाङसँगै उनकी श्रीमती प्रदेश नं १ की संसद् उषाकला राईले पनि डोजर चलाउन सहयोग गरिन । कार्यकर्ता, सुरक्षाकर्मी, पत्रकारलगायत मन्त्रीले डोजर चलाएको हेर्न र फोटो खिच्नका उपस्थित थिए । उनले क्वाटरमा कार्यरत कर्मचारीलाई आफूलाई पुग्ने तरकारी..

    करीब रु २ अर्बको लागतमा निर्माण हुन लागेको दोर्दी–१ निर्माण कार्य शुरु

    सोमबार, चैत्र १९, २०७४ साल
    दोर्दी, लमजुङ, १९ चैत : बाह्र मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माण कार्य शुरु भएको छ । आयोजनाको मुख्य सुरुङको शिलान्यास गरी आइतबारदेखि निर्माण कार्य शुरु भएको हो ।  करीब रु दुई अर्बको लागतमा निर्माण हुन लागेको सो आयोजना दुईवर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना प्रमुख उज्ज्वल सिलवालले बताउनुभयो ।  आयोजनामा सानिमा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, कैलाश विकास..

    माथिल्लो त्रिशूली थ्री ‘ए’ ले १० महिनाभित्रैमा विद्युत् उत्पादन शुरु गर्ने

    सोमबार, चैत्र १९, २०७४ साल
    नुवाकोट, १९ चैत : विनाशकारी भूकम्प र क्षमता वृद्धिका कारण निर्माणमा ढिलाइ हुँदै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण हाल तीव्र बनाइएको छ ।  आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम समग्रमा ६८ प्रतिशत सकिएको आयोजनाका उपप्रबन्धक सत्यराम ज्याख्वाले जानकारी दिए ।  ज्याख्वाको अनुसार दुईवर्षअघि नै विद्युत् उत्पादन शुरु गर्नुपर्ने भए पनि स्थानीयवासीको अवरोध, क्षमता वृद्धिको विवाद र भूकम्पले क्षति पु¥याएपछि..

    कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री चक्रपाणि खनाल

    आईतवार, चैत्र १८, २०७४ साल
    कपिलवस्तु, १८ चैत खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमा कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले जोड दिएका छन् । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका जिल्ला शाखाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले कृषि उत्पादनमा वृद्धि ल्याउन भूमि नीति र भूउपयोग नीति आवश्यक रहेको बताए । अब सबै खेतीयोग्य जमिनमा चक्लाबन्दीको..

    बागलुङमा जलविद्युत्को परीक्षण उत्पादन शुरु, १.५ मेगावाट क्षमता

    आईतवार, चैत्र १८, २०७४ साल
    बागलुङ, १८ चैत : जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिभिल र इलेक्ट्रो मेकानिक तर्फका सबै काम पूरा गरी परीक्षण उत्पादन शुरु गरिएको आयोजनाको प्रवद्र्धक बाराही हाइड्रोपावर लिमिटेडले जनाएको छ ।  नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन चार्ज गरेपछि उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोडिने..

    मेल्लेख गाउँपालिका पशुपालनमा आत्मनिर्भर बन्दै, प्राविधिक तथा व्यावसायिक ज्ञान प्रदान गरिएपछि सहज

    शुक्रबार, चैत्र १६, २०७४ साल
    अछाम, १६ चैत मेल्लेख गाउँपालिका पशुपालनमा करिब आत्मनिर्भर बनेको छ । यहाँ सबैजसो वडाका किसान पशुपालनका हिसाबले निकै अगाडि भएका कारण गाउँपालिका नै पशुपालन र मासुजन्य वस्तुमा करीवकरीव आत्मनिर्भर अवस्थामा देखिएको हो । मेल्लेख गाउँपालिकामा आवश्यक बाख्रा र भैँसी तथा त्यसबाट प्राप्त हुने मासु र दूधजन्य वस्तुको बाहिरबाट आयात बन्दजस्तै रहेको बताइएको छ । १० वटै स्थानीय तहमध्ये पशुपालनका लागि भूगोल, भौगोलिक,..

    काठमाडौँ उपत्यकामा ६० प्रतिशत थोपा सिँचाइ, उत्पादनका साथै जनशक्ति र पानी दुवैको बचत !

    बिहिवार, चैत्र १५, २०७४ साल
    ललितपुर, १५ चैत काठमाडौँ उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइ गर्न थालेका छन् । एक दशकयता तरकारीखेतीमा थोपा सिँचाइको प्रयोग ह्वात्तै बढेको नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताए । थोपा सिँचाइका कारण जनशक्ति र पानी दुवैको बचत भएको छ । काठमाडौँ उपत्यकामा पानीको कमीका कारण थोपा सिँचाइ उपयुक्त रहेको छ । उनी भन्छन,..

    राष्ट्रियसभाको बैठक : उखु किसानको भुक्तानीमा पहल गर्नुपर्ने माग, इयु प्रतिवेदन सार्वभौमसत्तामाथिको हस्तक्षेप

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदले लामो समयदेखि उखुको मूल्य भुक्तानी गर्न उद्योगले आनाकानी गरेका कारण किसान मर्कामा परेको जानकारी दिएका छन् । गत वर्ष नै बिक्री गरिएको उखुको मूल्य नपाएको र यस वर्षसमेत मूल्य नपाउने अवस्था रहेको जनाउँदै सांसदले समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिए। चिनी उद्योगले गत वर्ष मात्रै रु नौ अर्ब उखुको मूल्य किसानलाई भुक्तानी गरेका..

    रणनीतिक महत्वका बीस प्रसारण लाइन समस्यामा, कार्यप्रगति भने कछुवाको गतिमा

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, १२ चैत नेपाल विद्युत् प्राधिकरणले रणनीतिक महत्वका २० प्रसारण लाइन निर्माणको काम आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेपनि कार्यप्रगति भने कछुवाको गतिमा रहेको पाइएको छ । राष्ट्रियरुपमा विद्युत् उपलब्ध गराउन र निर्माणाधिन आयोजनाको विद्युत् उपभोक्ताको घर, आवास तथा औद्योगिक क्षेत्रसम्म पुर्याउन महत्वपूर्ण मानिएका त्यस्ता प्रसारण लाइनमा साझा समस्या रहेका छन् । पटक-पटक सरकारको तर्फबाट भएका प्रयाससमेत साकार बन्न सकेको छैन..

    औद्योगिक करिडोरबाहेक अन्य स्थानमा विद्युत् कटौती छैन : नेपाल विद्युत् प्राधिकरण

    आईतवार, चैत्र ११, २०७४ साल
    काठमाडौँ, ११ चैत औद्योगिक करिडोरबाहेक मुलुकका कुनै पनि स्थानमा विद्युत्भार कटौती नभएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राविधिक समस्याका कारण विद्युत् कटौती हुनुलाई विद्युत्भार कटौती भन्न नमिल्ने स्पष्ट पार्दै प्राधिकरणले विद्युत् आपूर्तिका हिसाबले कही कतै पनि समस्या नभएको जनाएको छ । काठमाडौँ उपत्यकालगायत मुलुकका कुनै पनि स्थानमा विद्युत् कटौती गर्नुपर्ने अवस्था नभएको जानकारी दिँदै प्राधिकरणले औद्योगिक करिडोरमा दैनिक तीन घण्टा विद्युत् कटौती..

    विद्युत् खेर जान नदिन खपत बढाउने योजनामा सरकार, ‘इनर्जी बैंकिङ’को अवधारणा अगाडि सारियो

    शुक्रबार, चैत्र ९, २०७४ साल
    काठमाडौँ, ९ चैत सरकारले स्वदेशमा नै जलविद्युत् खपतको लागि नीति, कार्यक्रम र योजना ल्याउने भएको छ । केही वर्षभित्र हाल निर्माणमा रहेका जलविद्युत् आयोजनाको निर्माण सकिने र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएकाले केही सरोकार भएका निकायले चिन्ता व्यक्त गरेको सन्दर्भमा सरकारको तर्फबाट त्यस्तो धारणा सार्वजनिक भएको हो । माथिल्लो तामाकोशी जस्ता ठूला आयोजना निर्माण भएपछि वर्षाको समयमा विद्युत् खेर जाने अवस्था आउने ऊर्जा..

    अलैँची प्रशोधन नभइ विदेश निर्यात, निर्यातका लागि प्रशोधन गर्न खाँचो

    शुक्रबार, चैत्र ९, २०७४ साल
    ललितपुर, ९ चैत अलैँची प्रशोधन नभइ निर्यात हुँदा उत्पादनसँगै रोग पनि जाने गरेको छ । नेपालबाट बाहिरने कृषिजन्य उत्पादनमा अलैँची रहेको छ । अलैँचीको माग र उत्पादन पर्याप्त हुँदा-हुँदै प्रशोधन नहुँदा उत्पादनसँगै कीरा जाने राष्ट्रियबाली क्वारेन्टाइन निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलले बताए । नेपालबाट सबैभन्दा बढी अलैँची भारततर्फ निर्यात हुन्छ । केही वर्ष पहिले भारतले माटोसहितको अलैँची निर्यात भएको भन्दै रोक..

    सरकारको एकीकृत राष्ट्रिय जलस्रोत नीति ल्याउने तयारी, गुरुयोजनाका आधारमा अगाडि बढ्ने

    बिहिवार, चैत्र ८, २०७४ साल
    काठमाडौँ, ८ चैत सरकारले एकीकृत राष्ट्रिय जलस्रोत नीति ल्याउने तयारी गरेको छ । लामो समयदेखि सो नीति ल्याउने तयारी गरेको बताउँदै आए पनि काम भने हुन नसकेको सन्दर्भमा वर्तमान सरकारले त्यसलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको अवसरमा जल तथा ऊर्जा आयोगले बिहिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले एकीकृत जलस्रोत..

    पाल्पाको रामपुरमा छुर्पी उत्पादन, प्रतिकिलो रु ९५० मा बिक्री हुँदै

    बिहिवार, चैत्र ८, २०७४ साल
    रामपुर, पाल्पा, ८ चैत ।  रामपुर नगरपालिकामा छुर्पी उत्पादन थालिएको छ ।  रामपुरका दुग्ध व्यवसायीले हालै छुर्पी उत्पादन शुरु गरेका हुन् । यहाँका किसान पशुपालनतर्फ उन्मुख हुँदै गएपछि दूधको उत्पादन बढ्दै गएको छ ।  रामपुरमा सञ्चालित अमृत दुग्ध भण्डार र रामपुर डेरी उद्योगले छुर्पीको उत्पादन शुरु गरेका हुन् । यहाँ उत्पादन भएको छुर्पी स्थानीय बजार तथा चितवनसम्म खपत हुने गरेको अमृत दुग्ध भण्डारका सञ्चालक..

    मकैमा दाना नलागेपछि कलैयाका किसान मारमा, तीन हजार ५२० हेक्टरमा लगाइएको मकै फस्टाएन

    बुधबार, चैत्र ७, २०७४ साल
    कलैया, ७ चैत हिउँदे मकैबालीमा दाना नलागेपछि किसान मारमा परेका छन् । बाराका किसानले अधिकांश खेतमा लगाएको मकैको घोगामा दाना नलागेपछि किसान चिन्तित् बनेका छन् । कर्जा गरेर बाली लगाए पनि मकैमा दाना नलागेपछि साहुको सावा तिर्न कठिनाइ भएको किसानको दुःखेसो छ । मकैको घोगामा दाना नलागेपछि यसवर्ष करिब २७ हजार ४५६ मेट्रिक टन मकै उत्पादनमा कमी हुने जिल्ला कृषि कार्यालयका वरिष्ठ कृषि..

    १ सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको सुरुङ ७७ % पूरा

    बुधबार, चैत्र ७, २०७४ साल
    रसुवा, ७ चैत : उत्तरी रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको काम दु्रत गतिले अगाडि बढेको छ ।  हाइड्रोपावरका आयोजना प्रमुख छवि गैरेका अनुसार विद्युत्गृहमा पानी पठाइने चार हजार २०० मि हेडरेस सुरुङको लम्बाइमध्ये हालसम्मको निर्माण ७७ प्रतिशत पूरा भएको छ । खन्न बाँकी काम पूरा गराउन करीव २० प्राविधिक एवं ३०० मजदूरले काम गरिरहेका छन्..

    आगामी डेढ वर्षभित्र प्राधिकरणकै ८०० मेगावाट विद्युत्, आयोजना समयमै सम्पन्न गर्नुपर्ने दबाब

    मंगलवार, चैत्र ६, २०७४ साल
    काठमाडौँ, ६ चैत नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् । प्राधिकरणले तयार पारेको कार्ययोजनाका आधारमा माथिल्लो तामाकोशी, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली थ्री ‘ए’, साञ्जेन, रसुवागढीजस्ता आयोजनाबाट विद्युत् उत्पादन हुनेछ । स्वदेशी आयोजना निर्माण सम्पन्न भएपछि विद्युत्मा आत्मनिर्भर बन्न सकिने प्राधिकरणको बुझाइ छ । ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य पूरा गर्नसमेत निर्माणाधीन आयोजना..

    अछाममा जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था

    मंगलवार, चैत्र ६, २०७४ साल
    अछाम, ६ चैत।  जंगली जनाबरले खेतबारीमा लगाएको अन्नबाली र तरकारी बाली खाएर नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।  समयमै पानी नपर्नाले र सिँचाइको सुविधा नहुँदा  बाँझै रहेका जग्गा पछिल्लो समय जेनतेन गरी खेतबारीमा लगाएको अन्न र तरकारी बाली जंगली जनावर बाँदर र बँदेलले नष्ट गर्न थालेपछि कतिपय किसानहरुले खेती गर्न छोडेका छन् ।  जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था आउन..

    दोहोरो अंकको आर्थिक वृद्धिका लागि ऊर्जामा बृहत् लगानी : मन्त्री वर्षमान पुन

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडौँ, ५ चैत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले परिणाम निकाल्ने गरी काम गर्न नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन्  । प्राधिकरणमा सोमबार आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरणको प्रणालीमा रहेको चुहावट नियन्त्रण गर्न, लामो समयदेखि रोकिएका आयोजना तत्काल सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरे। सरकारले एकाध वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेको भन्दै त्यसको आधार ऊर्जा नै..
    Results 1057: You are at page 29 of 36
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last
    Weather Forecast